< מתיו 19 >
ויהי ככלות ישוע לדבר את הדברים האלה ויסע מן הגליל ויבא אל גבול יהודה בעבר הירדן׃ | 1 |
जब येशूले यी कुराहरू भनेर सिद्ध्यानुभयो, उहाँ गालीलबाट निस्कनुभयो, र यर्दन नदीको पारि यहूदियाको सिमानासम्म आउनुभयो ।
וילכו אחריו המון עם רב וירפאם שם׃ | 2 |
एउटा ठुलो भिडले उहाँलाई पछ्यायो, र उहाँले तिनीहरूलाई निको पार्नुभयो ।
ויגשו אליו הפרושים לנסותו לאמר היוכל איש לשלח את אשתו על כל דבר׃ | 3 |
फरिसीहरू उहाँकहाँ आएर उहाँको जाँच गर्दै उहाँलाई भने, “के मानिसले कुनै कारणले उसकी पत्नीलाई त्याग्नु उसको निम्ति न्यायसङ्गत हुन्छ?”
ויען ויאמר אליהם הלא קראתם כי עשה בראשית זכר ונקבה עשה אתם׃ | 4 |
येशूले उत्तर दिनुभयो र भन्नुभयो, “के तिमीहरूले पढेका छैनौ, कि जसले तिनीहरूलाई बनाउनुभयो, उहाँले सुरुदेखि नै तिनीहरूलाई पुरुष र स्त्री गरी बनाउनुभयो?”
ואמר על כן יעזב איש את אביו ואת אמו ודבק באשתו והיו שניהם לבשר אחד׃ | 5 |
अनि जसले तिनीहरूलाई बनाउनुभयो उहाँले यस्तो पनि भन्नुभयो, ‘यसै कारणले मानिसले उसका बुबा र आमालाई छोड्नेछ र उसकी पत्नीसँग मिल्नेछ र ती दुवै जना एउटै शरीर हुनेछन् ।’
אם כן אינם עוד שנים כי אם בשר אחד לכן את אשר חבר האלהים אל יפרידנו האדם׃ | 6 |
यसैकारण तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन् । त्यसैकारण जे परमेश्वरले एकसाथ जोड्नुभएको छ, तिनीहरूलाई कसैले पनि नछुट्ट्याओस् ।”
ויאמרו אליו ולמה זה צוה משה לתת לה ספר כריתת ולשלחה׃ | 7 |
तिनीहरूले उहाँलाई भने, “त्यसो भए मोशाले हामीलाई त्यागपत्र लेखेर त्याग्ने आज्ञा किन दिए त?”
ויאמר אליהם בעבור קשי לבבכם הניח לכם משה לשלח את נשיכם אך מראש לא היתה ככה׃ | 8 |
उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूको हृदयको कठोरताको कारणले मोशाले तिमीहरूलाई तिमीहरूका पत्नीहरू त्याग्न अनुमति दिए, तर सुरुदेखि त यस्तो थिएन ।
ואני אמר לכם המשלח את אשתו בלתי על דבר זנות ולקח לו אחרת נאף הוא והלקח את הגרושה נאף הוא׃ | 9 |
म तिमीहरूलाई भन्दछु, जसले कामुक अनैतिकताको कारणले बाहेक आफ्नी पत्नीलाई त्याग्छ, र अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्दछ । र जुन मानिसले त्यस त्यागिएकी स्त्रीसँग विवाह गर्दछ उसले पनि व्यभिचार गर्दछ ।”
ויאמרו אליו התלמידים אם ככה הוא ענין איש ואשתו לא טוב לקחת אשה׃ | 10 |
चेलाहरूले येशूलाई भने, “यदि पतिको आफ्नी पत्नीसँग यस्तो अवस्था हुन्छ भने, विवाह नगर्नु नै असल हो ।”
ויאמר אליהם לא יוכל כל אדם קבל את הדבר הזה כי אם אלה אשר נתן להם להבין׃ | 11 |
तर येशूले तिनीहरूलाई भन्नुभयो, “सबै व्यक्तिले यस शिक्षालाई ग्रहण गर्न सक्दैनन्, तर तिनीहरूले मात्र जसलाई यो ग्रहण गर्नको निम्ति दिइएको छ ।
יש סריסים אשר נולדו כן מבטן אמם ויש סריסים המסרסים על ידי אדם ויש סריסים אשר סרסו את עצמם למען מלכות השמים מי שיוכל לקבל יקבל׃ | 12 |
किनकि केही नपुंसकहरू छन् जो आफ्नी आमाको गर्भदेखि नै त्यस्तै जन्मे । र केही नपुंसकहरू छन् जो मानिसहरूद्वारा नपुंसक बनाइएका थिए । र केही नपुंसकहरू छन् जसले स्वर्गको राज्यको निम्ति आफैँलाई नपुंसक बनाए । जसले यो शिक्षालाई ग्रहण गर्न सक्षम हुन्छ, उसले ग्रहण गरोस् ।”
אז יביאו אליו ילדים למען ישים עליהם את ידיו ויתפלל עליהם ויגערו בם התלמידים׃ | 13 |
त्यसपछि येशूले आफ्ना हात राखेर प्रार्थना गरिदिऊन् भनी उहाँकहाँ केही स-साना बालकहरूलाई ल्याइयो, तर चेलाहरूले तिनीहरूलाई हप्काए ।
והוא ישוע אמר הניחו לילדים ואל תמנעום מבוא אלי כי לאלה מלכות השמים׃ | 14 |
तथापि येशूले भन्नुभयो, “साना बालकहरूलाई अनुमति देओ र तिनीहरूलाई मकहाँ आउन नरोक किनभने स्वर्गको राज्य यिनीहरूकै हो ।”
וישם את ידיו עליהם ויעבר משם׃ | 15 |
अनि उहाँले तिनीहरूमाथि आफ्ना हात राख्नुभयो, र त्यसपछि त्यहाँबाट निस्कनुभयो ।
והנה איש נגש אליו ויאמר רבי הטוב אי זה הטוב אשר אעשנו לקנות חיי עולמים׃ (aiōnios ) | 16 |
हेर, एक जना मानिस येशूकहाँ आयो र भन्यो, “गुरुज्यू, मैले अनन्त जीवन प्राप्त गर्न के असल काम गर्नुपर्छ?” (aiōnios )
ויאמר אליו מה תקראני טוב אין טוב כי אם אחד האלהים ואם חפצך לבוא אל החיים שמר את המצות׃ | 17 |
येशूले उसलाई भन्नुभयो, “असल के हो भनेर तिमी मलाई किन सोध्छौ? एक मात्र असल हुनुहुन्छ, तर यदि तिमी जीवनमा प्रवेश गर्न चाहन्छौ भने, आज्ञाहरू पालन गर ।”
ויאמר אליו מה הנה ויאמר ישוע אלה הן לא תרצח לא תנאף לא תגנב לא תענה עד שקר׃ | 18 |
त्यो मानिसले उहाँलाई भन्यो, “कुन आज्ञाहरू?” येशूले भन्नुभयो, “हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झुटो गवाही नदिनू,
כבד את אביך ואת אמך ואהבת לרעך כמוך׃ | 19 |
आफ्ना बुबा र आमालाई आदर गर्नू, र आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू ।”
ויאמר אליו הבחור את כל אלה שמרתי מנעורי ומה חסרתי עוד׃ | 20 |
त्यो जवान मानिसले उहाँलाई भन्यो, “यी सबै कुरा त मैले पालना गरेकै छु । मैले अझै के गर्न आवश्यक छ?”
ויאמר ישוע אליו אם חפצך להיות שלם לך מכר את רכשך ותן לעניים והיה לך אוצר בשמים ושוב הלם ולך אחרי׃ | 21 |
येशूले उसलाई भन्नुभयो, “यदि तिमी सिद्ध हुने इच्छा गर्छौ भने, जाऊ, र तिमीसँग जे-जति छ त्यो बेच, र ती गरिबहरूलाई देऊ र तिमीले स्वर्गमा धन प्राप्त गर्नेछौ । त्यसपछि आएर मलाई पछ्याऊ ।”
ויהי כשמע הבחור את הדבר הזה וילך משם נעצב כי היו לו נכסים רבים׃ | 22 |
तर जब त्यस जवान मानिसले येशूले भन्नुभएको कुरा सुन्यो, ऊ साह्रै दुःखित भएर गइहाल्यो, किनभने ऊ धेरै सम्पत्ति भएको मानिस थियो ।
ויאמר ישוע אל תלמידיו אמן אמר אני לכם קשה לעשיר לבוא אל מלכות השמים׃ | 23 |
येशूले उहाँका चेलाहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न धेरै कठिन हुन्छ ।
ועוד אני אמר לכם כי נקל לגמל לעבר דרך נקב המחט מבא עשיר אל מלכות האלהים׃ | 24 |
म फेरि तिमीहरूलाई भन्दछु, “धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नु भन्दा त उँटलाई सियोको नाथ्रीबाट प्रवेश गर्न सजिलो हुन्छ ।”
והתלמידים כשמעם זאת השתוממו מאד ויאמרו מי אפוא יוכל להושע׃ | 25 |
जब चेलाहरूले यो सुने, तिनीहरू सार्है छक्क परे र भने, “त्यसो भए को बचाइन सक्छ?”
ויבט בן ישוע ויאמר להם מבני אדם יפלא הדבר אבל מהאלהים לא יפלא כל דבר׃ | 26 |
येशूले तिनीहरूलाई हेर्नुभयो र भन्नुभयो, “मानिसहरूका निम्ति त यो असम्भव छ, तर परमेश्वरको निम्ति सबै कुरा सम्भव छन् ।”
ויען פטרוס ויאמר אליו הן אנחנו עזבנו את הכל ונלך אחריך מה יהיה לנו׃ | 27 |
त्यसपछि पत्रुसले जवाफ दिए र उहाँलाई भने, “हेर्नुहोस्, हामीले सबै थोक त्यागेका छौँ र तपाईंलाई पछ्याएका छौँ । तब हामीले के पाउनेछौँ?”
ויאמר ישוע אליהם אמן אמר אני לכם אתם ההלכים אחרי בהתחדש הבריאה כאשר ישב בן האדם על כסא כבודו תשבו גם אתם על שנים עשר כסאות לשפט את שנים עשר שבטי ישראל׃ | 28 |
येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरू जसले मलाई पछ्याएका छौ, नयाँ जन्ममा जब मानिसका पुत्र इस्राएलका बाह्र कुलको न्याय गर्दै आफ्नो महिमाको सिंहासनमा बस्छन्, तिमीहरू पनि बाह्रवटा सिंहासनमा बस्नेछौ ।
וכל איש אשר עזב את בתיו ואת אחיו ואת אחיותיו ואת אביו ואת אמו ואת אשתו ואת בניו ואת שדותיו למען שמי הוא יקח מאה שערים וחיי עולמים יירש׃ (aiōnios ) | 29 |
प्रत्येक जसले मेरो नामको खातिर घरबार, दाजुभाइ, दिदी-बहिनीहरू, बुबा, आमा, बालबच्चाहरू वा देश त्यागेको छ, उसले सय गुणा प्राप्त गर्नेछ र अनन्त जीवनको अधिकार पाउनेछ । (aiōnios )
ואולם רבים מן הראשונים אשר יהיו אחרונים ומן האחרונים יהיו ראשונים׃ | 30 |
तर धेरै जना जो अहिले पहिला छन्, तिनीहरू पछि पर्नेछन्, र धेरै जना जो पछि परेका छन्, तिनीहरू पहिला हुनेछन् ।