< Lukács 18 >
1 Egy példázatot is mondott nekik arról, hogy mindig imádkozni kell, és nem szabad belefáradni.
तब तिनीहरूले कसरी सधैँ प्रार्थना गर्नुपर्छ र निरुत्साह हुनुहुँदैन भन्ने सम्बन्धमा उहाँले तिनीहरूसँग दृष्टान्तमा बोल्नुभयो ।
2 Ezt mondta: „Volt egy bíró egy városban, aki Istent nem félte, az embereket nem becsülte.
उहाँले भन्नुभयो, “कुनै एउटा सहरमा एक जना न्यायाधीश बस्दथे, जसले परमेश्वरको भय मान्दैनथे र मानिसहरूको पनि आदर गर्दैनथे ।
3 Abban a városban volt egy özvegyasszony is, aki elment hozzá, és ezt mondta: Szolgáltass nekem igazságot ellenfelemmel szemben.
त्यस सहरमा एक जना विधवा बस्थिन् र बारम्बार ती अधर्मी न्यायाधीशकहाँ आउँथिन् र भन्थिन्, ‘मलाई सहायता गर्नुहोस् र मेरो वादीको विरुद्ध मलाई न्याय दिलाउनुहोस् ।’
4 Az egy ideig nem akarta, de azután ezt mondta magában: Noha Istent nem félem, az embereket sem becsülöm,
लामो समयसम्म उनले ती विधवालाई सहायता गर्ने इच्छा गरेनन्, तर केही समयपछि उनले मनमनै भने, ‘मैले परमेश्वरको भय मान्दिनँ र मानिसहरूको पनि आदर गर्दिनँ,
5 mégis mivel terhemre van nekem ez az özvegyasszony, igazságot szolgáltatok neki, hogy ne járjon ide, és ne gyötörjön engem.“
तर यस विधवाले मलाई सताउँछे । त्यसैले, मकहाँ बारम्बार आएर यसले मलाई नसताओस् भनेर, म उसलाई न्याय दिलाउनेछु’ ।”
6 Ezt mondta az Úr: „Halljátok, mit mond a hamis bíró?
तब प्रभुले भन्नुभयो, “ती अन्यायी न्यायाधीशले के भन्छन्, सुन ।
7 Vajon Isten nem szolgáltat-e igazságot az ő választottainak, akik hozzá kiáltanak éjjel és nappal? És várakoztatja-e őket?
के परमेश्वरले पनि उहाँलाई दिनरात पुकारा गर्ने आफ्ना चुनिएका मानिसहरूको निम्ति न्याय गरिदिनुहुन्न र? के उहाँ तिनीहरूप्रति धैर्यवान् हुनुहुन्न र?
8 Mondom néktek, hogy igazságot szolgáltat nekik hamar. De amikor eljön az Emberfia, talál-e hitet a földön?“
म तिमीहरूलाई भन्दछु, उहाँले तिनीहरूलाई तुरुन्तै न्याय दिलाउनुहुनेछ । तर जब मानिसका पुत्र आउनेछन्, के उनले पृथ्वीमा विश्वास भेट्टाउनेछन् र?”
9 Némelyeknek, akik elbizakodtak, hogy ők igazak, és a többieket semmibe se vették, ezt a példázatot mondta:
त्यसपछि उहाँले आफैँलाई धर्मी ठान्ने र अरूलाई तुच्छ ठान्ने कतिपय मानिसहरूलाई यो दृष्टान्त पनि भन्नुभयो,
10 „Két ember ment a templomba imádkozni. Az egyik farizeus, és a másik vámszedő.
“दुई जना मानिस मन्दिरमा प्रार्थना गर्न गए– एक जना फरिसी र अर्को कर उठाउने ।
11 A farizeus megállt, és így imádkozott magában: Isten! Hálát adok neked, hogy nem vagyok olyan, mint a többi ember, rabló, gonosz, parázna, vagy mint ez a vámszedő is.
फरिसीले उभिएर यसो भनेर आफ्नै बारेमा प्रार्थना गर्यो, ‘हे परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु कि म अरू चोरहरूजस्तो छैनँ, अधर्मीहरूजस्तो छैनँ, व्यभिचारीजस्तो पनि छैनँ, यही कर उठाउनेजस्तो पनि छैनँ ।
12 Böjtölök kétszer egy héten, tizedet adok mindenből, amit szerzek.
म हरेक हप्ता दुई पटक उपवास बस्दछु । म आफूले पाएका सबै थोकको दशांश दिन्छु ।’
13 A vámszedő pedig távol állva, még szemét sem akarta az égre emelni, hanem mellét verte, és ezt mondta: Isten, légy irgalmas nekem, bűnösnek.
तर कर उठाउने मानिसले टाढैबाट उभिएर, स्वर्गतिर पनि नहेरीकन आफ्नो छाती पिट्दै यसो भन्यो, ‘हे परमेश्वर म पापीमाथि कृपालु हुनुहोस् ।’
14 Mondom nektek, ez megigazulva ment haza, nem úgy, mint amaz. Mert aki felmagasztalja magát, megaláztatik, aki pedig megalázza magát, felmagasztaltatik.“
म तिमीहरूलाई भन्दछु, कि यो मानिस अर्को मानिसभन्दा बढी धर्मी ठहरिएर आफ्नो घर फर्क्यो, किनभने हरेक जसले आफूलाई उचाल्दछ त्यो होच्याइनेछ र जसले आफैँलाई होच्याउँछ त्यो उचालिनेछ ।
15 Kisgyermekeket is vittek hozzá, hogy kezét rájuk tegye. Amikor a tanítványok ezt látták, rájuk szóltak.
उहाँले तिनीहरूलाई छोइदिऊन् भनी मानिसहरूले बालबालिकाहरूलाई पनि उहाँकहाँ ल्याए, तर यो यो देखेर चेलाहरूले तिनीहरूलाई हकारे ।
16 De Jézus magához hívta őket, és ezt mondta: „Engedjétek, hogy a kisgyermekek hozzám jöjjenek, és ne tiltsátok el őket, mert ilyeneké az Isten országa.
तर येशूले तिनीहरूलाई भन्नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक, किनभने स्वर्गको राज्य यस्तैहरूको हो ।
17 Bizony mondom néktek, aki nem úgy fogadja Isten országát, mint gyermek, semmiképpen nem megy be abba.“
साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले परमेश्वरको राज्यलाई बालकले झैँ ग्रहण गर्दैन भने त्यो निश्चय नै स्वर्गमा प्रवेश गर्नेछैन ।”
18 Egy előkelő ember megkérdezte őt: Jó Mester, mit cselekedjem, hogy az örök életet elnyerjem? (aiōnios )
एक जना शासकले उहाँलाई सोधे, “हे असल गुरु, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ?” (aiōnios )
19 Jézus ezt mondta neki: „Miért mondasz engem jónak? Senki sem jó, csak egy, az Isten.
येशूले तिनलाई भन्नुभयो, “किन मलाई असल भन्दछौ, एक परमेश्वरबाहेक कोही पनि असल छैन ।
20 A parancsolatokat tudod: »Ne paráználkodj, ne ölj, ne lopj, hamis tanúbizonyságot ne tégy, tiszteld atyádat, anyádat!«“
तिमीलाई आज्ञाहरू थाहा छ– तैँले व्यभिचार नगर्नू, हत्या नगर्नू, नचोर्नू, झुटो गवाही नदिनू, आफ्ना आमाबुबाको आदर गर्नू ।”
21 Ő pedig ezt mondta: „Mindezeket ifjúságomtól fogva megtartottam.“
ती शासकले भने, “यी सब कुराहरू त मैले आफ्नो जवान अवस्थादेखि नै पालन गरिरहेको छु ।”
22 Jézus ezt hallva, ezt mondta neki: „Még egy fogyatkozásod van: Add el minden vagyonodat, oszd szét a szegényeknek, és kincsed lesz a mennyben, jöjj, és kövess engem.“
जब येशूले यो सुन्नुभयो, उहाँले तिनलाई भन्नुभयो, “तिमीमा अझै एउटा कुराको कमी छ । तिमीले आफ्नो सारा सम्पत्ति बेच्नुपर्छ र गरिबहरूलाई दिनुपर्छ अनि तिम्रो धन स्वर्गमा हुनेछ । त्यसपछि आऊ र मेरोपछि लाग ।”
23 Az pedig, amikor ezt meghallotta, elszomorodott, mert igen gazdag volt.
तर जब धनी मानिसले यो कुरा सुने, तिनी अति नै दुःखित भए, कारण तिनी धेरै धनी थिए ।
24 Amikor Jézus látta, hogy elszomorodott, ezt mondta: „Milyen nehezen mennek be Isten országába azok, akik gazdagok.
तब येशूले तिनलाई हेरेर अति दुःखित हुँदै भन्नुभयो, “धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न कति गाह्रो छ!
25 Mert könnyebb a tevének a tű fokán átmenni, mint a gazdagnak Isten országába bejutni.“
धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्नुभन्दा बरु उँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ!”
26 Akik pedig ezt hallották, ezt mondták: „Ki üdvözülhet akkor?“
त्यो सुन्नेहरूले यसो भने, “त्यसो भए को बचाइनेछ त?”
27 Ő pedig ezt mondta: „Ami embereknél lehetetlen, Istennél lehetséges!“
येशूले जवाफ दिनुभयो, “मानिसको निम्ति जुन कुरा असम्भव छ, त्यो परमेश्वरमा सम्भव छ ।”
28 Ekkor Péter így szólt: „Íme, mi mindent elhagytunk, és követtünk Téged!“
पत्रुसले जवाफ दिए, “हामीले आफ्ना सबै कुराहरू त्यागेर तपाईंको पछि लागेका छौँ ।”
29 Ő pedig ezt mondta nekik: „Bizony mondom nektek, hogy senki sincs, aki elhagyta házát vagy szüleit, vagy testvéreit, vagy feleségét, vagy gyermekeit az Isten országáért,
येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्वरको राज्यको खातिर घर, श्रीमती वा दाजुभाइ, आमाबुबा वा छोराछोरीलाई त्याग्दछन्,
30 hogy ne kapná vissza sokszorosan ebben az időben, a jövendő világban pedig az örök életet.“ (aiōn , aiōnios )
तिनीहरूले यस संसारमा अझै धेरै पाउनेछन् अनि आउने संसारमा अनन्त जीवन पाउनेछन् ।” (aiōn , aiōnios )
31 Maga mellé vette a tizenkettőt, és ezt mondta nekik: „Íme, felmegyünk Jeruzsálembe, és beteljesedik minden az Emberfián, amit a próféták megírtak.
बाह्र जनालाई आफूकहाँ भेला गरेर उहाँले तिनीहरूलाई भन्नुभयो, “हेर, हामी यरूशलेमतर्फ जाँदै छौँ, अनि मानिसका पुत्रको बारेमा अगमवक्ताहरूले लेखेका सबै कुरा पुरा हुनेछन् ।
32 Mert a pogányok kezébe adják, megcsúfolják, meggyalázzák és megköpdösik,
किनकि उनी अन्यजातिहरूका हातमा सुम्पिइनेछन् र मनिसहरूले उनलाई गिल्ला गर्नेछन् र अपमानजनक व्यवहार गर्नेछन् र उनलाई थुक्नेछन् ।
33 és miután megostorozták, megölik, de harmadnap feltámad.“
उनलाई दण्ड दिइसकेपछि तिनीहरूले उनलाई मार्नेछन् र तेस्रो दिनमा उनी मृत्युबाट जीवित भई उठ्नेछन् ।”
34 Ők azonban ezekből semmit sem értettek. Ez a beszéd rejtve maradt előttük, és nem fogták fel a mondottakat.
उनीहरूले यी कुनै पनि कुराहरू बुझेनन् र यो वचन उनीहरूबाट लुकाइएका थिए, यसकारण भनिएका कुनै पनि कुराहरू उनीहरूको समझमा आएन ।
35 Történt pedig, hogy amikor Jerikóhoz közeledett, egy vak ült az út mellett, és koldult.
येशू यरीहो नजिक आउनुहुँदा, एक जना दृष्टिविहीन मानिस बाटोको छेउमा बसी भिख मागिरहेको थियो ।
36 És amikor hallotta a mellette elmenő sokaságot, kérdezősködött, hogy mi az.
त्यो बाटो भएर ठुलो भिड गइरहेको कुरा सुनेर उसले सोध्यो, “यहाँ के हुँदै छ?”
37 Megmondták neki, hogy a názáreti Jézus megy arra.
तिनीहरूले उसलाई भने, “नासरतका येशू यो बाटो भएर जाँदै हुनुहुन्छ ।”
38 Ekkor így kiáltott: „Jézus, Dávid Fia, könyörülj rajtam!“
त्यसपछि त्यो दृष्टिविहीन मानिसले चिच्याउँदै भन्यो, “हे दाऊदका पुत्र येशू, ममाथि दया गर्नुहोस् ।”
39 Akik pedig elől mentek, rászóltak, hogy hallgasson. De ő annál inkább kiáltott: „Dávid Fia, könyörülj rajtam!“
भिडको अगिअगि हिँडिरहेका मानिसहरूले त्यो दृष्टिविहीन मानिसलाई हकारेर चुप लाग्न भने, तर उसले झन् चर्को स्वरले कराउँदै भन्यो, “दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् ।”
40 Jézus megállt, és megparancsolta, hogy vigyék hozzá. Amikor közelébe ért, megkérdezte tőle:
येशू टक्क उभिनुभयो र त्यस दृष्टिविहीन मानिसलाई आफूकहाँ ल्याउन आज्ञा गर्नुभयो । जब त्यस दृष्टिविहीन मानिस येशूको नजिक आयो, येशूले उसलाई सोध्नुभयो,
41 „Mit akarsz, mit tegyek veled?“Az így szólt: „Uram, hogy a szemem világa megjöjjön.“
“मैले तिम्रो निम्ति के गरेको तिमी चाहन्छौ?” उसले भन्यो, “प्रभु, म देख्न चाहन्छु ।”
42 Jézus ezt mondta neki: „Láss, a te hited téged megtartott!“
येशूले भन्नुभयो, “तिमी देख्ने भइ जाऊ । तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।”
43 És azonnal megjött szeme világa, és követte őt, dicsőítve Istent. Az egész sokaság ezt látva dicsőséget adott Istennek.
तुरुन्तै उसले देख्न सक्यो र परमेश्वरको महिमा गर्दै उहाँलाई पछ्यायो । यो देखेर सबै मानिसहरूले परमेश्वरको प्रशंसा गरे ।