< Hóseás 4 >

1 Halljátok meg az Úrnak beszédét Izráel fiai, mert pere van az Úrnak a földnek lakóival, mert nincs igazság és nincsen szeretet és nincsen Istennek ismerete a földön.
ए इस्राएलका मानिस हो, परमप्रभुको वचन सुन । यस देशका वासिन्दाहरूको विरुद्धमा परमप्रभुको एउटा मुद्धा छ, किनभने देशमा सत्यता, करारको विश्‍वस्‍तता, परमप्रभुको ज्ञान छैन ।
2 Hamisan esküsznek és hazudnak és gyilkolnak és lopnak és paráználkodnak, betörnek és egyik vér a másikat éri.
त्यहाँ सराप, झुटो बोली, हत्या, चोरी र व्यभिचार छ । मानिसहरूले सबै सीमा तोडेका छन्, र रगत बगेपछि रगत बगेको छ ।
3 Azért búsul a föld és elerőtlenül minden, a mi azon lakik, a mező vada és az ég madara egyaránt, bizony a tenger halai is elveszíttetnek.
यसैले त्यो देश सुख्‍खा हुँदैछ, र त्यहाँ बसोबास गर्ने सबै खेर जाँदैछन् । मैदानका पशुहरू, आकाशका चराहरू, र समुद्र भएका माछासमेत मारिंदैछन् ।
4 Mindazáltal senki se perlekedjék, és senki se feddőzzék! hiszen a te néped olyan, mint azok, a kik a pappal czivódnak.
तर कसैलाई मुद्धा ल्‍याउन नदेओ । कसैले कसैलाई पनि दोष नलगाओस् । किनकि मैले दोष लगाइरहेको तिमी, पुजारीहरूलाई नै हो ।
5 De elesel nappal, és elesik veled a próféta is éjjel; anyádat is elveszítem.
तिमी पुजारीहरू दिनमा ठेस खानेछौ । तिमीहरूसँगै अगमवक्ताहरू पनि रातमा ठेस खानेछन्, र तिमीहरूकी आमालाई म नष्‍ट गर्नेछु ।
6 Elvész az én népem, mivelhogy tudomány nélkül való. Mivelhogy te megvetetted a tudományt, én is megvetlek téged, hogy papom ne légy. És mivelhogy elfeledkeztél Istened törvényéről, elfeledkezem én is a te fiaidról.
मेरा मानिसहरू ज्ञानको कमिले गर्दा नष्‍ट भइरहेका छन् । तिमी पुजारीहरूले ज्ञानलाई इन्कार गरेको कारणले, तिमीहरूलाई मेरो पुजारी हुनबाट म पनि इन्कार गर्नेछु ।तिमीहरूले मेरो व्यवस्थालाई बिर्सेका कारणले, म तिमीहरूका परमेश्‍वर भए पनि म तिमीहरूका छोराछोरीलाई बिर्सनेछु ।
7 Mennél számosabbak lettek, annál inkább vétkeztek ellenem; de gyalázatra fordítom dicsőségöket!
पुजारीहरूका सङ्ख्या जति धैरै वृद्धि भयो, त्‍यति नै धेरै तिनीहरूले मेरो विरूद्धमा पाप गरे । आफ्नो आदरलाई तिनीहरूले लाजसँग साटे ।
8 Népem vétkéből élősködnek ők és bűneik után áhítozik lelkök.
मेरा मानिसहरूको पापमा तिनीहरू पोसिन्‍छन्, र उनीहरूले धेरै दुष्‍टता गरून् भन्‍ने तिनीहरूको इच्‍छा हुन्‍छ ।
9 De úgy jár a pap is, mint a nép; megbüntetem őket az ő útaikért, és megfizetek néki cselekedeteiért.
पुजारीहरूलाई जस्‍तो गरियो मानिसहरूलाई त्‍यस्‍तै गरिनेछः तिनीहरूका अभ्‍यासहरूका निम्‍ति म तिनीहरू सबैलाई दण्ड दिनेछु, तिनीहरूका कामहरूको बदला म तिनीहरूलाई दिनेछु ।
10 Esznek majd, de meg nem elégesznek; fajtalankodnak, de nem szaporodnak, mert megszüntek az Úrra vigyázni.
तिनीहरूले खानेछन् तर तिनीहरूसँग येथेष्‍ट हुनेछैन, तिनीहरूले वेश्‍यागमन गर्नेछन् तर वृद्धि हुनेछैन, किनभने तिनीहरू परमप्रभुबाट धेरै टाढा गएका छन् ।
11 Paráznaság, bor és must elveszi az észt!
तिनीहरूलाई यौनको छाडापन, दाखमद्य र नयाँ मद्य मन पर्छ, जसले तिनीहरूका समझलाई नाश पारेका छन् ।
12 Népem az ő bálványát kérdezi, és az ő pálczája mond néki jövendőt; mert a fajtalanság lelke megtéveszt, és paráználkodnak az ő Istenök megett.
मेरा मानिसहरूले काठका मूर्तिहरूसँग सल्लाह लिन्छन्, र तिनीहरूका लौरोले तिनीहरूलाई अगमवाणीहरू दिन्छन् । किनभने यौनको छाडापनको विचारले तिनीहरूलाई भ्रममा पारेको छ, र आफ्‍ना परमेश्‍वरमा विश्‍वसयोग्‍य हुन छोडेर वेश्‍याहरूले जस्‍तो व्यवहार तिनीहरूले गरेका छन् ।
13 A hegyek tetején áldoznak és a halmokon füstölnek: a cserfa, a nyárfa és a tölgyfa alatt, mert kedves annak az árnyéka. Ezért paráználkodnak a ti leányaitok, és házasságtörők a ti menyeitek.
पर्वतका टाकुराहरूमा तिनीहरूले बलि चढाउँछन् र पहाडहरूमा, फलाँट, लहरे-पीपल र तारपीनका फेदमा धूप बाल्छन्, किनभने छाया शितल हुन्छ । यसैले तिमीहरूका छोरीहरूले यौनका अनैतिक काम गर्छन्, अनि तिमीहरूका बुहारीहरूले व्यभिचार गर्छन् ।
14 Nem büntetem meg leányaitokat, hogy paráználkodnak, menyeiteket sem, hogy házasságtörők, mert ők magok is félremennek a paráznákkal és áldoznak a kurvákkal. De az értelmetlen nép elbukik.
तिमीहरूका छोरीहरूले यौनका अनैतिक काम गर्दा म तिनीहरूलाई दण्ड दिनेछैन, न त तिमीहरूका बुहारीहरूले व्यभिचार गर्दा तिनीहरूलाई दण्ड दिनेछु । किनकि पुरुषहरूले पनि आफैंलाई वेश्‍याहरूकहाँ दिन्छन्, र पवित्र वेश्‍याहरूसँग तिनीहरूले अनैतिक काम गर्न सकून् भनेर तिनीहरू बलिदानहरू चढाउँछन् । यी मानिसहरू जसले बुझ्‍दैनन्, तिनीहरू तल फालिनेछन् ।
15 Ha te paráználkodol is Izráel, csak a Júda ne vétkezzék! És ne járjatok Gilgálba, és ne menjetek fel Beth-Avenbe! és ne esküdjetek így: Él az Úr!
तँ इस्राएलले व्यभिचार गरेको भए पनि, यहूदाचाहिं दोषी नहोस् । ए मानिस हो, तिमीहरू गिलगालमा नजाओ माथि बेथ-आवनमा नजाओ, र “परमप्रभु जिउँदो हुनुभएझैं” भनेर शपथ नखाओ ।
16 Mert szilajkodik Izráel mint a szilaj üsző; most tágas földön legelteti őket az Úr, mint a bárányt.
किनकि एउटी अटेरी साँडी-गाईले झैं इस्राएलले अटेरी भएर व्यवहार गरेको छ । भेडाहरूलाई घाँसे-मैदानमा लगेझैं परमप्रभुले कसरी तिनीहरूलाई खर्कमा लान सक्‍नुहुन्‍छ?
17 Bálványokkal szövetkezett Efraim; hagyd hát magára!
एफ्राइमले आफूलाई मूर्तिहरूसँग मिलाएको छ । त्यसलाई वास्‍तै नगर ।
18 Ivásuk elfajult, untalan paráználkodnak; igen szeretik pajzsaik a gyalázatot.
तिनीहरूका कडा दाखमद्यले छोड्दा पनि, तिनीहरू निरन्‍तर व्यभिचारमा गर्छन् । र त्यसको शासकहरूले आफ्‍नो लज्‍जास्‍पद कुरालाई ज्यादै मन पराउँछन् ।
19 Szárnyaihoz köti őt a szélvész, és megszégyenülnek áldozataik miatt.
हावाले त्यसलाई आफ्ना पखेटामा बेर्नेछ, र आफ्ना बलिदानहरूका कारणले तिनीहरू शर्ममा पर्नेछन् ।

< Hóseás 4 >