< 4 Mózes 23 >
1 És mondta Bileám Báláknak: Építs nekem itt oltárt, és készíts nekem ide hét tulkot és hét kost.
बालामले बालाकलाई भने, “यहाँ मेरो निम्ति सातवटा वेदी निर्माण गर्नुहोस्, र सातवटा साँढे र सातवटा भेडा तयार पार्नुहोस् ।
2 Bálák úgy cselekedett, amint Bileám mondta; és áldozott Bálák meg Bileám tulkot és kost az oltáron.
बालाकले बालामले भनेजस्तै गरे । अनि बालाक र बालामले हरेक वेदीमा एउटा-एउटा साँढे र भेडा बलि चढाए ।
3 És mondta Bileám Báláknak: Állj oda égőáldozatodhoz, én pedig hadd menjek el, talán elém jön az Örökkévaló; amit látnom enged, azt tudtodra adom. És elment a hegycsúcsra.
अनि बालामले बालाकलाई भने, “तपाईं आफ्नो बलिदानको छेउमा खडा हुनुहोस् र म जाने छु । सायद परमप्रभु मलाई भेट्न आउनुहुने छ । उहाँले मलाई जे देखाउनुहुन्छ, सो म गर्ने छु ।” त्यसैले तिनी कुनै रुख नभएको पहडाको चुचुरोतिर गए ।
4 És Isten eléje tűnt Bileámnak és ő mondta Neki: A hét oltárt elrendeztem és áldoztam tulkot és kost mindegyik oltáron.
तिनी पहाडको टुप्पोमा हुँदा परमेश्वरले तिनलाई भेट्नुभयो र बालामले उहाँलाई भने, “मैले सातवटा वेदी बनाएको छु र मैले हरेक वेदीमा एउटा-एउटा साँढे र भेडा बलि चढाएको छु ।”
5 És az Örökkévaló tett igét Bileám szájába és mondta: Térj vissza Bálákhoz és így szólj.
परमप्रभुले बालामको मुखमा वचन हालिदिनुभयो र भन्नुभयो, “बालाककहाँ फर्केर जा र त्यसलाई भन् ।”
6 Ő visszatért ahhoz és íme, az állt az ő égőáldozatánál, ő és Móáb minden fejedelmei.
त्यसैले बालाम बालाककहाँ फर्के, जो आफ्नो बलिदानको छेउमा उभिरहेका थिए र मोआबका सबै अगुवा तिनीसँग थिए ।
7 És elkezdte (Bileám) példázatát és mondta: Árámból hozatott engem Bálák, Móáb királya a kelet hegyeiről; jöjj átkozd el értem Jákobot, jöjj, szidalmazd Izraelt!
बालामले अगमवाणी कहन थाले र भने, “मोआबका राजा बालाकले मलाई पूर्वका पहाडहरूबाट अर्थात् अरामबाट ल्याएका छन् । तिनले भने, 'आउनुहोस् मेरो निम्ति याकूबलाई सराप दिनुहोस् ।' 'आउनुहोस्, इस्राएललाई धम्की दिनुहोस् ।'
8 Mit átkozzam én, kit Isten nem átkoz és mit szidalmazzam én, kit az Örökkévaló nem szidalmaz?
परमेश्वरले नै सराप नदिनुभएकालाई मैले कसरी सराप दिन सक्छु? परमप्रभुले नै विरोध नगर्नुभएकाहरूलाई मैले कसरी विरोध गर्न सक्छु?
9 Mert a szirt fokáról látom őt, a dombokról szemlélem; íme, olyan nép, mely egyedül lakik és a nemzetek közé nem számítja magát.
म तिनलाई पहाडको चुचुरोबाट देख्छु; म तिनलाई पहाडबाट हेर्छु । हेर्नुहोस्, एक्लै बस्ने मानिसहरू र आफूलाई साधारण जातिको रूपमा ठान्दैनन् ।
10 Ki olvassa meg Jákob porát és szám szerint Izrael ivadékát? Haljon meg lelkem az igazak halálával és legyen a végem olyan, mint az övé!
याकूबको धूलोलाई वा इस्राएलको एक चौथाइलाई मात्र पनि कसले गन्न सक्छ? मेरो मरण धार्मिक व्यक्तिको जस्तो होस् र मेरो जीवन त्यसको जस्तै होस्!”
11 És mondta Bálák Bileámnak: Mit tettél velem? Hogy elátkozd elleneimet, azért hoztalak, és íme, megáldottad.
बालाकले बालामलाई भने, “तपाईंले मलाई के गर्नुभएको? मेरा शत्रुहरूलाई सराप दिनुहोस् भनी मैले तपाईंलाई ल्याएँ, तर हे्र्नुहोस्, तपाईंले त तिनीहरूलाई आशिष् दिनुभयो ।”
12 Ő pedig felelt és mondta: Nemde, amit az Örökkévaló tesz a számba, azt őrzöm meg, hogy elmondjam?
बालामले जवाफ दिए र भने, “के परमप्रभुले मेरो मुखमा जे हाल्नुहुन्छ सो मात्र भन्न म सावधान हुनुपर्दैन र?”
13 És mondta neki Bálák: Jöjj csak velem egy másik helyre, ahonnan láthatod őt; csak egy részét fogod látni, de az egészet nem látod, átkozd el értem onnan.
बालाकले तिनलाई भने, “कृपया मसँग अर्को ठाउँमा आउनुहोस् जहाँबाट तपाईंले तिनीहरूलाई देख्न सक्नुहुन्छ । तपाईंले तिनीहरूलाई नजिकको मात्र देख्नुहुने छ, तर तिनीहरू सबैलाई देख्नुहुने छैन । तपाईंले तिनीहरूलाई त्यहाँबाट सराप दिनुहुने छ ।”
14 És elvitte az őrök mezejére, a Piszga tetejére; és épített hét oltárt és áldozott tulkot, meg kost az oltáron.
त्यसैले तिनले बालामलाई सोफीमको मैदानमा भएको पिसगाको टाकुरामा लगे, र अरू सातवटा वेदी बनाए । तिनले हरेकमा एउटा-एउटा साँढे र भेडा बलि चढाए ।
15 És mondta Báláknak: Állj itt égőáldozatodnál, én pedig a jelenés elébe megyek itt.
त्यसपछि बालामले बालाकलाई भने, “यहीँ नै तपाईंको बलिदानको छेउमा उभिनुहोस्, म परमप्रभुलाई भेट्न जान्छु ।”
16 És az Örökkévaló Bileám elé jött, és tett igét a szájába és mondta: Térj vissza Bálákhoz és így szólj.
त्यसैले परमप्रभुले बालामलाई भेट्नुभयो र तिनको मुखमा सन्देश हालिदिनुभयो । तिनले भने, “बालाककहाँ जा र तिनलाई मेरो सन्देश दे ।”
17 Odament ahhoz és íme, az állt égőáldozata mellett, meg Móáb fejedelmei vele; és mondta neki Bálák: Mit szólt az Örökkévaló?
बालाम तिनीकहाँ फर्केर आए र तिनी आफ्नो होमबलिको छेउमा उभिरहेका थिए र मोआबका अगुवाहरू तिनीसँग थिए । अनि बालाकले तिनलाई भने, “परमप्रभुले के भन्नुभयो?”
18 Ő pedig elkezdte példázatát és mondta: Föl Bálák és halljad, figyelj rám Cippór fia!
बालामले अगमवाणी गर्न थाले, “उठ् बालाक र सुन् । हे सिप्पोरका छोरा मेरो कुरा सुन् ।
19 Nem ember az Isten, hogy hazudjék, sem emberfia, hogy meggondolja magát; mond-e Ő valamit és nem teszi meg, szólt-e és nem teljesíti?
परमेश्वर मानिस वा मानव हुनुहुन्न कि उहाँले ढाँट्नुपरोस्, उहाँले आफ्नो मन बदल्नुपरोस् । के उहाँले पुरा नगर्ने गरी कुनै कुरा प्रतिज्ञा गर्नुभएको छ? के उहाँले कुनै गर्छु भनेर पुरा गर्नुभएको छैन र?
20 Íme, áldó igét vettem: ő áldott és én nem fordíthatom el.
हेर्नुहोस्, आशिष् दिने आज्ञा मलाई दिइएको छ । परमेश्वरले आशिष् दिनुभएको छ र म यसलाई उल्टाउन सक्दिनँ ।
21 Nem szemlélt jogtalanságot Jákobban, nem látott bajt Izraelben; az Örökkévaló, az ő Istene vele van és királyi rivalgás közepette.
उहाँले याकूबसँग कुनै कठिनाइ वा इस्राएलमा कुनै कष्ट देख्नुभएको छैन । परमप्रभु तिनीहरूका परमेश्वर तिनीहरूसँग हुनुहुन्छ र तिनीहरूका राजाको जय-ध्वनि तिनीहरूमाझ छ ।
22 Isten, ki kivezette őket Egyiptomból, mint a Reém hatalma ő neki.
परमेश्वरले तिनीहरूलाई जङ्गली गोरुको जस्तै शक्तिले मिश्रबाट ल्याउनुभयो ।
23 Mert nincs jóslás Jákobban és nincs varázslás Izraelben; idejében megmondják Jákobnak és Izraelnek, mit cselekedett Isten.
याकूब विरुद्ध कुनै टुनामुनाले काम गर्दैन र इस्राएललाई कुनै जोखनाले हानि पुर्याउँदैन । बरु, याकूब र इस्राएलबारे यसो भन्नुपर्छ, 'हेर, परमेश्वरले के गर्नुभएको छ!'
24 Íme ez a nép, mint nőstény oroszlán kel fel, mint az oroszlán emelkedik; nem fekszik le, míg zsákmányt nem eszik és megöltek vérét nem issza.
हेर, मानिसहरू सिंहनीजस्तै उठ्छन्, सिंहजस्तै उठ्छन् र आक्रमण गर्छन् । त्यो आफ्नो सिकारलाई नखाएसम्म र त्यसले मारेको सिकारको रगत नपिएसम्म आराम गर्दैन ।”
25 És mondta Bálák Bileámnak: Se ne átkozd, se ne áldd őt.
त्यसपछि बालाकले बालामलाई भने, “तिनीहरूलाई सराप नदिनुहोस् वा आशिष् पनि नदिनुहोस् ।”
26 És felelt Bileám és mondta Báláknak: Nem-e szóltam hozzád, mondván: Mindent, amit az Örökkévaló mondani fog, azt cselekszem?
तर बालामले जवाफ दिए र भने, “के परमप्रभुले भन्नलाई बताउनुभएको कुरा मात्र मैले भन्नुपर्छ भनी मैले भनेको थिइनँ र?”
27 És mondta Bálák Bileámnak: Jöjj csak, elviszlek egy másik helyre, talán helyesnek látszik Isten szemeiben, és átkozd el értem onnan.
त्यसैले बालाकले बालामलाई जावाफ दिए, “अब आउनुहोस्, म तपाईंलाई अर्को ठाउँमा लैजान्छु । सायद त्यहाँबाट मेरो निम्ति तिनीहरूलाई सराप दिन परमेश्वरले इच्छा गर्नुहुने छ ।”
28 És elvitte Bálák Bileámot a Peór tetejére, mely letekint a sivatagra.
त्यसैले बालाकले बालामलाई पोरको टाकुरामा लगे, जहाँबाट तल मरुभूमि देखिन्छ ।
29 És mondta Bileám Báláknak: Építs itt nekem hét oltárt és készíts nekem ide hét tulkot, meg hét kost.
बालामले बालाकलाई भने, “यहाँ सातवटा वेदी बनाउनुहोस् अनि सातवटा साँढे र भेडा तयार पार्नुहोस् ।”
30 Bálák úgy cselekedett, amint Bileám mondta és áldozott tulkot, meg kost az oltáron.
बालाकले बालामले भनेबमोजिम गरे; तिनले हरेक वेदीमा एउटा-एउटा साँढे र भेडा बलि चढाए ।