< Birák 3 >
1 S ezek a népek, melyeket meghagyott az Örökkévaló, hogy megkísértse velük Izraélt, mindazokat, kik nem ismerték mind a Kanaánbeli háborúkat –
यति बेला इस्राएलको अर्थात् कनानमा लडिएका कुनै पनि युद्धको अनुभव नभएका इस्राएलका हरेक व्यक्तिको जाँच गर्नलाई परमप्रभुले यी जातिहरूलाई छोडिदिनुभयो ।
2 csak azért, hogy megismerjék Izraél fiainak nemzedékei – hogy tanítsák őket háborúra, csak azokat, kik azelőtt nem ismerték:
(युद्धको विषयमा पहिले जानकरी नभएका इस्राएलीहरूका नयाँ पुस्तालाई त्यसबारे सिकाउन उहाँले यसो गर्नुभयो ।)
3 a filiszteusok öt fejedelme, az egész kanaáni, a Czídónbeli és a chivvi, a Libánon hegységének lakója, Báal-Chermón hegyétől egészen Chamát felé.
ती जातिहरू यी नै हुन्: पलिश्तीहरूका पाँच राजाहरू, सबै कनानीहरू, सीदोनीहरू, र लेबनानका पर्वतहरूमा बाल-हर्मोनदेखि हमात-पाससम्म बस्ने हिव्वीहरू ।
4 Arra szolgáltak, hogy megkísértse velük Izraélt, hogy megtudja, vajon hallgatják-e az Örökkévaló parancsolatait, melyeket őseiknek parancsolt Mózes által.
इस्राएलको जाँच गर्न, अनि परमप्रभुले मोशाद्वारा तिनीहरूका पुर्खाहरूलाई दिनुभएका आज्ञाहरू तिनीहरूले पालन गर्छन् कि गर्दैनन् भनेर निश्चित रूपमा थाहा पाउनलाई यी जातिहरूलाई छोडिएको थियो ।
5 Izraél fiai pedig laktak a kanaáni, a chitti, az emóri, a perizzi, a chivvi és a jebúszi közepette;
यसैले इस्राएलका मानिसहरू कनानीहरू, हित्तीहरू, एमोरीहरू, परिज्जीहरू, हिव्वीहरू, र यबूसीहरूसँगै बसोबास गरे ।
6 elvették leányaikat maguknak feleségekül és a maguk leányait adták az ő fiaiknak, és szolgálták isteneiket.
तिनीहरूका छोरीहरूलाई उनीहरूले आफ्ना पत्नीहरू बनाएर ल्याए, र उनीहरूका आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई दिए र तिनीहरूका उनीहरूका देवताहरूका सेवा गरे ।
7 És tették Izraél fiai azt, a mi rossz az Örökkévaló szemeiben, megfeledkeztek az Örökkévalóról, Istenükről és szolgálták a Báalokat és az Asérákat.
परमप्रभुको नजरमा जे कुरा दुष्ट थियो, इस्राएलका मानिसहरूले त्यही गरे र परमप्रभु आफ्ना परमेश्वरलाई बिर्से । तिनीहरूले बाल देवताहरू र अशेरा देवीहरूका पुजा गरे ।
8 Ekkor föllobbant az Örökkévaló haragja Izraél ellen és eladta őket Kúsán-Riseatájimnak, Arám-Naharájim királyának kezébe; és szolgáltak Izraél fiai Kúsán-Riseatájimnak nyolcz évig.
यसकारण इस्राएलको विरुद्ध परमप्रभुको क्रोध आगोझैं दन्कियो, र उहाँले तिनीहरूलाई अराम नाहारैमका राजा कूशन-रिशातैमको हातमा बेचिदिनुभयो । इस्राएलका मानिसहरूले आठ वर्षसम्म कूशन-रिशातैमको सेवा गरे ।
9 De kiáltottak Izraél fiai az Örökkévalóhoz, és támasztott az Örökkévaló segítőt Izraél fiainak, s megsegítette őket: Otníélt, Kenáz fiát, Káléb fiatalabb testvérét.
जब इस्राएलका मानिसहरूले परमप्रभुलाई पुकारे, इस्राएलका मानिसहरूलाई सहायता गर्ने र तिनीहरूलाई बचाउने कोही एक जनालाई परमप्रभुले खडा गर्नुभयोः उनी कनाजका छोरा ओत्निएल (कालेबका भाइ) थिए ।
10 Reája szállt az Örökkévaló szelleme, bírája lett Izraélnek és kivonult a harczra. És kezébe adta az Örökkévaló Kúsán-Riseatájimot, Arám királyát, és hatalmas lett a keze Kúsán-Riseatájimon.
परमप्रभुको आत्माले उनलाई शक्ति दिनुभयो, र उनले इस्राएलको न्याय गरे र उनी युद्धमा गए । परमप्रभुले उनलाई अरामका राजा कूशन-रिशातैममाथि विजय दिनुभयो । ओत्निएलका हातले नै कूशन-रिशातैमलाई परास्त गरे ।
11 Nyugta volt az országnak negyven évig; s meghalt Otníél, Kenáz fia.
देशमा चालिस वर्षसम्म शान्ति भयो । त्यसपछि कनजका छोरा ओत्निएलको मृत्यु भयो ।
12 Továbbá is tették Izraél fiai azt, a mi rossz az Örökkévaló szemeiben; akkor erőssé tette az Örökkévaló Eglónt, Móáb királyát, Izraél fölött, mivelhogy tették azt, a mi rossz az Örökkévaló szemeiben.
त्यसपछि, इस्राएलीहरूले परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो, फेरि त्यही गरे, र परमप्रभुले मोआबका राजा एग्लोनलाई इस्राएलीहरूमाथि अधिकार गर्न दिनुभयो ।
13 Egybegyűjtötte magához Ammón fiait és Amáléket; ment és megverte Izraélt, és elfoglalták a pálmák városát.
एग्लोन अम्मोनीहरू र अमालेकीहरूसँग मिले र तिनीहरू गए र इस्राएललाई हराए, अनि खजूरका रूखहरूको सहरमाथि अधिकार गरे ।
14 És szolgáltak Izraél fiai Eglónnak, Móáb királyának, tizennyolcz évig.
इस्राएलका मानिसहरूले अठार वर्षसम्म मोआबका राजा एग्लोनको सेवा गरे ।
15 S kiáltottak Izraél fiai az Örökkévalóhoz, és támasztott nekik az Örökkévaló segítőt, Éhúdot, Géra fiát, a Benjáminbelit, egy balogkezű embert. Küldtek ugyanis Izraél fiai őáltala ajándékot Eglónnak, Móáb királyának.
जब इस्राएलका मानिसहरूले परमप्रभुको पुकारा गरे, तिनीहरूलाई सहायता गर्नलाई परमप्रभुले कोही एक जना बेन्यामिनी गेराका छोरा देब्रे हात चलाउने मानिस एहूदलाई खडा गर्नुभयो । इस्राएलका मानिसहरूले उनको साथमा मोआबका राजा एग्लोनकहाँ कर पठाए ।
16 Készített magának Éhúd kardot, melynek két éle volt, egy singnyi a hossza; és felkötötte azt ruházatán alul a jobb csípőjére.
एहूदले आफ्नो निम्ति एक हात लामो दुई धारे तरवार बनाए । त्यो तिनले आफ्नो दाहिने जाँघमा आफ्नो लुगाभित्र बाँधे ।
17 És bemutatta az ajándékot Eglónnak, Móáb királyának; Eglón pedig igen kövér ember volt.
तिनले मोआबका राजा एग्लोनलाई त्यो कर तिरे । (एग्लोन धेरै मोटो मानिस थिए ।)
18 És volt, midőn végzett azzal, hogy bemutatta az ajándékot, elbocsátotta a népet, az ajándék vivőit.
एहूदले कर तिरिसकेपछि, ती ल्याउनेहरूसँगै उनी फर्के ।
19 Maga pedig visszafordult a Gilgál melletti kőbányáknál és mondta: Titkos szavam van hozzád, oh király. Mondta: Csitt! Erre kimentek tőle mind a mellette állók. –
गिलगालको नजिक कुँदेर बनाएका मुर्तिहरूको ठाउँमा जसै एहूद पुगे, उनी फर्के र फिर्ता गए, र भने, “मेरा राजा, तपाईंको निम्ति मसँग एउटा गुप्त सन्देश छ ।” एग्लोनले भने, “शान्त होओ!” यसैले उनको सेवा गर्ने सबैले त्यो कोठा छोडेर बाहिर गए ।
20 Éhúd pedig bement hozzá, s ő éppen ült a hüselő felső teremben, mely csak az ő számára volt. – És mondta Éhúd: Istentől való szavam van hozzád; erre fölkelt a trónról.
एहूद तिनीकहाँ आए । राजाचाहिं माथिल्लो शीतल कक्षमा एक्लै बसिरहेका थिए । एहूदले भने, “मसँग तपाईंको निम्ति परमेश्वरको एउटा सन्देश छ ।” राजा आफ्नो ठाउँबाट उठे ।
21 Ekkor kinyújtotta Éhúd balkezét, levette a kardot jobb csípőjéről és beledöfte a hasába;
एहूदले आफ्नो देब्रे हातले आफ्नो दाहिने जाँघबाट तरवार झिके, र त्यो तिनले राजाको शरीरमा रोपिदिए ।
22 s behatolt a markolat is a penge után és körülzárta a zsír a pengét, mert nem húzta ki a kardot a hasából, és kiment a ganéja.
त्यो तरवार बींडसितै छिर्यो । उनको पछिल्तिरबाट त्यो तरवारको टुप्पो निस्कियो र बोसोले त्यसलाई ढाक्यो, अनि एहूदले उनको पेटबाट त्यो तरवार झिकेनन् ।
23 És kiment Éhúd a csarnokba, bezárta a felső terem ajtóit maga után és elreteszelte.
त्यसपछि एहूद कौसीमा निस्के र माथिल्लो कक्षका आफू पछाडिका ढोकाहरू थुनिदिए र ताल्चा लगाइदिए ।
24 Alighogy kiment, jöttek a szolgák és látták, íme a felső terem ajtói elreteszelvék; s mondták: Bizonyára lábait takarja a hüselő kamarában.
एहूद गइसकेपछि, राजाका सेवकहरू आए । तिनीहरूले माथिल्लो कक्षका ढोकाहरूमा ताल्चा लागेको देखे । यसैले तिनीहरूले विचार गरे, “पक्कै पनि उहाँ माथिल्लो शीतल कक्षमा दिसा गरिरहनुभएको होला ।”
25 És várakoztak míg szégyellették, s íme, nem nyitja ki a felső terem ajtóit; erre vették a kulcsot és kinyitották, s íme, uruk a földön fekszik holtan.
राजाले माथिल्लो कक्षका ढोकाहरू नखोलेपछि, आफ्नो जिम्मेवारी पुरा नगरेकोझैं तिनीहरूलाई महसुस भएको हुनाले तिनीहरूलाई चिन्ता भयो । यसैले तिनीहरूले साँचो लिए र ढोकाहरू खोले, र आफ्ना मालिकलाई भुइँमा मृत अवस्थामा ढलेको देखे ।
26 Éhúd pedig elmenekült, mialatt késedelmeztek; ő ugyanis túl volt a kőbányákon és elmenekült Szeírába.
अब के गर्ने भनेर सेवकहरू कुरिरहेका बेला, एहूद भागेर कुँदेर बनाइएका मुर्तिहरू भएका ठाउँभन्दा पर पुगे, र उनी सीरामा भागे ।
27 És volt, midőn odaérkezett, megfútta a harsonát Efraim hegységében; és lementek vele Izraél fiai a hegyről, ő meg élükön.
जब उनी आइपुगे, उनले एफ्राइमको पहाडी देशमा तुरही फुके । त्यसपछि इस्राएलका मानिसहरू उनीसँगै पहाडहरूबाट तल ओर्ले, र उनले तिनीहरूलाई नेतृत्व गरे ।
28 És szólt hozzájuk: Siessetek utánam, mert kezetekbe adta az Örökkévaló ellenségeiteket, Móábot. És lementek utána, elfoglalták a Jordánnak Móáb felé való átkelőit, és nem engedtek senkit sem átkelni.
उनले तिनीहरूलाई भने, “मेरो पछि लाग, किनकि परमप्रभुले तिमीहरूका शत्रु मोआबीहरूलाई परास्त गर्न लाग्नुभएको छ ।” तिनीहरू उनको पछि लागे र तिनीहरूले मोआबीहरूबाट यर्दनका जँघारहरू लिए, र तिनीहरूले कसैलाई पनि त्यो नदी तर्न दिएनन् ।
29 Megverték Móábot abban az időben, mintegy tízezer embert, csupa kövért és csupa vitéz férfiút, és nem menekült meg senki.
त्यस बेला तिनीहरूले मोआबका दश हजार मानिसहरूलाई मरे, र तिनीहरू सबै बलिया र सक्षम मानिसहरू थिए । एउटा पनि उम्केन ।
30 S megalázkodott Móáb ama napon Izraél keze alatt; és nyugta volt az országnak nyolczvan évig.
यसैले त्यस दिन मोआब इस्राएलको शासनको अधीनमा आयो, र देशमा असी वर्षसम्म शान्ति भयो ।
31 Utána volt Samgár, Anát fia, s megverte a filiszteusokat, hatszáz embert egy ökörösztökével; s megsegítette ő is Izraélt.
एहूदपछि अनातका छोरा शमगर अर्का न्यायकर्ता भए जसले पाल्तु पशु धपाउने लौरोले पलिश्तीहरूका छ सय मानिसहरूलाई मरे । उनले इस्राएललाई खतराबाट पनि छुट्कारा दिए ।