< Birák 1 >
1 Volt Józsua halála után, megkérdezték Izraél fiai az Örökkévalót, mondván: Ki vonuljon közülünk először a kanaáni ellen, hogy harczoljon vele?
यहोशूको मृत्युपछि, इस्राएलका मानिसहरूले परमप्रभुलाई यसो भनेर सोधे, “हाम्रा निम्ति कनानीहरूका विरुद्धमा युद्ध लड्नलाई तिनीहरूलाई पहिला कसले आक्रमण गर्नुपर्छ?”
2 Mondta az Örökkévaló: Jehúda vonuljon; íme kezébe adtam az országot.
परमप्रभुले भन्नुभयो, “यहूदाले आक्रमण गर्नेछ । हेर, मैले तिनीहरूलाई यस देशमाथि अधिकार दिएको छु ।”
3 S mondta Jehúda Simeónnak, az ő testvérének: Vonulj velem sorsomba, hadd harczoljunk a kanaánival, akkor megyek majd én is te veled sorsodba. És ment vele Simeón.
यहूदाका मानिसहरूले आफ्ना दाजुभाइ शिमियोनीहरूलाई यसो भने, “हामीलाई दिइएको इलाकामा हामीसँग आओ, यसरी कनानीहरूका विरुद्ध हामीले एकसाथ युद्ध लड्न सक्छौं । त्यसरी नै हामी पनि तिमीहरूलाई दिइएको इलाकामा तिमीहरूसँग जानेछौं ।” यसैले शिमियोनी कुल तिनीहरूसँग गए ।
4 Fölvonult Jehúda, és kezükbe adta az Örökkévaló a kanaánit és a perizzit; és megverték őket Bézekben – tízezer embert.
यहूदाका मानिसहरूले आक्रमण गरे, र परमप्रभुले तिनीहरूलाई कनानीहरू र परिज्जीहरूमाथि विजय दिनुभयो । तिनीहरूले बेजेकमा तिनीहरूका दश हजार जनालाई मारे ।
5 Ott találták Adóni-Bézeket Bézekben és harczoltak ellene; és megverték a kanaánit és a perizzit.
तिनीहरूले बेजेकमा अदोनी-बेजेकलाई भेट्टाए, र उनको विरुद्ध तिनीहरू लडे, अनि कनानीहरू र परिज्जीहरूलाई परास्त गरे ।
6 És megfutamodott Adóni-Bézek, és üldözték őt; megfogták őt és levágták kezeinek és lábainak hüvelykujjait.
तर अदोनी-बेजेक भागे, र तिनीहरूले उनलाई लखेटे र समाए, र तिनीहरूले उनका हात र खुट्टाका बुढी औंला काटिदिए ।
7 Akkor mondta Adóni-Bézek: Hetven király – kezük és lábuk hüvelykujja levágva – szedegettek asztalom alatt; a hogy én tettem, úgy fizetett nekem Isten. És bevitték őt Jeruzsálembe, és meghalt ott.
अदोनी-बेजेकले भने, “हात र खुट्टाका बुढी औंला काटिएका सत्तरी जना राजाले मेरो टेबिलको मुनिबाट आफ्नो निम्ति भोजन बाटुल्थे । मैले जस्तो गरेको थिएँ, परमेश्वरले मलाई त्यस्तै गर्नुभएको छ ।” तिनीहरूले उनलाई यरूशलेममा ल्याए, र उनी त्यहीं मरे ।
8 Akkor harczoltak Jehúda fiai Jeruzsálem ellen, bevették azt és megverték a kard élével; a várost pedig tűzbe borították.
यहूदाका मानिसहरू यरूशलेम सहरको विरुद्धमा युद्ध गरे र त्यसलाई कब्जामा लिए । तिनीहरूले त्यो सहरलाई तरवारको धारले आक्रमण गरे र त्यसमा आगो लगाइदिए ।
9 Azután lementek Jehúda fiai harczolni a kanaánival a hegység, a Délvidék és az alföld lakójával.
त्यसपछि, यहूदाका मानिसहरू पहाडी देश, नेगेव र पश्चिमी पहाडका फेदीहरूमा बसोबास गर्ने कनानीहरूकहाँ युद्ध गर्न गए ।
10 Ment Jehúda a kánaáni ellen, ki Chebrónban lakott – Chebrón neve pedig azelőtt Kirjat-Arbá volt – és megverték Sésájt, Achímánt és Talmájt.
यहूदा हेब्रोनमा बस्ने (हेब्रोनको नाउँ पहिला किर्यत-अर्बा थियो) कनानीहरूतर्फ अगाडि बढे, र तिनीहरूले शेशै, अहीमन, र तल्मैलाई परास्त गरे ।
11 Onnan ment Debír lakói ellen; Debír neve pedig azelőtt Kirját-Széfer volt.
त्यहाँबाट यहूदाका मानिसहरू दबीरका बासिन्दाहरूतर्फ अगि बढे (पहिला दबीरको नाउँ किर्यत-सेपेर थियो) ।
12 És mondta Káléb: A ki megveri Kirját-Széfert és beveszi, annak oda adom leányomat, Akhszát, nőül.
कालेबले भने, “जसले किर्यत-सेपेरलाई आक्रमण गर्छ र त्यसलाई लिन्छ, त्यसको पत्नी हुनलाई मेरी छोरी अक्सालाई म दिनेछु ।”
13 És bevette Otniél, Kenáz fia, Káléb fiatalabb testvére; és oda adta neki leányát, Akhszát, nőül.
कालेबका भाइ कनजका छोरा, ओत्निएलले दबीरमाथि कब्जा गरे, यसैले कालेबले आफ्नी छोरी अक्सा तिनकी पत्नी हुनलाई दिए ।
14 S történt, mikor odajött, rábeszélte, hogy kérjen atyjától mezőt; és lesiklott a szamárról. És mondta neki Káléb: Mi lelt?
चाँडै नै अक्सा ओत्निएलकहाँ आइन्, र आफ्ना बुबासँग तिनको निम्ति एउटा जमिन मागिदिनलाई बिन्ती गरिन् । तिनी आफ्नो गधाबाट तल झर्दै गर्दा, कालेबले तिनलाई सोधे, “तिम्रो निम्ति म के गर्न सक्छु?”
15 Mondta neki: Adj nekem áldást, mert a délvidéki földre adtál engem, adjál hát nekem vízkútfőket. Erre adta neki Káléb a felső kútfőket és az alsó kútfőket.
तिनले उनलाई भनिन्, “मलाई एउटा आशिष् दिनुहोस् । तपाईंले मलाई नेगेवको भूमि दिनुभएको छ, मलाई पानीका मूलहरू पनि दिनुहोस् ।” यसैले कालेबले तिनलाई माथिल्लो र तल्लो पानीका मूलहरू दिए ।
16 A kénitának, Mózes ipjának fiai pedig fölmentek a pálmák városából Jehúda fiaival együtt Jehúda pusztájába, mely Arádtól délre van; mentek és maradtak a néppel.
मोशाका ससुराका वंश, केनीहरू खजूरका रूखहरूको सहरबाट आरादको नजिक यहूदाको उजाड-स्थानमा त्यहाँका मानिसहरूसँग बस्न गए, जुन नेगेवमा पर्छ ।
17 S ment Jehúda Simeónnal, az ő testvérével, és megverték a kanaánit, Czefát lakóját, elpusztították és elnevezték a várost Chormának.
यहूदाका मानिसहरू आफ्ना दाजुभाइ शिमियोनका मानिसहरूसँग गए र तिनीहरूले सपतमा बसोबास गर्ने कनानीहरूलाई आक्रमण गरे र त्यसलाई पूर्ण रूपमा नाश गरे । त्यस सहरको नाउँ होर्मा थियो ।
18 És bevette Jehúda Azzát és határát, Askelónt és határát, meg Ekrónt és határát.
यहूदाका मानिसहरूले गाजा र त्यसको आसपासको क्षेत्र, अश्कलोन र त्यसको आसपासको क्षेत्र, अनि एक्रोन र त्यसको आसपासको क्षेत्र पनि कब्जा गरे ।
19 És volt az Örökkévaló Jehúdával, és elfoglalta a hegységet, mert nem bírta kiűzni a völgy lakóit, mert vasszekerük volt nekik.
परमप्रभु यहूदाका मानिसहरूसँग हुनुहुन्थ्यो र तिनीहरूले पहाडी देशमाथि अधिकार गरे, तर तिनीहरूले मैदानका बासिन्दाहरूलाई बाहिर निकाल्न सकेनन्, किनभने तिनीहरूसँग फलामका रथहरू थिए ।
20 És adták Kálébnek Chebrónt, a mint mondta volt Mózes; és kiűzte onnan Anák három fiát.
कालेबलाई हेब्रोन दिइयो (मोशाले भनेझैं), र तिनले त्यहाँबाट अनाकका तिन जना छोरालाई बाहिर निकाले ।
21 A jebúszit pedig, Jeruzsálem lakóját, nem űzték ki Benjámin fiai; így maradt a jebúszi Benjámin fiaival Jeruzsálemben mind e mai napig.
तर बेन्यामीनका मानिसहरूले यरूशलेममा बसोबास गर्ने यबूसीहरूलाई बाहिर निकालेनन् । यसैले यरूशलेममा आजको दिनसम्मै यबूसीहरू बेन्यामीनका मानिसहरूसँग बसोबास गर्दै आएका छन् ।
22 Vonultak a József házabeliek, ők is, Bét-Élbe és az Örökkévaló velük volt.
योसेफका घरानाले बेथेललाई आक्रमण गर्नको निम्ति तयारी गरे, र परमप्रभु तिनीहरूसँग हुनुहुन्थ्यो ।
23 Kikémleltették a József házabeliek Bét-Élt; a városnak neve pedig azelőtt Lúz volt.
तिनीहरूले बेथेलमा जासुसी गर्न मानिसहरू पठाए (त्यो सहरलाई पहिला लूज भनिन्थ्यो) ।
24 És láttak az őrök egy embert kijönni a városból, és mondták neki: Mutasd meg nekünk, kérlek, a város bejáratát és mi majd szeretetet cselekszünk veled.
ती जासुसहरूले सहरबाट एक जना मानिस बाहिर निस्कँदै गरेको देखे, र तिनीहरूले त्यसलाई भने, “सहरभित्र कसरी प्रवेश गर्ने भनेर कृपया हामीलाई देखाउनुहोस्, र तपाईंप्रति हामी दयालु हुनेछौं ।”
25 Megmutatta nekik a város bejáratát, és megverték a várost a kard élével; az embert pedig és egész családját elbocsátották.
उसले तिनीहरूलाई त्यो सहरभित्र जाने बाटो देखायो, र यसैले तिनीहरूले त्यो सहरलाई तरवारको धारले आक्रमण गरे, तर तिनीहरूले त्यस मानिस र उसका जम्मै परिवारलाई जान दिए ।
26 S elment az ember a chittiták földjére, épített várost és elnevezte Lúznak; ez a neve mind e mai napig.
तब त्यो मानिस हित्तीहरूको देशमा गयो र एउटा सहर निर्माण गर्यो अनि त्यसलाई लूज नाउँ दियो, र आजसम्मै त्यसको नाउँ हो ।
27 Nem űzte ki Menasse Bét-Seánt és leányvárosait, Táanákhot és leányvárosait, meg Dór lakóit és leányvárosait, Jibleám lakóit és leányvárosait, sem Meggidó lakóit és leányvárosait; és belenyugodott a kanaáni, hogy maradjon ebben az országban.
मनश्शेका मानिसहरूले बेथ-शान, तानाक, डोर, यिबलाम, र मगीद्दो र ती सबैका गाउँहरूमा बसोबास गर्नेहरूलाई बाहिर निकालेनन्, किनभने कनानीहरूले ती ठाउँहरूमा बस्ने पक्का गरेका थिए ।
28 Történt pedig, mikor megerősödött Izraél, alattvalóvá tette a kanaánit, de kiűzni nem űzte ki.
जब इस्राएल शक्तिशाली भ ए, तिनीहरूले कनानीहरूलाई आफ्नो निम्ति कडा परिश्रमले सेवा गर्न लगाए, तर तिनीहरूलाई कहिल्यै पनि पूर्ण रूपमा बाहिर निकालेनन् ।
29 Efraim nem űzte ki a kanaánit, ki Gézerben lakott; így maradt közte a kanaáni Gézerben.
एफ्राइमले गेजेरमा बसोबास गर्ने कनानीहरूलाई बाहिर निकालेनन्, यसैले कनानीहरू गेजेरमा तिनीहरूका माझमा नै बसोबास गरे ।
30 Zebúlún nem űzte ki Kitrón lakóit, sem Náhalól lakóit; így maradt közte a kanaáni, és alattvalókká lettek.
जबूलूनले कित्रोन वा नहलोलमा बसोबास गर्ने मानिसहरूलाई बाहिर निकालेनन्, र यसैले कनानीहरू तिनीहरूका माझमा नै बसोबास गरे, तर जबूलूनले कनानीहरूलाई कडा परिश्रमसँग तिनीहरूहरूको सेवा गर्न लगाए ।
31 Ásér nem űzte ki Akkó lakóit, sem Czídón lakóit, meg Achlábot, Akhzíbot, Chelbát, Afíkot és Rechóbot.
आशेरले अक्को, सीदोन, अहलाब, अक्जीब, हेलवा, अपेक, र रहोबमा बसोबास गर्ने मानिसहरूलाई बाहिर निकालेनन् ।
32 Így lakott az Áséri a kanaáni, az ország lakói között, mert nem űzte ki.
यसैकारण आशेरको कुल कनानीहरूसँग (जो त्यस देशमा बसोबास गर्थे) बसोबास गरे, किनभने तिनीहरूले उनीहरूलाई बाहिर निकालेनन् ।
33 Naftáli nem űzte ki Bét-Sémes lakóit, sem Bét-Anát lakóit, és így lakott ő a kanaáni, az ország lakói közt; Bét-Sémes és Bét-Anát lakói pedig lettek nekik alattvalóikká.
नप्तालीका कुलले बेथ-शेमेश र बेथ-अनातमा बसोबास गर्नेहरूलाई बाहिर निकालेनन् । यसैले नप्तालीको कुल कनानीहरूका (ती मानिसहरू जो त्यस देशमा बसोबास गर्थे) बिचमा बसोबास गरे । तथापि बेथ-शेमेश र बेथ-अनातका बासिन्दाहरूलाई नप्तलीको निम्ति कडा परिश्रम गर्न लगाइयो ।
34 És szorította az emóri Dán fiait a hegységbe, mert nem engedte leszállni a völgybe.
एमोरीहरूले दानका कुललाई पहाडी देशमा बसोबास गर्न बाध्ये पारे, र तिनीहरूलाई तल मैदान आउन दिएनन् ।
35 S belenyugodott az emóri, hogy lakjon Chéresz hegyén, Ajjálónban és Sáalebímban; de nehéz lett József házának keze, és alattvalókká lettek.
यसैले एमोरीहरू हेरेस पर्वत, अय्यालोन, र शाल्बीममा बसोबास गरे, तर योसेफका घरानाको सैन्य शक्तिले तिनीहरूलाई परास्त गर्यो, र तिनीहरूलाई कडा परिश्रमले उनीहरूको सेवा गर्न लगाइयो ।
36 Az emóri határa pedig Akrabbím hágójától, a Sziklán felül.
एमोरीहरूको सिमाना अक्रब्बीमको उकालोदेखि पहाडी देश सेलादेखि माथिसम्म पर्थ्यो ।