< Matayo 5 >

1 U Yesu naewaliona iumbi, akahega akalongola Mulugulu, naewikie pihi, iamanyisigwa akwe akaza kitalakwe.
जब येशूले भिडलाई देख्‍नुभयो, उहाँ डाँडामाथि जानुभयो । उहाँ तल बस्‍नुभएपछि उहाँका चेलाहरू उहाँकहाँ आए ।
2 Akaligitya nukuamanyisa, akalunga,
उहाँले आफ्नो मुख खोल्नुभयो र तिनीहरूलाई यसो भन्दै सिकाउनुभयो,
3 “Bahu awa nia kia amunkolo kunsoko utemi wa kigulu wao.
“धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो ।
4 Bahu niakite ikinyauwai, azizapumbuligwa.
धन्य हुन् तिनीहरू जसले शोक गर्दछन्, किनभने तिनीहरूले सान्त्वना पाउनेछन् ।
5 Bahu awa niapolo, kunsoko azizamisala ihi.
धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन् ।
6 Bahu awa niakite inzala ni nyota atai kunsoko azizalisigwa ikute.
धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्‍त पारिनेछन् ।
7 Bahu awania hegelya imilanda nienso aziza hegeligwa.
धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन् ।
8 Bahu awa niankolo nza azemuona Itunda.
धन्य आत्मामा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्‍वरलाई देख्‍नेछन् ।
9 Bahu awa niakaminkanya, nsoko nianso azezitangwa ana ang'wi Tunda.
धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्‍वरका सन्तान कहलाइनेछन् ।
10 Bahu awa neitumigwa usese kunsoko atai, nsoko utemi wa kigulu wao.
धन्य धार्मिकताका निम्ति सताइएकाहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो ।
11 Bahu unye niantu akumutukila nukumitumya ubi, nukumligitya ubi nuteele kunsoko ane.
तिमीहरू धन्यका हौ, जब मानिसहरूले तिमीहरूको अपमान गर्दछन् र तिमीहरूलाई दुःख कष्‍ट दिन्छन्, वा मेरो खातिर तिमीहरूका विरुद्धमा झुटो रूपमा सबै किसिमका दुष्‍ट कुराहरू भन्दछन् ।
12 Lowi nukulumbiilya kunsoko ikipegwa kanyu kikulu kigulu. Kunsoko inge uu aiaitumilya ubi ianyakidagu nia kali.
आनन्दित होओ र निकै खुसी होओ, किनकि स्वर्गमा तिमीहरूका इनाम ठुलो हुनेछ । किनभने यसरी नै तिमीहरूभन्दा अगिका अगमवक्‍ताहरूलाई मानिसहरूले सताएका थिए ।
13 Unye mi munyu wa unkumbigulu umunyu iga ulimilye umulyo wake, ukutula ne munyu hange? Singa ukutula uza kukintu nikingiza inge ukugung'wa kunzi nukupambatwa nimigulu aantu.
तिमीहरू यस पृथ्वीका नून हौ । तर यदि नूनले आफ्नो स्वाद गुमायो भने, यसलाई फेरि कसरी नुनिलो बनाउने? यसलाई बाहिर फ्याँक्‍न र मानिसहरूका खुट्टाले कुल्चनबाहेक अरू कुनै पनि कामको निम्ति त्यो उपयोगी हुँदैन ।
14 Unye miwelu wa unkumbigulu. Ihi nizengilwe mulugulu nishalipihile.
तिमीहरू यस संसारका ज्योति हौ । डाँडामाथि बसालिएको सहर कहिल्यै पनि लुक्‍न सक्दैन ।
15 Iantu singa akakilya ulumule nukuluika pihi a nkapu, akumiika migulya, ikualika ihi niakoli munyumba.
न त मानिसहरूले बत्ती बालेर डालोमुनि राख्दछन्, बरु त्यसलाई सामदानमाथि राख्दछन्, र घरमा भएका प्रत्येकको निम्ति त्यसले उज्यालो दिन्छ ।
16 Leka uwelu wanyu welye kuntongeela aantu kunsoko aione intendo yanyu ninza hangi amukulye utata wanyu nuakigulu.
मानिसहरूका बिचमा तिमीहरूको ज्योति यसरी चम्कियोस्, कि तिनीहरूले तिमीहरूका असल कामहरूलाई देखून् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको प्रशंसा गरून् ।
17 Leki kusigiili kina ainzile gazanja uzipiili nia anyakidagu. Singa zegazanja zilekondanilya.
म अगमवक्‍ताहरू वा व्यवस्थालाई नष्‍ट गर्न आएको हुँ भनी नसोच । म तिनलाई नष्‍ट गर्न होइन, तर पुरा गर्न आएको हुँ ।
18 Kutai kumuila unkumbigulu nihi ihi ukile hangi kutile uzipiilya hata nung'wi, mpaka nuzetula wakondigwa.
किनकि म तिमीहरूलाई साँचो रूपमा भन्दछु, कि स्वर्ग र पृथ्वी टलेर नगएसम्म र सबै कुरा पुरा नभएसम्म, व्यवस्थाको एउटै पनि कुरा वा बिन्दु बितेर जानेछैन ।
19 Kululo wihi nuibananga ilagiilyo ninino nilamalagiilyo aya nukuamanyisa kituma niangiza uu ukitangwa munino muutemi wa kigulu. Inge gwa wihi nuiambile nukuimanyisa ukitangwa muutemi wa kigulu.
त्यसकारण, जसले यी आज्ञाहरूका सानाभन्दा साना कुरालाई भङ्ग गर्दछ र अरूलाई पनि त्यसो गर्न सिकाउँदछ, त्यो स्वर्गको राज्यमा सबैभन्दा तुच्छ ठहरिनेछ । तर जसले यी कुराहरूलाई मान्दछ र त्यही गर्न सिकाउँदछ, ऊ स्वर्गको राज्यमा सबैभन्दा उच्‍च ठहरिनेछ ।
20 Kunsoko numuie itai anyu igehite kumikelinkela itai a mafarisayo, shanga mukingile mtemi wa kigulu.
किनकि म तिमीहरूलाई भन्दछु, कि तिमीहरूको धार्मिकता फरिसी र शास्‍त्रीहरूको भन्दा बढी भएन भने, तिमीहरू कुनै रीतिले परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछैनौ ।
21 Amigulu ikali ailambuwe kina leka, “kubulaga” numubulagi wihi ukole mubii wa ulamulya.
प्राचीन समयमा तिनीहरूलाई यसो भनिएको तिमीहरूले सुनेका छौ, ‘हत्या नगर’ र ‘हत्या गर्नेचाहिँ इन्साफको जोखिममा पर्नेछ ।’
22 Hangi kumuila wihi ni shumuloilwe muluna akwe ukutula ukole mubii wa ulamulwa. Hangi muntu wihi nukumuila umunyandugu wakwe kina shufaile! ukutula mubii wianza. Nuyu wihi nuilunga uwe wimupungu, ukutula mubii wa moto wamu jehanamu. (Geenna g1067)
तर म तिमीहरूलाई भन्दछु, आफ्नो भाइसँग रिसाउने जो कोही इन्साफको जोखिममा पर्नेछ । र जो कसैले आफ्नो भाइलाई ‘तँ काम नलाग्‍ने मानिस!’ भनेर भन्छ भने, त्यो न्यायालयमा उभ्याइने जोखिममा पर्नेछ । र जो कसैले ‘तँ मूर्ख!’ भन्दछ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ । (Geenna g1067)
23 Ang'wi ukupumya isongeelyo kuntongeela ikumbikilo, kunu aza mileile numunyandugu shamiungamie,
त्यसकारण, यदि तिमीले वेदीमा आफ्नो भेटी चढाउँदै गर्दा तिम्रो भाइसँग तिम्रो विरुद्धमा केही कुरा छ भन्‍ने कुरा तिमीलाई याद आयो भने,
24 Lileke isongeelyo pa ntongeela pi kumbikilo, uambi nzila ende miungamile hanza numunyandugu wako, usuke uzupumye gwa isongeelyo.
तिम्रो भेटी त्यही वेदीको अगाडि छोड र आफ्नो बाटो लाग । पहिले आफ्नो भाइसँग मिलाप गर, र तब आऊ र आफ्नो भेटी चढाऊ ।
25 Kayi igombi numilei wako munzila nimukili mulongoe kianza, hakamuhite kigombya umilei wako uhumile akuleke mumikono angwa mlamuli hangi ugung'we kukitungo.
तिमीलाई दोष लगाउनेसँग अदालतको बाटोमा तिनीसँगै जाँदै गर्दा नै छिट्टै मिलाप गर, नत्रता तिमीलाई दोष लगाउनेले तिमीलाई न्यायकर्ताको हातमा सुम्पिदेला, र न्यायकर्ताले अधिकारीको हातमा सुम्पिदेलान्, र तिमीलाई झ्यालखानामा फ्याँकिदेलान् ।
26 Tai numuie shangaukulekelwa mpaka mulipe impia nimudaigwe.
साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिमीहरूको ऋणको एक-एक पैसा चुक्ता नगरुन्जेलसम्म तिमीहरू त्यहाँबाट कहिल्यै बाहिर आउनेछैनौ ।
27 Migule iligitigwe kina leka, “Kugoolya.”
तिमीहरूले यसरी भनिएको सुनेका छौ, ‘व्यभिचार नगर ।’
28 Numuie kina wihi nukumugoza umusungu nukumulowa wagoolya munkolo akwe.
तर म तिमीहरूलाई भन्दछु, कि यदि कसैले एउटी स्‍त्रीलाई अभिलाषाको दृष्‍टिले हेर्दछ भने, त्यसले आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ ।
29 Ang'wi iliho lako nila mukono wako nua kigoha lenda kutwala muibe, liheje uligume kule nuewe, ikatula bahu muili unino ugung'we unukulu uguneke kugung'wa ku jehanamu. (Geenna g1067)
र यदि तिम्रो दाहिने आँखाको कारण तिमी ठोकर खान्छौ भने, त्यसलाई निकलिदेऊ र तिमीबाट टाढा फ्याँकिदेऊ । किनकि सम्पूर्ण शरीर नरकमा फ्याँकिनुभन्दा आफ्नो शरीरको कुनै एउटा भाग गुमाउनु नै तिम्रो लागि असल हुन्छ । (Geenna g1067)
30 Ang'we umukono wa kigoha inda nsoko akukumpa uteme ugume kuli, sunga umuili nungiza uleke kugung'wa ku jehanamu. (Geenna g1067)
र यदि तिम्रो दाहिने हातको कारण तिमी ठोकर खान्छौ भने, त्यसलाई काटिदेऊ र तिमीबाट टाढा फ्याँकिदेऊ । किनकि सम्पूर्ण शरीर नरकमा जानुभन्दा आफ्नो शरीरको कुनै एउटा भाग गुमाउनु नै तिम्रो लागि असल हुन्छ । (Geenna g1067)
31 Itambuwe kina wihi nukumuzunsa umusungu wakwe ampe ikilingisilyo kutai na ulamulwa.
यसो पनि भनिएको थियो, ‘जसले आफ्नी पत्‍नीलाई त्याग्दछ, उसले तिनलाई पारपाचुकेको प्रमाण पत्र देओस् ।’
32 Une numuie wihi nukumleka umusungu wakwe nsoko a ugoolya, ukutula wituma usambo. Hangi wihi nukumuhugela anga wapegwa ulamulwa wa tai ukutula wituma usambo.
तर म तिमीहरूलाई भन्दछु, कि कामुक अनैतिकताको कारणबाहेक आफ्नी पत्‍नीलाई त्याग्‍नेले तिनलाई व्यभिचारिणी तुल्याउँदछ । र तिनको पारपाचुकेपछि तिनीसँग विवाह गर्नेले व्यभिचार गर्दछ ।
33 Hangi migule aitambuue kuantu ao niakali, leki kutambuli uteele, kululo twali itai anyu kumukulu.
फेरि, तिमीहरूले प्राचीन समयमा भएकाहरूलाई यसो भनिएको सुनेका छौ, ‘झुटो शपथ नखा, तर परमप्रभुमा ती शपथहरू पुरा गर् ।’
34 Une numuie, leki kutambula hata niniino, ang'wi kigulu, nsoko kung'wanso kung'witunda.
तर म तिमीहरूलाई भन्दछु, कि शपथ खाँदै नखाओ, न त स्वर्गको, किनकि त्यो परमेश्‍वरको सिंहासन हो;
35 Ang'wi mihi, nsoko wieka ituntu lakupambatilya impambatilyo yakwe ang'wi Yerusalemu, nsoko ingi kisali ni kamutemi numukulu.
न त पृथ्वीको, किनकि त्यो उहाँको निम्ति पाउदान हो; न त यरूशलेमको, किनकि त्यो महान् राजाको सहर हो;
36 Leka kulapa nitwe lako, kunsoko shukulipeula isingi ling'we litule lyelu ang'wi ilwaalu.
न त आफ्नो शिरको शपथ खाओ, किनकि तिमीहरूले एउटै केशलाई पनि सेतो वा कालो बनाउन सक्दैनौ ।
37 Ingi gwa inkani yanyu, tai, tai, singau, singa u, kunsoko ayo nakangeelya ipuma kumulugu.
तर तिमीहरूको बोली ‘होलाई हो नै’, वा ‘होइनलाई होइन नै’ भन्‍ने होस् । त्योभन्दा बढी जुनसुकै कुरा पनि दुष्‍टबाट आएको हुन्छ ।
38 Migule iligitigwe kina, liho na liho ni lino na lino.
तिमीहरूले यसो भनिएको सुनेका छौ, ‘आँखाको सट्टामा आँखा, र दाँतको सट्टामा दाँत ।’
39 Une numuie leki inkungumi nu muntu nu mubii, anga wakukua ikunda nilamkono wa kigoha mupiuele nilulya.
तर म तिमीहरूलाई भन्दछु, जो दुष्‍ट छ त्यसलाई प्रतिरोध नगर । त्यसको सट्टामा, जसले तिम्रो दाहिने गालामा हिर्काउँछ, उसलाई तिम्रो अर्को गाला पनि थापिदेऊ ।
40 Ang'wi wihi nuloilwe kulongola nuewe kianza anga wakuhegelya inkanzu ako, muleke ni joho lao.
र यदि कसैले तिमीसँग अदालतमा जान चाहन्छ, र तिम्रो दौरा लिएर जान्छ भने, त्यसलाई तिम्रो खास्टो पनि देऊ ।
41 Nuyu wihi nukuonyeelya kulongola muhinzo ung'we, longola nung'wenso mihinzo ibiili.
र जसले तिमीलाई एक किलोमिटर जानको लागि बाध्य गराउँछ, उसँग दुई किलोमिटर जाऊ ।
42 Wihi nukulompa mpe, hangi uleke kumuhita uyu nutakile umukopise.
तिमीहरूसँग माग्‍ने जो कोहीलाई देओ, र तिमीहरूसँग उधारो माग्‍न चाहनेहरूलाई इन्कार नगर ।
43 Migule iligitigwe mlowe umunyakisali wako, na umuhukilwe umubi wako.
तिमीहरूले यसो भनिएको सुनेका छौ, ‘आफ्नो छिमेकीलाई तिमीहरूले प्रेम गर र शत्रुलाई घृणा गर ।’
44 Kululo numuie, alowi iabi anyu, alompeeli awa nimutasha.
तर म तिमीहरूलाई भन्दछु, तिम्रा शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर, “तिमीहरूलाई सराप्‍नेहरूलाई आशिष् देओ, र तिमीहरूलाई घृणा गर्नेहरूका निम्ति असल काम गर”
45 Ingi gwa mutule miano wang'wa tata wanyu nuakigulu, kunsoko wialikila ilyoa iabi niaza. Hangi wikuisa imbula kuabi niaza.
ताकि तिमीहरू स्वर्गमा हुनुहुने तिमीहरूका पिताका छोराहरू कहलाइन सक । किनकि उहाँले असल र दुष्‍ट दुवैका लागि आफ्नो घामलाई उदाउन लगाउनुहुन्छ अनि धर्मी र अधर्मी दुवैका लागि झरी पठाइदिनुहुन्छ ।
46 Anga mualowe ao nizamualoilwe nye, mipata kintu kii? Aiahoela mpia shaituma ne itii?
किनकि यदि तिमीलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने तिमीहरूले के इनाम पाउँछौ र? के कर उठाउनेहरूले पनि त्यसै गर्दैनन् र?
47 Anga mulamushe ianyandugu anyu du mipata ntuni kua uya? Ianyakilungu shaituma ne uu?
र यदि तिमीहरूले आफ्ना दाजुभाइहरूलाई मात्र अभिवादन गर्दछौ भने, अरूहरूले भन्दा तिमीहरूले के बढी गर्‍यौ र? के गैरयहूदीहरूले पनि त्यस्तै गर्दैनन् र?
48 Kululo ihumikile mutule mia tai, anga utata wanyu nuakigulu nukoli mutai.
त्यसकारण, जसरी तिमीहरूका स्वर्गीय पिता सिद्ध हुनुहुन्छ, त्यसरी नै तिमीहरू पनि सिद्ध हुनुपर्दछ ।

< Matayo 5 >