< 1 Mózes 20 >
1 És elvonult onnan Ábrahám a déli földre én lakott Kódés és Súr között és tartózkodott Gerorban.
अब्राहाम त्यहाँबाट नेगेवको भूमितर्फ गए, र कादेश र शूरको बिचमा बसे । उनी गरारमा बसोबास गर्ने एक परदेशी थिए ।
2 És azt mondta Ábrahám Sáráról, az ő feleségéről: nővérem ő. És elküldött Ávimelech, Geror királya és elvette Sárát.
अब्राहामले आफ्नी पत्नी साराको बारेमा यस्तो भनेका थिए, “यिनी मेरी बहिनी हुन् ।” यसैकारण गरारका राजा अबीमेलेकले सारालाई मानिसहरू पठाई आफूकहाँ ल्याए ।
3 De eljött Isten Ávimelechhez éjjeli álomban és mondta neki: Íme, te meghalsz az asszony miatt, akit elvettél, mert az férjes asszony.
तर परमप्रभु राती अबीमेलेकको सपनामा आउनुभयो, र तिनलाई भन्नुभयो, “सुन्, तैँले आफ्नो साथमा ल्याएको स्त्रीको कारण तँ श्रापित भएको छस्, किनभने त्यो अरू कसैकी पत्नी हो ।”
4 Ávimelech azonban nem közeledett hozzá és mondta: Uram! vajon az igaz népet is megölöd-e?
अबीमेलेक तिनको नजिक गएका थिएनन् र उनले भने, “परमप्रभु के तपाईंले धार्मिक जातिलाई पनि मार्नुहुन्छ र?
5 Vajon nem ő mondta-e nekem: Nővérem ő; és ez maga is mondta: Fivérem ő. Szívem ártatlanságában és kezeim tisztaságában tettem ezt.
के त्यो आफैँले मलाई ‘यिनी मेरी बहिनी हुन्’ भनेर भनेको थिएन र? त्यस स्त्रीले पनि, ‘तिनी मेरा दाजु हुन्’ भनेर भनेकी थिई । मेरो हृदयको इमान्दारी र मेरा निर्दोष हातद्वारा मैले यो गेरको हुँ ।”
6 És mondta neki Isten álomban: Én is tudom, hogy szíved ártatlanságában tetted ezt, azért tartottalak vissza én is téged, hogy ne vétkezz ellenem, azért nem engedtelek hozzányúlni.
त्यसपछि परमप्रभुले तिनलाई सपनामा भन्नुभयो, “हो, यो मलाई पनि थाहा छ, कि तैँले आफ्नो हृदयको इमान्दारीमा यो गरिस्, र मैले नै तँलाई मेरो विरूद्ध पाप गर्नबाट बचाएँ । यसैकारण मैले तँलाई त्यस स्त्रीलाई छुन दिइनँ ।
7 Most pedig add vissza a férfi feleségét, mert próféta ő, és imádkozik érted, hogy élj; ha pedig nem adod vissza, tudd meg, hogy meg kell halnod, neked és mindennek, ami a tied.
यसैकारण, त्यस मानिसकी पत्नीलाई फर्काइदे, किनभने त्यो एउटा अगमवक्ता हो । त्यसले तेरो निम्ति प्रार्थना गर्नेछ, र तँ बाँच्नेछस् । तर यदि तैँले त्यसलाई फर्काइनस् भने, यो थाहा गर्, कि तँ र तेरा सबै निश्चय नै मर्नेछन् ।”
8 És fölkelt Ávimelech kora reggel, hivatta mind az ő szolgáit és elbeszélte mindezen dolgokat fülük hallatára, és a férfiak igen féltek.
अबीमेलेक बिहानै उठे र आफ्ना सबै नोकरहरूलाई बोलाए । तिनले यी सबै कुरा ती मानिसहरूलाई बताए, र तिनीहरू धेरै डराए ।
9 És hivatta Ávimelech Ábrahámot és mondta neki: Mit tettél velünk? És mit vétettem neked, hogy hoztál rám és birodalmamra ily nagy bűnt? Olyan dolgokat, melyeket nem szabad tenni, tettél te velem!
त्यसपछि अबीमेलेकले अब्राहामलाई बोलाएर भने, “तिमीले यो हामीलाई के गर्यौ? मैले तिम्रो विरुद्धमा के पाप गरेको थिएँ जसको कारण तिमीले ममाथि र मेरो राज्यमाथि यति ठुलो पाप ल्यायौ? तिमीले मसित गर्न नहुने काम गर्यौ ।”
10 És mondta Ávimeleeh Ábrahámnak: Mire néztél, hogy ezt a dolgot tetted?
अबीमेलेकले अब्राहामलाई भने, “के कुराले तिमीलाई यस्तो काम गर्न लगायो?”
11 És mondta Ábrahám: Mert azt gondoltam, bizony, nincs istenfélelem ebben a helységben és megölnek a feleségem miatt.
अब्राहामले भने, “किनभने यस ठाउँमा निश्चय नै परमप्रभुको कुनै भय छैन र तिनीहरूले मलाई मेरी पत्नीको कारणले मार्नेछन् भनी मैले विचार गरेँ ।
12 És valóban a nővérem is atyám leánya és így lett feleségemmé.
हुन त यिनी मेरो बुबाकी छोरी मेरी बहिनी हुन्, तर यिनी मेरी आमाकी छोरी होइनन्, र यिनी मेरी पत्नी भइन् ।
13 És történt, midőn kivándoroltatott engem Isten atyám házából, mondtam neki: Ez legyen kegyelmed, melyet velem művelsz, minden helyen, ahova jövünk, mondd rólam: fivérem ő.
जब परमप्रभुले मलाई मेरो बुबाको घर त्यागेर एक ठाउँदेखि अर्को ठाउँ यात्रा गर्न लगाउनुभयो, मैले तिनलाई भनेँ, ‘तिमी मेरी पत्नी भएकी कारणले हामी जाने हरेक ठाउँमा, मेरो विषयमा “उनी मेरा दाजु हुन्” भन्ने बताएर तिमीले मेरो निम्ति विश्वसनीयता देखाउनू ।’”
14 És vett Ávimelech juhot, marhát, szolgákat és szolgálókat és adta Ábrahámnak, és visszaadta neki Sárát, az ő feleségét.
त्यसपछि अबीमेलेकले अब्राहामलाई भेडाहरू, गोरुहरू, र कमारा-कमारीहरू दिए । तिनले अब्राहामकी पत्नी सारालाई पनि उनीकहाँ फर्काइदिए ।
15 És mondta Ávimelech: Íme országom előtted van; ahol jónak tetszik szemeidben, ott lakjál.
अबीमेलेकले भने, “हेर, मेरो भूमि तिम्रै अगि छ । जहाँ तिमीलाई मनपर्छ त्यहीँ बस ।”
16 Sárának pedig mondta: Íme, én adtam ezer ezüstöt fivérednek, íme, ez számodra szemtakaró mindazok előtt, akik veled vannak és mindenki előtt igazolt vagy.
सारालाई तिनले भने, “हेर, मैले तिम्रो दाजुलाई चाँदीका हजार सिक्काहरू दिएको छु । तिमीसँग भएका सबैका आँखामा तिम्रो विरुद्धमा भएका सबै दोष ढाक्न मैले यो गरेको हुँ, र सबैको अगि तिमीलाई पूर्ण रूपमा सही ठहराएको छु ।”
17 Ábrahám pedig imádkozott Istenhez és meggyógyította Isten Ávimelechet, az ő feleségét és az ő szolgálóit, hogy szültek;
त्यसपछि अब्राहामले परमप्रभुसँग प्रार्थना गरे, र उहाँले अबीमेलेक, तिनकी पत्नी, र तिनका कमारीहरूलाई निको पार्नुभयो र तिनीहरूले छोरीछोरी जन्माउन सके ।
18 mert elzárt az Örökkévaló minden anyaméhet Ávimelech házában, Sára, Ábrahám felesége miatt.
किनभने अब्राहामकी पत्नी साराको कारण अबीमेलेकको घरानाका सबै स्त्रीलाई परमप्रभुले बाँझी बनाउनुभएको थियो ।