< לוּקָס 13 >
ויבאו אנשים בעת ההיא ויגידו לו על דבר הגלילים אשר פילטוס ערב דמם עם זבחיהם׃ | 1 |
त्यस बेला, केही मानिसहरूले उहाँलाई पिलातसले तिमीहरूको रगत तिनीहरूको आफ्नै बलिदानसँग मिसाइदिएका गालीलीहरूबारे बताए ।
ויען ישוע ויאמר אליהם החשבים אתם כי הגלילים האלה היו חטאים מכל אנשי הגליל על אשר באה כזאת עליהם׃ | 2 |
येशूले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो, “के ती गालीलीहरूले यस्तो भोगेकाले तिनीहरू अरू गालीलीहरूभन्दा पापी थिए भन्ने तिमीहरू सोच्छौँ?
לא כי אמר אני לכם אם לא תשובו תאבדו כלכם גם אתם׃ | 3 |
होइन, म तिमीहरूलाई भन्छु । तर यदि तिमीहरूले पनि पश्चात्ताप गरेनौ भने, तिमीहरू पनि यसरी नै नष्ट हुनेछौ ।
או שמנה העשר ההם אשר נפל עליהם המגדל בשלח וימיתם החשבים אתם כי היו אשמים מכל האנשים הישבים בירושלים׃ | 4 |
वा सिलोआमको धरहरा भत्केर मरेका अठार जना मानिस, यरूशलेमका अरू मानिसहरूभन्दा बढी पापी थिए भन्ने लाग्छ?
לא כי אמר אני לכם אם לא תשובו תאבדו כלכם גם אתם׃ | 5 |
म भन्छु, होइन । तर यदि तिमीहरूले पश्चात्ताप गरेनौ भने, तिमीहरू पनि यसरी नै नष्ट हुनेछौ ।
וישא משלו ויאמר איש אחד היתה לו תאנה נטועה בכרמו ויבא לבקש בה פרי ולא מצא׃ | 6 |
येशूले यो दृष्टान्त भन्नुभयो, “कसैले उसको दाखबारीमा दाख रोप्न लगायो र त्यसमा केही फलहरू खोज्न आयो, तर उसले केही पनि पाएन ।
ויאמר אל הכרם הנה זה שלש שנים אנכי בא לבקש פרי בתאנה הזאת ואינני מוצא גדע אותה למה זה תשחית את האדמה׃ | 7 |
त्यो मानिसले त्यसको हेरचाह गर्नेलाई भन्यो, ‘हेर, मैले यो दाखको रुखमा तिन वर्षदेखि फल खोजेको छु, तर कुनै पनि फल पाइनँ । यसलाई ढाल । जमिनलाई किन खेर फाल्ने?’
ויען ויאמר אליו אדני הניחה אתה עוד השנה הזאת עד כי אעדר ושמתי דמן סביבותיה׃ | 8 |
त्यसको हेरचाह गर्नेले जवाफ दिएर भन्यो, ‘यस वर्ष यसै होस् । म यसको वरिपरि खनेर मल हाल्नेछु ।
אולי תעשה פרי ואם לא בשנה הבאה תגדענה׃ | 9 |
यसले अर्को वर्ष फल फलायो भने, ठिक छ; तर यदि फल फलाएन भने, ढाल्नुहोस्’ ।”
ויהי הוא מלמד בשבת באחד מבתי הכנסיות׃ | 10 |
यस बेला येशू विश्रामको समयमा एउटा सभाघरमा सिकाउँदै हुनुहुन्थ्यो ।
והנה אשה טעונת רוח חלי כשמנה עשרה שנה ותהי כפופה ולא יכלה לקום קומה זקופה׃ | 11 |
हेर, त्यहाँ अठार वर्षदेखि दुर्बलताको अशुद्ध आत्माले सताएइकी एउटी स्त्री थिइन् र तिनी कुप्रो भएर पूर्ण रूपमा उभिन सक्दिन थिइन् ।
ויהי בראות אתה ישוע ויקרא אליה ויאמר לה אשה החלצי מחליך׃ | 12 |
जब येशूले तिनलाई देख्नुभयो, उहाँले तिनलाई बोलाउनुभयो र भन्नुभयो, “तिम्रो दुर्बलताबाट छुटकारा पाऊ ।”
וישם את ידיו עליה וכרגע קמה ותתעודד ותשבח את האלהים׃ | 13 |
उहाँले तिनीमाथि हात राख्नुभयो र तिनी तत्कालै सोझो भएर उभिन् र परमेश्वरको महिमा गरिन् ।
ויכעס ראש הכנסת על אשר רפא ישוע בשבת ויען ויאמר אל העם ששת ימים הם אשר תעשה בהם מלאכה לכן באלה באו והרפאו ולא ביום השבת׃ | 14 |
तर सभाघरका शासकहरू क्रूद्ध भए, किनभने येशूले विश्रामको दिनमा निको पार्नुभएको थियो । त्यसैले, शासकले जवाफ दिएर भिडलाई भने, “काम गर्नको निम्ति छ दिन छन् । यसैले, विश्रामको दिन होइन, अरू दिनमा आओ र निको होओ ।”
ויען האדון ויאמר אליו החנף איש איש מכם הלא יתיר בשבת את שורו או את חמרו מן האבוס ויוליכהו להשקתו׃ | 15 |
प्रभुले जवाफ दिएर भन्नुभयो, “पाखण्डीहरू हो! के तिमीहरू हरेकले विश्रामको दिनमा तिमीहरूका गधा वा गाईलाई फुकाएर पानी खुवाउन लाँदैनौ र?
וזאת אשר היא בת אברהם ואשר השטן אסרה זה שמנה עשרה שנה הלא תתר ממוסרותיה ביום השבת׃ | 16 |
त्यसैले, यी अब्राहामकी छोरी जसलाई अठार वर्षदेखि शैतानले बन्धनमा पारेको छ, के तिनको बन्धन विश्रामको दिनमा नै फुकाल्नु पर्दैन र?”
ויהי כאמרו את הדברים האלה נכלמו כל מתקוממיו וישמח כל העם על כל הנפלאות הנעשות על ידו׃ | 17 |
जब उहाँले यी कुराहरू भन्नुभयो, उहाँका विरोध गर्नेहरू सबै लज्जित भए, तर सम्पूर्ण भिड उहाँले गर्नुभएका यी सबै महिमामय कार्यहरूमा आनन्दित भए ।
ויאמר למה דומה מלכות האלהים ואל מה אמשילנה׃ | 18 |
तब येशूले भन्नुभयो, “परमेश्वरको राज्य केजस्तो छ र म यसलाई केसँग तुलना गर्न सक्छु?
דומה היא לגרגר של חרדל אשר לקחו איש וישימהו בגנו ויצמח ויהי לעץ גדול ועוף השמים יקנן בענפיו׃ | 19 |
यो एउटा रायोको बिउजस्तो हो, जसलाई एउटा मानिसले उसको करेसाबारीमा लगेर छरे र यो एउटा ठुलो बिरुवा भयो र आकाशका चराहरूले यसका हाँगाहरूमा गुँड बनाए ।”
ויאמר עוד אל מה אדמה את מלכות האלהים׃ | 20 |
उहाँले फेरि भन्नुभयो, “परमेश्वरको राज्यलाई म केसँग तुलना गर्न सक्छु?
דומה היא לשאר אשר לקחתו אשה ותטמנהו בשלש סאים קמח עד כי יחמץ כלו׃ | 21 |
यो एउटा स्त्रीले खमिरलाई लिएर तिन मुठी पिठोमा यसलाई नफुलेसम्म मिसाएजस्तो हो ।”
ויעבר בערים ובכפרים עבור ולמד וישם את דרכו לבוא ירושלים׃ | 22 |
येशू यरूशलेम जाने बाटोमा पर्ने हरेक सहर र गाउँमा घुम्नुभयो र तिनीहरूलाई सिकाउनुभयो ।
וישאלהו איש לאמר אדנינו המעט הם הנושעים׃ | 23 |
कसैले उहाँलाई भन्यो, “प्रभु, के थोरै मानिसहरू मात्र बचाइन्छन् त?” त्यसैले उहाँले तिनीहरूलाई भन्नुभयो,
ויאמר אליהם התאמצו לבוא בפתח הצר כי אמר אני לכם רבים יבקשו לבוא ולא יוכלו׃ | 24 |
“साँगुरो ढोका भएर पस्ने कोसिस गर, किनभने धेरैले प्रयास गर्नेछन्, तर पस्न सक्षम हुनेछैनन् ।
והיה מיום אשר יקום בעל הבית וסגר את הדלת ותחלו לעמד בחוץ ולדפק על הדלת לאמר אדנינו אדנינו פתח לנו וענה ואמר אליכם אינני יודע אתכם מאין אתם׃ | 25 |
एक पटक घरको मालिक उठेर ढोका थुनेपछि, तिमीहरू बाहिर उभिएर ढोका ढक्ढक्याउँदै यसो भन्नेछौ, ‘प्रभु, हामीलाई भित्र आउन दिनुहोस् ।’ अनि उहाँले जवाफ दिएर तिमीहरूलाई भन्नुहुनेछ, ‘म तिमीहरूलाई चिन्दिनँ अर्थात् तिमी कहाँबाट आएको?’
אז תחלו לאמר אכלנו ושתינו לפניך וברחבותינו למדת׃ | 26 |
तब तिमीहरूले भन्नेछौ, ‘हामीले तपाईंसँगै खायौँ, पियौँ र तपाईंले हाम्रा गल्लीहरूमा सिकाउनुभयो ।’
ויאמר אני אמר לכם אינני יודע אתכם מאין אתם סורו ממני כל פעלי האון׃ | 27 |
तर उहाँले जवाफ दिनुहुनेछ, ‘म तिमीहरूलाई भन्दछु, कि तिमीहरू कहाँबाट आएका हौ, म चिन्दिनँ । दुष्टहरू हो, मबाट गइहाल् ।’
ושם תהיה היללה וחרק השנים כאשר תראו את אברהם ויצחק ויעקב ואת כל הנביאים במלכות האלהים ואתם מגרשים החוצה׃ | 28 |
जब तिमीहरूले परमेश्वरको राज्यमा अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्ताहरूलाई देख्नेछौ, तिमीहरूलाई बाहिर फ्याँकिनेछ जहाँ रुवाइ र दाँत किटाइ हुनेछ ।
ויבאו ממזרח וממערב ומצפון ומדרום ויסבו במלכות האלהים׃ | 29 |
तिनीहरू पूर्व, पश्चिम, उत्तर र दक्षिणबाट आइपुग्नेछन् र परमेश्वरको राज्यको भोजमा रमाउनेछन् ।
והנה יש אחרונים אשר יהיו ראשונים וראשונים אשר יהיו אחרונים׃ | 30 |
र अब, यो जान कि अन्तिमको पहिलो हुनेछ र पहिलोचाहिँ अन्तिम हुनेछ ।
ביום ההוא נגשו מן הפרושים ויאמרו אליו צא ולך מזה כי הורדוס מבקש להרגך׃ | 31 |
लगतै केही फरिसीहरू आए र उहाँलाई भने, “यहाँबाट जानुहोस्, यसलाई छोड्नुहोस्, किनभने हेरोदले तपाईंलाई मार्न चाहन्छन् ।”
ויאמר אליהם לכו ואמרו אל השועל הזה הנני מגרש שדים ופעל רפואות היום ומחר ובשלישי אבא עד קצי׃ | 32 |
येशूले भन्नुभयो, “जाऊ र त्यो फ्याउरोलाई भन, हेर, मैले आज र भोलि भूतहरू निकाल्छु र निको पार्नेछु र तेस्रो दिन मेरो लक्ष्य पुरा गर्नेछु ।
אבל הלוך אלך היום ומחר וממחרתו כי לא יתכן אשר יאבד נביא מחוץ לירושלים׃ | 33 |
आज, भोलि र पर्सि मैले निरन्तरता दिनु आवश्यक छ, किनभने यरूशलेमबाट टाढामा एउटा अगमवक्ताहरूलाई मार्नु ग्रहणयोग्य हुँदैन ।
ירושלים ירושלים ההרגת את הנביאים והסקלת את הנשלחים אליה כמה פעמים חפצתי לקבץ את בניך כאשר תקבץ התרנגלת את אפרוחיה תחת כנפיה ואתם לא אביתם׃ | 34 |
त्यहाँ पठाइएका अगमवक्ताहरूलाई मार्ने, ढुङ्गाले हान्ने हे यरूशलेम! मैले एउटा पोथीले आफ्ना चल्लाहरूलाई बटुलेझैँ तेरा सन्तानहरूलाई बटुल्न कति पटक इच्छा गरेँ, तर तैँले मानिनस् ।
הנה ביתכם יעזב לכם שמם ואני אמר לכם כי ראה לא תראוני עד בוא העת אשר תאמרו ברוך הבא בשם יהוה׃ | 35 |
हेर, तेरो घर त्यागिएको छ । म तिमीहरूलाई भन्छु, तिमीहरूले यसो नभनेसम्म तिमीहरूले मलाई देख्नेछैनौ, “परमप्रभुको नाउँमा आउने धन्यको हो ।”