< 3 Mózes 24 >
1 Szóla ismét az Úr Mózesnek, mondván:
परमप्रभुले मोशालाई भन्नुभयो,
2 Parancsold meg Izráel fiainak, hogy hozzanak néked tiszta faolajat, a melyet a világításhoz sajtoltak, hogy szünet nélkül égő lámpákat gyújthassanak.
“इस्राएलका मानिसहरूलाई बत्तीमा प्रयोग गरिनको निम्ति जैतूनलाई पिसेर शुद्ध तेल ल्याउनू भनेर भन्, ताकि बत्ती निरन्तर बलिरहोस् ।
3 A bizonyság függönyén kivül, a gyülekezet sátorában úgy helyheztesse el azokat Áron, hogy estvétől fogva reggelig az Úr előtt legyenek. Örökkévaló rendtartás legyen ez a ti nemzetségeiteknél.
भेट हुने पालमा गवाही पर्दादेखि बाहिर परमप्रभुको सामु हारूनले साँझदेखि बिहानसम्म त्यो बत्ती बालिराखोस् । तिमीहरूका मानिसहरूको सारा वंशमा सदाको निम्ति यो एउटा विधि बनोस् ।
4 A tiszta arany gyertyatartóra rakja fel a mécseket; az Úr előtt legyenek szüntelen.
प्रधान पुजारीले शुद्ध सुनको पानसमा भएका बत्तीहरू बालिराखोस् ।
5 És végy lisztlángot, és süss abból tizenkét lepényt; két tized efából legyen egy lepény.
तैँले मसिनो पिठो लिएर बाह्रवटा रोटी बनाउनू । हरेक रोटीमा एक पाथी पिठो होस् ।
6 És helyheztesd el azokat két rendben; hatot egy rendbe, a tiszta arany asztalra az Úr elé.
त्यसपछि परमप्रभुको अगि शुद्ध सुनको टेबुलमाथि छ-छवटा गरी ती दुई ताँतीमा राख्नू ।
7 És tégy mindenik rendhez tiszta tömjént, és legyen emlékeztetőül a kenyér mellett, tűzáldozatul az Úrnak.
रोटीहरूका दुवै ताँतीमा सम्झनाको भेटीस्वरूप शुद्ध धूप राख्नू । यही धूप परमप्रभुको निम्ति होमबलि हुने छ ।
8 Szombat napról szombat napra rakja fel azt a pap az Úr elé szüntelen; örök szövetség ez Izráel fiaival.
हरेक शबाथ दिनमा अनन्तको करारको चिन्हस्वरूप इस्राएलका मानिसहरूको खातिर प्रधान पुजारीले परमप्रभुको अगि त्यो रोटी राखोस् ।
9 Azután legyen az Ároné és az ő fiaié, a kik egyék meg azokat szent helyen, mert mint igen szentséges, az övé az, az Úrnak tűzáldozataiból, örök rendelés szerint.
यो भेटी हारून र त्यसका छोराहरूका निम्ति हुने छ, र तिनीहरूले त्यो कुनै पवित्र ठाउँमा खाऊन्, किनभने त्यो परमप्रभुका निम्ति होमबलिको भेटीको भाग हो ।”
10 Kiméne pedig egy izráelbeli asszonynak fia, a ki égyiptomi férfiútól való vala, Izráel fiai közé, és versengének a táborban az izráelbeli asszonynak fia és egy izráelbeli férfi.
एउटी इस्राएली स्त्रीको छोरा जसको बुबा एक मिश्री थियो, त्यो इस्राएलका मनिसहरूका बिचमा गयो । छाउनीमा त्यस इस्राएली स्त्रीको छोरा एउटा इस्राएली पुरुषसँग झगडा गर्यो ।
11 És káromlá az izráelbeli asszony fia az Isten nevét és átkozódék; elvivék azért azt Mózeshez. Az ő anyjának neve pedig Selomith vala, Dibrinek leánya, Dán nemzetségéből.
इस्राएली स्त्रीको छोराले परमप्रभुको नाउँको निन्दा गर्यो र परमेश्वरलाई सराप्यो । यसैकारण मानिसहरूले त्यसलाई मोशाकहाँ ल्याए । त्यसकी आमाको नाम शलोमीत थियो जो दानका कुलको दिब्रीकी छोरी थिई ।
12 És őrizet alá veték azt, míg kijelentést nyernének az Úr akarata felől.
परमप्रभु आफैले तिनीहरूलाई आफ्नो इच्छा नबताउनुभएसम्म तिनीहरूले त्यसलाई बन्दी बनाएर राखे ।
13 Szóla azért az Úr Mózesnek, mondván:
त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो,
14 Vidd ki az átkozódót a táboron kivül, és mindazok, a kik hallották, tegyék kezeiket annak fejére és kövezze agyon azt az egész gyülekezet.
“परमेश्वरलाई सरापेको मानिसलाई छाउनीबाट बाहिर निकाल् । त्यसको कुरा सुनेका सबैले आफ्ना हात त्यसको टाउकोमाथि राखून्, र त्यसपछि जम्मै समुदायले त्यसलाई ढुङ्गाले हानून् ।
15 Izráel fiainak pedig szólj, ezt mondván: Ha valaki az ő Istenét átkozza, viselje az ő bűnének terhét.
इस्राएलका मानिसहरूलाई तैँले यसरी सम्झाउनू, ‘आफ्ना परमेश्वरलाई सराप्नेले आफ्नो दोष आफै बोकोस् ।
16 És a ki szidalmazza az Úrnak nevét, halállal lakoljon, kövezze azt agyon az egész gyülekezet; akár jövevény, akár benszülött, ha szidalmazza az Úrnak nevét, halállal lakoljon.
परमप्रभुको नाउँको निन्दा गर्ने मानिस मारियोस् । त्यो इस्राएलमा जन्मेको स्वदेशी वा परदेशी जो भए तापनि जम्मै समुदायले त्यसलाई ढुङ्गाले हानून् । परमप्रभुको नाउँको निन्दा गर्ने मानिस निश्चय नै मारियोस् ।
17 Ha valaki agyon üt valamely embert, halállal lakoljon.
यदि कसैले कोही अर्को मानिसलाई हिर्काएर मार्यो भने, त्यो निश्चय नै मारियोस् ।
18 Ha pedig barmot üt agyon valaki, fizesse meg azt: barmot baromért.
यदि कसैले अर्काको पशुलाई हानेर मार्यो भने, त्यसले प्राणको साटो प्राण नै भर्ना दिओस् ।
19 És ha valaki sérelmet ejt a felebarátján, a mint ő cselekedett, vele is úgy cselekedjenek:
यदि कसैले आफ्नो छिमेकीलाई घाइते बनायो भने, त्यसले आफ्नो छिमेकीलाई जे गरेको थियो त्यसलाई पनि त्यही गरियोस्,
20 Törést törésért, szemet szemért, fogat fogért; a milyen sérelmet ő ejtett máson, olyan ejtessék rajta is.
चोटको साटो चोट, आँखाको साटो आँखा, दाँतको साटो दाँत । त्यसले अर्को मानिसलाई घाइते बनाएको कारण त्यसलाई पनि त्यस्तै गरियोस् ।
21 A ki barmot üt agyon, fizesse meg azt, de a ki embert üt agyon, halállal lakoljon.
जसले कुनै पशुलाई मार्छ त्यसले त्यसको भर्ना तिरोस्, र जसले अर्को मानिसलाई मार्छ त्यो मारियोस् ।
22 Egy törvény legyen nálatok: a jövevény olyan legyen, mint a benszülött, mert én vagyok az Úr, a ti Istenetek.
परदेशी र स्वदेशमै जन्मिएको इस्राएली दुवैका निम्ति नियम एउटै होस्, किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ’ ।”
23 Szóla azért Mózes Izráel fiainak, és kivivék az átkozódót a táboron kivül, és agyonverék azt kővel. És úgy cselekedének Izráel fiai, a mint parancsolta vala az Úr Mózesnek.
यसैकारण मोशाले इस्राएलका मानिसहरूलाई यी कुरा बताए, र ती मानिसहरूले परमप्रभुलाई सरापेको मानिसलाई छाउनीबाट बाहिर निकाले । तिनीहरूले त्यसलाई ढुङ्गाले हाने । इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई दिनुभएको आज्ञाको पालन गरे ।