< נחמיה 3 >
ויקם אלישיב הכהן הגדול ואחיו הכהנים ויבנו את שער הצאן המה קדשוהו ויעמידו דלתתיו ועד מגדל המאה קדשוהו עד מגדל חננאל׃ | 1 |
तब प्रधान पुजारी एल्यासीब आफ्ना सङ्गी पुजारीहरूसित उठे, र तिनीहरूले भेडा ढोका बनाए । तिनीहरूले यसलाई अर्पण गरी यसका ढोकाहरू बनाए । तिनीहरूले यसलाई सयको बुर्जा र हननेलको बुर्जासम्मै अर्पण गरे ।
ועל ידו בנו אנשי ירחו ועל ידו בנה זכור בן אמרי׃ | 2 |
तिनीपछि यरीहोका मानिसहरूले काम गरे, र तिनीहरूपछि इम्रीका छोरा जक्कूरले काम गरे ।
ואת שער הדגים בנו בני הסנאה המה קרוהו ויעמידו דלתתיו מנעוליו ובריחיו׃ | 3 |
हस्सेननाका छोराहरूले माछा ढोका बनाए । तिनीहरूले यसका लागि सत्तरीहरू बनाई यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू बनाए ।
ועל ידם החזיק מרמות בן אוריה בן הקוץ ועל ידם החזיק משלם בן ברכיה בן משיזבאל ועל ידם החזיק צדוק בן בענא׃ | 4 |
मरेमोतले अर्को भाग मर्मत गरे । तिनी उरियाहका छोर, हक्कोसका नाति थिए । तिनीहरूपछि मशुल्लामले अर्को भाग मर्मत गरे । तिनी बेरेक्याहका छोर, मशेजेबेलका नाति थिए । तिनीहरूपछि सादोकले मर्मतको काम गरे । तिनी बानाका छोरा थिए ।
ועל ידם החזיקו התקועים ואדיריהם לא הביאו צורם בעבדת אדניהם׃ | 5 |
तिनीहरूपछि तकोका बासिन्दाहरूले मर्मत गरे, तर तिनीहरूका नाइकेहरूद्वारा आज्ञा गरिएको काम गर्न तिनीहरूका अगुवाहरूले इन्कार गरे ।
ואת שער הישנה החזיקו יוידע בן פסח ומשלם בן בסודיה המה קרוהו ויעמידו דלתתיו ומנעליו ובריחיו׃ | 6 |
पसेहका छोरा योयादा र बसोदयाहका छोरा मशुल्लामले पुरानो ढोका मर्मत गरे । तिनीहरूले यसका लागि सत्तरीहरू, यसका द्वारहरू, छेस्किनीहरू र आग्लाहरू बनाए ।
ועל ידם החזיק מלטיה הגבעני וידון המרנתי אנשי גבעון והמצפה לכסא פחת עבר הנהר׃ | 7 |
तिनीहरूपछि गिबोनी मलत्याह र मेरोनोती यादान जो गोबिन र मिस्पाका मानिसहरू थिए, तिनीहरूले यूफ्रेटिस नदीपारिको प्रान्तका राज्यपाल बस्ने ठाउँ मर्मत गरे ।
על ידו החזיק עזיאל בן חרהיה צורפים ועל ידו החזיק חנניה בן הרקחים ויעזבו ירושלם עד החומה הרחבה׃ | 8 |
तिनीपछि एक जना सुनार हरयाहका छोरा उज्जीएलले मर्मत गरे, र तिनीपछि अत्तर बनाउने हनन्याहले मर्मत गरे । तिनीहरूले चौडा ढोकासम्म यरूशलेमको पुनर्निर्माण गरे ।
ועל ידם החזיק רפיה בן חור שר חצי פלך ירושלם׃ | 9 |
तिनीहरूपछि हूरका छोरा रपायाहले मर्मत गरे । तिनी यरूशलेमको आधा जिल्लाका शासक थिए ।
ועל ידם החזיק ידיה בן חרומף ונגד ביתו ועל ידו החזיק חטוש בן חשבניה׃ | 10 |
तिनीहरूपछि हरूमापका छोरा यदायाहले आफ्नो घरसित जोडिएको भाग मर्मत गरे । तिनीपछि हशबन्याहका छोरा हत्तूशले मर्मत गरे ।
מדה שנית החזיק מלכיה בן חרם וחשוב בן פחת מואב ואת מגדל התנורים׃ | 11 |
हारीमका छोरा मल्कियाह र पहत-मोआबका छोरा हश्शूबले भट्टीको बुर्जासमेत अर्को भाग मर्मत गरे ।
ועל ידו החזיק שלום בן הלוחש שר חצי פלך ירושלם הוא ובנותיו׃ | 12 |
तिनीहरूपछि यरूशलेमको आधा जिल्लाका शासक हल्लोहेशका छोरा शल्लूमले आफ्ना छोरीहरूसित मिलेर मर्मत गरे ।
את שער הגיא החזיק חנון וישבי זנוח המה בנוהו ויעמידו דלתתיו מנעליו ובריחיו ואלף אמה בחומה עד שער השפות׃ | 13 |
हानून र जानोहका बासिन्दाहरूले बेँसी ढोका मर्मत गरे । तिनीहरूले यसको पुनर्निर्माण गरी यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू बनाए । तिनीहरूले फोहोर ढोकासम्म एक हजार हात लामो पर्खाल मर्मत गरे ।
ואת שער האשפות החזיק מלכיה בן רכב שר פלך בית הכרם הוא יבננו ויעמיד דלתתיו מנעליו ובריחיו׃ | 14 |
बेथ-हेक्केरेम जिल्लाका शासक रेकाबका छोरा मल्कियाहले फोहोर ढोका मर्मत गरे । तिनले यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू बनाए ।
ואת שער העין החזיק שלון בן כל חזה שר פלך המצפה הוא יבננו ויטללנו ויעמידו דלתתיו מנעליו ובריחיו ואת חומת ברכת השלח לגן המלך ועד המעלות היורדות מעיר דויד׃ | 15 |
मिस्पा जिल्लाका शासक कोल-होजेका छोरा शल्लूनले फुहारा ढोका मर्मत गरे । तिनले यसको निर्माण गरी यसमाथि छाना लगाए, र यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू बनाए । तिनले राजाको बगैँचानेर भएको सिलोआमको तलाउको पर्खालसाथै दाऊदको सहरबाट ओर्लने खुट्किलाहरूसम्मै पुनर्निर्माण गरे ।
אחריו החזיק נחמיה בן עזבוק שר חצי פלך בית צור עד נגד קברי דויד ועד הברכה העשויה ועד בית הגברים׃ | 16 |
बेथ-सरको आधा जिल्लाका शासक अज्बूकका छोरा नहेम्याहले दाऊदको चिहानको सामुन्ने भाग, कृत्रिम तलाउ र वीरहरूको घरसम्म मर्मत गरे ।
אחריו החזיקו הלוים רחום בן בני על ידו החזיק חשביה שר חצי פלך קעילה לפלכו׃ | 17 |
तिनीपछि बानीका छोरा रेहूमलगायत लेवीहरूले मर्मत गरे, तिनीपछि कीलाहको आधा जिल्लाका शासक हशब्याहले आफ्नो जिल्लाको मर्मत गरे ।
אחריו החזיקו אחיהם בוי בן חנדד שר חצי פלך קעילה׃ | 18 |
तिनीपछि कीलाहको आधा जिल्लाका शासक हेनादादका छोरा बिन्नूईलगायत तिनीहरूका जनताले मर्मत गरे ।
ויחזק על ידו עזר בן ישוע שר המצפה מדה שנית מנגד עלת הנשק המקצע׃ | 19 |
तिनीपछि मिस्पाका शासक येशूअका छोरा एसेरले अर्को भाग मर्मत गरे जुन पर्खालको कुनामा हतियारखानाको भिरालोको सामुन्नेको भाग थियो ।
אחריו החרה החזיק ברוך בן זבי מדה שנית מן המקצוע עד פתח בית אלישיב הכהן הגדול׃ | 20 |
तिनीपछि जब्बैका छोरा बारूकले समर्पित भएर अर्को भाग अर्थात् प्रधान पुजारी एल्यासीबको घरको ढोकाको पर्खालको कुनासम्म मर्मत गरे ।
אחריו החזיק מרמות בן אוריה בן הקוץ מדה שנית מפתח בית אלישיב ועד תכלית בית אלישיב׃ | 21 |
तिनीपछि उरियाहका चोरा, हक्कोसका नाति मरेमोतले अर्को भाग अर्थात् एल्यासीबको घरको कुनादेखि तिनको घरको कुनासम्म मर्मत गरे ।
ואחריו החזיקו הכהנים אנשי הככר׃ | 22 |
तिनीपछि पुजारीहरू, यरूशलेम वरिपरिको क्षेत्रका मानिसहरूले मर्मत गरे ।
אחריו החזיק בנימן וחשוב נגד ביתם אחריו החזיק עזריה בן מעשיה בן ענניה אצל ביתו׃ | 23 |
तिनीहरूपछि बेन्यामीन र हश्शूबले तिनीहरूको आफ्नै घरको सामुन्नेको भाग मर्मत गरे । तिनीहरूपछि मासेयाहका छोरा, हननियाका नाति अजर्याहले आफ्नै घरको छेउ मर्मत गरे ।
אחריו החזיק בנוי בן חנדד מדה שנית מבית עזריה עד המקצוע ועד הפנה׃ | 24 |
तिनीपछि हेनादादका छोरा बिन्नूईले अर्को भाग अर्थात् अजर्याहको घरदेखि पर्खालको कुनासम्म मर्मत गरे ।
פלל בן אוזי מנגד המקצוע והמגדל היוצא מבית המלך העליון אשר לחצר המטרה אחריו פדיה בן פרעש׃ | 25 |
उज्जैका छोरा पालालले कोण र रक्षकहरूका चोकनेरको माथिल्लो महलदेखि बाहिर निस्केको बुर्जाको सामुन्ने मर्मत गरे ।
והנתינים היו ישבים בעפל עד נגד שער המים למזרח והמגדל היוצא׃ | 26 |
ओफेलमा बसिरहेका मन्दिरका सेवकहरूले पूर्वमा अवस्थित पानी ढोका र बाहिर निस्केको बुर्जाको सामुन्नेको ठाउँसम्म मर्मत गरे ।
אחריו החזיקו התקעים מדה שנית מנגד המגדל הגדול היוצא ועד חומת העפל׃ | 27 |
तिनीपछि तकोका बासिन्दाहरूले अर्को भाग अर्थात् बाहिर निस्केको ठुलो बुर्जादेखि ओफेलको पर्खालसम्मको भाग मर्मत गरे ।
מעל שער הסוסים החזיקו הכהנים איש לנגד ביתו׃ | 28 |
पुजारीहरूले अश्व ढोकामाथि आ-आफ्नो घरको सामुन्ने मर्मत गरे ।
אחריו החזיק צדוק בן אמר נגד ביתו ואחריו החזיק שמעיה בן שכניה שמר שער המזרח׃ | 29 |
तिनीहरूपछि इम्मेरका छोरा सादोकले आफ्नै घरको सामुको भाग मर्मत गरे । तिनीपछि द्वारपाल शकन्याहका छोरा शमायाहले पूर्वी ढोका मर्मत गरे ।
אחרי החזיק חנניה בן שלמיה וחנון בן צלף הששי מדה שני אחריו החזיק משלם בן ברכיה נגד נשכתו׃ | 30 |
तिनीपछि शेलेम्याहका छोरा हनन्याह र सालापका जन्तरे सन्तान हानूनले अर्को भाग मर्मत गरे । तिनीपछि बेरेक्याहका छोरा मशुल्लामले आफ्नो बासस्थानको सामु मर्मत गरे ।
אחרי החזיק מלכיה בן הצרפי עד בית הנתינים והרכלים נגד שער המפקד ועד עלית הפנה׃ | 31 |
तिनीपछि एक जना सुनार मल्कियाहले निरीक्षण ढोका सामुन्नेको, मन्दिरका सेवकहरू र व्यापारीहरूको घरसम्म र कुनाको माथिपट्टिको कोठासम्म मर्मत गरे ।
ובין עלית הפנה לשער הצאן החזיקו הצרפים והרכלים׃ | 32 |
सुनारहरू र व्यापारीहरूले कुनाको माथिपट्टिको कोठा र भेडा ढोकाको बिच भाग मर्मत गरे ।