< Zsoltárok 92 >
1 Zsoltár, ének szombat napra. Jó dolog dicsérni az Urat, és éneket mondani a te nevednek, oh Felséges!
हे सर्वोच्च, परमप्रभुलाई धन्यवाद दिनु र तपाईंको नाउँको स्तुति गर्नु असल कुरा हो,
2 Hirdetni jó reggel a te kegyelmedet, és éjjelente a te hűséges voltodat.
बिहानमा तपाईंको करारको विश्वस्तता र हरेक रात तपाईंको सत्यता घोषणा गर्नु,
3 Tíz húrú hegedűvel és lanttal, hárfán való zengedezéssel.
दस तारे वीणा बजाउँदै र सारङ्गीको धुनसँगै ।
4 Mert megvidámítottál engem Uram a te cselekedeteddel, a te kezednek műveiben örvendezem.
किनकि, हे परमप्रभु, तपाईंका कामहरूले तपाईंले मलाई खुसी बनाउनुभएको छ । तपाईंको हातका कामहरूको कारणले म आनन्दले गाउनेछु ।
5 Mely nagyok Uram a te műveid, igen mélységesek a te gondolataid!
हे परमप्रभु, तपाईंका कामहरू कति महान् छन्! तपाईंका विचारहरू धेरै गहन छन् ।
6 A balgatag ember nem tudja, a bolond pedig nem érti meg ezt:
एक जना निर्दयी व्यक्तिले जान्दैन, न त मूर्खले यो बुझ्छः
7 Hogy mikor felsarjaznak a gonoszok, mint a fű, és virágoznak mind a hamisság cselekedők, mindörökké elveszszenek ők;
जब दुष्टहरू घाँसझैं उम्रिन्छन्, र दुष्ट काम गर्नेहरू सबै जना मौलाउँछन्, तापनि तिनीहरू अनन्त विनाशतिर लागेका हुन्छन् ।
8 Te pedig Uram, magasságos vagy örökké!
तर हे परमप्रभु, तपाईंले सदासर्वदा राज्य गर्नुहुनेछ ।
9 Mert ímé, a te ellenségeid elvesznek, és elszélednek mind a hamisság cselekedők!
वास्तवमा, हे परमप्रभु, आफ्ना शत्रुहरूलाई हेर्नुहोस् । वास्तवमा, आफ्ना शत्रुहरूलाई हे्र्नुहोस् । तिनीहरू नाश हुनेछन्! खराबी गर्नेहरू सबै तितरबितर हुनेछन् ।
10 De magasra növeszted az én szarvamat, mint az egyszarvúét; elárasztatom csillogó olajjal.
तपाईंले मेरो सिङलाई जङ्गली गोरुको सिङझैं ठाडो पार्नुभएको छ । मलाई ताजा तेलले अभिषेक गरिएको छ ।
11 És legeltetem szememet az én ellenségeimen, és az ellenem támadó gonosztevőkön mulat majd a fülem.
मेरा आँखाहरूले मेरा शत्रुहरूका पतन देखेका छन् । मेरा कानहरूले मेरा दुष्ट वैरीहरूका विनाश सुनेको छन् ।
12 Az igaz virágzik, mint a pálmafa, növekedik, mint a czédrus a Libánonon.
धार्मीहरू खजूरको रूखझैं मौलाउनेछन् । तिनीहरू लेबनानको देवदारुझैं बढ्नेछन् ।
13 Plánták ők az Úrnak házában; a mi Istenünknek tornáczaiban virágzanak.
तिनीहरूलाई परमप्रभुको मन्दिरमा रोपिएका छन् । तिनीहरू हाम्रो परमेश्वरको मन्दिरमा चोकमा मौलाउनेछन् ।
14 Még a vén korban is gyümölcsöznek; kövérek és zöldellők lesznek;
ती बुढा हुँदा पनि तिनले फल फलाउँछन् । ती ताजा र हरिया नै रहन्छन्,
15 Hogy hirdessék, hogy igazságos az Úr, az én kősziklám, és hogy nincsen hamisság benne!
त्यसले परमप्रभु न्यायी हुनुहुन्छ भनी देखाउँछ । उहाँ मेरो चट्टान हुनुहुन्छ र उहाँमा कुनै अधर्म छैन ।