< 2 इतिहास 7 >

1 जब सुलैमान यह प्रार्थना कर चुका, तब स्वर्ग से आग ने गिरकर होमबलियों तथा अन्य बलियों को भस्म किया, और यहोवा का तेज भवन में भर गया।
यति बेला जब सोलोमनले प्रार्थना गरेर सकेका थिए, तब स्‍वर्गबाट आगो तल झर्‍यो, र होमबलि र बलिदानहरू भस्‍म गर्‍यो, अनि परमप्रभुको महिमाले मन्‍दिर भरियो ।
2 याजक यहोवा के भवन में प्रवेश न कर सके, क्योंकि यहोवा का तेज यहोवा के भवन में भर गया था।
परमप्रभुको महिमाले उहाँको मन्‍दिर भरिएको हुनाले पुजारीहरू मन्‍दिरभित्र पस्‍न सकेनन्‌ ।
3 और जब आग गिरी और यहोवा का तेज भवन पर छा गया, तब सब इस्राएली देखते रहे, और फर्श पर झुककर अपना-अपना मुँह भूमि की ओर किए हुए दण्डवत् किया, और यह कहकर यहोवा का धन्यवाद किया, “वह भला है, उसकी करुणा सदा की है।”
आगो तल झरेको र परमप्रभुको महिमा मन्‍दिरमा भएको जब सबै इस्राएलीले देखे, तब तिनीहरूले आफ्‍ना अनुहारहरू ढुङ्गाको छपनीमा घोप्‍टो पारे र आराधना गरे र परमप्रभुलाई धन्‍यवाद दिए । तिनीहरूले भने, “उहाँ भलो हुनुहुन्‍छ, किनकि उहाँको करारको बफादारीता सदासर्वदा रहन्‍छ ।”
4 तब सब प्रजा समेत राजा ने यहोवा को बलि चढ़ाई।
यसरी राजा र सबै मानिसले परमप्रभुलाई बलिदानहरू चढाए ।
5 राजा सुलैमान ने बाईस हजार बैल और एक लाख बीस हजार भेड़-बकरियाँ चढ़ाई। अतः पूरी प्रजा समेत राजा ने यहोवा के भवन की प्रतिष्ठा की।
सोलोमन राजाले बाईस हजार साँढे र एक लाख बीस हजार भेडा-बाख्रा बलि चढाए । यसरी राजा र सबै मानिसले परमेश्‍वरको मन्‍दिरको समर्पण गरे ।
6 याजक अपना-अपना कार्य करने को खड़े रहे, और लेवीय भी यहोवा के गीत गाने के लिये वाद्ययंत्र लिये हुए खड़े थे, जिन्हें दाऊद राजा ने यहोवा की सदा की करुणा के कारण उसका धन्यवाद करने को बनाकर उनके द्वारा स्तुति कराई थी; और इनके सामने याजक लोग तुरहियां बजाते रहे; और सब इस्राएली खड़े रहे।
पुजारीहरू प्रत्‍येक आफूले सेवा गर्ने ठाउँमा उभिएर खडा भएर । लेवीहरू पनि परमप्रभुको संगीतका बाजाहरू लिएर खडा भए, जसलाई दाऊद राजाले गीतद्वारा परमप्रभुलाई धन्यवाद दिनको निम्ति बनाएका थिए, “उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्‍छ ।” तिनीहरूका सामु सबै पुजारीले आआफ्ना तुरही बजाए, र सबै इस्राएली खडा भए ।
7 फिर सुलैमान ने यहोवा के भवन के सामने आँगन के बीच एक स्थान पवित्र करके होमबलि और मेलबलियों की चर्बी वहीं चढ़ाई, क्योंकि सुलैमान की बनाई हुई पीतल की वेदी होमबलि और अन्नबलि और चर्बी के लिये छोटी थी।
सोलोमनले परमप्रभुका मन्‍दिरको सामुन्‍नेको चोकको मध्‍य भागलाई अलग गरे । त्‍यहाँ तिनले होमबलिहरू र मेलबलिहरूका बोसोको भाग चढाए, किनभने तिनले बनाएको काँसाको वेदीमा होमबलि, अन्‍नबलि र बोसोका भागहरू अटाएनन्‌ ।
8 उसी समय सुलैमान ने और उसके संग हमात की घाटी से लेकर मिस्र के नाले तक के समस्त इस्राएल की एक बहुत बड़ी सभा ने सात दिन तक पर्व को माना।
यसरी सोलोमन र तिनीसँग भएका सबै इस्राएली, लेबो-हमातदेखि मिश्रदेशको खोलासम्‍मको एउटा ठूलो समुदायले त्‍यस बेला सात दिनसम्‍म चाड मनाए ।
9 और आठवें दिन उन्होंने महासभा की, उन्होंने वेदी की प्रतिष्ठा सात दिन की; और पर्वों को भी सात दिन माना।
आठौं दिनमा तिनीहरूले धार्मिक सभा राखे, किनकि तिनीहरूले वेदीका समर्पणको सेवा सात दिनसम्‍म र चाड सात दिनसम्‍म मानेका थिए ।
10 १० सातवें महीने के तेईसवें दिन को उसने प्रजा के लोगों को विदा किया, कि वे अपने-अपने डेरे को जाएँ, और वे उस भलाई के कारण जो यहोवा ने दाऊद और सुलैमान और अपनी प्रजा इस्राएल पर की थी आनन्दित थे।
परमप्रभुले दाऊद र सोलोमन र आफ्‍ना मानिस इस्राएललाई दिनुभएका सबै सुदिनको कारणले खुशी र आनन्‍दित हृदयहरूका साथ सातौं महिनाको तेईसौं दिनमा सोलोमनले मानिसहरूलाई आआफ्‍ना घर पठाइदिए ।
11 ११ अतः सुलैमान यहोवा के भवन और राजभवन को बना चुका, और यहोवा के भवन में और अपने भवन में जो कुछ उसने बनाना चाहा, उसमें उसका मनोरथ पूरा हुआ।
यसरी सोलोमनले परमप्रभुको मन्‍दिर र तिनको आफ्नै राजमहल बनाइसके । परमप्रभुको मन्‍दिर र तिनको आफ्‍नो राजमहल बनाउनको निम्ति तिनको हृदयमा आएका हरेक कुरा तिनले सफलतापूर्वक पूरा गरे ।
12 १२ तब यहोवा ने रात में उसको दर्शन देकर उससे कहा, “मैंने तेरी प्रार्थना सुनी और इस स्थान को यज्ञ के भवन के लिये अपनाया है।
परमप्रभु राती सोलोमोनकहाँ देखा परेर तिनलाई भन्‍नुभयोः “मैले तेरो प्रार्थना सुनेको छु, र बलिदानको मन्‍दिरको रूपमा यो स्‍थानलाई मैले आफ्‍नो बासस्थानको निम्‍ति चुनेको छु ।
13 १३ यदि मैं आकाश को ऐसा बन्द करूँ, कि वर्षा न हो, या टिड्डियों को देश उजाड़ने की आज्ञा दूँ, या अपनी प्रजा में मरी फैलाऊं,
मैले आकाशलाई बन्‍द गरें र पानी परेन भने, वा देशलाई नष्‍ट गर्न भनी सलहहरूलाई मैले आज्ञा दिएँ भने, वा मेरो मानिसमाथि मैले विपत्ति पठाएँ भने,
14 १४ तब यदि मेरी प्रजा के लोग जो मेरे कहलाते हैं, दीन होकर प्रार्थना करें और मेरे दर्शन के खोजी होकर अपनी बुरी चाल से फिरें, तो मैं स्वर्ग में से सुनकर उनका पाप क्षमा करूँगा और उनके देश को ज्यों का त्यों कर दूँगा।
तब मेरो आफ्‍नै नाउँ दिइएको मेरा मानिसहरूले आफैलाई नम्र पार्छन्, प्रार्थना गर्छन्, मेरो मुहारको खोजी गर्छन् र आफ्‍ना दुष्‍ट चालहरूबाट फर्किन्‍छ्न् भने, म स्‍वर्गबाट सुन्‍नेछु, तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूका देशलाई निको पार्नेछु ।
15 १५ अब से जो प्रार्थना इस स्थान में की जाएगी, उस पर मेरी आँखें खुली और मेरे कान लगे रहेंगे।
यस ठाउँमा गरिएका प्रार्थनातिर अब मेरा आँखा खुला हुनेछन् र मेरा कानले सुन्‍नेछन्‌ ।
16 १६ क्योंकि अब मैंने इस भवन को अपनाया और पवित्र किया है कि मेरा नाम सदा के लिये इसमें बना रहे; मेरी आँखें और मेरा मन दोनों नित्य यहीं लगे रहेंगे।
किनकि अब मैले यस मन्‍दिरलाई चुनेको छु र त्‍यसलाई अलग गरेको छु ताकि त्‍यहाँ सदासर्वदा मेरो नाउँ रहोस् । मेरो दृष्‍टि र मेरो हृदय हरेक दिन त्‍यहाँ रहनेछ ।
17 १७ यदि तू अपने पिता दाऊद के समान अपने को मेरे सम्मुख जानकर चलता रहे और मेरी सब आज्ञाओं के अनुसार किया करे, और मेरी विधियों और नियमों को मानता रहे,
तेरो बारेमाचाहिं, मैले तँलाई दिएका सबै आज्ञा पालन गरेर र मेरा विधिहरू र आदेशहरू पालन गरेर तेरा बुबा दाऊद मेरो दृष्‍टिमा हिंडेझैं हिंडिस्‌ भने,
18 १८ तो मैं तेरी राजगद्दी को स्थिर रखूँगा; जैसे कि मैंने तेरे पिता दाऊद के साथ वाचा बाँधी थी, कि तेरे कुल में इस्राएल पर प्रभुता करनेवाला सदा बना रहेगा।
तब तेरो राज्‍यको सिंहासन म स्थापित गर्नेछु, जसरी मैले तेरा बुबा दाऊदलाई यसो भनेर करारद्वारा प्रतिज्ञा गरेको थिएँ, ‘इस्राएलमाथि राज्‍य गर्न तेरा सन्तानहरूको अभाव हुनेछैन’ ।’
19 १९ परन्तु यदि तुम लोग फिरो, और मेरी विधियों और आज्ञाओं को जो मैंने तुम को दी हैं त्यागो, और जाकर पराए देवताओं की उपासना करो और उन्हें दण्डवत् करो,
तर मैले तँलाई दिएका मेरा विधिहरू र आज्ञाहरू पालन गरिनस् र ती त्‍यागिस् र तँ गएर अरू देवताहरूको पुजा गरिस् र तिनीहरूका सामु दण्‍डवत् गरिस् भने,
20 २० तो मैं उनको अपने देश में से जो मैंने उनको दिया है, जड़ से उखाड़ूँगा; और इस भवन को जो मैंने अपने नाम के लिये पवित्र किया है, अपनी दृष्टि से दूर करूँगा; और ऐसा करूँगा कि देश-देश के लोगों के बीच उसकी उपमा और नामधराई चलेगी।
तब मैले तिनीहरूलाई दिएको मेरो देशबाट म तिनीहरूलाई जरैसमेत उखेलिदिनेछु । मेरो नाउँ रहनलाई मैले अलग गरेको यस मन्‍दिरलाई म त्‍याग्‍नेछु, र सबै मानिसका बिचमा म त्‍यसलाई एउटा उखान र गिल्‍लाको पात्र बनाउनेछु ।
21 २१ यह भवन जो इतना विशाल है, उसके पास से आने-जानेवाले चकित होकर पूछेंगे, ‘यहोवा ने इस देश और इस भवन से ऐसा क्यों किया है?’
अहिले यो मन्‍दिर ज्‍यादै गौरवशाली भए तापनि, यसलाई देखेर आउनेजाने हरेक मानिस अवाक्‌ भएर सुस्‍केरा निकाल्‍नेछ । तिनीहरूले सोध्‍नेछन्, ‘परमप्रभुले किन यस देश र यस मन्‍दिरसित यस्‍तो गर्नुभयो?’
22 २२ तब लोग कहेंगे, ‘उन लोगों ने अपने पितरों के परमेश्वर यहोवा को जो उनको मिस्र देश से निकाल लाया था, त्याग कर पराए देवताओं को ग्रहण किया, और उन्हें दण्डवत् की और उनकी उपासना की, इस कारण उसने यह सब विपत्ति उन पर डाली है।’”
अरूले यस्‍तो जवाफ दिनेछन्, ‘किनभने तिनीहरूले आफ्‍ना परमप्रभु परमेश्‍वरलाई त्‍यागे जसले तिनीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट बाहिर निकालेर ल्‍याउनुभयो । अनि तिनीहरूले अरू देवताहरू स्‍थापना गरे र तिनीहरूको सामु दण्‍डवत गरे र तिनीहरूको पुजा गरे । यसैकारण परमप्रभुले यी सबै विपत्ति तिनीहरूमाथि ल्‍याउनुभयो ।’”

< 2 इतिहास 7 >