< Zakariás 10 >
1 Kérjetek az Örökkévalótól esőt, tavaszi esőnek idején! Az Örökkévaló készít villámlásokat, hulló esőt ad nekik, kinek-kinek füvet a mezőn.
वसन्त ऋतुको मौसममा परमप्रभुबाट वर्षा माग, परमप्रभु जसले आकाशमा बिजुली र आँधी बनाउनुहुन्छ, अनि उहाँले सबैलाई वर्षाको झरी र भूमिमा उब्जनी दिनुहुनेछ ।
2 Mert a teráfimok semmiséget beszéltek és a jósolók hazugságot láttak és az álmok hamisságot beszélnek, hiábavalóval vigasztalnak; azért elvonultak, mint a juhok, sanyarognak, mert nincsen pásztor!
किनकि घरका मूर्तिहरू झुट बोल्छन्, र भविष्य बताउनेहरू झुटा दर्शनहरू देख्छन् । तिनीहरू छलपूर्ण सपनाहरू बताउँछन् र व्यर्थका सान्त्वना दिन्छन् ।यसैकारण तिनीहरू भेडाझैँ बरालिन्छन् र गोठालो नभएकोले समस्यामा पर्छन् ।
3 A pásztorok ellen lobbant fel haragom és a bakokat büntetem meg; mert gondolt az Örökkévaló, a seregek ura az ő nyájára, Jehúda házára s olyanná teszi, mint díszes lova a harczban.
“मेरो क्रोध गोठालाहरूमाथि खनिन्छ । भाले बोको, अर्थात् अगुवाहरूलाई म दण्ड दिनेछु । सेनाहरूका परमप्रभुले उहाँको बगाल अर्थात् यहूदाको घरानाको हेरचाह गर्नुहुनेछ र तिनीहरूलाई युद्धको घोडाझैँ बनाउनुहुनेछ!
4 Tőle való a sarokkő, tőle a sátorszög, tőle a harcznak íjja; tőle eltávozik minden elnyomó egyaránt.
कुने-ढुङ्गो यहूदाबाट आउनेछ । पालको कीला त्यसबाट आउनेछ, अनि युद्धको धनु र हरेक शासक एकसाथ त्यसैबाट आउनेछ ।
5 És lesznek mint hősök, a kik tapossák az utczák sarát a harczban, és harczolnak, mert velök van az Örökkévaló, és szégyent vallanak a lovakon nyargalók.
युद्दको मैदानको माटोमा आफ्ना शत्रुहरूलाई कुल्चने योद्धाहरूझैँ तिनीहरू हुनेछन् । तिनीहरूले युद्ध गर्नेछन्, किनकि परमप्रभु तिनीहरूसँग हुनुहुन्छ, र तिनीहरूले युद्धका घोडा चढ्नेहरूलाई शर्ममा पार्नेछन् ।
6 Erőssé teszem Jehúda házát, és József házát megsegítem és visszahozom őket, mert irgalmazok nekik, és olyanok lesznek, mint akiket nem vetettem el; mert én vagyok az Örökkévaló, az ő Istenük és meghallgatom őket.
म यहूदाको घरानाललाई बलियो बनाउनेछु र योसेफको घरानालाई बचाउनेछु, किनकि म तिनीहरूलाई पुनर्स्थापित गर्नेछु र तिनीहरूमाथि दया देखाउनेछु । तिनीहरू वहिष्कृत नभएकाहरूझैँ हुनेछन्, किनकि म परमप्रभु तिनीहरूका परमेश्वर हुँ, र म तिनीहरूलाई उत्तर दिनेछु ।
7 Lesznek miként hősök az Efraimbeliek, örül a szívök, mint bortól; fiaik látják és örülnek, vigadjon szívök az Örökkévalóban!
अनि एफ्राइम योद्धाझैँ हुनेछ, र तिनीहरूका हृदय मद्यले झैँ आनन्दित हुनेछ । तिनीहरूका छोराछोरीहरूले यो देखेर आनन्द मनाउनेछन् । तिनीहरूका हृदय ममा आनन्दित हुनेछन्!
8 Hadd csalogatom őket és összegyűjtöm, mert megváltottam őket, és sokasodnak mint ahogy sokasodtak.
म तिनीहरूलाई सुस्केराले बोलाउनेछु र तिनीहरूलाई भेला गराउनेछु । म तिनीहरूलाई बचाउनेछु, र तिनीहरू पहिलेको झैँ महान् हुनेछन्!
9 Elszórom őket a népek közé, de a távolságokban megemlékeznek rólam; élni fognak fiaikkal együtt és visszatérnek.
मैले तिनीहरूलाई मानिसहरूका बिचमा छरेँ, तर तिनीहरूले मलाई टाढा-टाढाका देशहरूमा सम्झनेछन्, यसैकारण तिनीहरू र तिनीहरूका छोराछोरीहरू बाँच्नेछन् र फर्कनेछन् ।
10 Visszahozom őket Egyiptom országából és Assúrból összegyűjtöm őket: és Gileád országába és fel a Libánonhoz hozom el őket, de nem lesz elég nekik.
किनकि म तिनीहरूलाई मिश्र देशबाट पुनर्स्थापित गर्नेछु र तिनीहरूलाई अश्शूर देशबाट भेला गराउनेछु । गिलाद र लेबनानमा तिनीहरूका निम्ति ठाउँ बाँकी नरहेसम्म म तिनीहरूलाई त्यहाँ लानेछु ।
11 Átvonul a tengeren szorongatással, megcsapja a tengerben a hullámokat, kiszáradnak mind a folyamnak mélységei; ledöntetik Assúr büszkesége és Egyiptomnak vesszője eltávozik.
म तिनीहरूको पीडाको समुद्रबाट भएर जानेछु । म त्यस समुद्रका छालहरूलाई प्रहार गर्नेछु र नील नदीका सबै गहिराइलाई सुकाइदिनेछु । अश्शूरको गौरव घटाइनेछ, र मिश्रको राजदण्ड मिश्रीहरूबाट टाढा जानेछ ।
12 Erőssé teszem őket az Örökkévalóban, és az ő nevében fognak járni, úgymond az Örökkévaló.
तिनीहरूलाई म ममा नै बलियो बनाउनेछु, र तिनीहरू मेरो नाउँमा हिँड्नेछन्, परमप्रभु घोषणा गर्नुहुन्छ ।”