< Zsoltárok 33 >
1 Örvendezzetek ti igazak, az Úrban; a hívekhez illik a dícséret.
ए धर्मीहरू हो, परमप्रभुमा आनन्दित होओ । सोझाहरूले प्रशंसा गर्न सुहाउँछ ।
2 Dicsérjétek az Urat cziterával; tízhúrú hárfával zengjetek néki.
वीणा बजाएर परमप्रभुलाई धन्यवाद देओ । दस तारे सारङ्गीसँगै उहाँको प्रशंसा गर ।
3 Énekeljetek néki új éneket, lantoljatok lelkesen, harsogón.
उहाँको निम्ति एउटा नयाँ गीत गाओ । निपुणता साथ बजाओ र आनन्दले गाओ ।
4 Mert az Úr szava igaz, és minden cselekedete hűséges.
किनकि परमप्रभुको वचन ठीक छ र उहाँले गर्ने हरेक कुरा न्यायोचित छ ।
5 Szereti az igazságot és törvényt; az Úr kegyelmével telve a föld.
उहाँले धार्मिकता र न्यायलाई प्रेम गर्नुहुन्छ । पृथ्वी परमप्रभुको करारको विश्वस्तताले पूर्ण छ ।
6 Az Úr szavára lettek az egek, és szájának leheletére minden seregök.
परमप्रभुको वचनले आकाशको सृष्टि भयो र सबै ताराहरू उहाँको मुखको सासले बनिएका थिए ।
7 Összegyűjti a tenger vizeit, mintegy tömlőbe; tárházakba rakja a hullámokat.
उहाँले समुद्रको पानीलाई एक ठाउँमा थुप्रोझैं जम्मा गर्नुहुन्छ । उहाँले महासागरहरूलाई भण्डारहरूमा राख्नुहुन्छ ।
8 Féljen az Úrtól mind az egész föld, rettegjen tőle minden földi lakó.
सारा पृथ्वीले परमप्रभुको भय मानोस् । संसारका सबै बासिन्दा उहाँको भयमा खडा होऊन् ।
9 Mert ő szólt és meglett, ő parancsolt és előállott.
किनकि उहाँले बोल्नुभयो र त्यो हुन आयो । उहाँले आज्ञा गर्नुभयो र यो ठाउँमा खडा भयो ।
10 Az Úr elforgatja a nemzetek tanácsát, meghiúsítja a népek gondolatait.
परमप्रभुले जातिहरूका मित्रतालाई व्यर्थ तुल्याउनुहुन्छ । उहाँले मानिसहरूका योजनाहरूलाई रद्द गर्नुहुन्छ ।
11 Az Úr tanácsa megáll mindörökké, szívének gondolatai nemzedékről-nemzedékre.
परमप्रभुको योजना सदासर्वदा रहन्छ, उहाँको हृदयका योजनाहरू सबै पुस्ताका निम्ति रहन्छ ।
12 Boldog nép az, a melynek Istene az Úr, az a nép, a melyet örökségül választott magának.
त्यो जाति धन्यको हो जसको परमेश्वर परमप्रभु हुनुहुन्छ, ती मानिसहरू जसलाई आफ्नै उत्तराधिकारको रूपमा उहाँले चुन्नुभएको छ ।
13 Az égből letekint az Úr, látja az emberek minden fiát.
परमप्रभुले स्वर्गबाट हेर्नुहुन्छ । उहाँले सबै मानिसलाई देख्नुहुन्छ ।
14 Székhelyéről lenéz a föld minden lakosára.
आफू बस्नुहुने ठाउँबाट तल पृथ्वीमा बस्ने सबैलाई उहाँले हे्र्नुहुन्छ ।
15 Ő alkotta mindnyájok szivét, és jól tudja minden tettöket.
तिनीहरू सबैका हृदयहरू बनाउनुहुनेले तिनीहरूका सबै कामहरू हेर्नुहुन्छ ।
16 Nem szabadul meg a király nagy sereggel; a hős sem menekül meg nagy erejével;
ठुलो फौजद्वारा कुनै पनि राजा बाँच्न सक्दैन । आफ्नो महाबलले कुनै पनि योद्धा बाँच्न सक्दैन ।
17 Megcsal a ló a szabadításban, nagy erejével sem ment meg.
घोडाचाहिं विजयको निम्ति झुटो आसा हो । त्यसको महान् बल भए पनि त्यसले बचाउन सक्दैन ।
18 Ámde az Úr szemmel tartja az őt félőket, az ő kegyelmében bízókat,
हेर, परमप्रभुको आँखा उहाँको भय मान्नेहरूमाथि र उहाँको करारको विश्वस्ततामा आसा गर्नेहरूमाथि रहन्छ ।
19 Hogy kimentse lelköket a halálból, és az éhségben is eltartsa őket.
तिनीहरूका जीवन मृत्युबाट छुट्टाउन र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्नलाई ।
20 Lelkünk az Urat várja, segítségünk és paizsunk ő.
हामी परमप्रभुको आसा गर्छौं । उहाँ हाम्रो सहायता र हाम्रो ढाल हुनुहुन्छ ।
21 Csak ő benne vigad a mi szívünk, csak az ő szent nevében bízunk!
हाम्रा हृदयहरू उहाँमा आनन्दित हुन्छन्, किनकि उहाँको पवित्र नाउँमा हामी भरोसा गर्छौं ।
22 Legyen, Uram, a te kegyelmed rajtunk, a miképen bíztunk te benned.
हे परमप्रभु, हामीले आफ्नो आसा तपाईंमा राख्दा, तपाईंको करारको विश्वस्तता हामीसँग रहोस् ।