< यहेजकेल 34 >
1 याहवेह का वचन मेरे पास आया:
याहवेहको यो वचन मकहाँ आयो:
2 “हे मनुष्य के पुत्र, इस्राएल के चरवाहों के विरुद्ध भविष्यवाणी करो; भविष्यवाणी करके कहो: ‘परम प्रधान याहवेह का यह कहना है: धिक्कार है तुम पर, हे इस्राएल के चरवाहों, जो सिर्फ अपना ही ध्यान रखते हो! क्या चरवाहों को झुंड का ध्यान नहीं रखना चाहिये?
“हे मानिसको छोरा, इस्राएलका गोठालाहरूको विरुद्धमा बोल्, र अगमवाणी गर्; अनि तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: धिक्कार इस्राएलका गोठालाहरूलाई, जसले आफ्नै मात्र वास्ता गर्छन्! के गोठालाहरूले बगालको हेरचाह गर्नुपर्ने होइन र?
3 तुम दही खाते हो, ऊनी कपड़े पहनते हो और खाने के लिये चुनकर पशुओं को काटते हो, पर तुम झुंड का ध्यान नहीं रखते हो.
तिमीहरू दही खान्छौ, ऊनीको वस्त्र लगाउँछौ र मोटा-मोटा पशुहरू मार्छौ, तर आफ्ना बगालको हेरचाह गर्दैनौ।
4 तुमने कमजोर को बलवान नहीं किया, बीमार को चंगा नहीं किया या घायल की मरहम पट्टी नहीं किया. तुम भटके हुओं को सही रास्ते पर नहीं लाए या खोये हुओं को नहीं ढूंढ़े. तुमने उन पर कठोरता और निर्दयता से शासन किया है.
तिमीहरूले कमजोरहरूलाई बलिया पारेका छैनौ, रोगीहरूलाई निको पारेका छैनौ र घाइतेहरूलाई मलमपट्टी लगाइदिएका छैनौ। तिमीहरूले बाटो बिराएकाहरूलाई फर्काएर ल्याएका छैनौ, न त हराएकाहरूलाई खोजेका छौ। तिमीहरूले तिनीहरूमाथि कठोरता र क्रूरतासाथ शासन गरेका छौ।
5 इसलिये वे तितर-बितर हो गये, क्योंकि उनका कोई चरवाहा न था, और जब वे तितर-बितर हो गये, तो वे सब जंगली पशुओं का आहार बन गये.
यसकारण तिनीहरू राम्रोसँग हेरचाह गर्ने गोठाला नभएर तितरबितर भएका छन्; अनि जब तिनीहरू छरपस्ट भए, तब तिनीहरू सबै जङ्गली पशुहरूका निम्ति आहारा बने।
6 मेरी भेड़ें सब पहाड़ों और ऊंचे पठारों पर भटकती रहीं. वे सारी पृथ्वी पर तितर-बितर हो गईं, और किसी ने भी उनको नहीं ढूंढ़ा या उनकी सुधि नहीं ली.
मेरा भेडाहरू सबै पहाडहरूतिर र हरेक अग्ला पर्वततिर यताउता भौँतारिरहेका छन्। तिनीहरू सबै पृथ्वीभरि नै छरपस्ट भएका छन्; अनि तिनीहरूलाई कसैले पनि खोजी गरेका र वास्ता गरेका छैनन्।
7 “‘इसलिये हे चरवाहों, याहवेह की बात सुनो:
“‘यसकारण हे गोठालाहरू हो, याहवेहको वचन सुन:
8 परम प्रधान याहवेह की घोषणा है, मैं अपने जीवन की शपथ खाकर कहता हूं, क्योंकि मेरे झुंड का कोई चरवाहा नहीं है और इसलिये उसे लूटा गया है और वह सब जंगली पशुओं का आहार बन गया है, और क्योंकि मेरे चरवाहों ने मेरे झुंड की खोज नहीं की और मेरे झुंड पर ध्यान देने के बदले अपने आप पर ध्यान दिया,
म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ; मेरो बगाल असल गोठालो नभएको कारण लुटिएका छन्, र सबै जङ्गली पशुहरूका निम्ति आहारा भएका छन्; किनकि मेरा गोठालाहरूले मेरा बगालको खोजी गरेनन्, तर मेरो बगालको सट्टा आफ्नै निम्ति मात्र सोचे।
9 इसलिये हे चरवाहों, तुम याहवेह की बात सुनो:
यसकारण हे गोठालाहरू हो, याहवेहको वचन सुन:
10 परम प्रधान याहवेह का यह कहना है: मैं चरवाहों के विरुद्ध हूं और मैं उनसे अपने झुंड का लेखा लूंगा. मैं उनको झुंड को चराने के काम से हटा दूंगा ताकि चरवाहे फिर अपना भरण-पोषण न कर सकें. मैं उनके मुंह से अपने झुंड को छुड़ाऊंगा, और वे फिर उनका आहार नहीं होंगे.
प्रभु याहवेह यसो भन्नुहुन्छ: हेर, म गोठालाहरूको विरुद्धमा छु; अनि म मेरा बगालका निम्ति तिनीहरूलाई जिम्मेवार ठहराउनेछु। म तिनीहरूलाई बगालको हेरचाह गर्नबाट हटाउनेछु, ताकि गोठालाहरू आफैँले मात्र फेरि कहिल्यै खान पाउनेछैनन्। म मेरो बगाललाई तिनीहरूका मुखबाट छुटाउनेछु; अनि अब उसो भेडाहरू गोठालाहरूका भोजन हुनेछैनन्।
11 “‘क्योंकि परम प्रधान याहवेह का यह कहना है: मैं स्वयं अपनी भेड़ों को खोजूंगा और उनकी देखभाल करूंगा.
“‘किनकि प्रभु याहवेह यसो भन्नुहुन्छ: म आफैँले मेरा भेडाहरूको खोजी गर्नेछु र तिनीहरूलाई हेरचाह गर्नेछु।
12 जिस प्रकार एक चरवाहा अपने बिखरे हुए झुंड की देखभाल करता है, जब वह उनके साथ होता है, उस प्रकार मैं भी अपने भेड़ों की देखभाल करूंगा. मैं उन्हें उन सब जगहों से बचाऊंगा, जहां वे बादलों और अंधकार से घिरे दिन में तितर-बितर हो गये थे.
जसरी भेडाहरूसँगै हुँदा गोठालाले आफ्ना छरपस्ट भएका भेडाहरूको हेरचाह गर्छ, त्यसरी नै म मेरा भेडाहरूको हेरचाह गर्नेछु। म तिनीहरूलाई बादल लागेको र अन्धकारको दिनमा तिनीहरू छरपस्ट भएका सबै ठाउँहरूबाट बचाउनेछु।
13 मैं उन्हें जाति-जाति के लोगों बीच से निकालकर लाऊंगा और देश-देश से उन्हें इकट्ठा करूंगा, और मैं उन्हें उनके स्वयं के देश में ले आऊंगा. मैं उन्हें इस्राएल के पर्वतों पर, घाटियों में और देश के उन सारे जगहों में चराऊंगा, जहां लोग बसे हुए हैं.
म तिनीहरूलाई जातिहरूबाट निकालेर ल्याउनेछु, र विदेशी देशहरूबाट भेला गर्नेछु, अनि म तिनीहरूलाई तिनीहरूका आफ्नै देशमा ल्याउनेछु। म तिनीहरूलाई इस्राएलका पर्वतहरूमा खोलाहरूको किनारमा र देशका सबै बस्तीहरूमा चराउनेछु।
14 मैं उन्हें अच्छे चरागाह में चराऊंगा, और इस्राएल के पर्वत की ऊंचाइयां उनके चरने के स्थान होंगे. वहां वे अच्छे चरने की जगह पर लेटेंगे, और वहां वे इस्राएल के पर्वतों पर एक अच्छे चरागाह में चरेंगे.
म तिनीहरूलाई असल खर्कहरूमा चराउनेछु; अनि इस्राएलका अग्ला पर्वतहरू तिनीहरूका निम्ति खर्क हुनेछन्। त्यहाँ तिनीहरू असल खर्कमा ढल्कनेछन्, र तिनीहरूले इस्राएलका पर्वतहरूमा असल हरियो खर्कमा चर्नेछन्।
15 मैं स्वयं अपनी भेड़ों को चराऊंगा और उन्हें आराम कराऊंगा, परम प्रधान याहवेह की घोषणा है.
म आफैँ मेरा भेडाहरूको हेरचाह गर्नेछु, र तिनीहरूलाई विश्राम गर्न दिनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
16 मैं खोए हुओं को खोजूंगा और भटके हुओं को वापस ले आऊंगा. मैं घायलों की मरहम पट्टी करूंगा और जो कमजोर हैं, उन्हें बलवान बनाऊंगा, पर जो चिकने और पुष्ट हैं, उन्हें नष्ट कर दूंगा. मैं न्याय के साथ झुंड की देखभाल करूंगा.
म हराएकाहरूलाई खोज्नेछु, र बाटो बिराएकाहरूलाई फर्काएर ल्याउनेछु। म घाइतेहरूलाई मलमपट्टी लगाइदिनेछु र कमजोरहरूलाई बलियो बनाउनेछु, तर म मोटाएका र बलिया गोठालाहरूलाई नष्ट गर्नेछु। म न्यायपूर्वक बगालको हेरचाह गर्नेछु।
17 “‘जहां तक तुम्हारा सवाल है, हे मेरे झुंड, परम प्रधान याहवेह का यह कहना है: मैं एक भेड़ और दूसरी भेड़ के बीच, और मेढ़ों और बकरों-बकरियों के बीच न्याय करूंगा.
“‘हे मेरा बगाल हो, तिमीहरूका बारेमा प्रभु याहवेह यसो भन्नुहुन्छ: म भेडा-भेडाको बीचमा, र साँढभेडा र बाख्राको बीचमा न्याय गर्नेछु।
18 क्या तुम्हारे लिये यह पर्याप्त नहीं है कि तुम अच्छे चरागाह में चरो? क्या ज़रूरी है कि अपने बचे हुए चरागाह को अपने पैरों से रौंदो? क्या साफ पानी पीना तुम्हारे लिये पर्याप्त नहीं है? क्या ज़रूरी है कि बाकी को अपने पैरों से गंदा करो?
के असल खर्कमा चरेर तिमीहरूलाई पुगेन? के तिमीहरूले अरू बाँकी रहेका घाँसहरूलाई पनि आफ्ना खुट्टाले कुल्चीमिल्ची पार्ने? के स्वच्छ पानी पिएर तिमीहरूलाई पर्याप्त भएन? के तिमीहरूले बाँकी रहेको पानीलाई समेत धमिलो पार्ने?
19 क्या ज़रूरी है कि मेरा झुंड उसमें से खाएं, जिसे तुमने रौंद दिया है और उसमें से पिए जिसे तुमने अपने पैरों से गंदा कर दिया है?
के मेरा बगालले तिमीहरूका खुट्टाहरूले कुल्चीमिल्ची पारेको घाँस खानुपर्ने र तिमीहरूका खुट्टाहरूले धमिलो पारेको पानी पिउनुपर्ने?
20 “‘इसलिये परम प्रधान याहवेह का उनसे यह कहना है: देखो, मैं स्वयं मोटी भेड़ और पतली भेड़ के बीच न्याय करूंगा.
“‘यसकारण प्रभु याहवेह तिनीहरूलाई यसो भन्नुहुन्छ: हेर, म आफैँले मोटो भेडा र दुब्लो भेडाहरूको बीचमा न्याय गर्नेछु।
21 क्योंकि तुम सब दुर्बल भेड़ों को अपने बाजू और अपने कंधों से तब तक ढकेलते और उन्हें सींग मारते हो, जब तक कि वे दूर नहीं चले जाते,
किनकि तिमीहरूले दुब्ला भेडाहरूलाई आफ्ना काँधले घचेट्यौ र तिनीहरू नभागेसम्म आफ्ना सिङले हान्यौ,
22 मैं अपनी भेड़ों को बचाऊंगा, और उन्हें फिर लूटा नहीं जाएगा. मैं एक भेड़ और दूसरी भेड़ के बीच न्याय करूंगा.
म मेरो बगाललाई बचाउनेछु, र अब उसो तिनीहरू लुटिनेछैनन्। म भेडा-भेडाको बीचमा न्याय गर्नेछु।
23 मैं उनके ऊपर एक चरवाहा, अपने सेवक दावीद को ठहराऊंगा, और वह उनको चराएगा; वह उनको चराएगा और उनका चरवाहा होगा.
म तिनीहरूमाथि एउटा असल गोठालो, मेरो सेवक दावीदलाई नियुक्त गर्नेछु; अनि त्यसले तिनीहरूलाई हेरचाह गर्नेछ, र त्योचाहिँ तिनीहरूको गोठाला हुनेछ।
24 मैं याहवेह उनका परमेश्वर ठहरूंगा, और मेरा सेवक दावीद उनके बीच राजकुमार होगा. मैं याहवेह ने कहा है.
म याहवेह त्यसको परमेश्वर हुनेछु, अनि मेरो सेवक दावीद तिनीहरूका बीचमा राजा हुनेछ; म याहवेहले भनेको हुँ।
25 “‘मैं उनके साथ शांति की एक वाचा बांधूंगा और देश को दुष्ट पशुओं से छुटकारा दूंगा, ताकि वे निर्जन प्रदेश में सुरक्षित रहें और जंगलों में चैन से सोएं.
“‘म तिनीहरूसित शान्तिको करार बाँध्नेछु, र देशलाई जङ्गली पशुहरूबाट मुक्त गरिदिनेछु, ताकि तिनीहरू मरुभूमिमा बसोबास गरून् र जङ्गलहरूमा सुरक्षितसाथ सुतून्।
26 मैं उन्हें तथा मेरी पहाड़ी के आस-पास के जगहों को आशीष का कारण बनाऊंगा. मैं समय पर बारिश भेजूंगा; वहां आशीष की बारिश होगी.
म तिनीहरूलाई र मेरो डाँडा वरिपरिका ठाउँहरूलाई आशिष् दिनेछु। म ठिक ऋतुमा झरी पठाइदिनेछु; त्यहाँ आशिष्को झरी हुनेछ।
27 पेड़ों में फल लगेंगे और भूमि अपना उपज देगी; लोग अपने देश में सुरक्षित रहेंगे. जब मैं उनके जूए को तोड़ूंगा और उन्हें उन लोगों के हाथों से छुड़ाऊंगा, जिन्होंने उन्हें गुलाम बना लिया है, तब वे जानेंगे कि मैं याहवेह हूं.
खेतका रूखहरूले आफ्ना फल दिनेछन्, र जमिनले आफ्नो अन्न उत्पन्न गर्नेछ; मानिसहरू आफ्नो देशमा सुरक्षित हुनेछन्। जब म तिनीहरूका जुवाका बारहरू भाँचिदिनेछु, र तिनीहरूलाई दासत्वमा लैजानेहरूका हातबाट छुटकारा दिनेछु, तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।
28 वे जाति-जाति के लोगों के द्वारा फिर लूटे नहीं जाएंगे, और न ही जंगली जानवर उन्हें फाड़ खाएंगे. वे सुरक्षित रहेंगे, और उन्हें कोई नहीं डराएगा.
तिनीहरू फेरि जातिहरूद्वारा लुटिनेछैनन्, न त जङ्गली पशुहरूले तिनीहरूलाई खानेछन्। तिनीहरू सुरक्षित बस्नेछन् र कसैले पनि तिनीहरूलाई डर देखाउनेछैन।
29 मैं उन्हें एक ऐसा देश दूंगा, जो अपने फसल के लिये जाना जाता है, और वे देश में फिर अकाल से पीड़ित न होंगे या जाति-जाति के लोग उन्हें अपमानित नहीं करेंगे.
म तिनीहरूलाई अन्न फलाउनको निम्ति एउटा देश प्रदान गर्नेछु, र तिनीहरू फेरि पनि देशमा अनिकालको शिकार हुनुपर्नेछैन, न त जातिहरूको गिल्ला सहनुपर्नेछ।
30 तब वे जानेंगे कि मैं, याहवेह उनका परमेश्वर उनके साथ हूं और यह भी कि वे, इस्राएली मेरे लोग हैं, परम प्रधान याहवेह की घोषणा है.
तब तिनीहरूले म याहवेह तिनीहरूका परमेश्वर तिनीहरूसँग छु, र इस्राएलका मानिसहरू मेरा प्रजा हुन् भनी जान्नेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
31 तुम मेरी भेड़ें हो, मेरे चरागाह की भेड़ें, और मैं तुम्हारा परमेश्वर हूं, परम प्रधान याहवेह की घोषणा है.’”
तिमीहरू मेरा भेडाहरू हौ, मेरो खर्कका भेडाहरू, र म तिमीहरूका परमेश्वर हुँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’”