< Zsoltárok 101 >
1 Dávidtól. Zsoltár. Szeretetet és jogot hadd énekelek, neked, Örökkévaló, hadd zengek.
करारको विश्वस्तता र न्यायको बारेमा म गाउनेछु । हे परमप्रभु, तपाईंको निम्ति म स्तुति गाउनेछु ।
2 Hadd ügyelek gáncstalan útra – mikor jösz majd hozzám? Járni fogok szívem gáncstalanságában az én házamban.
इमानदरीताको बाटोमा म हिंड्नेछु । तपाईं मकहाँ कहिले आउनुहुनेछ? म आफ्नो घरभित्र इमानदरीतामा हिंड्नेछु ।
3 Nem tartok szemeim előtt alávaló dolgot; elpártolást elkövetni, azt gyűlölöm, rám ne ragadjon.
आफ्नो आँखाको सामु म खराबीलाई राख्नेछैन । व्यर्थका खराब कुरालाई म घृणा गर्छु । त्यो मसित टाँसिनेछैन ।
4 Ferde szív távozzék tőlem, rosszról ne tudjak;
भ्रष्ट मानिसहरूले मलाई छोड्नेछन् । खराबीप्रति बफादार छैन ।
5 ki titkon megszólja felebarátját, azt megsemmisítem, a büszke szeműt és telhetetlen szívűt, azt nem viselem el.
आफ्नो छिमेकी गुप्त रूपमा निन्दा गर्ने जोसुकैलाई म नाश गर्नेछु । घमण्डी आचरण र अहङ्कारी विचार भएको कुनै पनि व्यक्तिलाई म सहनेछैन ।
6 Szemeimet az ország híveire vetem, hogy velem lakjanak; ki gáncstalan úton jár, az szolgáljon engem.
मेरो छेउमा बस्नलाई म देशका विश्वासयोग्यहरू खोज्नेछु । इमानदारीताको बाटोमा हिंड्नेहरूले मेरो सेवा गर्न सक्छन् ।
7 Ne lakjék az én házamban csalárdságot tevő, hazugságokat beszélő ne álljon meg szemeim előtt.
छली मानिसहरू मेरो मन्दिरभित्र रहनेछैनन् । झुट बोल्नेहरूलाई मेरो सामु स्वागत गरिनेछैन ।
8 Reggelenként megsemmisítem mind az ország gonoszait, hogy kiirtsam az Örökkévaló városából azokat, kik jogtalant tesznek.
हरेक बिहानै म दुष्टहरूलाई देशबाट नष्ट पार्नेछु । दुष्ट काम गर्ने सबैलाई म परमप्रभुको सहरबाट हटाउनेछु ।