< Ezékiel 17 >
1 És lett hozzám az Örökkévaló igéje, mondván:
परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
2 Ember fia, adj fel egy rejtvényt és mondj egy példázatot Izrael házáról.
“ए मानिसको छोरो, इस्राएलका घरानालाई एउटा उखान भन् र एउटा दृष्टान्त प्रस्तुत गर् ।
3 És mondjad: így szól az Úr, az Örökkévaló. A nagy sas, a nagy szárnyú, hosszú tollú, teli tollazatú, melynek tarka a színe, eljött a Libazonba és elvette a cédrusnak sudarát;
यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः ठुला पखेटा र धैरै रङ्का लामा सुन्दर प्वाँखहरू भएको एउटा ठुलो चील उडेर लेबनानमा आयो, र देवदारुको टुप्पामा बस्यो ।
4 gallyainak legfelsőbbjét letépte és elvitte kalmárok országába, kereskedők városában helyezte el.
त्यसले हाँगाहरूका टुप्पाहरू भाँच्यो र ती कनान देशमा लिएर गयो । त्यसले त्यो व्यापारीहरूका एउटा सहरमा रोप्यो ।
5 És vett az ország vetéséből és vetésre való mezőbe tette, elvitte nagy víz mellé, fűzfaképen helyezte el.
त्यसले देशको केही बिउ लग्यो र ती मलिलो जमिनमा रोप्यो । त्यसले बैंसको बोटजस्तै प्रशस्त पानी भएको ठाउँमा त्यो रोप्यो ।
6 Kisarjadt és terjeszkedő szőlőtővé lett, alacsony termetűvé úgy hogy ágai hozzáhajoltak és gyökerei alatta voltak; és szőlőtővé lett, vesszőket hajtott és ágacskákat eresztett.
तब त्यो उम्य्रो र जमिनमा झुकेर फैलिएको दाखको बोटजस्तो भयो । त्यसका हाँगाहरू ऊतिर फर्किए र त्यसका जराहरूचाहिं भित्रै बढे । यसरी त्यो एउटा दाखको बटो भयो र त्यसका हाँगाहरू र मुनाहरू पलाए ।
7 De volt egy nagy sas, nagy szárnyú és sok tollozatú és íme, ez a szőlőtő feléje görbítette gyökereit és ágait hozzá eresztette, hogy őt itassa, ültetvénye ágyaiból.
तर त्यहाँ ठुला पखेटा र धेरै प्वाखले भएको अर्को एउटा ठुलो चील थियो । हेर, त्यस दाखको बोटले आफू रोपिएको ठाउँबाट आफ्ना जराहरू त्यो चीलतिर फर्कायो र आफ्ना हाँगाहरू त्यही चीलतिर नै फैलायो, यसरी त्यसले पानी पाउन सकोस् ।
8 Jó mezőre, nagy víz mellé van ültetve, hogy lombot hajtson és gyümölcsöt teremjen, hogy pompás szőlőtővé váljék.
प्रशस्त पानीको छेउमा एउटा राम्रो जमिनमा त्यो लगाइएको थियो, जसले गर्दा एउटा शानदार दाखको बोट हुनलाई त्यसमा हाँगाहरू पलाओस्, फलहरू पलोस् ।’
9 Mondjad, így szól az Úr, az Örökkévaló: fog-e boldogulni? nemde ki fogja szakítani gyökereit és gyümölcsét lemetszi, hogy elszáradjon, minden kisarjadt levele el fog száradni; és nem nagy karral és sok néppel kell őt kirántani gyökereiből.
मानिसहरूलाई भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः के त्यो सप्रला त? के त्यो जरैसमेत उखेलिंदैन र त्यसका फलहरू टिपिंदैनन्, र त्यो ओइलाउनेछैन र? त्यसलाई जरैसमेत उखेल्नलाई बलियो हात वा धेरै मानिसहरू आवश्यक हुनेछैन् ।
10 Íme el van ültetve, vajon fog-e boldogulni? Nemde, amint a keleti szél éri, száradva elszárad, sarjadása ágyain fog elszáradni.
यसैले हेर्, त्यसलाई रोपेपछि के त्यो बढ्छ र? पूर्वीय बतासले त्यसलाई हानेपछि के त्यो ओइलाउँदैन र? त्यो उम्रेकै बगैंचाको जमिनमा त्यो पूर्ण रूपमा सुक्छ' ।”
11 És lett hozzám az Örökkévaló igéje, mondván:
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
12 Mondjad csak az engedetlenség házának: nemde tudjátok, mik ezek? Mondjad: Íme eljött Bábel királya Jeruzsálembe és elvitte királyát és nagyjait és vitte őket magához Bábelbe.
“विद्रोही घरानालाई भन्, 'यी कुराको अर्थ के हुन्छ भनी तिमीहरू जान्दैनौ? बेबिलोनको राजा यरूशलेममा आयो, र त्यसका राजा र शासकहरूलाई लियो र तिनीहरूलाई आफूसँग बेबिलोनमा लग्यो ।
13 És vett; a királyi magzatból és kötött vele szövetséget és eskübe fogadta és az ország vezéreit elvitte,
तब त्यसले राजकीय वंशमध्येको एक जनालाई लियो, ऊसित एउटा करार गर्यो र उसलाई शपथले बाँध्यो । उसले देशका शक्तिशाली मानिसहरूलाई लग्यो,
14 hogy alacsony királyság legyen, hogy föl ne emelkedjék, megőrizve az ő szövetségét, hogy az fennálljon.
यसरी त्यो राज्य निर्बल रहोस् र फेरि खडा हुन नसकोस् । उसको करार पालन गरेर देश रहन सकोस् ।
15 De fellázadt ellene, követet küldve Egyiptomba, hogy adjanak neki lovakat és sok népet; vajon fog-e boldogulni, megmenekül-e aki ezeket teszi? Szövetséget bontott föl, és megmeneküljön:
तर मिश्रदेशबाट घोडाहरू र फौज झिकाउनलाई यरूशलेमका राजाले उसको विरुद्धमा विद्रोह गरेर मिश्रदेशमा आफ्ना राजदूतहरू पठायो । के त्यो सफल हुनेछ र? के यस्ता कुराहरू गर्ने मानिस उम्कन सक्छ र? करार भङ्ग गरेपछि पनि के त्यो उम्कन सक्छ र?
16 hogy én élek, úgymond az Úr, az Örökkévaló, bizony azon király székhelyén, aki őt királlyá tette, akinek esküjét megvetette és akinek szövetségét fölbontotta, ő nála, Bábel közepén fog meghalni.
जस्तो म जीवित छु— यो परमप्रभु परमेश्वरको घोषणा हो— उसलाई राजा बनाउने राजाको देशमा नै ऊ मर्नेछ, जुन राजाको शपथलाई उसले तुच्छ ठान्यो र जसको करारलाई उसले भङ्ग गर्यो । बेबिलोनको बिचमा ऊ मर्नेछ ।
17 És nem nagy hadsereggel és sok gyülekezettel fog vele együttműködni Fáraó a háborúban, mikor sáncot hánynak föl és ostromtornyokat építenek, sok lélek kiirtására.
फारोले आफ्ना शक्तिशाली फौज र ठुलो दलको साथमा लडाइँमा उसलाई सहायता गर्नेछैन । त्यति बेला धेरै जना मानिसलाई नाश गर्न ठुला घेरा-मचान तयार गरिन्छन् र घेरा हाल्नलाई पर्खालहरू बनाइन्छन् ।
18 Hisz megvetette az esküt, fölbontva a szövetséget, és íme kezét adta és mindezeket tette: nem fog megmenekülni.
किनकि त्यो राजाले करार भङ्ग गरेर उसको शपथलाई अपमान गर्यो । हेर, उसले प्रतिज्ञा गर्नको निम्ति आफ्नो हात पसार्यो तापनि उसले यी कामहरू गर्यो । ऊ उम्कनेछैन ।
19 Azért, úgymond az Úr, az Örökkévaló, ahogy élek, bizony az én eskümet, melyet megvetett és szövetségemet, melyet fölbontott, fejére hárítom.
यसैकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः जस्तो म जीवित छु, मेरो शपथलाई उसले अपमान गरेको र मेरो करारलाई उसले भङ्ग गरेको होइन र? त्यसैले उसको दण्ड म उसकै शिरमा खन्याइदिनेछु ।
20 És kiterítem rá hálómat és megfogatik varsámban és elviszem őt Bábelbe és ítéletre szállok ott vele hűtlenségéért, mellyel hűtlenkedett irántam.
म आफ्नो जाल त्यसमाथि फिंजाउनेछु र मेरो शिकारी जालमा ऊ पर्नेछ । तब म उसलाई बेबिलोनमा लानेछु, र उसले मलाई धोका दिंदा उसले मप्रति गरेको विद्रोहको निम्ति म उसको न्याय गर्नेछु ।
21 És mind a szökevényei, minden csapatjában, kard által fognak elesni, és a megmaradottak minden szélnek fognak elszóratni; és megtudjátok, hogy én az Örökkévaló beszéltem.
उसका शरणार्थी फौज सबै तरवारले मारिनेछन्, र बाँचेकाहरू चारैतिर तितरबितर हुनेछन् । तब म नै परमप्रभु हुँ भनी तैंले जान्नेछस् । यो हुनेछ भनी मैले घोषणा गरेको हुँ ।
22 Így szól az Úr, az Örökkévaló: Majd veszek én a cédrusnak magas sudarából és elültetem; legfelsőbb gallyaiból egy gyengét tépek le, és majd elplántálom én magas, ormos hegyre.
परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'यसैले त्यो देवदारुको सबैभन्दा टुप्पाको भाग म नै लिएर जानेछु, र म त्यसलाई त्यसका कोमल हाँगादेखि टाढा रोप्नेछु । त्यसलाई म भाँच्नेछु र त्यसलाई एउटा उच्च पर्वतमा रोप्नेछु ।
23 Izraelnek magasságos hegyén fogom elplántálni, hogy lombot hajtson és gyümölcsöt teremjen és pompás cédrussá váljék; és majd lakik alatta minden madár, minden szárnyas, ágai árnyékában laknak.
त्यसलाई इस्राएलको पर्वतहरूमा रोप्नेछु, ताकि त्यसमा हाँगाहरू पलाउनेछन् र फल फलाउनेछ, र त्यो एउटा सुन्दर देवदारु होस् ताकि पखेटा भएका हरेक चरा त्योमुनि बस्न सकोस् । त्यसका हाँगाहरूका छायामा तिनीहरूले गुँड लागाउन सकून् ।
24 És megtudják a mezőnek fái mind, hogy én az Örökkévaló alacsonyítottam le a magas fát, emeltem föl az alacsony fát, szárasztottam el a viruló fát és virágoztattam föl a száradt fát; én az Örökkévaló beszéltem és megteszem.
तब मैदानका सबै रूखले म नै परमप्रभु हुँ भनी जान्नेछन् । म अग्लो रूखलाई होचो बनाउनेछु, र होचो रूखलाई अल्गो बनाउनेछु । पानी पाएको रूखलाई म सुकाइदिन्छु र सुकेको रूखलाई म हरियो बनाउँछु । म परमप्रभु हुँ । मैले नै यो कुरा हुनेछ भनी घोषणा गरेको छु । अनि मैले यो गरेको छु ।