< תהילים 144 >
לדוד ברוך יהוה צורי המלמד ידי לקרב אצבעותי למלחמה׃ | 1 |
परमप्रभु मेरा चट्टानको स्तुति होस्, जसले युद्ध गर्न मेरा हातहरूलाई र लडन्त गर्न मेरा औंलाहरूलाई तालिम दिनुहुन्छ ।
חסדי ומצודתי משגבי ומפלטי לי מגני ובו חסיתי הרודד עמי תחתי׃ | 2 |
तपाईं मेरो करारको विश्वस्तता र मेरो किल्ला हुनुहुन्छ । मेरो अग्लो धरहरा जसले मलाई बचाउनुहुन्छ । मेरो ढाल र एक मात्र जसमा म शरण लिन्छु । एक मात्र जसले जातिहरूलाई मेरो अधीनमा पार्नुहुन्छ ।
יהוה מה אדם ותדעהו בן אנוש ותחשבהו׃ | 3 |
हे परमप्रभु, मानिस के हो र तपाईंले त्यसलाई ध्यान दिनुहुन्छ वा मानिसको छोरो को हो जसको बारेमा तपाईंले विचार गर्नुहुन्छ?
אדם להבל דמה ימיו כצל עובר׃ | 4 |
मानिस एकपल्टको सासजस्तो हो । त्यसका दिनहरू बितेर जाने छायाजस्ता हो ।
יהוה הט שמיך ותרד גע בהרים ויעשנו׃ | 5 |
हे परमप्रभु, आकाशलाई खोल्नुहोस् र तल आउनुहोस् । पहाडहरू छुनुहोस् र तिनीहरूबाट धूवाँ निकाल्नुहोस् ।
ברוק ברק ותפיצם שלח חציך ותהמם׃ | 6 |
बिजुलीका चमकहरू पठाउनुहोस् र मेरा शत्रुहरूलाई छरपष्ट पार्नुहोस् । तपाईंका काँडहरू हान्नुहोस् र तिनीहरूलाई गोलमालमा पछाडि फर्काउनुहोस् ।
שלח ידיך ממרום פצני והצילני ממים רבים מיד בני נכר׃ | 7 |
माथिबाट आफ्नो हात पसार्नुहोस् । धेरै पानीबाट र विदेशीहरूका हातबाट मलाई बचाउनुहोस् ।
אשר פיהם דבר שוא וימינם ימין שקר׃ | 8 |
तिनीहरूका मुखहरूले झुटा बोल्छन् र तिनीहरूका दाहिने हात झुटा हो ।
אלהים שיר חדש אשירה לך בנבל עשור אזמרה לך׃ | 9 |
हे परमेश्वर, म तपाईंको निम्ति एउटा नयाँ गीत गाउनेछु । दस तारे वीणासँगै म तपाईंको स्तुति गाउनेछु,
הנותן תשועה למלכים הפוצה את דוד עבדו מחרב רעה׃ | 10 |
जसले राजाहरूलाई उद्धार दिनुहुन्छ, जसले आफ्नो सेवक दाऊदलाई दुष्ट तरवारबाट बचाउनुभयो ।
פצני והצילני מיד בני נכר אשר פיהם דבר שוא וימינם ימין שקר׃ | 11 |
मलाई विदेशीहरूका हातहरूबाट बचाउनुहोस् र स्वतन्त्र गर्नुहोस् । तिनीहरूका मुखहरूले झुटा बोल्छन् र तिनीहरूका दाहिने हात झुटा हो ।
אשר בנינו כנטעים מגדלים בנעוריהם בנותינו כזוית מחטבות תבנית היכל׃ | 12 |
हाम्रा छोराहरू आफ्नो जवान अवस्थाको पूर्ण आकारमा वृद्धि भएका रूखहरूजस्ता र हाम्रा छोरीहरू कुँदिएका कुनामा खम्बाहरूजस्ता, दरबारका जस्तै रूपवती होऊन् ।
מזוינו מלאים מפיקים מזן אל זן צאוננו מאליפות מרבבות בחוצותינו׃ | 13 |
हाम्रा अन्नभण्डारहरू हरेक किसिमको अन्नहरूले भरिपूर्ण होऊन् र हाम्रा भेडाहरूले मैदानहरूमा हजारौं र दसौं हजार उत्पादन गरून् ।
אלופינו מסבלים אין פרץ ואין יוצאת ואין צוחה ברחבתינו׃ | 14 |
अनि हाम्रा गोरूहरूमा धेरै बहरहरू हुनेछन् । कसैले पनि हाम्रा पर्खालहरू भत्काउनेछैन । त्यहाँ कोही पनि निर्वासित हुनेछैन र हाम्रा सडकहरूमा कुनै चित्कार हुनेछैन ।
אשרי העם שככה לו אשרי העם שיהוה אלהיו׃ | 15 |
यस्ता आशिष्ले आशिषित् भएका मानिस धन्यको होऊन् । यस्ता मानिसहरू धन्यका हुन् जसका परमेश्वर परमप्रभु हुनुहुन्छ ।