< תהילים 149 >

הללו יה שירו ליהוה שיר חדש תהלתו בקהל חסידים׃ 1
परमप्रभुको प्रशंसा गर । परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ । विश्‍वासयोग्य जनहरूका सभामा उहाँको प्रशंसाको गीत गाओ ।
ישמח ישראל בעשיו בני ציון יגילו במלכם׃ 2
इस्राएल तिनीहरूलाई बाउनुहुनेमा आनन्‍दित होस् । सियोनका मानिसहरू आफ्‍ना राजामा आनन्‍दित होऊन् ।
יהללו שמו במחול בתף וכנור יזמרו לו׃ 3
तिनीहरूले नाँच्दै उहाँको नाउँको प्रशंसा गरून् । खैंजडी र वीणा बजाउँदै तिनीहरूले उहाँको प्रशंसाको गीत गाऊन् ।
כי רוצה יהוה בעמו יפאר ענוים בישועה׃ 4
किनकि परमप्रभु आफ्‍ना मानिसहरूसँग प्रशन्‍न हुनुहुन्छ । उहाँले नम्रहरूलाई उद्धारले महिमित पार्नुहुन्छ ।
יעלזו חסידים בכבוד ירננו על משכבותם׃ 5
विजयमा धर्मीहरू आनन्‍दि होऊन् । तिनीहरू आ-आफ्ना ओछ्यानमा आनन्दका गीत गाऊन् ।
רוממות אל בגרונם וחרב פיפיות בידם׃ 6
तिनीहरूका मुखहरूमा परमेश्‍वरको प्रशंसा र तिनीहरूका हातमा दुई धारे तरवार होस्,
לעשות נקמה בגוים תוכחת בל אמים׃ 7
जातिहरूमा बदला लिन र मानिसहरूमा दण्डका कामहरू गर्न ।
לאסר מלכיהם בזקים ונכבדיהם בכבלי ברזל׃ 8
तिनीहरूले आफ्‍ना राजाहरूलाई साङ्लाहरूले र आफ्‍ना शासक वर्गलाई फलामे सिक्रीले बाँध्‍नेछन् ।
לעשות בהם משפט כתוב הדר הוא לכל חסידיו הללו יה׃ 9
लेखिएका न्‍यायका फैसला तिनीहरूले गर्नेछन् । उहाँका सबै विश्‍वासयोग्य जनका निम्ति यो एउटा आदर हुनेछ । परमप्रभुको प्रशंसा गर ।

< תהילים 149 >