< János 4 >

1 Amint azért megtudta az Úr, hogy a farizeusok meghallották, hogy Jézus több tanítványt szerez és keresztel, mint János,
अब जब यूहन्‍नाले भन्‍दा येशूले धेरै चेलाहरू बनाउँदै हुनुहुन्‍थ्‍यो र बप्‍तिस्‍मा दिँदै हुनुहुन्‍थ्‍यो भनी फरिसीहरूले सुने भन्‍ने उहाँले थाहा गर्नुभयो,
2 (Jóllehet Jézus maga nem keresztelt, hanem a tanítványai, )
(यद्यपि येशू आफैँले बप्‍तिस्‍मा दिँदै हुनुहुन्‍नथ्यो, तर उहाँका चेलाहरूले बप्‍तिस्‍मा दिँदै थिए)
3 Elhagyá Júdeát és elméne ismét Galileába.
उहाँ यहूदिया छोडेर गालीलतिर जानुभयो ।
4 Samárián kell vala pedig általmennie.
तर उहाँ सामरिया भएर जानु आवश्‍यक थियो ।
5 Megy vala azért Samáriának Sikár nevű városába, annak a teleknek szomszédjába, a melyet Jákób adott vala az ő fiának, Józsefnek.
त्‍यसैले, उहाँ याकूबले आफ्नो छोरा योसेफलाई दिएका जग्‍गाको टुक्रा नजिक रहेको सामरियाको सुखार भनिने एउटा सहरमा आउनुभयो ।
6 Ott vala pedig a Jákób forrása. Jézus azért, az utazástól elfáradva, azonmód leüle a forráshoz. Mintegy hat óra vala.
त्यहाँ याकूबको इनार थियो । येशू आफ्नो यात्राले थाक्‍नुभयो र इनारको छेउमा बस्‍नुभयो । यो छैठौँ घडीतिरको कुरा थियो ।
7 Jöve egy samáriabeli asszony vizet meríteni; monda néki Jézus: Adj innom!
एक जना सामरी स्‍त्री पानी लिन आइन् र येशूले तिनलाई भन्‍नुभयो, “मलाई पिउन थोरै पानी देऊ ।”
8 Az ő tanítványai ugyanis elmentek a városba, hogy ennivalót vegyenek.
किनभने उहाँका चेलाहरू खानेकुरा किन्‍न सहरतिर गएका थिए ।
9 Monda azért néki a samáriai asszony: Hogy kérhetsz inni zsidó létedre én tőlem, a ki samáriai asszony vagyok?! Mert a zsidók nem barátkoznak a samáriaiakkal.
त्‍यसपछि सामरी स्‍त्रीले उहाँलाई भनिन्, “तपाईं एक जना यहूदी भएर पनि म एउटी सामरी स्‍त्रीसँग कसरी पिउने कुरा माग्‍नुभएको?” किनकि यहूदीहरूले समारीहरूसँग कुनै किसिमको लेनदेन गर्दैनन् ।
10 Felele Jézus és monda néki: Ha ismernéd az Isten ajándékát, és hogy ki az, a ki ezt mondja néked: Adj innom!; te kérted volna őt, és adott volna néked élő vizet.
येशूले तिनलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “यदि तिमीले परमेश्‍वरको वरदानलाई चिनेकी भए र ‘मलाई पिउन देऊ’ भनिरहनुहुनेलाई चिनेकी भए, तिमीले चाहिँ उनीसँग माग्‍ने थियौ, र उनले तिमीलाई जिउँदो पानी दिने थिए ।”
11 Monda néki az asszony: Uram, nincs mivel merítened, és a kút mély: hol vennéd tehát az élő vizet?
स्‍त्रीले उहाँलाई जवाफ दिइन्, “महाशय, तपाईंसित बाल्‍टिन छैन; इनार पनि गहिरो छ । अनि तपाईंसँग जिउँदो पानी कहाँ छ त?
12 Avagy nagyobb vagy-é te a mi atyánknál, Jákóbnál, a ki nékünk adta ezt a kutat, és ebből ivott ő is, a fiai is és jószága is?
के तपाईं हाम्रा पुर्खा याकूबभन्‍दा महान् हुनुहुन्‍छ जसले हामीलाई इनार दिनुभयो र उहाँ आफैँले पनि यही इनारबाट पानी पिउनुभयो र उहाँका सन्‍तानहरू र उहाँका गाईवस्‍तुहरूले पनि पिए?”
13 Felele Jézus és monda néki: Mindaz, a ki ebből a vízből iszik, ismét megszomjúhozik:
येशूले तिनलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “हरेक जस‍ले यो पानी पिउँछ, त्यो फेरि तिर्खाउनेछ,
14 Valaki pedig abból a vízből iszik, a melyet én adok néki, soha örökké meg nem szomjúhozik; hanem az a víz, a melyet én adok néki, örök életre buzgó víznek kútfeje lesz ő benne. (aiōn g165, aiōnios g166)
तर जसले मैले दिने पानी पिउँछ, त्यो फेरि कहिल्यै तिर्खाउनेछैन । बरु, मैले दिने त्यो पानी त्‍यसको अन्‍तस्‍करणमा अनन्‍त जीवनसम्‍मै उम्रिरहने पानीको मूल बन्‍नेछ ।” (aiōn g165, aiōnios g166)
15 Monda néki az asszony: Uram, add nékem azt a vizet, hogy meg ne szomjúhozzam, és ne jőjjek ide meríteni!
स्‍त्रीले उहाँलाई भनिन्, “महाशय, मलाई यो पानी दिनुहोस्, ताकि म फेरि तिर्खाउनेछैन र यहाँ पानी लिन आउनुपर्नेछैन ।”
16 Monda néki Jézus: Menj el, hívd a férjedet, és jőjj ide!
येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, तिम्रो लोग्‍नेलाई बोलाऊ, र यहाँ आऊ ।”
17 Felele az asszony és monda: Nincs férjem. Monda néki Jézus: Jól mondád, hogy: Nincs férjem;
स्‍त्रीले उहाँलाई जवाफ दिइन् र भनिन्, “मेरो लोग्‍ने छैन ।” येशूले जवाफ दिनुभयो, “‘मेरो लोग्‍ने छैन’ भनी तिमीले साँचो भनेकी छ्यौ ।
18 Mert öt férjed volt, és a mostani nem férjed: ezt igazán mondtad.
किनकि तिम्रा पाँच जना लोग्‍ने भइसकेका छन् र अहिले भएको पनि तिम्रो लोग्‍ने होइन । तिमीले भनेकी कुरो साँचो हो ।”
19 Monda néki az asszony: Uram, látom, hogy te próféta vagy.
स्‍त्रीले उहाँलाई भनिन्, “महाशय, तपाईं अगमवक्‍ता हुनुहुन्छ भनी म देख्‍छु ।
20 A mi atyáink ezen a hegyen imádkoztak; és ti azt mondjátok, hogy Jeruzsálemben van az a hely, a hol imádkozni kell.
हाम्रा पुर्खाहरूले यही पर्वतमा आराधना गरे, तर मानिसहरूले आराधना गर्नुपर्ने स्‍थान यरूशलेम नै हो भनी तपाईंहरू भन्‍नुहुन्छ ।”
21 Monda néki Jézus: Asszony, hidd el nékem, hogy eljő az óra, a mikor sem nem ezen a hegyen, sem nem Jeruzsálemben imádjátok az Atyát.
येशूले तिनलाई भन्‍नुभयो, “हे नारी, मलाई विश्‍वास गर । समय आइरहेको छ, तिमीहरूले पितालाई न यो पर्वतमा न त यरूशलेममा नै आराधना गर्नेछौ ।
22 Ti azt imádjátok, a mit nem ismertek; mi azt imádjuk, a mit ismerünk: mert az idvesség a zsidók közül támadt.
तिमीहरूले जे जान्दैनौ, त्यसैको आराधना गर्छौ । हामी जे जान्दछौँ, त्यसैको आराधना गर्छौं, किनकि उद्धार यहूदीहरूबाट नै आउँछ ।
23 De eljő az óra, és az most vagyon, amikor az igazi imádók lélekben, és igazságban imádják az Atyát: mert az Atya is ilyeneket keres, az ő imádóiul.
तापनि, साँचा आराधकहरूले पितालाई आत्‍मा र सत्‍यतामा आराधना गर्ने बेला आइरहेको छ र त्यो अहिले नै हो, किनकि पिताले आफ्ना आराधकहरू हुन यस्‍ता मानिसहरूको खोजी गर्दै हुनुहुन्‍छ ।
24 Az Isten lélek: és a kik őt imádják, szükség, hogy lélekben és igazságban imádják.
परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ र उहाँलाई आराधना गर्ने मानिसहरूले उहाँलाई आत्‍मा र सत्‍यतामा आराधना गर्नुपर्छ ।”
25 Monda néki az asszony: Tudom, hogy Messiás jő (a ki Krisztusnak mondatik); mikor az eljő, megjelent nékünk mindent.
स्‍त्रीले उहाँलाई भनिन्, “(ख्रीष्‍ट भनिने) मसीह आउँदै हुनुहुन्‍छ भन्‍ने मलाई थाहा छ, जब उहाँ आउनुहुन्‍छ, उहाँले हामीलाई सबै कुरा बताउनुहुनेछ ।”
26 Monda néki Jézus: Én vagyok az, a ki veled beszélek.
येशूले त्यसलाई भन्‍नुभयो, “तिमीसँग कुराकानी गरिरहने, म उही नै हुँ ।”
27 Eközben megjövének az ő tanítványai; és csodálkozának, hogy asszonnyal beszélt; mindazáltal egyik sem mondá: Mit keresel? vagy: Mit beszélsz vele?
त्‍यही बेला उहाँका चेलाहरू आइपुगे । उहाँ स्‍त्रीसित किन कुराकानी गर्दै हुनुहुन्‍थ्यो भनी तिनीहरू चकित भइरहेका थिए, तर “तपाईं के चाहनुहुन्‍छ?” वा “किन तपाईं त्‍यससँग कुराकानी गर्दै हुनुहुन्‍छ?” भनी कसैले पनि भनेन ।
28 Ott hagyá azért az asszony a vedrét, és elméne a városba, és monda az embereknek:
त्‍यसैले, ती स्‍त्रीले आफ्नो गाग्रो छोडेर सहरतिर गइन् र मानिसहरूलाई भनिन्,
29 Jertek, lássatok egy embert, a ki megmonda nékem mindent, a mit cselekedtem. Nem ez-é a Krisztus?
“आओ, मैले गरेका सबै कुराहरू मलाई बताइदिनुहुने मानिसलाई हेर । उहाँ नै ख्रीष्‍ट हुन सक्छ, हुन सक्दैन त?”
30 Kimenének azért a városból, és hozzá menének.
तिनीहरू सहरबाट उहाँकहाँ आए ।
31 Aközben pedig kérék őt a tanítványok, mondván: Mester, egyél!
त्‍यसै बेला चेलाहरूले उहाँलाई यसो भन्‍दै अनुरोध गरिरहेका थिए, “रब्‍बी, खानुहोस् ।”
32 Ő pedig monda nékik: Van nékem eledelem, a mit egyem, a mit ti nem tudtok.
तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मसँग खानेकुरा छ जुन तिमीहरू जान्दैनौ ।”
33 Mondának azért a tanítványok egymásnak: Hozott-é néki valaki enni?
त्‍यसकारण, चेलाहरूले एक आपसमा भने, “उहाँलाई कुनै खानेकुरा कसैले ल्‍याएको छैन, ल्‍याएको छ र?”
34 Monda nékik Jézus: Az én eledelem az, hogy annak akaratját cselekedjem, a ki elküldött engem, és az ő dolgát elvégezzem.
येशूले तिनीहरूलाई भन्‍नुभयो, “जसले मलाई पठाउनुभयो, उहाँको इच्‍छा र उहाँको काम पुरा गर्नु नै मेरो खानेकुरा हो ।
35 Ti nem azt mondjátok-é, hogy még négy hónap és eljő az aratás? Ímé, mondom néktek: Emeljétek fel szemeiteket, és lássátok meg a tájékokat, hogy már fehérek az aratásra.
अझ पनि चार महिना छ र त्‍यसपछि कटनी गर्ने समय आउनेछ भनी के तिमीहरू भन्‍दैनौ? म तिमीहरूलाई भन्‍दै छु, हेर र खेतलाई देख, किनकि तिनीहरू कटनीको निम्‍ति अगि नै पाकिसकेका छन् ।
36 És a ki arat, jutalmat nyer, és az örök életre gyümölcsöt gyűjt; hogy mind a vető, mind az arató együtt örvendezzen. (aiōnios g166)
जसले कटनी गर्छ, त्यसले ज्याला पाउँछ र अनन्‍त जीवनको निम्‍ति फल बटुल्‍छ, ताकि छर्ने र कटनी गर्ने सँगसँगै रमाउन सकून् । (aiōnios g166)
37 Mert ebben az a mondás igaz, hogy más a vető, más az arató.
किनकि एउटाले छर्छ र अर्काले कटनी गर्छ भन्‍ने यो भनाइ यसैमा साँचो छ ।
38 Én annak az aratására küldtelek titeket, a mit nem ti munkáltatok; mások munkálták, és ti a mások munkájába állottatok.
तिमीहरूले काम नगरेका कुरा कटनी गर्न मैले तिमीहरूलाई पठाएँ । अरूहरूले काम गरेका छन्, र तिमीहरू उनीहरूका श्रममा प्रवेश गरेका छौ ।”
39 Abból a városból pedig sokan hivének benne a Samaritánusok közül annak az asszonynak beszédéért, a ki bizonyságot tett vala, hogy: Mindent megmondott nékem, a mit cselekedtem.
“मैले गरेका सबै कुरा उहाँले मलाई भन्‍नुभयो” भनी स्‍त्रीले दिएको गवाहीले गर्दा त्‍यस सहरमा बसोबास गर्ने धेरै सामरीहरूले उहाँमा विश्‍वास गरे ।
40 A mint azért oda mentek hozzá a Samaritánusok, kérék őt, hogy maradjon náluk; és ott marada két napig.
त्यसैले, जब सामरीहरू उहाँकहाँ आए, तिनीहरूले उनीहरूसँग बस्‍न आग्रह गरे र उहाँ त्‍यहाँ दुई दिन बस्‍नुभयो ।
41 És sokkal többen hivének a maga beszédéért,
उहाँको वचनको कारणले गर्दा धेरै जनाले विश्‍वास गरे ।
42 És azt mondják vala az asszonynak, hogy: Nem a te beszédedért hiszünk immár: mert magunk hallottuk, és tudjuk, hogy bizonnyal ez a világ idvezítője, a Krisztus.
तिनीहरूले ती स्‍त्रीलाई भने, “तिमीले भनेकी कारणले हामी विश्‍वास गर्दैनौँ, किनकि हामी आफैँले सुनेका छौँ र हामी जान्दछौँ, कि उहाँ नै संसारका उद्धारकर्ता हुनुहुन्‍छ ।”
43 Két nap mulva pedig kiméne onnét, és elméne Galileába.
दुई दिनपछि उहाँ त्‍यहाँबाट गालील प्रस्थान गर्नुभयो ।
44 Mert Jézus maga tett bizonyságot arról, hogy a prófétának nincs tisztessége a maga hazájában.
किनकि येशू आफैँले घोषणा गर्नुभयो, कि अगमवक्‍तालाई उसको आफ्नै गाउँमा आदर गरिँदैन ।
45 Mikor azért beméne Galileába, befogadták őt a Galileabeliek, mivelhogy látták vala mindazt, a mit Jeruzsálemben cselekedett az ünnepen; mert ők is elmentek vala az ünnepre.
जब उहाँ गालीलमा आउनुभयो, गालीलीहरूले उहाँलाई स्‍वागत गरे । यरूशलेमको चाडमा उहाँले गर्नुभएका सबै कुराहरू तिनीहरूले देखेका थिए, किनकि तिनीहरू पनि चाडमा गएका थिए ।
46 Ismét a galileai Kánába méne azért Jézus, a hol a vizet borrá változtatta. És volt Kapernaumban egy királyi ember, a kinek a fia beteg vala.
अब उहाँले पानीलाई दाखमद्यमा परिणत गर्नुभएको गालीलको काना सहरमा उहाँ फेरि आउनुभयो । त्यहाँ एक जना राजकीय अधिकारी थिए जसको छोरा कर्फनहुममा बिरामी थिए ।
47 Mikor ez meghallá, hogy Jézus Júdeából Galileába érkezett, hozzá méne és kéré őt, hogy menjen el és gyógyítsa meg az ő fiát; mert halálán vala.
जब येशू यहूदियाबाट गालील आउनुभएको तिनले सुने, तिनी येशूकहाँ गए र उहाँ आएर तिनका मर्न लागेका छोरालाई निको पारिदिनुहोस् भनी उहाँलाई बिन्‍ती गरे ।
48 Monda azért néki Jézus: Ha jeleket és csodákat nem láttok, nem hisztek.
तब येशूले तिनलाई भन्‍नुभयो, “चिह्न‍हरू र आश्‍चर्यकर्महरू नदेखेसम्‍म तिमीहरूले विश्‍वास गर्नेछैनौ ।”
49 Monda néki a királyi ember: Uram, jőjj, mielőtt a gyermekem meghal.
ती अधिकारीले उहाँलाई भने, “महाशय, मेरो छोरो मर्नुअगावै आउनुहोस् ।”
50 Monda néki Jézus: Menj el, a te fiad él. És hitt az ember a szónak, a mit Jézus mondott néki, és elment.
येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, तिम्रो छोरा बाँच्‍छ ।” येशूले तिनलाई भन्‍नुभएको वचन तिनले विश्‍वास गरे, र तिनी आफ्नो बाटो लागे ।
51 A mint pedig már megy vala, elébe jövének az ő szolgái, és hírt hozának néki, mondván, hogy: A te fiad él.
तिनी जाँदै गर्दा, तिनका छोरो जीवित भए भन्दै तिनका नोकरहरूले तिनलाई भेटे ।
52 Megtudakozá azért tőlük az órát, a melyben megkönnyebbedett vala; és mondának néki: Tegnap hét órakor hagyta el őt a láz;
यसकारण, उसको सुधार कति बेलादेखि भएको थियो भनी तिनले तिनीहरूलाई सोधे । तिनीहरूले तिनलाई जवाफ दिए, “हिजो सातौँ घडीमा उसलाई ज्‍वरोले छोड्यो ।”
53 Megérté azért az atya, hogy abban az órában, a melyben azt mondá néki a Jézus, hogy: a te fiad él. És hitt ő, és az ő egész háza népe.
त्‍यसपछि यो येशूले “तिम्रो छोरा बाँच्‍छ” भन्‍नुभएको घडी थियो भन्‍ने ती बुबाले महसुस गरे । यसकारण तिनी र तिनका आफ्ना सम्‍पूर्ण घरानाले विश्‍वास गरे ।
54 Ezt ismét második jel gyanánt tevé Jézus, mikor Júdeából Galileába ment.
येशू यहूदियाबाट गालीलमा आउँनुहुँदा उहाँले गर्नुभएको यो दोस्रो चिह्न‍ थियो ।

< János 4 >