< मत्ती 18 >

1 उसी समय चेले यीशु के पास आकर पूछने लगे, “स्वर्ग के राज्य में बड़ा कौन है?”
त्यही समयमा येशूका चेलाहरू उहाँकहाँ आएर भने, “स्वर्गको राज्यमा सबैभन्दा ठुलो को हो?”
2 इस पर उसने एक बालक को पास बुलाकर उनके बीच में खड़ा किया,
येशूले आफ्नो नजिक एउटा सानो बालकलाई बोलाउनुभयो, र उसलाई उनीहरूका बिचमा राख्‍नुभयो,
3 और कहा, “मैं तुम से सच कहता हूँ, यदि तुम न फिरो और बालकों के समान न बनो, तो स्वर्ग के राज्य में प्रवेश नहीं कर पाओगे।
र भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले पश्‍चात्ताप गरेर यी बालकजस्तो नभएसम्म, तिमीहरू अरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ ।
4 जो कोई अपने आपको इस बालक के समान छोटा करेगा, वह स्वर्ग के राज्य में बड़ा होगा।
त्यसैले, जसले यी सानो बालकले झैँ आफूलाई नम्र तुल्याउँछ, त्यो मानिस नै स्वर्गको राज्यमा सबैभन्दा महान् हुन्छ ।
5 और जो कोई मेरे नाम से एक ऐसे बालक को ग्रहण करता है वह मुझे ग्रहण करता है।
अनि जसले मेरो नाउँमा एउटा यस्तो सानो बालकलाई अपनाउँछ, उसले मलाई अपनाउँछ ।
6 “पर जो कोई इन छोटों में से जो मुझ पर विश्वास करते हैं एक को ठोकर खिलाए, उसके लिये भला होता, कि बड़ी चक्की का पाट उसके गले में लटकाया जाता, और वह गहरे समुद्र में डुबाया जाता।
तर ममा विश्‍वास गर्ने यी सानाहरूमध्ये एउटैलाई पनि जसले पाप गर्न लगाउँछ, त्यसको गलामा एउटा ठुलो ढुङ्गो झुण्ड्याइ समुद्रको गहिराइमा फालिदिनु असल हुने थियो ।
7 ठोकरों के कारण संसार पर हाय! ठोकरों का लगना अवश्य है; पर हाय उस मनुष्य पर जिसके द्वारा ठोकर लगती है।
कठिनाइको समयको कारण यस संसारलाई धिक्‍कार! किनकि यस्तो समय आउनु आवश्यक छ, तर त्यस मानिसलाई धिक्‍कार जसद्वारा यस्तो समय आउँछ!
8 “यदि तेरा हाथ या तेरा पाँव तुझे ठोकर खिलाए, तो काटकर फेंक दे; टुण्डा या लँगड़ा होकर जीवन में प्रवेश करना तेरे लिये इससे भला है, कि दो हाथ या दो पाँव रहते हुए तू अनन्त आग में डाला जाए। (aiōnios g166)
यदि तिम्रो हात अथवा खुट्टाले तिमीलाई पाप गर्न लगाउँछ भने, त्यसलाई काटिदेऊ र त्यसलाई तिमीबाट टाढा फ्याँकिदेऊ । दुवै हात वा दुवै खुट्टा भएर अनन्तको आगोमा फालिनुभन्दा लुलो वा लङ्गडो भएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुन्छ । (aiōnios g166)
9 और यदि तेरी आँख तुझे ठोकर खिलाए, तो उसे निकालकर फेंक दे। काना होकर जीवन में प्रवेश करना तेरे लिये इससे भला है, कि दो आँख रहते हुए तू नरक की आग में डाला जाए। (Geenna g1067)
यदि तिम्रो आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने, त्यसलाई निकाल, र तिमीबाट टाढा फ्याँकिदेऊ । दुवै आँखा भएर अनन्तको आगोमा फालिनु भन्दा एउटा आँखाको लिएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुन्छ । (Geenna g1067)
10 १० “देखो, तुम इन छोटों में से किसी को तुच्छ न जानना; क्योंकि मैं तुम से कहता हूँ, कि स्वर्ग में उनके स्वर्गदूत मेरे स्वर्गीय पिता का मुँह सदा देखते हैं।
होसियार रहो, यी सानाहरूमध्ये कसैलाई पनि घृणा नगर । किनकि म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतहरूले सधैँ मेरा पिताको मुहार हेर्दछन् जो स्वर्गमा हुनुहुन्छ ।
11 ११ [क्योंकि मनुष्य का पुत्र खोए हुओं को बचाने आया है।]
किनकि मानिसका पुत्र हराएकाहरूलाई बचाउन आएका हुन् ।
12 १२ “तुम क्या समझते हो? यदि किसी मनुष्य की सौ भेड़ें हों, और उनमें से एक भटक जाए, तो क्या निन्यानवे को छोड़कर, और पहाड़ों पर जाकर, उस भटकी हुई को न ढूँढ़ेगा?
तिमीहरू के विचार गर्छौ? यदि कुनै मानिससँग एक सयवटा भेडा छन्, अनि तीमध्ये एउटा हरायो भने, के उसले ती उनान्सयलाई डाँडाको एक छेउमा छोडेर त्यस हराएकोलाई खोज्‍न हिँड्दैन र?
13 १३ और यदि ऐसा हो कि उसे पाए, तो मैं तुम से सच कहता हूँ, कि वह उन निन्यानवे भेड़ों के लिये जो भटकी नहीं थीं इतना आनन्द नहीं करेगा, जितना कि इस भेड़ के लिये करेगा।
अनि साँच्‍चै म तिमीहरूलाई भन्दछु, यदि उसले त्यो हराएको भेडालाई भेट्टायो भने, ऊसँग भएका ती उनान्सय भेडाभन्दा त्यस एउटाको निम्ति उसले बढी रमाहट गर्दछ ।
14 १४ ऐसा ही तुम्हारे पिता की जो स्वर्ग में है यह इच्छा नहीं, कि इन छोटों में से एक भी नाश हो।
त्यसरी नै, यी सानाहरूमध्ये एउटै पनि नाश होस् भनी स्वर्गमा हुनुहुने तिमीहरूका पिताले इच्छा गर्नुहुन्‍न ।
15 १५ “यदि तेरा भाई तेरे विरुद्ध अपराध करे, तो जा और अकेले में बातचीत करके उसे समझा; यदि वह तेरी सुने तो तूने अपने भाई को पा लिया।
यदि तिम्रो भाइले तिम्रो विरुद्धमा पाप गर्छ भने, जाऊ, र एकलै भेटेर उसलाई उसको गल्ती देखाइदेऊ । यदि उसले तिम्रो कुरा सुन्छ भने, तिमीले आफ्नो भाइलाई प्राप्‍त गर्नेछौ ।
16 १६ और यदि वह न सुने, तो और एक दो जन को अपने साथ ले जा, कि हर एक बात दो या तीन गवाहों के मुँह से ठहराई जाए।
तर यदि उसले तिम्रो कुरा सुन्दैन भने, अरू एक वा दुई जना भाइलाई तिमीसँगै लैजाऊ, ताकि दुई वा तिन जना साक्षीको बोलीद्वारा हरेक शब्द सत्य ठहरिओस् ।
17 १७ यदि वह उनकी भी न माने, तो कलीसिया से कह दे, परन्तु यदि वह कलीसिया की भी न माने, तो तू उसे अन्यजाति और चुंगी लेनेवाले के जैसा जान।
र यदि उसले तिनीहरूको कुरा पनि सुन्‍न इन्कार गर्दछ भने, यो विषय मण्डलीलाई बताऊ । यदि उसले मण्डलीलाई पनि सुन्‍न इन्कार गर्दछ भने, ऊ तिम्रो निम्ति गैरयहूदी वा कर उठाउने सरह होस् ।
18 १८ “मैं तुम से सच कहता हूँ, जो कुछ तुम पृथ्वी पर बाँधोगे, वह स्वर्ग पर बँधेगा और जो कुछ तुम पृथ्वी पर खोलोगे, वह स्वर्ग में खुलेगा।
साँच्‍चै म तिमीहरूलाई भन्दछु, जे कुराहरू तिमी संसारमा बाँध्छौ, त्यो स्वर्गमा पनि बाँधिनेछ । अनि जे कुराहरू तिमी संसारमा फुकाउनेछौ, त्यो स्वर्गमा फुकाइनेछ ।
19 १९ फिर मैं तुम से कहता हूँ, यदि तुम में से दो जन पृथ्वी पर किसी बात के लिये जिसे वे माँगें, एक मन के हों, तो वह मेरे पिता की ओर से जो स्वर्ग में है उनके लिये हो जाएगी।
अझ म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूमध्ये दुई जनाले तिनीहरूले मागेका जुनसुकै कुरामा यस संसारमा सहमत हुन्छन् भने, स्वर्गमा हुनुहुने मेरा पिताद्वारा तिनीहरूका निम्ति त्यो गरिनेछ ।
20 २० क्योंकि जहाँ दो या तीन मेरे नाम पर इकट्ठे होते हैं वहाँ मैं उनके बीच में होता हूँ।”
किनकि जहाँ दुई वा तिन जना मेरो नाउँमा भेला हुन्छन्, म तिनीहरूका माझमा हुनेछु ।”
21 २१ तब पतरस ने पास आकर, उससे कहा, “हे प्रभु, यदि मेरा भाई अपराध करता रहे, तो मैं कितनी बार उसे क्षमा करूँ, क्या सात बार तक?”
अनि पत्रुस आए र येशूलाई भने, “प्रभु, मेरो भाइले मेरो विरुद्धमा कति पटक पाप गर्‍यो भने मैले उसलाई क्षमा गरूँ? के सात पल्टसम्म?”
22 २२ यीशु ने उससे कहा, “मैं तुझ से यह नहीं कहता, कि सात बार, वरन्सात बार के सत्तर गुनेतक।
येशूले उनलाई भन्‍नुभयो, “म तिमीलाई सात पटक भनेर भन्दिनँ, तर सत्तरी गुणा सात पल्टसम्म ।
23 २३ “इसलिए स्वर्ग का राज्य उस राजा के समान है, जिसने अपने दासों से लेखा लेना चाहा।
यसैकारण, स्वर्गको राज्यलाई एउटा यस्तो राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्ना नोकरहरूसित आफ्नो हिसाब मिलाउन चाहे ।
24 २४ जब वह लेखा लेने लगा, तो एक जन उसके सामने लाया गया जो दस हजार तोड़े का कर्जदार था।
जब तिनले हिसाब लिन थाले, एउटा नोकर तिनको अगाडि ल्याइयो जसले तिनलाई दस हजार सुनका सिक्‍का तिर्नुपर्ने थियो ।
25 २५ जबकि चुकाने को उसके पास कुछ न था, तो उसके स्वामी ने कहा, कि यह और इसकी पत्नी और बाल-बच्चे और जो कुछ इसका है सब बेचा जाए, और वह कर्ज चुका दिया जाए।
तर त्यस नोकरसित त्यो चुक्ता गर्ने केही उपाय नभएकोले, त्यसका मालिकले त्योसहित त्यसकी पत्‍नी, त्यसका बालबच्‍चा र सबथोक बेचेर त्यो तिर्न आदेश दिए ।
26 २६ इस पर उस दास ने गिरकर उसे प्रणाम किया, और कहा, ‘हे स्वामी, धीरज धर, मैं सब कुछ भर दूँगा।’
त्यसैले, त्यस नोकर घुँडा टेक्दै तिनको अगि घोप्‍टो पर्‍यो, अनि भन्यो, ‘मालिक, मसँग धैर्य गर्नुहोस्, अनि म हजुरलाई सब थोक तिर्नेछु ।’
27 २७ तब उस दास के स्वामी ने तरस खाकर उसे छोड़ दिया, और उसका कर्ज क्षमा किया।
त्यसैले, त्यस नोकरका मालिक दयाले भरिएको कारण तिनले त्यसलाई छोडिदिएर ऋणमुक्त गरिदिए ।
28 २८ “परन्तु जब वह दास बाहर निकला, तो उसके संगी दासों में से एक उसको मिला, जो उसकेसौ दीनारका कर्जदार था; उसने उसे पकड़कर उसका गला घोंटा और कहा, ‘जो कुछ तुझ पर कर्ज है भर दे।’
तर त्यस नोकर बाहिर गयो र त्यसले आफ्नो सहकर्मी एउटा नोकर भेट्टायो जसले त्यसलाई एक सय दिनार तिर्नुपर्ने थियो । त्यसले उसलाई पक्रियो, र घाँटीमा समात्यो, र भन्यो, ‘तैँले मलाई जे तिर्नुपर्नेछ, त्यो तिरिहाल ।’
29 २९ इस पर उसका संगी दास गिरकर, उससे विनती करने लगा; कि धीरज धर मैं सब भर दूँगा।
तर त्यसको नोकरले घुँडा टेक्यो र त्यसलाई बिन्ती गर्‍यो, ‘मसँग धैर्य गर्नुहोस्, अनि म तपाईंलाई सबै ऋण तिरिदिनेछु ।’
30 ३० उसने न माना, परन्तु जाकर उसे बन्दीगृह में डाल दिया; कि जब तक कर्ज को भर न दे, तब तक वहीं रहे।
तर त्यो पहिलो नोकरले इन्कार गर्‍यो । बरु, त्यो गयो र उसले तिर्नुपर्ने ऋण चुक्ता नगरेसम्म उसलाई झ्यालखानामा हालिदियो ।
31 ३१ उसके संगी दास यह जो हुआ था देखकर बहुत उदास हुए, और जाकर अपने स्वामी को पूरा हाल बता दिया।
जब त्यसका अरू सहकर्मी नोकरहरूले जे भएको थियो त्यो देखे, उनीहरू अत्यन्तै निराश भए । उनीहरू आए, र जे भएको थियो त्यो सबै उनीहरूका मालिकलाई सुनाइदिए ।
32 ३२ तब उसके स्वामी ने उसको बुलाकर उससे कहा, ‘हे दुष्ट दास, तूने जो मुझसे विनती की, तो मैंने तो तेरा वह पूरा कर्ज क्षमा किया।
त्यसपछि त्यस नोकरका मालिकले त्यसलाई बोलाए र भने, ‘तँ दुष्‍ट नोकर, तैँले मलाई बिन्ती गरेको हुनाले मैले तेरा सबै ऋण तँलाई माफ गरिदिएँ ।
33 ३३ इसलिए जैसा मैंने तुझ पर दया की, वैसे ही क्या तुझे भी अपने संगी दास पर दया करना नहीं चाहिए था?’
मैले तँमाथि दया गरेझैँ के तैँले पनि आफ्नो सहकर्मी नोकरमाथि दया गर्नु पर्दैनथ्यो?’
34 ३४ और उसके स्वामी ने क्रोध में आकर उसे दण्ड देनेवालों के हाथ में सौंप दिया, कि जब तक वह सब कर्जा भर न दे, तब तक उनके हाथ में रहे।
त्यसका मालिक रिसाए र त्यसले तिर्नुपर्ने सबै ऋण चुक्ता नगरेसम्म त्यसलाई सताउनेहरूका हातमा सुम्पिदिए ।
35 ३५ “इसी प्रकार यदि तुम में से हर एक अपने भाई को मन से क्षमा न करेगा, तो मेरा पिता जो स्वर्ग में है, तुम से भी वैसा ही करेगा।”
यदि तिमीहरू हरेकले आफ्नो हृदयबाट आफ्नो भाइलाई क्षमा गरेनौ भने, मेरा स्वर्गीय पिताले पनि तिमीहरूसित यस्तै गर्नुहुनेछ ।

< मत्ती 18 >