< 1 Sámuel 23 >
1 Tudtára adták Dávidnak, mondván: Íme a filiszteusok harcolnak Keíla ellen és ők fosztogatják a szérűket.
तिनीहरूले दाऊदलाई भने, “हेर्नुहोस्, पलिश्तीहरूले कीलाह विरुद्ध लडिरहेका छन् र अन्नका खलाहरू लूटिरहेका छन् ।”
2 És megkérdezte Dávid az Örökkévalót, mondván: Menjek-e, hogy megverjem a filiszteusokat? Szólt az Örökkévaló Dávidhoz: Menj és verd meg a filiszteusokat, hogy megsegítsed Keílát.
त्यसैले दाऊदले परमप्रभुसँग सहायताको निम्ति प्रार्थना गरे र उहाँलाई भने, “के म जाऊँ र पलिश्तीहरूलाई आक्रमण गरूँ?” परमप्रभुले दाऊदलाई भन्नुभयो, “जा, पलिश्तीहरूलाई आक्रमण गर् र कीलाहलाई बचा ।”
3 De szóltak Dávid emberei hozzá: Mi itt Jehudában félünk, hát még mikor Keílába mennénk, a filiszteusok hadsorai ellen?
दाऊदका मानिसहरूले तिनलाई भने, “हे्र्नुहोस्, हामी यहाँ यहूदामा डराएका छौं । हामी कीलाहमा पलिश्तीहरूका फौजको विरुद्धमा गयौं भने झन् कति धेरै डराउनेछौं?
4 Továbbá is megkérdezte Dávid az Örökkévalót; felelt neki az Örökkévaló és mondta: Kelj föl, vonulj le Keílába, mert kezedbe adom a filiszteusokat.
तब दाऊदले परमप्रभुसँग सहायताको निम्ति फेरि प्रार्थना गरे । परमप्रभुले तिनलाई भन्नुभयो, “उठ्, तल कीलाहमा जा । किनकि म तँलाई पलिश्तीहरूमाथि विजय दिनेछु ।”
5 Elment tehát Keílába Dávid meg emberei, harcolt a filiszteusok ellen, elhajtotta jószágukat és megverte őket nagy vereséggel; így megsegítette Dávid Keíla lakóit:
दाऊद र तिनका मानिसहरू कीलाहमा गए र पलिश्तीहरूसँग लडे । तिनले उनीहरूका गाईवस्तुहरू लगे र ठुलो संहारसहित तिनीहरूलाई प्रहार गरे । यसरी दाऊदले कीलाहका बासिन्दाहरूलाई बचाए ।
6 Volt pedig, mikor elszökött Ebjátár, Achímélekh fia, Dávidhoz Keílába, lekerült az éfód az ő kezében.
जब अहीमेलेकका छोरा अबीयाथार भागेर कीलाहमा दाऊदकहाँ जाँदा, तिनी एपोदसहित तल आएका थिए ।
7 Midőn tudtára adták Sáulnak, hogy bement Dávid Keílába, mondta Sául: Kezembe szolgáltatta őt Isten, mert elzárkózott, bemenvén ajtós-reteszes városba.
दाऊद कीलाहमा गएका थिए भनी शाऊललाई भनियो । शाऊलले भने, “परमेश्वरले उसलाई मेरो हातमा दिनुभएको छ । किनकि ऊ थुनिएको छ, किनभने ढोकाहरू र बारहरू भएको सहरमा ऊ पसेको छ
8 S egybehívta Sául az egész népet háborúra, hogy levonuljon Keílába, ostromolni Dávidot és embereit.
युद्धको निम्ति तल कीलाहमा जान, दाऊद र तिनका मानिसहरूलाई घेरा हाल्न शाऊलले आफ्ना सबै फौजलाई बोलाए ।
9 Midőn megtudta Dávid, hogy rosszat kohol Sául ellene, szólt Ebjátár paphoz: Hozd ide az éfódot.
शाऊलले आफ्नो विरुद्धमा षड्यान्त्र गरिरहेका कुरा दाऊदलाई थाहा थियो । तिनले पुजारी अबीयाथारलाई भने, “एपोद यहाँ ल्याऊ ।”
10 És mondta Dávid: Örökkévaló, Izrael Istene, meghallotta szolgád, hogy Keílába szándékszik jönni Sául, hogy megrontsa a várost miattam;
तब दाऊदले भने, “हे परमप्रभु, इस्राएलका परमेश्वर, शाऊल मेरो कारणले सहरलाई नाश पार्न कीलाहमा आउन खोज्छ भन्ने तपाईंको दासले सुनेको छ ।
11 ki fognak-e szolgáltatni Keíla urai az ő kezébe? levonul-e Sául, amint hallotta szolgád? Örökkévaló, Izrael Istene, add, kérlek, tudtára szolgádnak! Mondta az Örökkévaló: Levonul.
के कीलाहका मानिसहरूले मलाई तिनको हातमा सुम्पनेछन्? के तपाईंको दासले सुनेजस्तै शाऊल तल आउनेछन्? हे परमप्रभु इस्राएलका परमेश्वर, म तपाईंसँग बिन्ती गर्छु, कृपया आफ्नो दासलाई भन्नुहोस् ।” परमप्रभुले भन्नुभयो, “ऊ तल आउनेछ ।”
12 És mondta Dávid: Ki fognak-e szolgáltatni Keíla urai engem meg embereimet Sául kezébe? Mondta az Örökkévaló: Ki fognak szolgáltatni.
तब दाऊदले भने, “के कीलाहका मानिसहरूले मलाई र मेरा मानिसहरूलाई शाऊलको हातमा सुम्पनेछन्?” परमप्रभुले भन्नुभयो, “तिनीहरूले तिमीहरूलाई सुम्पनेछन् ।”
13 Erre fölkelt Dávid meg emberei, mintegy hatszáz ember, kimentek Keílából és jártak, amerre járhattak; Sáulnak pedig tudtára adatott, hogy elmenekült Dávid Keílából, akkor felhagyott a kivonulással.
तब दाऊद र तिनीसँग भएका करिब छ सय जना मानिसहरू उठे र कीलाहबाट टाढा गए र तिनीहरू ठाउँ-ठाउँमा गए । दाऊद कीलाहबाट उम्के भनी शाऊललाई भनियो र तिनलले पिछा गर्न छोडे ।
14 És letelepedett Dávid a pusztában, a hegyvárakban és maradt a hegységben, Zíf pusztájában; kereste őt Sául minden időben, de nem adta őt Isten a kezébe.
दाऊद उजाड-स्थान भएका किल्लाहरूमा, जीपको उजाड-स्थानको पडाडी देशमा बसे । शाऊलले तिनलाई हरेक दिन खोजे, तर परमेश्वरले तिनलाई उनको हातमा दिनुभएन ।
15 Így látta Dávid, hogy kivonult Sául, hogy életére törjön. Dávid Zíf pusztájában volt az erdőségben;
शाऊलले तिनको ज्यान खोज्दै आएका कुरा दाऊदले देखे । यति बेला दाऊद जीपमा भएको होरेशको उजाड-स्थान थिए ।
16 akkor fölkelt Jónátán, Sául fia, elment Dávidhoz az erdőségbe és megerősítette kezét Istenben.
तब शाऊलका छोरा जोनाथन उठे र होरेशमा दाऊदकहाँ गए र परमेश्वरमा तिनको हातलाई बलियो बनाए ।
17 Szólt ugyanis hozzá: Ne félj, mert nem fog elérni téged Sául atyámnak keze, te leszel király Izrael fölött, én pedig leszek melletted második; Sául atyám is így tudja ezt.
उनले तिनलाई भने, “नडराउनुहोस् । किनकि मेरा बुबा शाऊलका हातले तपाईंलाई भेट्टाउनेछैन । तपाईं इस्राएलको राजा हुनुहुनेछ र म तपाईंको दोस्रो हुनेछु । मेरा बुबा शाऊललाई पनि यो कुरा थाहा छ ।”
18 És kötöttek ők ketten szövetséget, az Örökkévaló előtt; s maradt Dávid az erdőségben. Jónátán pedig hazament.
तिनीहरूले परमप्रभुको सामु करार गरे । दाऊद होरेशमा नै रहे र जोनाथन घर गए ।
19 Fölmentek Zífbeliek Sáulhoz Gibeába, mondván: Nemde Dávid nálunk rejtőzködik a hegyvárakban az erdőségben, Chakhíla dombján, mely a sivatagtól jobbra van.
त्यसपछि जीपीहरू गिबामा शाऊलकहाँ आए र भने, “के दाऊद यशीमोनको दक्षिणतिरका हकीला पहाडको होरेशका किल्लाहरू लुकिरहेका छैन र?
20 Most tehát, egészen amint kívánja a lelked, oh király, hogy levonulj, vonulj le és ami dolgunk lesz, őt kiszolgáltatni a király kezébe.
अब हे राजा तल आउनुहोस्, तपाईंको इच्छाअनुसार तल आउनुहोस् । हाम्रो काम भनेको तिनलाई राजाको हातमा सुम्पने हुनेछ ।”
21 Mondta Sául: Áldva legyetek az Örökkévalótól, hogy megszántatok engem.
शाऊलले भने, “तिमीहरूलाई परमप्रभुले आशिष् देऊन् । किनकि तिमीहरूले ममाथि दया गरेका छौ ।
22 Menjetek, kérlek, állapítsátok még meg, tudjátok és lássátok az ő helyét, ahol lenni szokott a lába, ki látta őt ott; mert azt mondták nekem, hogy ravaszul viselkedik.
जाओ, अझै पक्का गर । तिनको लुक्ने ठाउँ कहाँ छ अनि त्यहाँ उसलाई कसले देखेको हो थाहा पाओ र पत्ता लगाओ । ऊ धेरै चतुर छ भनी मलाई भनिएको छ ।
23 Lássátok és tudjátok ki mindenikét azon rejtekeknek, ahol rejtőzni szokott, és térjetek hozzám vissza a megállapodás szerint és majd megyek veletek; és lesz, ha az országban van, kikutatom őt mind a Jehuda ezrei között.
त्यसैले हेर र उसले आफूलाई कहाँ लुकाउँछ सबै ठाउँ पत्ता लगाओ । पक्का सूचना लिएर मकहाँ फर्की आओ, अनि त्यसपछि तिमीहरूसँगै म फर्केर जानेछु । ऊ त्यस ठाउँमा छ भने, म उसलाई हजारौं यहूदाका माझमा सबैतिर खोज्नेछु ।”
24 Fölkeltek és elmentek Zífbe Sául előtt; Dávid pedig és emberei Máón pusztájában voltak, a síkságban, jobbra a sivatagtól.
तब तिनीहरू उठे र शाऊलभन्दा अगि जीपमा गए । दाऊद र तिनीसँग भएका मानिसहरू यशीमोनको दक्षिणतिरको अराबाको माओनको उजाड-स्थानमा थिए ।
25 Midőn ugyanis elment Sául meg emberei keresésre, tudtára adták Dávidnak, akkor lement a sziklához és maradt Máón pusztájában; hallotta Sául és űzőbe vette Dávidot Máón pusztájában.
शाऊल र उनका मानिसहरू तिनलाई खोज्न गए । तर दाऊदलाई यो कुरा भनिएको थियो, त्यसैले तिनी तल चट्टानको पहाडतिर गए र माओनको उजाड-स्थानमा बसे । जब शाऊलले त्यो कुरा सुने, तब तिनले दाऊदलाई माओनको उजाड-स्थानमा लखेटे ।
26 És ment Sául a hegynek oldalán innen, Dávid pedig meg emberei a hegynek oldalán onnan; és ment Dávid sietséggel Sául elől, Sául pedig és emberei bekerítették Dávidot és embereit, hogy elfogják őket.
शाऊल पहाडको एकपट्टि हिंडे र दाऊद र तिनका मानिसहरू पहाडको अर्कोपट्टि हिंडिरहेका थिए । शाऊलबाट टाढा जानलाई दाऊद हतारिए । जसै शाऊल र तिनका मानिसहरूले दाऊद र तिनका मानिसहरूलाई समात्न घेरा लगाउँदै थिए,
27 De jött egy követ Sáulhoz, mondván: Siess és menj, mert rárontottak a filiszteusok az országra.
एक जना दूत शाऊलकहाँ आयो र भन्यो, “छिटो गर्नुहोस् र आउनुहोस्, किनकि पलिश्तीहरूले देश लुटेका छन् ।”
28 Ekkor visszatért Sául Dávid üldözésétől és ment a filiszteusok ellen. Azért nevezték ama helyet a szétválasztás sziklájának.
त्यसैले शाऊल दाउदलाई खेद्न छोडेर फर्के र पलिश्तीहरूका विरुद्ध लड्न गए । यसकारण त्यस ठाउँलाई बाँचेको चट्टान भनियो ।
29 Erre fölment onnan Dávid és maradt Én-Gédi hegyváraiban.
त्यहाँबाट दाऊद माथि गए र एन-गदीका किल्लाहरूमा बसे ।