< מתיו 2 >
ויהי כאשר נולד ישוע בבית לחם יהודה בימי הורדוס המלך ויבאו מגושים מארץ מזרח ירושלימה לאמר׃ | 1 |
यहूदियाको बेथलेहेममा राजा हेरोदको समयमा येशूको जन्म भएपछि पूर्वबाट ज्ञानी मानिसहरू यरूशलेममा आएर यसो भन्न लागे,
איה מלך היהודים הנולד כי ראינו את כוכבו במזרח ונבא להשתחות לו׃ | 2 |
“यहूदीहरूका राजा भई जन्मनुभएका उहाँ कहाँ हुनुहुन्छ? हामीले उहाँको तारा पूर्वमा देख्यौँ र उहाँलाई दण्डवत् गर्न आएका छौँ ।”
ויהי כשמע הורדוס המלך את דבריהם ויבהל הוא וכל ירושלים עמו׃ | 3 |
जब हेरोद राजाले यो सुने, उनी र उनीसँगै सारा यरूशलेम बेचैन भए ।
ויקהל את כל ראשי הכהנים וסופרי העם וידרש מאתם לאמר איפה יולד המשיח׃ | 4 |
हेरोदले सबै मुख्य पुजारी र मानिसहरूका शास्त्रीहरूलाई भेला गराए, र उनले तिनीहरूलाई सोधे, “जन्मने भनिएका ख्रीष्ट कहाँ छन्?”
ויאמרו לו בבית לחם יהודה כי כן כתוב ביד הנביא׃ | 5 |
तिनीहरूले उनलाई भने, “यहूदियाको बेथलेहेममा किनकि अगमवक्ताद्वारा यस्तै लेखिएको थियो,
ואתה בית לחם ארץ יהודה אינך צעיר באלפי יהודה כי ממך יצא מושל אשר ירעה את עמי ישראל׃ | 6 |
‘र यहूदाको देशमा, ए बेथलेहम, यहूदाका शासकहरूभन्दा तँ कुनै कम छैनस्, किनकि तँबाट एक जना शासक आउनुहुनेछ जसले मेरा मानिस इस्राएलको हेरचाह गर्नुहुनेछ’ ।”
אז קרא הורדוס למגושים בסתר ויחקר אתם לדעת עת הראות הכוכב׃ | 7 |
त्यसपछि ठिक कुन समयमा तारा देखा परेको थियो भनी सोध्न हेरोदले गुप्त रूपमा ती ज्ञानी मानिसहरूलाई बोलाए ।
וישלחם בית לחם ויאמר לכו חקרו היטב על דבר הילד והיה כי תמצאון אתו והגדתם לי ואבאה להשתחות לו גם אני׃ | 8 |
उनले तिनीहरूलाई यसो भन्दै बेथलेहेम पठाए, “जाओ र राम्रोसँग त्यस बालकलाई खोज । जब उनलाई भेट्टाउनेछौ, मलाई खबर गर ताकि म पनि गएर उनलाई दण्डवत् गर्न सकूँ ।”
ויהי כשמעם את דברי המלך וילכו והנה הכוכב אשר ראו במזרח דרך לפניהם עד באו אל מקום אשר שם הילד ויעמד ממעל לו׃ | 9 |
तिनीहरूले राजाले भनेका कुरा सुनेपछि तिनीहरू आफ्नो बाटो लागे अनि तिनीहरूले पूर्वमा देखेका तारा तिनीहरूका अगि-अगि गए, र सानो बालक भएको ठाउँमा आइपुग्दा त्यो तारा त्यही ठाउँमाथि रोकियो ।
ויראו את הכוכב וישמחו שמחה גדולה עד מאד׃ | 10 |
जब तिनीहरूले त्यो तारा देखे, तिनीहरू हर्षले अति आनन्दित भए ।
ויבאו הביתה וימצאו את הילד עם מרים אמו ויפל על פניהם וישתחוו לו ויפתחו את אוצרותם ויקריבו לו מנחה זהב ולבונה ומר׃ | 11 |
तिनीहरू घरभित्र पसे र सानो बालकलाई उहाँकी आमा मरियमको साथमा देखे । तिनीहरूले दण्डवत् गरे र उहाँको आराधना गरे । तिनीहरूले आफ्ना बहुमूल्य कुराहरू निकाले र उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका उपहारहरू चढाए ।
ויצוו בחלום לבלתי שוב אל הורדוס וילכו בדרך אחר אל ארצם׃ | 12 |
परमेश्वरले तिनीहरूलाई हेरोदकहाँ फर्की नजानू भनी सपनामा चेतावनी दिनुभयो । त्यसैले, तिनीहरू अर्कै बाटो भएर आ-आफ्नै देशमा गए ।
הם הלכו משם והנה מלאך יהוה נראה אל יוסף בחלום לאמר קום קח את הילד ואת אמו וברח לך מצרימה והיה שם עד אשר אמר אליך כי הורדוס צדה את הילד לאבדו׃ | 13 |
तिनीहरू गइसकेपछि परमप्रभुका एउटा दूत योसेफकहाँ सपनामा देखा परे र भने, “उठ, सानो बालक र उहाँकी आमालाई लिएर मिश्र देशमा भागेर जाऊ । मैले नभनेसम्म त्यहीँ बस, किनकि हेरोदले सानो बालकलाई मार्न उहाँलाई खोज्नेछ ।”
ויקם ויקח את הילד ואת אמו בלילה ויברח מצרימה׃ | 14 |
त्यो रात योसेफ उठे र सानो बालक र उहाँकी आमालाई लिए अनि मिश्रदेशतर्फ प्रस्थान गरे ।
ויהי שם עד מות הורדוס למלאת את אשר דבר יהוה ביד הנביא לאמר ממצרים קראתי לבני׃ | 15 |
हेरोदको मृत्यु नभएसम्म उनी त्यहीँ बसे । अगमवक्ताद्वारा परमप्रभुले भन्नुभएको कुरा यसरी पुरा भयो, “मैले आफ्ना पुत्रलाई मिश्रदेशबाट बोलाएको छु ।”
וירא הורדוס כי התלו בו המגושים ויקצף מאד וישלח וימת את כל הילדים אשר בבית לחם ובכל גבוליה מבן שנתים ולמטה כפי העת אשר חקרה מפי המגושים׃ | 16 |
त्यसपछि जब हेरोदले आफू ती ज्ञानी मानिसहरूबाट छलिएको कुरा थाहा पाए, उनी औधी रिसाए । ती ज्ञानी मानिसहरूबाट उनले निर्धारण गरेका समयअनुसार त्यस क्षेत्रका दुई वर्ष पुगेका र त्योभन्दा मुनिका बालकहरूलाई र बेथलेहेमका सबै पुरुष बालकलाई मानिसहरू पठाएर मार्न लगाए ।
וימלא הדבר הנאמר בפי ירמיה הנביא לאמר׃ | 17 |
यसरी यर्मिया अगमवक्ताद्वारा जे भनिएको थियो, त्यो पुरा भयो,
קול ברמה נשמע נהי ובכי תמרורים רחל מבכה על בניה מאנה להנחם כי אינם׃ | 18 |
“रामामा एउटा आवाज सुनियो, रोदन र ठुलो विलाप, बालकहरूका निम्ति राहेलको रोदन, र सान्त्वना तिनले इन्कार गरिन्, किनकि तिनका बालकहरू अब रहेनन् ।”
ויהי אחרי מות הורדוס והנה מלאך יהוה נראה בחלום אל יוסף בארץ מצרים׃ | 19 |
जब हेरोद मरे, हेर, परमप्रभुका एक जना दूत मिश्रमा योसेफकहाँ सपनामा देखा परे अनि उनलाई भने,
ויאמר אליו קום קח את הילד ואת אמו ולך שוב אל ארץ ישראל כי מתו המבקשים את נפש הילד׃ | 20 |
“उठ, अनि बालक र उहाँकी आमालाई लिएर इस्राएल देशमा जाऊ, किनकि जसले बालकलाई मार्न चाहेका थिए, तिनीहरू मरिसकेका छन् ।”
ויקם ויקח את הילד ואת אמו ויבא ארצה ישראל׃ | 21 |
योसेफ उठे, अनि बालक र उहाँकी आमालाई लिएर इस्राएल देशमा आए ।
וכשמעו כי ארקלוס מלך ביהודה תחת הורדוס אביו ירא ללכת שמה ויצוה בחלום וילך לו אל ארצות הגליל׃ | 22 |
तर जब यहूदियामा आफ्ना बुबा हेरोदको ठाउँमा अर्खिलाउसले शासन गरिरहेका उनले सुने, उनी त्यहाँ जान डराए । परमप्रभुले सपनामा चेतावनी दिनुभएपछि उनी गालीलको क्षेत्रतिर लागे,
ויבא וישב בעיר אשר שמה נצרת למלאת הדבר הנאמר על פי הנביאים כי נצרי יקרא לו׃ | 23 |
र नासरत भनिने सहरमा गएर बसे । “उहाँलाई नासरी भनिनेछ” भनेर अगमवक्ताहरूद्वारा बोलिएको वचन यसरी पुरा भयो ।