< Ézsaiás 58 >

1 Kiálts teljes torokkal, ne kiméld; mint trombita emeld fel hangodat, és hirdesd népemnek bűneiket, és Jákób házának vétkeit.
उच्‍च सोरमा करा, चुप नलाग् । तुरहीले झैं आफ्‍नो सोर उचाल् । मेरा मानिसहरूलाई तिनीहरूको विद्रोह र याकूबको घरानालाई तिनीहरूको पापहरूका सामना गर् ।
2 Holott ők engem mindennap keresnek, és tudni kivánják útaimat, mint oly nép, a mely igazságot cselekedett és Istene törvényét el nem hagyta; kérik tőlem az igazságnak ítéleteit, és Istennek elközelgését kivánják.
तापनि तिनीहरूले दैनिक रूपमा मलाई खोज्छन् र मेरा यपायहरूका ज्ञानमा खुसी हुन्‍छन्, जसरी एउटा जातिले धार्मिकताको अभ्यास गरे र आफ्‍ना परमेश्‍वरको व्यवस्था त्यागेनन् । तिनीहरूले मसँग धार्मिक न्यायको निम्ति बिन्ती गर्छन् । परमेश्‍वर नजिक आउनुहुने विचार गरेर तिनीहरू खुसी हुन्छन् ।
3 Mért bőjtölünk és Te nem nézed, gyötörjük lelkünket és Te nem tudod? Ímé, bőjtöléstek napján kedvtelésteket űzitek, és minden robotosaitokat szorongatjátok.
तिनीहरू भन्छन्, 'हामी उपवास बसेका छौं तर तपाईंले यसलाई किन देख्‍नुहुन्‍न? हामीले आफैलाई नम्र तुल्याएका छौं, तर तपाईंले किन हेर्नुहुन्‍न?' हेर, तिमीहरूले आफ्नो उपवासको दिनमा आफ्नै खुसी खोज्छौ र आफ्ना कामदारहरूलाई अत्‍याचार गर्छौ ।
4 Ímé perrel és versengéssel bőjtöltök, és sújtotok a gazságnak öklével; nem úgy bőjtöltök mostan, hogy meghallassék szavatok a magasságban.
हेर, तिमीहरू झगडा गर्न र लडाइँ गर्न र आफ्‍नो दुष्‍टताको मुक्‍‍काले हान्‍न उपवास बस्छौ । तिमीहरूले आफ्नो सोर माथि सुनाउनलाई उपवास बस्दैनौ ।
5 Hát ilyen a bőjt, a melyet én kedvelek, és olyan a nap, a melyen az ember lelkét gyötri? Avagy ha mint káka lehajtja fejét, és zsákot és hamvat terít maga alá: ezt nevezed-é bőjtnek és az Úr előtt kedves napnak?
के मैले चाहेको उपवास यस्‍तै किसिमको हो र? एक दिन मात्र कसैले आफैलाई नम्र तुल्याउने, आफ्नो शिर निगालो झैं झुकाउने, र भाङ्ग्रा लगाउने र खरानीमा बस्‍ने हो र? के तिमीहरूले परमप्रभुलाई खुसी पार्ने उपवास यसैलाई भन्छौ?
6 Hát nem ez-é a bőjt, a mit én kedvelek: hogy megnyisd a gonoszságnak bilincseit, az igának köteleit megoldjad, és szabadon bocsásd az elnyomottakat, és hogy minden igát széttépjetek?
के मैले चुनेको उपवास यो होइनः दुष्‍टताको बन्‍धनबाट मुक्‍त गर्नु, जुवाका डोरीहरू फुकाउनु, चूर्णभएकाहरूलाई स्वतन्त्र पार्नु र जुवालाई भाँच्‍नू?
7 Nem az-é, hogy az éhezőnek megszegd kenyeredet, és a szegény bujdosókat házadba bevigyed, ha meztelent látsz, felruházzad, és tested előtt el ne rejtsd magadat?
आफ्‍नो भोजन भोकाएकाहरूलाई दिनु र गरीब र घरविहीनलाई तिमीहरूका घरमा ल्याउनु होइन र?” तिमीहरूले कसैलाई नाङ्गो देख्दा तिमीहरूले त्यसलाई लुगा लगाई दिनुपर्छ । अनि तिमीहरूले आफूलाई आफ्ना नातेदारदेखि लुकाउनुहुँदैन ।
8 Akkor felhasad, mint hajnal a te világosságod, és meggyógyulásod gyorsan kivirágzik, és igazságod előtted jár; az Úr dicsősége követ.
तब तिमीहरूको ज्‍योति सूर्योदय हुँदाझैं खुल्नेछ र तिमीहरूको चङ्गाइ झट्टै आउनेछ । तिमीहरूको धार्मिकता तिमीहरूको अगि जानेछ र परमप्रभुको महिमा तिमीहरूको पछाडिको रक्षक हुनेछ ।
9 Akkor kiáltasz, és az Úr meghallgat, jajgatsz, és ő azt mondja: Ímé, itt vagyok. Ha elvetended közüled az igát, és megszünsz ujjal mutogatni és hamisságot beszélni;
तब तिमीहरूले पुकार्नेछौ र परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछ । तिमीहरूले सहायताको निम्ति पुकारा गर्नेछौ र उहाँले भन्‍नुहुनेछ, “म यहाँ छु ।” तिमीहरूले आफ्‍ना माझबाट जुवा, दोष लगाउने औंला र दुष्‍ट बोली हटायौ भने,
10 Ha odaadod utolsó falatodat az éhezőnek, és az elepedt lelkűt megelégíted: feltámad a setétségben világosságod, és homályosságod olyan lesz, mint a dél.
तिमीहरू आफैले भोकालाई दिन्छौ र विपदग्रस्तको खाचो पुरा गर्छौ भने, तिमीहरूको ज्‍योति अन्धकारमा चम्‍किनेछ र तिमीहरूको अन्धकारचाहिं मध्ये दिनजस्तो हुनेछ ।
11 És vezérel téged az Úr szüntelen, megelégíti lelkedet nagy szárazságban is, és csontjaidat megerősíti, és olyan leszel, mint a megöntözött kert, és mint vízforrás, a melynek vize el nem fogy.
तब परमप्रभुलले तिमीहरूलाई निरन्तर रूपले डोर्‍यउनुहुनेछ र पानी नभएको क्षेत्रहरूमा तृप्‍त पार्नुहुनेछ र उहाँले तिमीहरूको हड्‍डीलाई बलियो पार्नुहुनेछ । तिमीहरू पानी हालिएको बगैंचाझैं र पानी कहिल्यै नसुक्‍ने पानीको मुलजस्तै हुनेछौ ।
12 És megépítik fiaid a régi romokat, az emberöltők alapzatait felrakod, és neveztetel romlás építőjének, ösvények megújítójának, hogy ott lakhassanak.
तिमीहरूमध्ये केहीले प्राचीन भग्‍नावशेषको पुनःनिर्माण गर्नेछौ । धेरै पुस्ताको भग्‍नावशेषलाई खडा गर्नेछौ । तिमीहरूलाई यसो भनिनेछ, “पर्खाल मरम्मत गर्नेहरू,” बस्‍नलाई गल्‍लीहरू पुनःर्स्थापना गर्नेहरू।”
13 Ha megtartóztatod szombaton lábadat, és nem űzöd kedvtelésedet szent napomon, és a szombatot gyönyörűségnek hívod, az Úr szent és dicsőséges napjának, és megszenteled azt, dolgaidat nem tevén, foglalkozást sem találván, hamis beszédet sem szólván:
अब तिमीहरूले शबाथ-दिनमा यात्रा गर्नबाट आफ्नो पाउहरू फर्काउँछौ र मेरो पवित्र दिनमा तिमीहरूको आफ्नो खुसी गर्नबाट फर्कन्‍छौ । तिमीहरूले शबाथ-दिनलाई आनन्द भन्‍छौ र परमप्रभुको कुराहरूलाई पवित्र र आदरणिय भन्‍छौ । तिमीहरूका आफ्ना काम छोडेर, र तिमीहरूका आफ्नै खुसी गर्न छोडेर र तिमिहरूका आफ्‍नै शब्दहरू नबोलेर तिमीहरूले शबाथ-दिनलाई आदर गर्छौ भने ।
14 Akkor gyönyörűséged lesz az Úrban; és én hordozlak a föld magaslatain, és azt mívelem, hogy Jákóbnak, atyádnak örökségével élj; mert az Úr szája szólt!
तब तिमीहरूले परमप्रभुमा आनन्द पाउनेछौ । अनि म तिमीहरूलाई पृथ्वीको उच्‍च स्थानहरूमा सवार गर्न लगाउनेछु । तिमीहरूका पुर्खा याकूबको उत्तराधिकारबाट म तिमीहरूलाई खान दिनेछु— किनकि परमप्रभुको मुखले बोलेको छ ।”

< Ézsaiás 58 >