< אֶל־הַפִּילִפִּיִּים 2 >

לכן אם יש תוכחה במשיח אם תנחומות האהבה אם התחברות הרוח אם רחמים וחמלה׃ 1
यसकारण म मान्दछु, कि ख्रीष्‍टमा उत्साह छ । म मान्दछु, कि त्यहाँ आत्माको सङ्गति छ । म मान्दछु, कि उहाँको प्रेमबाट सान्त्वना मिल्दछ । म मान्दछु, कि त्यहाँ स्‍नेही करुणा र सहानुभूति छ ।
השלימו נא את שמחתי בהיות לכם לב אחד ואהבה אחת ונפש אחת ורצון אחד׃ 2
तिमीहरू एउटै मनका भएर, एउटै प्रेम धारण गरेर, आत्मामा एक भएर, र एउटै उद्देश्य राखेर मेरो आनन्दलाई पुरा गर ।
ולא תעשו דבר בדרך מריבה או כבוד שוא כי אם בשפלות רוח תחשבו איש את רעהו יותר מעצמו׃ 3
स्वार्थ र रित्तो अहङ्कारमा केही नगर । बरु नम्रतामा आफूलाईभन्दा अरूहरूलाई उच्‍च ठान ।
כל אחד אל ידאג לאשר לו לבדו כי אם גם לאשר לחברו׃ 4
आफ्ना आवश्यकताहरूमा मात्र ध्यान नदेओ, तर अरूहरूका आवश्यकताहरूमा पनि ध्यान लगाओ ।
כי הרוח ההיא אשר היתה במשיח תהי גם בכם׃ 5
त्यही शैलीमा विचार गर, जुन ख्रीष्‍ट येशूमा पनि थियो ।
אשר אף כי היה בדמות האלהים לא חשב לו לשלל היותו שוה לאלהים׃ 6
उहाँ परमेश्‍वरको स्वरूपमा हुनुहुन्थ्यो, तर पनि परमेश्‍वरसँगको आफ्नो बराबरीलाई उहाँले पक्रिराख्‍ने वस्तुझैँ ठान्‍नुभएन ।
כי אם הפשיט את עצמו וילבש דמות עבד וידמה לבני אדם וימצא בתכונתו כבן אדם׃ 7
बरु, उहाँले आफैँलाई रित्त्याउनुभयो । उहाँले कमराको रूप धारण गर्नुभयो । उहाँ मानिसको स्वरूपमा आउनुभयो । मानिसकै स्वरूपमा उहाँ रहनुभयो ।
וישפל את נפשו ויכנע עד מות עד מיתת הצליבה׃ 8
उहाँले आफूलाई नम्र तुल्याउनुभयो, र मृत्यु अर्थात् क्रुसको मृत्युसम्मै आज्ञाकारी हुनुभयो ।
על כן גם האלהים הגביהו מאד ויתן לו שם נעלה על כל שם׃ 9
यसकारण, परमेश्‍वरले उहाँलाई अति उच्‍च पार्नुभयो । परमेश्‍वरले उहाँलाई सबै नाउँभन्दा उच्‍च नाउँ दिनुभयो ।
למען אשר בשם ישוע תכרע כל ברך אשר בשמים ובארץ ומתחת לארץ׃ 10
उहाँले यसो गर्नुभयो, ताकि येशूको नाममा हरेक घुँडाहरू टेकिऊन्ः स्वर्ग, पृथ्वी र पृथ्वीमुनि भएका सबैका घुँडाहरू ।
וכל לשון תודה כי אדון הוא ישוע המשיח לכבוד אלהים האב׃ 11
र उहाँले यो गर्नुभयो, ताकि परमेश्‍वर पिताको महिमाका लागि प्रत्येक जिब्रोले येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गरोस् ।
לכן חביבי כאשר שמעתם לי בכל עת כן לא לבד בהיותי עמכם כי עוד יתר עתה אשר אני רחוק מכם תיגעו בתשועת נפשתיכם ביראה וברעדה׃ 12
यसकारण, मेरा प्रियहरू हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गर्ने गरेका छौ, अब मेरो उपस्थितिमा मात्र होइन तर मेरो अनुपस्थितीमा झन् बढी डर र कम्पसाथ आफ्ना मुक्‍तिको काम पुरा गर ।
כי האלהים הוא הפעל בכם גם לחפץ גם לפעל כפי רצונו׃ 13
किनकि परमेश्‍वरको प्रसन्‍नताको निम्ति तिमीहरूलाई दुवै इच्छा र काम गर्न लगाउनलाई तिमीहरूमा काम गर्नुहुने उहाँ नै हुनुहुन्छ ।
עשו כל דבר בלא תלנות ובלא מזמות׃ 14
गनगन नगरी र तर्क वितर्कविना सबै कामहरू गर ।
למען תהיו נקיים וטהורים בני אלהים לא מום בם בתוך דור עקש ופתלתל אשר תאירו ביניהם כמאורת בעולם׃ 15
यस्तो प्रकारले व्यवहार गर, ताकि तिमीहरू कुनै कलङ्कविना परमेश्‍वरका निर्दोष र इमानदार छोराछोरी हुन सक । यस्तो प्रकारले व्यवहार गर, ताकि तिमीहरू धूर्त र बरालिएका पुस्ताकाबिच यस संसारमा ज्योतिझैँ चम्कन सक ।
מחזיקים בדבר החיים לתהלה לי ביום המשיח אשר לא לחנם רצתי ולא לריק יגעתי׃ 16
जीवनको वचनलाई बलियो गरी पक्र ताकि ख्रीष्‍टको दिनमा मसँग महिमा गर्ने कारण होस् । किनभने त्यस दिन म व्यर्थमा दौडिनँ र मेरो परिश्रम व्यर्थको भएन भन्‍ने म जान्‍नेछु ।
אבל אם גם אסך על זבח אמונתכם ועבודתה הנני שמח וגם שש עם כלכם׃ 17
तर तिमीहरूको विश्‍वासको त्याग र सेवामा म बलिदानको रूपमा अर्पित हुनुपरे तापनि, म आनन्द मनाउँछु, र म तिमीहरू सबैसँग आनन्दित हुन्छु ।
וככה שמחו אף אתם ושישו עמדי׃ 18
त्यसै गरी, तिमीहरू पनि आनन्दित होओ, र मसँगै आनन्दित होओ ।
וקויתי בישוע אדנינו לשלח במהרה אליכם את טימותיוס למען תנוח דעתי בהודע לי דבר מעמדכם׃ 19
तर तिमोथीलाई तिमीहरूकहाँ छिट्टै पठाउनको निम्ति मैले प्रभु येशूमा आशा राख्दछु, ताकि तिनीबाट तिमीहरूका विषयमा जान्दा म प्रोत्साहित हुन सकूँ ।
כי זולתו אין אתי איש כלבבי אשר בלב שלם ידאג לכם׃ 20
किनकि तिनको जस्तै मन भएको, र तिनीजस्तै तिमीहरूका निम्ति साँचो रूपमा उत्सुक हुने मसँग अरू कोही पनि छैन ।
כי כלם את אשר להם ידרשו ולא את אשר לישוע המשיח׃ 21
किनकि तिनीहरू सबैले येशू ख्रीष्‍टका कुराहरूभन्दा आफ्नै इच्छाको खोजी गर्दछन् ।
ואותו ידעתם כי בחון הוא אשר כבן העבד את אביו כן היה אתי בעבודת הבשורה׃ 22
तर तिमीहरूलाई तिनको योग्यता थाहै छ, किनकि जसरी बालकले आफ्ना पिताको सेवा गर्दछ, त्यसरी नै सुसमाचारमा मलाई तिनले सेवा गरेका छन् ।
ואתו אקוה לשלח אליכם מהר כאשר אראה מה יהיה לי׃ 23
यसकारण, मेरो निम्ति के हुनेछ भनेर मैले थाहा पाउनासाथ जति सक्दो चाँडो म तिमोथीलाई तिमीहरूकहाँ पठाउने आशा गर्दछु ।
ובטחתי באדנינו אשר גם אנכי אבוא אליכם במהרה׃ 24
तर म आफैँ तिमीहरूका माझमा छिट्टै आउनेछु भन्‍ने कुरामा प्रभुमा निर्धक्‍क छु ।
ואחשב מן הצרך לשלח אליכם את אפפרודיטוס אחי ועזרי וחברי בצבא והוא שליחכם ומשרתי בצרכי׃ 25
तर इपाफ्रोडिटसलाई तिमीहरूकहाँ फिर्ता पठाउन म आवश्यक ठान्दछु । तिनी मेरा भाइ र सहकर्मी र सङ्गी सिपाही, र तिमीहरूका सन्देशवाहक तथा मेरा आवश्यकताहरूका निम्ति सेवक हुन् ।
יען היותו נכסף לכלכם ונעצב מאד על אשר שמעתם כי חלה׃ 26
किनकि तिनी बिरामी भएको कुरा तिमीहरूले थाहा पाएकाले तिनी धेरै व्याकुल भएका थिए, र तिमीहरूसँग हुनको निम्ति तिनले तृष्णा गरेका थिए ।
אמנם חלה חלה וגם נטה למות אבל האלהים רחם עליו ולא עליו בלבד כי גם עלי רחם שלא יבוא עלי יגון על יגון׃ 27
किनकि तिनी साँच्‍चै यति बिरामी थिए, कि तिनी मरणासन्‍न अवस्थामा पुगेका थिए । तर परमेश्‍वरले तिनीमाथि कृपा गर्नुभयो, र उनमा मात्र नभएर शोकमाथि शोक नथपिओस् भनेर ममाथि पनि दया देखाउनुभयो ।
לכן מהרתי לשלחו אליכם למען תראהו ותשובו לשמוח וגם ימעט יגוני׃ 28
यसकारण, अझै धेरै उत्सुकतासाथ म तिनलाई तिमीहरूकहाँ पठाउँदै छु, ताकि जब तिमीहरूलेतिनलाई फेरि देख्छौ, तिमीहरू आनन्दित हुन सक र म चिन्ताबाट मुक्‍त हुनेछु ।
על כן קבלהו באדנינו בכל שמחה והוקירוט אנשים כמהו׃ 29
त्यसैले, सारा आनन्दसाथ प्रभुमा इपाफ्रोडिटसलाई स्वागत गर । तिनीजस्ता मानिसलाई आदर गर ।
כי בעבור מעשה המשיח הגיע עד מות ותקל נפשו בעיניו למען ימלא את אשר חסרתם בשרתכם אותי׃ 30
किनकि ख्रीष्‍टको कार्यको निम्ति तिनी मृत्युको नजिक पुगे । मलाई सेवा पुर्‍याउन र तिमीहरूले मेरो सेवामा गर्न नसकेका कामलाई पुरा गर्न तिनले आफ्नो जीवन जोखिममा पारे ।

< אֶל־הַפִּילִפִּיִּים 2 >