< Birák 20 >
1 És kivonultak mind az Izraél fiai és egybegyűlt a község mint egy ember Dántól Beér-Sébáig, meg Gileád országa, az Örökkévalóhoz Miczpába.
त्यसपछि दानदेखि बेर्शेबासम्मका इस्राएलका मानिसहरू र गिलादको भूमिबाट समेत सबै एक भएर निस्के र परमप्रभुको अगि मिस्पामा एकसाथ भेला भए ।
2 És odaálltak az egész nép kiválói, Izraél törzsei mind, Isten népének gyülekezetében: négyszázezer ember, gyalogos, kardrántó.
इस्राएलका सबै कुलका मानिसहरूका अगुवाहरू परमेश्वरका मानिसहरूको भेलामा आफ्नो सहभागीता जनाए— त्यहाँ चार लाख जना पैदल हिंड्ने मानिसहरू तरवार लिएर युद्ध गर्न तयार थिए ।
3 Meghallották Benjámin fiai, hogy fölmentek Izraél fiai Miczpába. És mondták Izraél fiai: Beszéljetek, miképpen történt e gonoszság?
बेन्यामिनका मानिसहरूले इस्राएलका मानिसहरू मिस्पामा गएका कुरा सुने । इस्राएलका मानिसहरूले भने, “यस्तो दुष्ट काम कसरी भयो त्यो हामीलाई भन ।”
4 Erre megszólalt a levita férfiú, a meggyilkolt asszonynak férje, és mondta: A Benjáminhoz tartozó Gibeába érkeztem én meg ágyasam, hogy megháljunk.
त्यो मारिएकी स्त्रीका पति ती लेवीले जवाफ दिए, “म र मेरी उपपत्नी बेन्यामीनको इलाकामा पर्ने गिबामा रात कटाउन गएका थियौं ।
5 Ekkor reám támadtak Gibea urai, körülvették miattam éjjel a házat; engem megölni szándékoztak, ágyasomat pedig meggyalázták és meghalt.
रातको बेला गिबाका अगुवाहरूले घरलाई घेरेर मलाई मार्ने उद्देश्यले आक्रमण गरे । तिनीहरूले मेरी उपपत्नीलाई बलात्कार गरे र त्यो मरी ।
6 Erre megfogtam ágyasamat, földaraboltam és szétküldtem Izraél birtokának egész területén, mert fajtalanságot és aljasságot követtek el Izraélben.
मैले मेरी पत्नीलाई ल्याएँ र त्यसको लाशलाई टुक्रा-टुक्रा गरी काटें, र ती इस्राएलको उत्तराधिकारको हरेक इलाकामा पठाएँ, किनभने तिनीहरूले इस्राएलमा यतिसम्मको दुष्टता र अत्याचार गरेका छन् ।
7 Íme, ti Izraél fiai mind, hozzatok magatoknak döntést és tanácsot itten.
यसैले, ए सारा इस्राएलीहरू हो, तपाईंहरूको सल्लाह र सुझाव यहाँ दिनुहोस् ।”
8 Ekkor fölkelt az egész nép, mint egy ember, mondván: Nem megy közülünk senki a sátrába és nem tér be közülünk senki a házába.
सबै मानिसहरू एक भएर खडा भए र तिनीहरूले भने “हामी कोही पनि आफ्नो पालमा जानेछैनौं र हामी कोही पनि घर फर्कनेछैनौं ।
9 Most tehát ez az, a mit tenni fogunk Gibeával: Ellene sors szerint!
तर अब हामी गिबालाई यस्तो गर्नेछौं: गोला हालेर पाएको निर्देशनअनुसार हामी त्यसलाई आक्रमण गर्नेछौं ।
10 Vegyünk tíz embert százból, mind az Izraél törzseiből, és százat ezerből és ezret tízezerből, hogy élelmet vigyenek a nép számára, hogy cselekedjenek, a mint a Benjáminbeli Gébába érkeznek, egészen azon aljassághoz képest, melyet elkövettek Izraélben.
हामी इस्राएलका सबै कुलहरूबाट एक सयबाट दश, एक हजारबाट एक सय, र दश हजारबाट एक हजारलाई मानिसहरूलाई अरूका निम्ति खानेकुराको प्रबन्ध गर्न राख्नेछौं, ताकि तिनीहरू बेन्यामीनको गिबामा आउँदा, उनीहरूले इस्राएलमा गरेका दुष्टताको लागि तिनीहरूले दण्ड दिन सकून् ।”
11 És összegyülekezett Izraél minden embere a város ellen, mint egy ember egyesülve.
यसैले इस्राएलका सबै सिपाहीहरू त्यस सहरको विरुद्ध एकतावद्ध भएर भेला भए ।
12 És küldtek Izraél törzsei embereket Benjámin egész törzsébe, mondván: Micsoda gonoszság az, mely történt köztetek?
इस्राएलका कुलहरूले बेन्यामीनको कुलका सबैलाई यसो भन्दै मानिसहरू पठाए, “तिमीहरूका बिचमा गरिएको दुष्टता के हो?
13 Most tehát adjátok ki azokat az alávaló embereket, a kik Gibeában vannak, hogy megöljük őket és kipusztítsuk a gonoszságot Izraélből. De nem akartak Benjámin fiai hallgatni testvéreik, Izraél fiainak szavára.
यसकारण, गिबाका ती दुष्ट मानिसहरूलाई हामीलाई सुम्पिदेओ, ताकि हामी तिनीहरूलाई मार्नेछौं र यसरी इस्राएलबाट हामी यो दुष्टता पूर्ण रूपमा हटाउनेछौं ।” तर बेन्यामीनीहरूले आफ्ना दाजुभाइ, अर्थात् इस्राएलका मानिसहरूको कुरा सुनेनन् ।
14 S összegyűltek Benjámin fiai a városokból Gibeába, hogy kivonuljanak háborúra Izraél fiaival.
त्यसपछि बेन्यामीनका मानिसहरू एक साथ गिबाका सहरहरूबाट बाहिर निस्के र इस्राएलका मानिसहरूका विरुद्ध युद्ध गर्न तयार भए ।
15 Szám szerint voltak Benjámin fiai ama napon a városokból huszonhatezer kardrántó ember, Gibea lakóin kívül, kik szám szerint voltak hétszáz válogatott ember.
बेन्यामीनका मानिसहरूले त्यस दिन आफ्ना सहरहरूबाट तरवार बोकेर युद्ध लड्नको निम्ति तालिम प्राप्त छब्बीस हजार सिपाहीलाई एकसाथ ल्याए । यसका साथै, त्यहाँ गिबाका बासिन्दाहरूबाट सात सय चुनिएकाहरू मानिसहरू थिए ।
16 Ez egész népből hétszáz válogatott ember balogkezű volt; mind parittyakövet hajított egy hajszálra és el nem vétette.
यी सबै सेनाहरूमा सात सय चुनिएका मानिसहरूले देब्रे हात चलाउँथे । तिनीहरू हरेकले घुयेंत्रोले कपालमा हान्न सक्थे र निशाना चुकाउँदैनथे ।
17 Izraél emberei pedig voltak szám szerint, Benjáminon kívül, négyszázezer kardrántó ember, mind ez harczra való ember.
बेन्यामीनीहरूको सङ्ख्यालाई गणना नगरी इस्राएलका मानिसहरू चार लाख जना थिए, जो तरवारले युद्ध लड्नलाई तालिम प्राप्त थिए । यी सबै युद्ध गर्ने मानिसहरू थिए ।
18 Fölkeltek és fölmentek Bét-Élbe és megkérdezték Istent, és mondták Izraél fiai: Ki vonuljon közülünk először háborúra Benjámin fiai ellen? Mondta az Örökkévaló: Jehúda először!
इस्राएलका मानिसहरू उठे, बेथेलमा गए, र परमेश्वरबाट सल्लाह मागे । तिनीहरूले सोधे, “बेन्यामिनीहरूलाई हाम्रा निम्ति कसले पहिले आक्रमण गर्नेछ?” परमप्रभुले भन्नुभयो, “यहूदाले पहिले आक्रमण गर्नेछ ।”
19 És fölkeltek Izraél fiai reggel és táboroztak Gibea ellen.
इस्राएलका मानिसहरू बिहान उठे र तिनीहरूले आफ्नो छाउनी गिबाको नजिक सारे ।
20 Kivonultak Izraél emberei háborúra Benjáminnal; és sorakoztak ellenük Izraél emberei harczra Gibea mellett.
इस्राएलका मानिसहरू बेन्यामीनको विरुद्ध युद्ध लड्न बाहिर निस्के । तिनीहरू गिबामा उनीहरूका विरुद्ध युद्धको निम्ति तयार भएर बसे ।
21 Ekkor kivonultak Benjámin fiai Gibeából és földre terítettek ama napon Izraél közül huszonkétezer embert.
बेन्यामीनीहरू गिबाबाट बाहिर निस्के, र तिनीहरूले त्यस दिन इस्राएलको सेनाका बाइस हजार मानिसहरूलाई मारे ।
22 De megbátorodott a nép, Izraél emberei, és újból csatára sorakoztak azon a helyen, a hol sorakoztak az első napon.
तर इस्राएलका मानिसहरूले आफूलाई बलियो पारे र तिनीहरू पहिलो दिनमा जुन स्थानमा तयार भएर बसेका थिए त्यसै ठाउँमा युद्धको निम्ति तयार भए ।
23 Fölmentek Izraél fiai és sírtak az Örökkévaló színe előtt egész estig s megkérdezték az Örökkévalót, mondván: Odalépjek-e újból harczra Benjámin fiaival, testvéremmel? Mondta az Örökkévaló: Vonuljatok ellene.
तब इस्राएलका मानिसहरू माथि उक्ले र साँझसम्म परमप्रभुको अगि रोए, र उहाँबाट निर्देशनको खोजी गरे । तिनीहरूले भने, “के हाम्रा दाजुभाइ, अर्थात् बेन्यामीनीहरूसँग युद्ध गर्न हामी फेरि जाऔं?” परमप्रभुले भन्नुभयो, “तिनीहरूलाई आक्रमण गर!”
24 Közeledtek tehát Izraél fiai Benjámin fiai felé a második napon.
यसैकारण दोस्रो दिनमा इस्राएलका मानिसहरू बेन्यामीनका सेनाहरूका विरुद्ध युद्ध गर्न गए ।
25 És kivonult elébük Benjámin Gibeából a második napon és földre terítettek Izraél fiai közül még tizennyolczezer embert, mind ezek kardrántók.
दोस्रो दिनमा, गिबाबाट बेन्यामीनीहरू तिनीहरूका विरुद्ध बाहिर निस्के र तिनीहरूले इस्राएलका अठार हजार मानिसहरूलाई मारे । तिनीहरू सबै तरवारले लडाइँ गर्नलाई तालिम प्राप्त मानिसहरू थिए ।
26 Ekkor fölmentek Izraél fiai mind és az egész nép és jöttek Bét-Élbe, sírtak és ott maradtak az Örökkévaló színe előtt és böjtöltek ama napon egész estig; és bemutattak égő- és békeáldozatokat az Örökkévaló színe előtt.
त्यसपछि इस्राएलका सबै सेना र सबै मानिसहरू बेथेलमा उक्ले र रोए, र तिनीहरू परमप्रभुको अगि बसे र तिनीहरू त्यस दिन साँझसम्म उपवास बसे र परमप्रभुलाई होमबलि र मेलबलि चढाए ।
27 S megkérdezték Izraél fiai az Örökkévalót – ott volt ugyanis az Isten szövetségének ládája ama napokban,
इस्राएलका मानिसहरूले परमप्रभुलाई यसरी सोधे— किनकि परमेश्वरका करारको सन्दुक ती दिनहरूमा त्यहीं थियो,
28 Pinechász, Eleázár, Áron fiának, ott állt előtte ama napokban – mondván: Kivonuljak-e újból harczra Benjámin testvérem fiai ellen, avagy abbahagyjam? Mondta az Örökkévaló: Vonuljatok, mert holnap kezedbe adom őt.
र हारूनका नाति, एलाजारका छोरा पीनहासले सन्दुकको सामु सेवा गर्थे— “के हाम्रा दाजुभाइ, अर्थात् बेन्यामीनीहरूका विरुद्ध हामी फेरि युद्धमा जाऔं, वा रोकौं?” परमप्रभुले भन्नुभयो, “आक्रमण गर, किनकि भोलीको दिन तिनीहरूलाई पराजय गर्न म तिमीहरूलाई सहायता गर्नेछु ।”
29 És elhelyezett Izraél lescsapatot Gibea ellen köröskörül.
यसैले इस्राएलले गिबा वरिपरि गुप्त ठाउँहरूमा मानिसहरूलाई राखे ।
30 És fölvonultak Izraél fiai Benjámin fiai ellen a harmadik napon és sorakoztak Gibea ellen, mint már kétszer.
तेस्रो दिनमा इस्राएलका मानिसहरू बेन्यामीनीहरूसँग लडे, र तिनीहरूले पहिलो दिनमा गरेझैं गिबाको विरुद्धमा त्यही स्थानबाट युद्ध गरे ।
31 Erre kivonultak Benjámin fiai a nép elejébe – elszakasztattak a várostól – és kezdtek elesetteket ejteni a nép közül mint már kétszer, az országutakon, melyeknek egyike fölmegy Bét-Élnek, másika Gibeának, a mezőségen, mintegy harmincz embert Izraél közül.
बेन्यामीनका मानिसहरू गए र ती मानिसहरूसँग युद्ध लडे, र तिनीहरूलाई सहरबाट टाढा पुर्याइयो । तिनीहरूले केही मानिसलाई मार्न थाले । खेतहरू र सडकहरूमा मर्नेहरूमा इस्राएलका करिब तिस जना मानिस थिए । एउटा बाटो बेथेल तर्फ जान्थ्यो, र अर्को गिबातर्फ जान्थ्यो ।
32 És mondták Benjámin fiai: Megveretnek tőlünk mint első ízben! Izraél fiai pedig mondták: Hadd fussunk és szakasszuk el a várostól az országutakra.
तब बेन्यामीनका मानिसहरूले भने, “तिनीहरू हारेका छन् र पहिलो पल्टझैं तिनीहरू हामीबाट भाग्दैछन् ।” तर इस्राएलका सिपाहीहरूले भने, “हामी पछि हटौं र तिनीहरूलाई सहरबाट टाढा सडकहरूमा लैजाऔं ।”
33 Mind az Izraél emberei pedig fölkeltek helyükből és sorakoztak Báal-Támárban; Izraél lescsapatja azonban előtört helyéből, Máaré-Gébából,
इस्राएलका सबै मानिसहरू आ-आफ्ना ठाउँबाट उठे र बाल-तामारमा युद्धको निम्ति तयार भए । त्यसपछि गुप्त स्थानहरूमा लुकिरहेका इस्राएलका सेनाहरू आ-आफ्ना ठाउँ गिबाबाट निस्किआए ।
34 és értek Gibea átellenébe egész Izraélből válogatott emberek tízezeren és heves volt a csata; amazok pedig nem tudták, hogy hozzájuk ér a veszedelem.
सारा इस्राएलबाट गिबाको विरुद्ध त्यहाँ दश हजार चुनिएका मानिसहरू आए, र तिनीहरूको बिचमा घमासान युद्ध भयो, तर बेन्यामीनीहरूलाई तिनीहरूको विनाश नजिकै छ भन्ने कुरा थाहा थिएन ।
35 És megverte az Örökkévaló Benjámint Izraél előtt és leterítettek Izraél fiai Benjámin közül ama napon huszonötezer és száz embert, mindezek kardrántók.
परमप्रभुले इस्राएलको सामु बेन्यामीनलाई परास्त गर्नुभयो । त्यस दिन, इस्राएलका सेनाहरूले बेन्यामीनका २५,१०० मानिसहरूलाई मारे । त्यहाँ मर्नेहरू सबै तरवारले युद्ध गर्नलाई तालिम प्राप्त थिए ।
36 S látták Benjámin fiai, hogy megverettek. Helyet adtak Izraél emberei Benjáminnak, mert bíztak a lescsapatban, melyet elhelyeztek volt Gibea ellen.
यसैले बेन्यामीनका सेनाहरूले आफ़ूहरू हारेका देखे । इस्राएलका मानिसहरूले बेन्यामीनीहरूलाई रणभूमिमा मौका दिएकाजस्तै गरेका थिए, किनकि तिनीहरूले गिबाभन्दा बाहिर गुप्त स्थानहरूमा लिकेका मानिसहरू गणना गरिरहेका थिए ।
37 A lescsapat pedig sietett, rárontott Gibeára; s elhúzódott a lescsapat és megverte az egész várost a kard élével.
तब लुकिरहेका मानिसहरू उठे र हतार गर्दै गिबाभित्र पसे, र सारा सहरलाई तिनीहरूले तरवारको धारले प्रहार गरे ।
38 Azon megállapodásuk volt Izraél embereinek a lescsapattal, hogy erősen hagyják fölszállni a füstfelleget a városból.
इस्राएलका सेनाहरू र गुप्तमा लुकेका मानिसहरूबिच एउटा चिन्हको सल्लाह भएको थियो र त्योचाहिं सहरबाट धुँवाको ठुलो मुस्लो माथि जाँनुपर्छ भन्ने थियो ।
39 És megfordultak Izraél emberei a csatában; Benjámin pedig kezdte verni Izraél embereit s elesett volt közülük mintegy harmincz ember, mert mondták: Bizony végképp megveretik előttünk, mint az előbbi csatában.
त्यो चिन्ह पठाएपछि इस्राएलका सेनाहरू युद्धबाट फर्कनुपर्थ्यो । बेन्यामीनीहरूले आक्रमण गर्न थाले र तिनीहरूले इस्राएलका तिस जना जति मानिसलाई मारे, र तिनीहरूले भने, “पहिलो युद्धमा झैं तिनीहरू निश्चय नै हामीबाट परास्त भएका छन् ।”
40 A füstfelleg azonban kezdett fölszállni a városból, egy füstoszlop; ekkor hátrafordult Benjámin és íme, ég felé szállt az egész város égése –
तर जब सहरबाट धुँवाको मुस्लो माथि उठ्न थाल्यो, तब बेन्यामीनीहरूले फर्केर हेरे र सारा सहरबाट आकाशतर्फ धुँवा उडेको देखे ।
41 Izraél emberei pedig megfordultak, s megrémültek Benjámin emberei, mert látták, hogy hozzájuk ért a veszedelem.
त्यसपछि इस्राएलका मानिसहरू तिनीहरूका विरुद्ध जाइलागे । बेन्यामीनीहरू आतङ्कित भए, किनकि तिनीहरूमा विपत्ति आइलागेको तिनीहरूले देखे ।
42 Megfordultak tehát Izraél emberei előtt a puszta felé, de a csata utolérte őket; a városokból valókat is leterítették közöttük.
यसैले तिनीहरू इस्राएलका मानिसहरूबाट भागे, र उजाड-स्थानतिर गए । तर युद्धले तिनीहरूलाई भेटाइहाल्यो । इस्राएलका सेनाहरू सहरहरूबाट आए र तिनीहरू भएकै ठाउँमा तिनीहरूलाई मारे ।
43 Bekerítették Benjámint, üldözték őt, pihenő helyen letiporták, egészen Gibeával szemben napkelet felől.
तिनीहरूले बेन्यामीनीहरूलाई घेरे, तिनीहरूलाई खेदे र तिनीहरूलाई गिबाको पूर्वमा नोहामा खत्तम पारे ।
44 És elesett Benjámin közül tizennyolczezer ember: mindezek vitéz férfiak.
बेन्यामीनी कुलबाट अठार हजार जना मानिसहरू मरे, र ती सबै मानिसहरू युद्धमा विशिष्ट थिए ।
45 Fordultak és megfutamodtak a puszta felé a Rimmón sziklájáig és böngészve bennük, megöltek az országutakon ötezer embert; és nyomukban voltak Gideómig és levertek közülök kétezer embert.
तिनीहरू युद्धबाट फर्के र उजाड-स्थानमा रिम्मोनको चट्टानतर्फ भागे । इस्राएलीहरूले बाटोहरूमा तिनीहरूका अरू पाँच हजार जना मानिसहरूलाई मारे । उनीहरूले तिनीहरूलाई गीदोमसम्मै लखेटिरहे र त्यहाँ अरू दुई हजार जनालाई मारे ।
46 Voltak tehát mind, a kik elestek Benjáminból ama napon: huszonötezer kardrántó férfiú; mindezek vitéz férfiak.
त्यस दिन मर्नेहरूमा पच्चीस हजार बेन्यामीनी सेनाहरू थिए जो तरवारले लडाइँ गर्नको निम्ति तालिम प्राप्त थिए । तिनीहरू सबै युद्ध गर्न निपुण थिए ।
47 De hatszáz ember fordult és megfutamodott a puszta felé a Rimmón sziklájáig; és maradtak Rimmón sziklájánál négy hónapig.
तर छ सय मानिसहरू उजाड-स्थानमा रिम्मोनको चट्टानतिर भागे । चार महिनासम्म तिनीहरू रिम्मोनको चट्टानमा बसे ।
48 Izraél emberei pedig visszatértek Benjámin fiaihoz és leverték a kard élével városostul, férfiastul, barmostul, mindent a mit találtak; mind a városokat is, melyekre találtak, tűzbe borították.
इस्राएलका सेनाहरू बेन्यामीनी मानिसहरूका विरुद्ध फर्के र तिनीहरूलाई, र सहर र पशुहरू, र त्यहाँ भएका सबै कुरालाई तरवारको धारले प्रहार गरे । आफ्नो बाटोमा सबै नगरलाई समेत तिनीहरूले जलाइदिए ।