< Ezékiel 26 >
1 És volt a tizenegyedik évben, a hónap elsején, lett hozzám az Örökkévaló igéje, mondván:
यसैले यो एघारौं वर्षमा, महिनाको पहिलो दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
2 Ember fia, mivelhogy azt mondta Czór Jeruzsálemről: ha! meg van törve a népek kapuja, én hozzám került át; hadd telek meg, ő leromboltatott -
“ए मानिसको छोरो, किनभने यरूशलेमको विरुद्धमा टुरोस सहरले 'अहा! भनेको छ ।मानिसहरूका ढोकाहरू भत्केका छन् । त्यो मतिर फेर्केको छ । म भरपूर हुनेछु, किनभने त्यो भग्नावशेष भएको छ ।'
3 azért így szól az Úr, az Örökkévaló: íme ellened fordulok Czór: fölvezetek ellened sok: nemzetet, valamint fölveti a tenger az ő hullámait:
यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, ‘हेर्, ए टुरोस, म तेरो विरुद्धमा छु, र समुद्रमा छालहरू उठेझैं धेरै जातिहरूलाई तेरो विरुद्धमा म ल्याउनेछु ।
4 és elpusztítják Czór falait és lerombolják tornyait és elsöpröm a porát róla és száraz sziklává teszem.
उनीहरूले टुरोसका पर्खालहरू भत्काउनेछन्, र त्यसका धरहराहरू ढाल्नेछन् । म त्यसको धूलो उडाउनेछु र त्यसलाई उजाड चट्टान बनाउनेछु ।
5 Hálók kiterítő helyévé lesz a tenger közepén, mert én beszéltem, úgymond az Úr, az Örökkévaló, és prédául lesz a nemzeteknek.
त्यो समुद्रको बिचमा जालहरू सुकाउने ठाउँ हुनेछ, किनभने मैले नै यो घोषणा गरेको छु— यो परमप्रभु परमेश्वरको घोषणा हो— र त्यो जातिहरूका निम्ति लूटको माल हुनेछ ।
6 Leányai pedig, kik a mezön vannak, karddal fognak megöletni; és megtudják, hogy én vagyok az Örökkévaló.
मैदानहरूमा भएका त्यसका छोरीहरू तरवारले मारिनेछन्, र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन् ।
7 Mert így szól az Úr, az Örökkévaló: íme én elhozom Czór ellen Nebúkadrecczárt, Bábel királyát északról, a királyok királyát, lóval és szekérhaddal, lovasokkal és gyülekezettel és sok néppel.
किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर्, उत्तरबाट राजाहरूका राजा बेबिलोनको राजा नबूकदनेसरलाई घोडाहरू र रथहरू, र घोडचढीहरू र धेरै जना मानिससहित म टुरोसको विरुद्धमा ल्याउनेछु ।
8 Leányaidat a mezőn karddal fogja megölni és elhelyez ellened ostromtornyokat és fölhány ellened töltést és fölállít ellened paizstetőt.
त्यसले मैदानहरूमा तेरा छोरीहरूलाई मार्नेछ । त्यसले तेरो विरुद्धमा घेरा-मचान निर्माण गर्नेछ, र तेरा पर्खालहरूमा आड लाग्ने किल्ला निर्माण गर्नेछ, र तेरो विरुद्धमा ढालहरू उठाउनेछ ।
9 És faltörőjének lökését intézi falaid ellen és tornyaidat lerontja kardjaival.
तेरो पर्खालमा हिर्काउनलाई त्यसले मूढाहरू राख्नेछ, र त्यसका हतियारले तेरा धरहराहरू ढाल्नेछ ।
10 Lovainak tömegétől elborít a poruk, lovasnak és keréknek és szekereknek zajától megrendülnek falaid, a mikor bevonul kapuidba, a mint bevonulnak ostrommal bevett városba.
त्यसका घोडाहरू यति धेरै हुनेछन्, कि तिनका धूलोले तँलाई ढाक्नेछ । घोडचढीहरू, गाढाहरू र रथहरूको आवाजले तेरा पर्खालहरू हल्लिनेछन् । पर्खाल भत्केको कुनै सहरभित्र मानिसहरू पसेझैं गरी त्यो तेरा ढोकाहरूभित्र पस्छ ।
11 Lovainak patáival összetapossa, mind az utczáidat, népedet karddal öli meg és hatalmas szobraid földre dőlnek.
त्यसका घोडाहरूका टापहरूले तेरा सबै सडकहरू कुल्चिनेछ । त्यसले तेरा मानिसहरूलाई तरवारले मार्नेछ, र तेरा बलिया खामाहरू जमिनमा ढल्नेछन् ।
12 És zsákmányul ejtik gazdagságodat és prédául viszik árúidat, lerombolják falaidat és gyönyörűséges házaidat lerontják: köveidet pedig és fáidat és porodat vízbe vetik.
उनीहरूले तेरा धन-सम्पत्तिहरू लुट्नेछन्, र तेरा व्यापारका मालहरू लुट्नेछन् । उनीहरूले तेरा पर्खालहरू ढाल्नेछन् र तेरा आरामदायी घरहरू भत्काउनेछन् । तेरा ढुङ्गा र काठपात, फोहोरलाई उनीहरूले समुद्रमा फाल्नेछन् ।
13 És megszüntetem dalaid zúgását, és hárfáid hangja nem hallatszik többé.
तेरो गीतको हल्ला म बन्द गर्नेछु । तेरा वीणाहरूका आवाज फेरि कहिल्यै सुनिनेछैन ।
14 És teszlek száraz sziklává, hálók kiterítő helye léssz, nem fogsz többé felépíttetni; mert én az Örökkévaló beszéltem, úgyrnond az Úr, az Örökkévaló.
म तँलाई उजाड चट्टान बनाउनेछु । तँ जालहरू सुकाउने ठाउँ बन्नेछस् । फेरि कहिल्यै तँलाई बनाइनेछैन, किनकि म परमप्रभु परमेश्वर नै बोलेको हुँ— यो परमप्रभु परमेश्वरको घोषणा हो ।
15 Így szól az Úr, az Örökkévaló Czórnak: Nemde bukásod zajától, a mikor nyögnek az elesettek, midőn öldöklés végeztetik közepetted, megrendülnek a szigetek.
परमप्रभु परमेश्वर टुरोस सहरलाई यसो भन्नुहुन्छ, 'जब तेरो बिचमा डरलाग्दो मारकाट हुन्छ, तब ढलेहरूका सोर र घाइतेहरूले सुस्केराले के टापुहरू काम्नेछैनन् र?
16 És leszállanak trónjaikról mind a tenger fejedelmei, leteszik köpenyeiket és hímes ruháikat levetik, remegést öltenek, a földre ülnek, minden pillanatban megremegnek és eliszonyodnak rajtad.
तब समुद्र किनारका सबै जना शासक आ-आफ्ना सिंहासनबाट ओर्लनेछन् र आ-आफ्नो पोशाक उतार्नेछन्, र बुट्टा भरिएका वस्त्रहरू फुकाल्नेछन् । तिनीहरूले आफैंमा कम्पका पोशाक लगाउनेछन्, तिनीहरू भूइँमा बस्नेछन्, र हरेक क्षण काम्नेछन्, र तँलाई देखेर तिनीहरू भयभीत हुनेछन् ।
17 És hangoztatnak fölötted gyászdalt és mondják neked: Mint vesztél el, ki népesedtél a tengerektől, földicsért város, mely erős volt a tengerben, ő meg lakói, kik rátették rettegésüket minden lakóira.
तिनीहरूले तेरो विषयमा विलाप गर्नेछन् र तँलाई यसो भन्नेछन्: नाविकहरू बसोबास गर्ने, तँ कसरी नष्ट भइस् । शक्तिशाली र प्रसिद्ध सहर अब समुद्रबाट हराएको छ । त्यसका बासिन्दाहरूले आफ्ना नजिक बस्ने हरेकलाई कुनै बेला थर्कमान् पारेका थिए ।
18 Most megremegnek a szigetek bukásod napján, és megrémülnek a tengerben levő szigetek a te véged miatt.
अब तेरो पतनको दिनमा समुद्र-किनारका देशहरू काम्छन् । तँ आफ्नो ठाउँमा नभए हुनाले टापूहरू त्रासमा परेका छन् ।'
19 Mert így szól az Úr, az Örökkévaló: Midőn lerombolt várossá teszlek, olyanná, mint azon városok, melyek nincsenek lakva, midőn felhozom rád a tenger árját és elborítanak téged a nagy vizek:
किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः जब मानिसहरू बसोबास नगरेको अरू सहरझैं म तँलाई एउटा उजाडिएको सहर तुल्याउँछु, र जब म गहिरो सागरलाई तेरो विरुद्ध उठाउनेछु, र जब ठुला छालहरूले तँलाई ढाक्छन्,
20 akkor leszállítlak a gödörbe szállókhoz, az őskor népéhez és lakatlak a mélységek országában, őskor óta való romok gyanánt a gödörbe szállókkal, azért hogy ne légy lakva és díszt ne adjál az élők országában.
तब म तँलाई प्राचिन समयका मानिसहरूकहाँ ल्याउनेछु, अरू मानिसहरूझैं जो खाल्डोमा गएका छन् । किनभने म तँलाई पृथ्वीमुनि, प्राचीन भग्नावशेषमा जस्तै, मृत-लोकमा जानेहरूसित बस्न लाउनेछु । जसको कारण तँ फेरि कहिल्यै जीवितहरूको देशमा फर्केर बस्नेछैनस् ।
21 Rémületté teszlek és nem vagy többé; kerestetni fogsz, de nem fogsz találtatni többé soha, úgymond az Úr, az Örökkévaló.
तँमाथि म विपति ल्याउनेछु, र सधैंको निम्ति तँ फेरि कहिलै हुनेछैनस् । तब तेरो खोजी हुनेछ तर तँलाई फेरि कहिलै भेट्टाइनेछैन— यो परमप्रभु परमेश्वरको घोषणा हो ।”