< Birák 7 >
1 És korán fölkelt Jerubbáal, az Gideón, meg az egész nép, mely vele volt és táboroztak Charód forrásánál; Midján tábora pedig északra volt tőle, a Móré halmától fogva a Völgyben.
त्यसपछि यरूब-बाल, (अर्थात् गिदोन) र उनीसँग भएका सबै जना मानिसहरू बिहानै उठे, र हरोदको पानीको मूलको छेउमा तिनीहरूले छाउनी हाले । मिद्दानीहरूको छाउनीचाहिं तिनीहरूको उत्तरपट्टिको मोरेको पहाडनजिकको मैदानमा थियो ।
2 És szólt az Örökkévaló Gideónhoz: Több a nép, mely veled van, hogy sem kezükbe adnám Midjánt: nehogy dicsekedjék rajtam Izraél, mondván: önkezem segített nekem.
परमप्रभुले गिदोनलाई भन्नुभयो, “मिद्दानीहरूमाथि तँलाई विजय दिन मलाई चाहिएको भन्दा धेरै सेना छन्, ताकि इस्राएलले मसँग यसो भनेर घमण्ड नगरोस्, ‘हाम्रो आफ्नै शक्तिले हामीलाई बचाएको हो ।’
3 Most tehát hirdesd csak a nép fülei hallatára, mondván: a ki fél és remeg, térjen vissza és forduljon meg Gileád hegyéről. És visszatért a nép közül huszonkétezer, tízezeren pedig maradtak.
यसकारण अब मानिसहरूले सुन्ने गरी घोषणा गर र यसो भन्, ‘जो डराएको छ, जो थरथर भएको छ, ऊ फर्कोस् र गिलाद डाँडाबाट विदा होस् ।’” यसैले बाइस हजार मानिसहरू फर्केर गए, र दश हजार बाँकी रहे ।
4 És szólt az Örökkévaló Gideónhoz: Még ez a nép is sok, vezesd le őket a vízhez, majd megválogatom ott neked: és lészen, a kiről azt mondom neked, ez menjen veled, az megy veled; mind a kiről pedig azt mondom neked, ez ne menjen veled, az nem megy.
परमप्रभुले गिदोनलाई भन्नुभयो, “मनिसहरू अझै पनि ज्यादै धेरै छन् । तिनीहरूलाई तल पानीमा लैजा, र त्यहाँ तेरो निम्ति तिनीहरूका सङ्ख्या म कम गरिदिनेछु । म तँलाई भन्छु, ‘यो व्यक्तिचाहिं तँसँग जानेछ’ भने, ऊ तँसँग जानेछ । तर म तँलाई बन्छु, ‘यो व्यक्तिचाहिं तँसँग जानेछैन’ भने, ऊ तँसँग जानेछैन ।”
5 Levezette tehát a népet a vízhez, és szólt az Örökkévaló Gideónhoz: Mind az, a ki nyaldos nyelvével a vízből, a mint nyaldos az eb – állítsd azt külön és mind azt is, a ki térdeire esik, hogy igyék.
यसैले गिदोनले मानिसहरूलाई तल पानीमा लगे, र परमप्रभुले तिनलाई भन्नुभयो, “घुँडा टेकेर पानी पिउनेहरूबाट कुकुरले झैं चाटेर पानी पिउनेहरूलाई अलग गर् ।”
6 És volt a száma azoknak, kik nyaldostak, kezüket véve szájukhoz, háromszáz ember; mind a többi nép pedig térdeire esett vizet inni.
तिन सय जना मानिसहरूले चाटेर पिए । अरू बाँकी मानिसले घुँडा टेकेर पानी पिए ।
7 Ekkor szólt az Örökkévaló Gideónhoz: A háromszáz emberrel, a kik nyaldostak, segítlek meg titeket és kezedbe adom Midjánt; az egész nép pedig menjen kiki az ő helyére.
परमप्रभुले गिदोनलाई भन्नुभयो, “यी चाटेर पानी पिएका तिन सय जना मानिसहरू लिएर तिमीहरूलाई म बचाउनेछु र मिद्दानीहरूमाथि विजय दिनेछु । अरू हरेक मानिसलाई आफ्नै ठाउँमा फर्केर जान दे ।”
8 És kezükbe vették a nép eleségét és harsonáit, Izraél minden emberét pedig elbocsátotta kit-kit sátraihoz s a háromszáz embert megtartotta; Midján tábora pedig tőle alant volt a völgyben.
यसैले चुनिएकाहरूले आ-आफ्ना सर-समान र तुरहीहरू लिए । गिदोनले इस्राएलका सबै मानिस, हरेक मानिसलाई उसको आफ्नै पालमा फर्काइदिए, तर तिनले ती तिन सय जना मानिसलाई राखे । अब मिद्दानीका छाउनी तल बेसीमा थियो ।
9 Volt pedig azon éjjel, szólt hozzá az Örökkévaló: Kelj föl, menj le a táborba, mert kezedbe adtam.
त्यो रात परमप्रभुले तिनलाई भन्नुभयो, “उठ्! छाउनीलाई आक्रमण गर्, किनकि म तँलाई त्यसमाथि विजय दिन जाँदैछु ।
10 De ha félsz lemenni, menj le te és legényed Púra a táborhoz;
तर तँलाई तल जान डर लागेको छ भने, तेरो सेवक पूराहसँग तल छाउनीमा जा,
11 majd meghallod mit beszélgetnek s azután megerősödnek kezeid – menj hát le a táborba. És lement, ő és legénye Púra, a táborban levő fegyveresek közelébe.
र तिनीहरूले के भन्दैछन्, त्यो सुन्, र छाउनीमा आक्रमण गर्न तेरो साहस बढ्नेछ ।” यसैले गिदोन आफ्ना सेवक पूराहसँग तल छाउनीको सुरक्षाबल भएको ठाउँमा गए ।
12 Midján pedig és Amálék meg mind a Kelet fiai elterültek a völgyben, mint a sáska sokaságra; s tevéiknek nem volt száma, mint a föveny a tenger partján sokaságra.
मिद्दानीहरू, अमालेकीहरू, र पूर्वका सबै मानिसहरू बेसीमा, सलहका हुलझैं भेला भएर बसेका थिए । तिनीहरूका ऊँटहरू अनगिन्ती थिए, र तिनीहरूको सङ्ख्या समुद्र किनारका बालुवाका कणहरूभन्दा पनि धेरै थिए ।
13 Odament Gideón, s íme valaki elbeszél egy álmot a társának; mondta: Íme, álmot álmodtam, s íme egy czipó árpakenyér forog Midján táborában, eljutott a sátorig s meglökte, hogy összedőlt, majd fölfelé fordította, hogy összedőlt a sátor.
जब गिदोन त्यहाँ पुगे, एक जना मानिसले आफ्नो साथीलाई सपनाको बारेमा भन्दै थियो । त्यस मानिसले भन्यो, “हेर, मैले एउटा सपना देखें, र जौको एउटा रोटी मिद्दानीको छाउनीभित्र गुड्दै आयो । त्यो पालमा आयो, र त्यसलाई जोडले हिर्कायो र त्यसलाई उल्टो गरी पल्टाइदियो, यसैले त्यो ढल्यो ।”
14 Erre felelt a társa és mondta: Nem más az, mint Gideónnak, Jóás fiának, az izraelita férfiúnak kardja; kezébe adta Isten Midjánt és az egész tábort.
अर्को मानिसले भन्यो, “यो त इस्राएली गिदोनको (योआशका छोराको) तरवारबाहेक अरू केही होइन । परमेश्वरले तिनलाई मिद्दानी र तिनीहरूका सबै सेनामाथि विजय दिनुभएको छ ।”
15 És volt, mihelyt meghallotta Gideón az álom elbeszélését és megfejtését, leborult; visszatért Izraél táborához s mondta: Keljetek föl, mert kezetekbe adta az Örökkévaló Midján táborát.
जब गिदोनले त्यस सपना भनेको र त्यसको अर्थ लगाइएको सुने, तब तिनले घोप्टो परेर दण्डवत् गरे । तिनी इस्राएलको छाउनीमा फर्केर गए र भने, “उठ! परमप्रभुले तिमीहरूलाई मिद्दानी सेनामाथि विजय दिनुभएको छ ।”
16 S elosztotta a háromszáz embert három csapatra; adott harsonákat mindnyájuk kezébe; meg üres korsókat és fáklyákat a korsókban.
ति तिन सय जना मानिसलाई तिनले तिनवटा समुहमा विभाजन गरे, र तिनले उनीहरूलाई सबै तुरहीहरू र हरेक गाग्रोभित्र राँको हालेर खाली गाग्रोहरू दिए ।
17 És szólt hozzájuk: Tőlem látjátok majd s akképpen cselekedjetek; íme, midőn odaérek a tábor szélére, akkor lészen, a mint én cselekszem, úgy cselekedjetek ti.
तिनले उनीहरूलाई भने, “मलाई हेर, र म जे गर्छु त्यही गर । हेर! जब म छाउनीको छेऊमा पुग्छु, तब म जे गर्छु तिमीहरूले त्यही गर्नू ।
18 Megfúvom a harsonát, én és mind a velem levők, akkor fújjátok ti is a harsonákat az egész tábor körül és mondjátok: Az Örökkévalóért és Gideónért!
जब म तुरही फुक्छु, मसँग भएका सबै जनाले, तब छाउनीको हरेक कुनाबाट तिमीहरूका तुरहीहरू पनि फुक्नू र यसो भनेर कराउनू ‘परमप्रभुको निम्ति र गिदोनको निम्ति!’”
19 S oda ért Gideón meg a száz ember, ki vele volt, a tábor szélére a középső őrszak kezdetén – éppen fölállították az őröket – akkor megfújták a harsonákat és szétzúzták a kezükben levő korsókat.
यसैले गिदोन र तिनीसँग भएका एक सय जना मानिस राती दश बजेतिर छाउनीको छेऊमा गए । मिद्दानीहरूले रक्षकको हेरफेर गर्दै थिए, तिनीहरूले तुरहीहरू फुके र आफ्ना हातहरूमा भएका गाग्रोहरू फुटाए ।
20 Erre megfújta a három csapat a harsonákat, összetörték a korsókat s megragadták bal kezükkel a fáklyákat, jobb kezükkel pedig a harsonákat, hogy fújjanak; így kiáltottak: Kard az Örökkévalóért és Gideónért!
तिनै दलले तुरहीहरू फुके र गाग्रोहरू फुटाए । तिनीहरूले राँकोलाई आ-आफ्ना देब्रे हातमा लिए र तुरही फुक्नलाई दाहिने हातमा बोके । तिनीहरू कराएर भने, “परमप्रभुको निम्ति र गिदोनको निम्ति तरवार ।”
21 És álltak kiki a maga helyén a tábor körül; szerteszaladt az egész a tábor, riadoztak és megfutamodtak.
हरेक मानिस आफ्नो ठाउँमा छाउनीको वरिपरि खडा भए र सबै मिद्दानी सेना भागे । तिनीहरू ठुलो सोरमा कराए र भागे ।
22 És megfújták a háromszáz harsonát, ekkor fordította az Örökkévaló egyiknek kardját a másika ellen és pedig az egész táborban; és megfutamodott a tábor Bét-Sittáig, Czeréra felé, Ábél Mechóla partjáig Tabbát mellett.
जब तिनीहरूले तिन सय तुरही फुके, तब परमप्रभुले हरेक मिद्दानीको तरवारलाई आ-आफ्ना साथी-लडाकु र तिनीहरूका सबै सेनाको विरुद्धमा उठाउनुभयो । सबै सेनाहरू सरेरातर्फ बेथ-शित्तामसम्म, र तब्बातको नजिक हाबिल-महोलाको सिमानासम्म भागे ।
23 És összegyülekezett Izraél embere Naftáliból, Ásérból és egész Menasséból és üldözték Midjánt.
नप्ताली, आशेर, र सबै मनश्शेबाट इस्राएलका मानिसहरू बोलाइए, र तिनीहरू मिद्दानीहरूका पछि लागे ।
24 S követeket küldött Gideón Efraim egész hegységébe, mondván: Menjetek le Midján ellenébe és foglaljátok el tőlük a vizeket Bét-Báráig, meg a Jordánt. És összegyülekezett Efraim minden embere, s elfoglalták a vizeket Bét-Báráig, meg a Jordánt.
गिदोनले यसो भन्दै एफ्राइमको सबै पहाडी देशमा दूतहरू पठाए, “मिद्दानीहरूको विरुद्ध तल जाओ र तिनीहरूलाई रोक्नको निम्ति बेथ-बरासम्म यार्दन नदीमाथि नियन्त्रण गर ।” यसैले एफ्राइमका सबै मानिसहरू एकसाथ भेला भए र बेथ-बरासम्म यर्दन नदीमाथि नियन्त्रण गरे ।
25 Elfogták Midján két vezérét: Órébet és Zeébet; és megölték Órébet az Óréb-sziklán, Zeébet pedig megölték a Zeéb-présházban, és üldözték Midjánt; Óréb és Zeéb fejét pedig Gideónhoz vitték túl a Jordánon.
तिनीहरूले दुई मिद्दानी राजकुमार, ओरेब र जएबलाई कब्जा गरे । तिनीहरूले ओरेबलाई ओरेबको चट्टानमा, र जएबलाई जएबको दाखको कोलमा मारे । तिनीहरूले मिद्दानीहरूका पछि केद्दै गए र तिनीहरूले यर्दनको वारि भएका गिदोनकहाँ ओरेब र जएबका टाउकाहरू लिएर आए ।