< לוּקָס 2 >
ויהי בימים ההם ותצא דת מאת הקיסר אוגוסטוס לספר את כל ישבי תבל׃ | 1 |
ती दिनहरूमा रोमी साम्राज्यभित्र बस्ने सबै जनाको जनगणना गर्नू भनी कैसर अगस्टसले उर्दी जारी गरे ।
וזה המפקד היה הראשון בהיות קוריניוס שליט בסוריא׃ | 2 |
कुरेनियस सिरियाका हाकिम हुँदाको यो पहिलो जनगणना थियो ।
וילכו כלם להתפקד איש לעירו׃ | 3 |
त्यसैले, सबै जना आ-आफ्ना गाउँमा जनगणनाका लागि नाउँ दर्ता गर्न गए ।
ויעל גם יוסף מן הגליל מעיר נצרת אל יהודה לעיר דוד הנקראה בית לחם כי היה מבית דוד וממשפחתו׃ | 4 |
योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेममा गए, जुन ठाउँ दाऊदको सहरको नामले चिनिन्थ्यो, किनभने उनी दाऊदको वंशका थिए ।
להתפקד עם מרים המארשה לו והיא הרה׃ | 5 |
उनी मरियमसँगै दर्ता गर्न त्यहाँ गएका थिए, जससँग उनको मगनी भएको थियो र तिनले एउटा बालकको आशा गरेका थिए ।
ויהי בהיותם שם וימלאו ימיה ללדת׃ | 6 |
तिनीहरू त्यहीँ छँदा मरियमको बालक जन्माउने समय आयो ।
ותלד את בנה הבכור ותחתלהו ותשכיבהו באבוס כי לא היה להם מקום במלון׃ | 7 |
उनले आफ्नो पहिलो छोरा जन्माइन्, र कपडाले बेह्रिन् अनि जनावरहरूले खाने ठाउँमा राखिन् । किनभने तिनीहरूका निम्ति धर्मशालामा कुनै ठाउँ थिएन ।
ורעים היו בארץ ההיא לנים בשדה ושמרים את משמרות הלילה בעדרם׃ | 8 |
त्यस इलाकाको चौरमा राती आ-आफ्ना भेडाका रखवाली गर्दै गोठालाहरू बसिरहेका थिए ।
והנה מלאך יהוה נצב עליהם וכבוד יהוה הופיע עליהם מסביב וייראו יראה גדולה׃ | 9 |
एक्कासि, तिनीहरूकहाँ परमप्रभुका एउटा दूत देखा परे, र तिनीहरूका वरिपरि परमप्रभुको महिमा चम्किरहेको थियो, र तिनीहरू साह्रै भयभीत भए ।
ויאמר אליהם המלאך אל תיראו כי הנני מבשר אתכם שמחה גדולה אשר תהיה לכל העם׃ | 10 |
तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराऊ, किनभने आज म तिमीहरूलाई बडो आनन्दको सुसमाचार घोषणा गर्छु, जसले सबै मानिसहरूलाई ठुलो आनन्द दिनेछ ।
כי היום ילד לכם בעיר דוד מושיע אשר הוא המשיח האדון׃ | 11 |
आज तिमीहरूका निम्ति दाऊदको सहरमा एउटा मुक्तिदाताको जन्म भएको छ । उहाँ ख्रीष्ट प्रभु हुनुहुन्छ ।
וזה לכם האות תמצאון ילד מחתל ומנח באבוס׃ | 12 |
तिमीहरूलाई चिह्नचाहिँ यो दिइएको छ, कि तिमीहरूले बालकलाई कपडाले बेह्रेरेर जनावरहरूलाई खुवाउने डुँडमा सुताइरहेको भेट्टाउनेछौ ।”
ויהי פתאם אצל המלאך המון צבא השמים והם משבחים את האלהים ואמרים׃ | 13 |
एक्कासि ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा ठुलो दल देखा पर्यो र तिनीहरूले यसो भन्दै परमेश्वरको प्रंशसा गरे ।
כבוד במרומים לאלהים ובארץ שלום בבני אדם רצונו׃ | 14 |
“सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई शान्ति ।”
ויהי כאשר עלו מעליהם המלאכים השמימה ויאמרו הרעים איש אל רעהו נעברה נא עד בית לחם ונראה המעשה הזה אשר הודיענו יהוה׃ | 15 |
जब परमप्रभुका स्वर्गदूतहरू स्वर्ग फर्के, तब गोठालाहरूले एक-अर्कालाई भने, “परमप्रभुबाट हामीलाई प्रकट गरिएको र घटेको यस घटनालाई बताउन बेथलेहेममा जाऊँ र हेरौँ ।”
וימהרו לבוא וימצאו את מרים ואת יוסף ואת הילד שכב באבוס׃ | 16 |
तब तिनीहरू हतार-हतार गर्दै त्यहाँ गए, अनि योसेफ र मरियमलाई भेटे । तिनीहरूले बालकलाई दाना खुवाउने डुँडमा सुताइरहेको देखे ।
ויראו וישמיעו את הדבר הנאמר אליהם על הגער הזה׃ | 17 |
तिनीहरूले यसलाई देखे पछि, बालकको बारेमा बताइएका सबै कुरा मानिसहरूलाई बताए ।
וכל השמעים תמהו על הדברים אשר דברו אליהם הרעים׃ | 18 |
गोठालाहरूद्वारा भनिएका कुरा सुन्नेहरू जति सबै जना आश्चर्य चकित भए ।
ומרים שמרה את הדברים האלה ותחשבם בלבה׃ | 19 |
तर मरियमले सुनेका सबै कुराहरूको बारेमा सोच्दै गरिन् र उनले आफ्नो मनमै राखिन् ।
וישובו הרעים מהללים ומשבחים את האלהים על כל אשר שמעו וראו כפי אשר נאמר אליהם׃ | 20 |
तिनीहरूलाई भनेअनुसार सुनेका र देखेका हरेक कुराका निम्ति परमेश्वरलाई महिमा दिँदै र प्रशंसा गर्दै फर्के ।
ויהי במלאת לנער שמנה ימים וימול ויקרא שמו ישוע כשם אשר קרא לו המלאך בטרם הרה בבטן׃ | 21 |
जब आठौँ दिन भयो, तब बालकको खतना गर्ने समय भयो । तिनीहरूले उहाँको नाउँ येशू राखे, जुन नाउँ स्वर्गदूतद्वारा उहाँ गर्भधारण हुनुभन्दा अगि दिइएको थियो ।
וימלאו ימי טהרה לפי תורת משה ויעלהו לירושלים להעמידו לפני יהוה׃ | 22 |
मोशाको व्यवस्थाअनुसार तोकिएका शुद्धिकरणका दिनहरू सकिएपछि, योसेफ र मरियमले सानो बालकलाई परमप्रभुको उपस्थितिमा यरूशलेममा ल्याए ।
כאשר כתוב בתורת יהוה כל זכר פטר רחם יקרא קדש ליהוה׃ | 23 |
परमप्रभुको व्यवस्थामा लेखिएझैँ “पहिलो जन्मेको प्रत्येक पुरुष परमप्रभुमा अर्पण गर्नुपर्थ्यो ।”
ולתת קרבן כאמור בתורת יהוה שתי תרים או שני בני יונה׃ | 24 |
तिनीहरूले परमप्रभुको व्यवस्थामा भनेअनुसार “एक जोडी ढुकुर र दुईवटा परेवा बलिदान चढाउन लिएर आए ।”
והנה איש היה בירושלים ושמו שמעון והוא איש צדיק וחסיד מחכה לנחמת ישראל ורוח הקדש היה עליו׃ | 25 |
हेर, यरूशलेममा एक जना सिमियोन नाउँ गरेका व्यक्ति थिए । उनी धर्मी र ईश्वरभक्त मानिस थिए । उनले इस्राएलका सान्त्वना दाताको प्रतीक्षा गरिराखेका थिए र पवित्र आत्मा उनीमाथि हुनुहुन्थ्यो ।
ולו נגלה ברוח הקדש כי לא יראה מות עד ראותו את משיח יהוה׃ | 26 |
पवित्र आत्माद्वारा उनलाई यो प्रकट गराइएको थियो कि परमप्रभुका ख्रीष्टलाई नदेखेसम्म उनको मृत्यु हुनेछैन ।
ויבא ברוח אל המקדש ויהי כאשר הביאו הוריו את הנער ישוע לעשות עליו כמשפט התורה׃ | 27 |
एक दिन तिनी मन्दिरमा पवित्र आत्माको अगुवाइमा आए । व्यवस्थाले जे माग गरेको थियो, त्यो पुरा गर्न आमाबुबाद्वारा बालक येशूलाई मन्दिरमा ल्याइयो ।
ויקחהו על זרעותיו ויברך את האלהים ויאמר׃ | 28 |
त्यसपछि शिमियोनले बालक येशूलाई काखमा लिएर परमेश्वरको प्रशंसा गर्दै भने,
עתה תפטר את עבדך כדברך אדני בשלום׃ | 29 |
“तपाईंको वचनअनुसार, अब हे परमप्रभु, आफ्ना दासलाई शान्तिसँग बिदा दिनुहोस् ।
כי ראו עיני את ישועתך׃ | 30 |
किनभने मेरा आँखाले तपाईंको उद्धारलाई देखेका छन्,
אשר הכינות לפני כל העמים׃ | 31 |
जुन तपाईंले सबै मानिसहरूको दृष्टिमा तयार गर्नुभएको छ ।
אור לגלות עיני הגוים ותפארת ישראל עמך׃ | 32 |
तपाईंका जन इस्राएलीहरूका महिमा र अन्यजातिहरूलाई प्रकाश दिने ज्योति हुनुहुन्छ ।”
ויוסף ואמו תמהים על הדברים הנאמרים עליו׃ | 33 |
बालकका बुबाआमा बालकका विषयमा भनिएका कुरामा अचम्मित भए ।
ויברך אותם שמעון ויאמר אל מרים אמו הנה זה מוסד לנפילה ולתקומה לרבים בישראל ולאות מריבה׃ | 34 |
त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए र उहाँकी आमा मरियमलाई भने, “होसियारीसँग सुन, यो बालक इस्राएलमा धेरैको उत्थान र पतनका निम्ति र धेरैको विरुद्धमा बोलिने चिह्नको निम्ति नियुक्त गरिएको छ ।
וגם בנפשך תחתר חרב למען תגלינה מחשבות לבב רבים׃ | 35 |
साथै तरवारले तिम्रो आफ्नै प्राण छेड्नेछ, ताकि धेरैका हृदयका विचारहरू प्रकट होऊन् ।”
ותהי שם חנה אשה נביאה בת פנואל משבט אשר והיא באה בימים וחיתה עם בעלה שבע שנים אחרי בתוליה׃ | 36 |
एक जना हन्ना नामकी अगमवादिनी पनि त्यहाँ थिइन् । उनी आशेर कुलकी फनुएलकी छोरी थिइन् । उनी धेरै वृद्ध भइसकेकी थिइन् । विवाहपछि उनी जम्मा सात वर्ष आफ्ना पतिसँग बसेकी थिइन् ।
והיא אלמנה כארבע ושמנים שנה ולא משה מן המקדש ובצום ובתחנונים עבדה את האלהים לילה ויום׃ | 37 |
त्यसपछि उनी चौरासी वर्ष विधवा नै रहिन् । उनले मन्दिर कहिल्यै नछोडी निरन्तर दिनरात प्रार्थना र उपवास गर्दै परमेश्वरको आराधना गर्दै रहिन् ।
ותקם בשעה ההיא ותגש להדות ליהוה ותדבר עליו באזני כל המחכים לגאלה בירושלים׃ | 38 |
त्यही समयमा उनी त्यहाँ आइन् र परमेश्वरलाई धन्यवाद चढाउन थालिन् । यरूशलेमको उद्धार पर्खिरहेका हरेकलाई उनले बालकको बारेमा बताइन् ।
ויכלו את הכל כפי תורת יהוה וישובו הגלילה אל נצרת עירם׃ | 39 |
परमप्रभुको व्यवस्थाले बताएबमोजिम जब तिनीहरूले सबै काम सिद्धयाए, उनीहरू आफ्नै सहर गालीलको नासरतमा फर्के ।
ויגדל הנער ויחזק ברוח וימלא חכמה וחסד אלהים עמו׃ | 40 |
बालक बुद्धिमा र कदमा बढ्दै जानुभयो, र परमप्रभुको अनुग्रह उहाँमाथि थियो ।
ועלו הוריו ירושלים שנה בשנה לחג הפסח׃ | 41 |
उहाँका आमाबुबा निस्तार-चाड मनाउनका निम्ति हरेक वर्ष यरूशलेममा जान्थे ।
ויהי בהיותו בן שתים עשרה שנה ויעלו ירושלים כמשפט החג׃ | 42 |
जब उहाँ बाह्र वर्षको हुनुहुन्थ्यो, तिनीहरू सधैँझैँ चाड मनाउनका निम्ति फेरि गए ।
וימלאו את הימים וישובו ויותר ישוע הנער בירושלים ויוסף ואמו לא ידעו׃ | 43 |
चाडका पुरा दिनहरू त्यहाँ बिताएपछि तिनीहरू आफ्ना घर फर्किन थाले, तर बालक येशू यरूशलेममा नै रहनुभयो जुन कुरा उहाँका बुबाआमालाई थाहा थिएन ।
ויחשבו כי עם חבל הארחים הוא וילכו כדרך יום ויבקשהו בין הקרובים והמידעים׃ | 44 |
तर तिनीहरूले बालक येशू यात्रीहरूकै दलमा हुनुहुन्छ भनी विचार गरे र एक दिनको यात्रा गरी सिद्धायाए । त्यसपछि उनीहरूले उहाँलाई नातेदार र साथीहरूको बिचमा खोज्न थाले ।
ולא מצאהו וישבו ירושלים לבקשו׃ | 45 |
जब उनीहरूले उहाँलाई भेट्टाएनन्, यरूशलेममा फर्केर उहाँलाई खोज्न थाले ।
ויהי אחרי שלשת ימים וימצאהו במקדש ישב בתוך המורים שמע אליהם ושאל אתם׃ | 46 |
तिन दिनपछि, उनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूको बिचमा सुन्दै र तिनीहरूलाई प्रश्न गर्दै गरेको भेट्टाए ।
וכל השמעים אליו השתוממו על שכלו ועל תשובתיו׃ | 47 |
जतिले उहाँका कुरा सुन्थे, उहाँको समझशक्ति र जवाफमा आश्चर्य चकित हुन्थे ।
ויהי כראותם אתו ויחרדו ותאמר אליו אמו בני מדוע ככה עשית לנו הנה אביך ואנכי בעצבת לב בקשנוך׃ | 48 |
जब उनीहरूले उहाँलाई देखे, तब अचम्मित भए । उहाँकी आमा मरियमले उहाँलाई भनिन् “छोरा, किन तिमीले हामीसँग यस्तो व्यवहार गर्यौ? सुन! तिम्रा बुबा र मैले कति चिन्तित हुँदै तिमीलाई खोजिरहेका थियौँ ।”
ויאמר אליהם למה זה בקשתם אתי הלא ידעתם כי עלי להיות באשר לאבי׃ | 49 |
उहाँले उनीहरूलाई भन्नुभयो, “तपाईंहरूले मलाई किन खोजिरहनुभएको? म मेरा पिताको घरमा हुनुपर्छ भनेर के तपाईंहरूलाई थाहा छैन?”
והם לא הבינו את הדבר אשר דבר אליהם׃ | 50 |
तर उहाँले उनीहरूलाई के भन्नुभएको थियो भनी उनीहरूले बुझ्न सकेनन् ।
וירד אתם ויבא אל נצרת ויכנע להם ואמו שמרה בלבה את כל הדברים האלה׃ | 51 |
त्यसपछि उहाँ तिनीहरूसँग आफ्नो घर नासरत फर्कनुभयो र आज्ञाकारी भई रहनुभयो । उहाँकी आमाले यी सबै कुरा मनमै राखिन् ।
וישוע הלך וגדל בחכמה ומקומה ובחן עם אלהים ועם אנשים׃ | 52 |
तर येशू बुद्धिमा, कदमा र परमेश्वर अनि मानिसको निगाहमा निरन्तर बढ्दै जानुभयो ।