< Ézsaiás 60 >

1 Kelj fel, világosodjál, mert eljött világosságod, és az Úr dicsősége rajtad feltámadt.
उठ्, प्रकाशमान् हो, किनकि तेरो प्रकाश आएको छ र परमप्रभुको महिमा तँमाथि उदाएको छ ।
2 Mert ímé, sötétség borítja a földet, és éjszaka a népeket, de rajtad feltámad az Úr, és dicsősége rajtad megláttatik.
पृथ्वीलाई अँध्यारोले र जातिहरूलाई बाक्‍लो अँध्यारोले ढाके तापनि, परमप्रभु तँमाथि उदाउनुहुनेछ र उहाँको महिमा तँमा देखिनेछ ।
3 És népek jönnek világosságodhoz, és királyok a néked feltámadt fényességhez.
जातिहरू तेरो प्रकाशमा आउनेछन् र राजाहरू उदाउँदै गरेको तेरो चहकिलो प्रकाशमा आउनेछन् ।
4 Emeld fel köröskörül szemeidet és lásd meg: mindnyájan egybegyűlnek, hozzád jönnek, fiaid messziről jönnek, és leányaid ölben hozatnak el.
वरिपरि चारैतिर हेर् र देख् । तिनीहरू सबै आफै भेला हुन्छन् र तँकहाँ आउँछन् । तेरा छोराहरू टाढाबाट आउनेछन् र तिनीहरूका हातले तेरी छोरीहरूलाई बोकेर ल्‍याउनेछन् ।
5 Akkor meglátod és ragyogsz örömtől, és remeg és kiterjed szíved, mivel hozzád fordul a tenger kincsözöne, és hozzád jő a népeknek gazdagsága.
तब तैंले हेर्नेछस्, प्रज्वलित हुनेछस्, तेरो हृदय आनन्‍दित हुनेछ र भरिएर पोखिनेछ, किनभने समुद्रको प्रशस्‍तता तँलाई खन्याइनेछ र जातिहरूका सम्पत्ति तँकहाँ आउनेछन् ।
6 A tevék sokasága elborít, Midján és Éfa tevecsikói, mind Sebából jönnek, aranyat és tömjént hoznak, és az Úr dicséreteit hirdetik.
ऊँटका बथानहरू, मिद्यान र एपाका सवार गर्ने ऊँटहरूले तँलाई ढाक्‍नेछन् । ती सबै शेबाबाट आउनेछन् । तिनीहरूले सुन र धूप ल्याउनेछन् र परमप्रभुको प्रशंसा गाउनेछन् ।
7 Kédár minden juhai hozzád gyűlnek, Nebajóth kosai néked szolgálnak, felmennek kedvem szerint oltáromra, és dicsőségem házát megdicsőítem.
केदारका सबै भेडाबाख्रालाई तँकहाँ जम्‍मा पारिनेछन् । नबायोतका भेडाहरूले तेरो आवश्यक्‍ता पुरा गर्नेछन् । तिनीहरू मेरो वेदीमा स्वीकारयोग्य बलिदान हुनेछन् । अनि आफ्‍नो महिमित भवनलाई म महिमित बनाउनेछु ।
8 Kik ezek, kik repülnek, mint a felleg, s mint a galambok dúczaikhoz?
बादलझैं र ढुकुरहरू आफ्‍ना गुँडहरूमा गएझैं उड्ने यी को हुन्?
9 Igen, engem várnak a szigetek; és elől jönnek Társis hajói, hogy elhozzák fiaidat messziről, és ezüstjöket és aranyokat azokkal együtt, a te Urad és Istened nevének és Izráel Szentjének, hogy téged megdicsőített.
समुद्र किनारहरूले मेरो खोजी गर्छन् । टाढाबाट परमप्रभु तिमीहरूका परमेश्‍वर र इस्राएलका परमपवित्रको निम्ति तिमीहरूका छोराहरूलाई आफूसँग भएका सुन र चाँदीसँगै ल्याउनलाई तर्शीशका जहाजहरूले नेतृत्‍व गर्छन्, किनभने उहाँले तँलाई इज्‍जत गर्नुभएको छ ।
10 Az idegenek megépítik kőfalaidat, és királyaik szolgálnak néked; mivel haragomban megvertelek, és kegyelmemben megkönyörültem rajtad.
विदेशीहरूका छोराहरूले तेरा पर्खालहरू पुनःनिर्माण गर्नेछन् र तिनीहरूका राजाहरूले तेरो सेवा गर्नेछन् । मेरो क्रोधमा मैले तँलाई दण्ड दिए तापनि मेरो कृपामा म तँलाई दया देखाउनेछु ।
11 És nyitva lesznek kapuid szüntelen, éjjel és nappal be nem zároltatnak, hogy behozzák hozzád a népek gazdagságát, és királyaik is bevitetnek.
तेरा ढोकाहरू पनि निरन्‍तर रूपमा खुला रहनेछ । ती दिन वा रात कहिल्यै बन्द गरिनेछैन, ताकि जातिहरूका सम्पत्ति तिनीहरूका राजाहरूलाई अगि राखेर ल्याउन सकियोस् ।
12 Mert a nép és az ország, a mely néked nem szolgáland, elvész, és a népek mindenestől elpusztulnak.
वास्तवमा, तेरो सेवा नगर्ने जातिहरू र राज्यहरू नाश हुनेछन् । ती जातिहरू पुर्ण रूपमा नष्‍ट पारिनेछ ।
13 A Libánon ékessége hozzád jő, cziprus, platán, sudar czédrus, mind együtt szenthelyemnek megékesítésére, hogy lábaim helyét megdicsőítsem.
लेबनानको महिमा तँकहा आउनेछ । सल्‍लो र धूपीका रूखहरू मेरो पवित्रस्थानलाई सुन्दर बनाउन आउनेछन् । अनि म मेरो पाउ राख्‍ने ठाउँलाई महिमित तुल्याउनेछु ।
14 És meghajolva hozzád mennek a téged nyomorgatók fiai, és leborulnak lábad talpainál minden megútálóid, és neveznek téged az Úr városának, Izráel Szentje Sionának.
तँलाई तुच्छ पार्नेहरूका छोराहरू तँलाई दण्डवत गर्न आउनेछन् । तिनीहरूले तेरा पाउ ढोग्‍नेछन् । तिनीहरूले तँलाई परमप्रभुको सहर अर्थात् इस्राएलको परमपवित्रको सियोन भन्‍नेछन् ।
15 A helyett, hogy elhagyott és gyűlölt valál és senki rajtad át nem ment, örökkévaló ékességgé teszlek, és gyönyörűséggé nemzetségről nemzetségre.
तँबाट भएर कोही नहिंड्ने गरी त्यागिएको र घृणा गरिएको अवस्‍थामा रहनुको साटोमा, म तँलाई सदाको निम्ति गौरवको वस्तु, पुस्तादेखि पुस्‍तासम्‍मको निम्ति आनन्द बनाउनेछु ।
16 És szopod a népek tejét, és a királyok emlőjét szopod, és megtudod, hogy én vagyok az Úr, megtartód és megváltód, Jákóbnak erős Istene.
तैंले जातिहरूको दूध पनि पिउनेछस् र राजहरूका दूध कानेछस् । म, परमप्रभु नै तेरो उद्धारक र मुक्‍तिदाता, याकूबको शक्तिशाली हुँ भन्‍ने तैंले जान्‍नेछस् ।
17 Réz helyett aranyat hozok, vas helyett ezüstöt hozok, és a fák helyett rezet, és a kövek helyett vasat, és teszem fejedelmeiddé a békességet, és előljáróiddá az igazságot.
काँसाको सट्टामा म सुन ल्‍याउनेछु, फलामको सट्टामा म चाँदी ल्‍याउनेछु । काठको साटो काँसा र ढङ्गाको साटो फलाम ल्याउनेछु । शन्तिलाई म तेरो गभर्नर र न्यायलाई तेरो शासक नियुक्‍त गर्नेछु ।
18 Nem hallatik többé erőszaktétel földeden, pusztítás és romlás határaidban, és a szabadulást hívod kőfalaidnak, és kapuidnak a dicsőséget.
तेरो देशमा हिंसा कदापि सुनिनेछैन, न त तेरो सिमानाभित्र विध्वांस वा तोडफोड सुनिनेछ, तर तैंले तेरा पर्खालहरूलाई मुक्‍ति र तेरा ढोकाहरूलाई प्रशंसा भन्‍नेछस् ।
19 Nem a nap lesz néked többé nappali világosságod, és fényességül nem a hold világol néked, hanem az Úr lesz néked örök világosságod, és Istened lesz ékességed,
सूर्य दिनमा तेरो प्रकाश हुनेछैन, न त चन्द्रमाको उज्यालो तँमाथि चम्किनेछ । तर परमप्रभु नै तेरो अनन्तको प्रकाश र तेरो परमेश्‍वर नै तेरो महिमा हुनुहुनेछ ।
20 Napod nem megy többé alá, és holdad sem fogy el, mert az Úr lesz néked örök világosságod, és gyászod napjainak vége szakad.
तेरो सूर्य कहिल्यै अस्ताउनेछैन, न त तेरो चन्द्रमा पछि हट्ने र लोप हुनेछ । किनकि परमप्रभु नै तेरो अनन्तको प्रकाश हुनुहुनेछ र तेरा शोकका दिनहरू समाप्‍त हुनेछन् ।
21 És néped mind igaz lesz, és a földet mindörökké bírják, plántálásom vesszőszála ők, kezeim munkája dicsőségemre.
तेरा सबै मानिस धर्मी हुनेछन् । तिनीहरूले सदाको निम्ति देश अधिकार गर्नेछन् । म महिमित हुन सकूँ भनेर ती मैले रोपेका बिरुवाका हाँगा र मेरा हातका काम हुन् ।
22 A legkisebb ezerre nő, és a legkevesebb hatalmas néppé. Én az Úr, idején, hamar megteszem ezt.
थोरैचाहिं एक हजार हुनेछ, सानो एउटा पनि बलियो जाति हुनेछ । जब समय आउँछ, तब म, परमप्रभुले यी कुराहरू चाँडै नै पुरा गर्नेछु ।

< Ézsaiás 60 >