< ג'ון 8 >

וישוע הלך אל הר הזיתים׃ 1
[नोटः यूहन्‍ना ७:५३-८:११ को टिप्पणीबारे माथि हेर्नुहोस्, येशू जैतून डाँडामा जानुभयो । ]
ויהי בבקר ויבא עוד אל המקדש וכל העם באו אליו וישב וילמדם׃ 2
बिहानै सबेरै उहाँ फेरि मन्दिरमा आउनुभयो, र सबै मानिसहरू आए; उहाँ बस्‍नुभयो, र तिनीहरूलाई सिकाउनुभयो ।
ויביאו הסופרים והפרושים אשה לפניו אשר נתפשה בשטותה ויעמידוה בתוך׃ 3
शास्‍त्री र फरिसीहरूले व्यभिचारको काममा पक्राउ परेकी एउटी स्‍त्री ल्याए । तिनीहरूले त्यसलाई बिचमा राखे ।
ויאמרו אליו רבי האשה הזאת נתפשה כשנטמאת בנאופיה׃ 4
[नोटः यूहन्‍ना ७:५३-८:११ को टिप्‍णीबारे माथि हेर्नुहोस्], त्यसपछि तिनीहरूले येशूलाई भने, “गुरुज्यू, यो स्‍त्री व्यभिचारको काममा पक्राउ परेकी छे ।
ומשה צונו בתורה לסקל נשים כאלה ואתה מה תאמר׃ 5
व्यवस्थामा मोशाले यस्ता मानिसलाई ढुङ्गाले हान्‍ने आज्ञा दिएका छन्; यिनको विषयमा तपाईं के भन्‍नुहुन्छ?”
ואך לנסות אתו דברו זאת למצא עליו שטנה ויכף ישוע למטה ויתו באצבעו על הקרקע׃ 6
तिनीहरूले येशूलाई फन्दामा पार्नलाई यसो भनेका थिए, ताकि तिनीहरूले उहाँलाई केही कुराको बारेमा दोष लगाउन सकून्, तर येशू निहुरेर आफ्नो औँलाले जमिनमा लेख्‍नुभयो ।
ויהי כאשר הוסיפו לשאל אתו וישא את עיניו ויאמר אליהם מי בכם זך בלי פשע הוא ראשונה ידה בה אבן׃ 7
[नोट यूहन्‍ना ७:५३-८:११ को टिप्‍णीबारे माथि हेर्नुहोस्], जब तिनीहरूले उहाँलाई निरन्तर सोधिरहे, उहाँ खडा हुनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्ये पापविनाको जो छ ढुङ्गाले हान्‍नमा त्यही नै पहिलो होस् ।”
ויכף שנית למטה ויתו על הקרקע׃ 8
उहाँ फेरि निहुरनुभयो र आफ्नो औँलाले जमिनमा लेख्‍नुभयो ।
ויהי כשמעם ויך לבם אתם ויצאו אחד אחד החוצה החל מן הזקנים ועד האחרונים ויותר ישוע לבדו והאשה נצבת בתוך׃ 9
[नोट यूहन्‍ना ७:५३-८:११ को टिप्‍णीबारे माथि हेर्नुहोस्], जब तिनीहरूले यो सुने, ठुलादेखि सुरु गरेर एक-एक गर्दै तिनीहरू गए । अन्तमा माझमा राखिएकी ती स्‍त्रीसँग येशू मात्र छोडिनुभएको थियो ।
וישא ישוע את עיניו וירא כי אין איש בלתי האשה לבדה ויאמר אליה אשה איפה שטניך הכי הרשיעך איש׃ 10
येशू खडा हुनुभयो र त्यसलाई भन्‍नुभयो, “हे नारी, तिमीलाई दोष लगाउनेहरू कहाँ छन्? के कसैले तिमीलाई दण्‍ड दिएन?”
ותאמר לא אדני ויאמר לכן גם אני לא ארשיעך לכי לדרכך ואל תחטאי עוד׃ 11
त्यसले भनी, “कसैले दिएन, प्रभु” येशूले भन्‍नुभयो, “न त म पनि तिमीलाई दण्ड दिन्छु । जाऊ, र कुनै पाप नगर ।” ]
ויסף ישוע וידבר אליהם לאמר אני אור העולם כל ההלך אחרי לא יתהלך בחשכה כי אור החיים יהיה לו׃ 12
फेरि येशूले तिनीहरूलाई यसो भन्‍नुभयो, “म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँड्‌डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ ।”
ויאמרו הפרושים על נשפך מעיד אתה עדותך איננה נאמנה׃ 13
फरिसीहरूले उहाँलाई भने, “तिमी आफैँ आफ्नो बारेमा गवाही दिइरहेका छौ; तिम्रो गवाही सत्य होइन ।”
ויען ישוע ויאמר אליהם אף אם אעיד על נפשי עדותי נאמנה יען כי ידעתי מאין באתי ואנה אני הלך ואתם לא ידעתם מאין באתי ואנה אלך׃ 14
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “म आफैँले आफ्नो बारेमा गवाही दिए तापनि मेरो गवाही सत्य छ । म जान्दछु, कि म कहाँबाट आएँ र म कहाँ जाँदै छु, तर म कहाँबाट आएँ र कहाँ जाँदै छु, तिमीहरू जान्दैनौ ।
אתם לפי הבשר תשפטו ואני לא אשפט איש׃ 15
तिमीहरू शरीरअनुसार न्याय गर्छौ, तर म कसैको न्याय गर्दिनँ ।
ואם אנכי אשפט משפטי אמת כי לא לבדי הנני כי אם אני והאב אשר שלחני׃ 16
तैपनि मैले न्याय गरेँ भने मेरो न्याय सत्य हुन्छ, किनकि म एकलै छैनँ, तर म मलाई पठाउनुहुने पितासँग छु ।
וגם בתורתכם כתוב כי עדות שני אנשים נאמנה היא׃ 17
हो, दुई जना मानिसको गवाही सत्य हुन्छ भनी तिमीहरूको व्यवस्थामा लेखिएको छ ।
אני הוא המעיד עלי וגם האב אשר שלחני יעידני׃ 18
मेरो आफ्नैबारे गवाही दिने म नै हुँ, र मलाई पठाउनुहुने मेरा पिताले मेरो बारेमा गवाही दिनुहुन्छ ।”
ויאמרו אליו איו אביך ויען ישוע גם אתי גם את אבי לא ידעתם אלו אתי ידעתם כי עתה גם את אבי ידעתם׃ 19
तिनीहरूले उहाँलाई भने, “तिम्रा पिता कहाँ छन्?” येशूले जवाफ दिनुभयो, “तिमीहरूले न मलाई न त मेरा पितालाई चिन्छौ, तिमीहरूले मलाई चिनेका थियौ भने तिमीहरूले मेरा पितालाई पनि चिनेका हुन्थ्यौ ।”
כדברים האלה דבר בבית האוצר בלמדו במקדש ולא תפשו איש כי לא בא עתו׃ 20
उहाँले मन्दिरमा सिकाउनुहुँदा यी वचनहरू ढुकुटीमा भन्‍नुभयो र कसैले उहाँलाई पक्रेन, किनभने उहाँको समय अझै आएको थिएन ।
ויוסף ישוע ויאמר אליהם אני הלך מזה ותבקשוני ובחטאתכם תמותו אל אשר אני הלך שמה אתם לא תוכלו לבוא׃ 21
त्यसैले, उहाँले फेरि तिनीहरूलाई भन्‍नुभयो, “म जाँदै छु; तिमीहरूले मलाई खोज्‍नेछौ । र तिमीहरूको पापमा मर्नेछौ । जहाँ म जाँदै छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ ।”
ויאמרו היהודים ההמת ימית את נפשו כי אמר אל אשר אני הולך שמה אתם לא תוכלו לבוא׃ 22
यहूदीहरूले भने, “के यसले आफैँलाई मार्नेछ? के यसले त्यसैले ‘म जहाँ जाँदै छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ’ भनेको हो?”
ויאמר אליהם אתם הנכם מן התחתונים ואני מן העליונים אתם מן העולם הזה ואני אינני מן העולם הזה׃ 23
येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू तलका हौ, म माथिको हुँ । तिमीहरू यस संसारका हौ, म यस संसारको होइनँ ।
לכן אמרתי אליכם כי תמותו בחטאיכם כי אם לא תאמינו כי אני הוא בחטאיכם תמותו׃ 24
यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्नो पापमा नै मर्नेछौ, किनभने म उही हुँ भनी तिमीहरूले विश्‍वास नगरेसम्म तिमीहरू आफ्नो पापमा नै मर्नेछौ ।”
ויאמרו אליו מי זה אתה ויאמר אליהם ישוע מה שגם מראש דברתי אליכם׃ 25
यसकारण तिनीहरूले उहाँलाई भने “तिमी को हौ?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूलाई सुरुदेखि जे भनेको छु, म उही हुँ ।
רבות עמי לדבר ולשפט עליכם אכן שלחי נאמן הוא ואשר שמעתי ממנו אתו אני מדבר אל העולם׃ 26
मैले तिमीहरूबारे भन्‍नु र न्याय गर्नु धेरै छ, तापनि मलाई पठाउनुहुने सत्य हनुहुन्छ, र मैले उहाँबाट सुनेका यी कुराहरू नै म संसारलाई भन्छु ।”
והם לא התבוננו כי על האב אמר אליהם׃ 27
उहाँले पिताको बारेमा कुरा गर्दै हुनुहुन्छ भनी तिनीहरूले बुझेनन् ।
אז אמר להם ישוע בעת תנשאו את בן האדם וידעתם כי אני הוא וכי אינני עשה דבר מנפשי כי אם כאשר למדני אבי אלה אדבר׃ 28
येशूले भन्‍नुभयो, “तिमीहरूले मानिसका पुत्रलाई माथि उचालेपछि म उही हुँ र म आफैँ केही पनि गर्दिनँ भन्‍ने तिमीहरूले जान्‍नेछौ । जसरी पिताले मलाई यी कुराहरू सिकाउनुभयो, त्यसरी नै म यी कुराहरू बोल्छु ।
ואשר שלח אתי הוא עמדי האב לא עזבני לבדד כי את הטוב בעיניו אני עשה תמיד׃ 29
मलाई पठाउनुहुने मसँग हुनुहुन्छ, र उहाँले मलाई एकलै छाड्नुभएको छैन, किनभने म सदैव उहाँलाई प्रसन्‍न पार्ने काम गर्छु ।”
ויהי בדברו זאת ויאמינו בו רבים׃ 30
येशूले यी कुराहरू भन्दै गर्नुहुँदा धेरैले उहाँमा विश्‍वास गरे ।
ויאמר ישוע אל היהודים המאמינים בו אם תעמדו בדברי באמת תלמידי אתם׃ 31
येशूले उहाँमा विश्‍वास गर्ने यहूदीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू मेरो वचनमा रहिरह्‍यौ भने तिमीहरू साँच्‍चै मेरा चेलाहरू हौ;
וידעתם את האמת והאמת תשימכם לבני חורין׃ 32
र तिमीहरूले सत्य जन्‍नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्‍त्र पार्नेछ ।”
ויענו אתו זרע אברהם נחנו ומעולם לא היינו לאיש לעבדים איכה תאמר בני חורין תהיו׃ 33
तिनीहरूले उहाँलाई जवाफ दिए, “हामी अब्राहामका सन्तानहरू हौँ र कहिल्यै कसैको दास भएका छैनौँ; ‘तिमीहरू स्वतन्‍त्र पारिनेछौ’ भनी तिमीले कसरी भन्‍न सक्‍छौ ।”
ויען אתם ישוע אמן אמן אני אמר לכם כל עשה חטא עבד החטא הוא׃ 34
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्‍छु, प्रत्येक जसले पाप गर्छ, त्यो पापको दास हो ।
והעבד לא ישכן בבית לעולם הבן ישכן לעולם׃ (aiōn g165) 35
दास सधैँभरि घरमा रहँदैन, तर पुत्र भने सधैँभरि नै रहन्छ । (aiōn g165)
לכן אם הבן יעשה אתכם בני חורין חפשים באמת תהיו׃ 36
यसकारण, पुत्रले तिमीहरूलाई स्वतन्‍त्र पार्‍यो भने तिमीहरू साँच्‍चै स्वतन्‍त्र हुनेछौ ।
ידעתי כי זרע אברהם אתם אבל אתם מבקשים להמיתני כי דברי לא יכן בתוככם׃ 37
म जान्दछु, कि तिमीहरू अब्राहामका सन्तानहरू हौ र तिमीहरू मलाई मार्न खोज्छौ, किनभने तिमीहरूमा मेरो वचनको निम्ति ठाउँ छैन ।
אני מדבר את אשר ראיתי אצל אבי ואתם עשים את אשר ראיתם אצל אביכם׃ 38
मैले मेरा पितासँग जे देखेको छु म त्यही भन्छु, र तिमीहरू पनि तिमीहरूका पिताबाट जे सुनेका छौ त्यही गर्दछौ ।”
ויענו ויאמרו אליו אבינו הוא אברהם ויאמר אליהם ישוע אלו הייתם בני אברהם כמעשי אברהם עשיתם׃ 39
तिनीहरूले उहाँलाई जवाफ दिए, र भने, “हाम्रा पिता अब्राहाम हुन् ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू अब्राहामका सन्तानहरू हुँदा हौ त, तिमीहरूले अब्राहामका कामहरू गर्ने थियौ ।
ועתה אתם מבקשים להמיתני איש דבר אליכם האמת אשר שמעתי מעם האלהים אברהם לא עשה כזאת׃ 40
तैपनि अहिले तिमीहरू मलाई अर्थात् तिमीहरूलाई परमेश्‍वरबाट सुनेको सत्य बताउने मानिसलाई मार्न खोज्दछौ । अब्राहामले यस्तो गरेनन् ।
את מעשי אביכם אתם עשים ויאמרו אליו לא ילדי זנונים אנחנו יש לנו אב אחד הוא האלהים׃ 41
तिमीहरू तिमीहरूका पिताका कामहरू गर्छौ ।” तिनीहरूले उहाँलाई भने, “हामीहरू व्यभिचारमा जन्मिएका थिएनौँ; हाम्रा एक पिता परमेश्‍वर हुनुहुन्छ ।”
ויאמר אליהם ישוע אלו אלהים הוא אביכם כי עתה אהבתם אתי כי אנכי יצאתי ובאתי מאת האלהים הן לא ממני באתי אך הוא שלחני׃ 42
येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि परमेश्‍वर तिमीहरूका पिता हुनुहुन्थ्यो भने, तिमीहरूले मलाई प्रेम गर्ने थियौ, किनकि म परमेश्‍वरबाट आएँ, र यहाँ छु, म आफ्नै तर्फबाट आएको होइनँ, तर उहाँले मलाई पठाउनुभयो ।
מדוע לא תבינו לשוני יען לא תוכלון לשמע את דברי׃ 43
तिमीहरू मेरा वचनहरू किन बुझ्दैनौ? किनभने तिमीहरू मेरो वचन सुन्‍न सक्दैनौ ।
אתם מן אביכם השטן ולעשות את תאות אביכם חפצתם הוא רוצח נפש היה מראש ובאמת לא עמד כי אמת אין בו מדי דברי כזב משלו ידבר כי כזב הוא ואבי הכזב׃ 44
तिमीहरू आफ्ना पिता अर्थात् शैतानका हौ, र तिमीहरू तिमीहरूका पिताको इच्छा पुरा गर्ने इच्छा गर्छौ । त्यो सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यमा खडा हुँदैन, किनकि त्यसमा सत्य छैन । जब त्यसले झुट बोल्छ, त्यो आफ्नै स्वभावबाट बोल्छ, किनकि त्यो झुट र झुटको पिता हो ।
ואני יען דברי האמת לא תאמינו לי׃ 45
म सत्य बोल्छु, तापनि तिमीहरू मलाई विश्‍वास गर्दैनौ ।
מי בכם על עון יוכיחני ואם אמת דברתי מדוע לא תאמינו לי׃ 46
तिमीहरूमध्ये कसले मलाई पापको दोष लगाउँछ? यदि म सत्य बोल्छु भने, तिमीहरू मलाई किन विश्‍वास गर्दैनौ?
אשר מאת האלהים הוא ישמע את דברי האלהים על כן אתם לא שמעתם כי אינכם מאת האלהים׃ 47
जो परमेश्‍वरको हो त्यसले परमेश्‍वरको वचन सुन्छ; तिमीहरू ती सुन्दैनौ, किनभने तिमीहरू परमेश्‍वरका होइनौ ।”
אז יענו היהודים ויאמרו אליו הלא הטבנו אשר דברנו כי שמרוני אתה ושד בך׃ 48
यहूदीहरूले जवाफ दिए, र उहाँलाई भने, “के ‘तिमी सामरी हौ, र तिमीलाई भूत लागेको छ’ भनी हामीले भनेको साँचो होइन र?”
ויען ישוע שד אין בי רק את אבי אני מכבד ואתם תבזוני׃ 49
येशूले जवाफ दिनुभयो, “मलाई भूत लागेको छैन, तर म मेरा पितालाई आदर गर्छु, र तिमीहरू मलाई अनादर गर्छौ ।
אכן לא אבקש את כבודי יש אחד אשר יבקש וישפט׃ 50
म आफ्नो महिमा खोज्दिनँ; खोज्‍ने र न्याय गर्ने एक जना हुनुहुन्छ ।
אמן אמן אני אמר לכם אם ישמר איש את דברי לא יראה מות לנצח׃ (aiōn g165) 51
म तिमीहरूलाई साँचो, साँचो भन्दछु, यदि कसैले मेरो वचन पालना गर्छ भने, त्यसले कहिल्यै मृत्यु देख्‍नेछैन ।” (aiōn g165)
ויאמרו אליו היהודים עתה ידענו כי שד בך הן אברהם והנביאים מתו ואתה אמרת אם ישמר איש את דברי לא יטעם מות לנצח׃ (aiōn g165) 52
यहूदीहरूले उहाँलाई भने, “अब हामी जान्दछौँ, कि तिमीलाई भूत लागेको छ । अब्राहाम र अगमवक्‍ताहरू मरे, तर तिमी भन्छौ ‘यदि कसैले मेरो वचन पालन गर्छ भने त्यसले कहिल्यै मृत्यु चाख्‍नेछैन ।’ (aiōn g165)
האתה גדול מאברהם אבינו אשר מת גם הנביאים מתו מה תעשה את עצמך׃ 53
तिमी हाम्रा मरेका पिता अब्राहामभन्दा महान् होइनौ, हौ त? अगमवक्‍ताहरू पनि मरे । तिमी आफैँचाहिँ को हुँ भनी ठान्छौ?”
ויען ישוע אם אני מכבד את נפשי כבודי מאין אבי הוא המכבד אתי אשר תאמרו עליו כי הוא אלהיכם׃ 54
येशूले जवाफ दिनुभयो, “यदि म आफैँले आफ्नो महिमा गरेँ भने मेरो महिमा केही पनि होइन । मलाई महिमित पार्नुहुने मेरा पिता हुनुहुन्छ, जसलाई तिमीहरू तिमीहरूका परमेश्‍वर भन्दछौ ।
ולא ידעתם אתו ואני ידעתיו ואם אמר לא ידעתי אתו אהיה כזב כמוכם אבל ידעתיו ואת דברו שמרתי׃ 55
तिमीहरूले उहाँलाई चिनेका छैनौ, तर म उहाँलाई चिन्छु । यदि मैले ‘म उहाँलाई चिन्दिनँ’ भन्छु भने म झुटजस्तै हुन्थेँ । तापनि म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु ।
אברהם אביכם שש לראות את יומי וירא וישמח׃ 56
तिमीहरूका पिता अब्राहाम मेरा दिन देखेर रमाए र उनले यो देखे, र खुसी भए ।
ויאמרו אליו היהודים הנה אינך בן חמשים שנה ואת אברהם ראית׃ 57
यहूदीहरूले उहाँलाई भने, “तिमी पचास वर्ष पनि भएका छैनौ, र के तिमीले अब्राहामलाई देखेका छौ?”
ויאמר אליהם ישוע אמן אמן אני אמר לכם בטרם היות אברהם אני הוא׃ 58
येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई साँचो, साँचो भन्दछु, अब्राहाम हुनुभन्दा अगिदेखि नै म छँदै छु ।”
אז ירימו אבנים לרגם אתו וישוע התעלם ויצא מן המקדש ויעבר בתוכם עבור וחלוף׃ 59
तब तिनीहरूले उहाँलाई हान्‍नलाई ढुङ्गा टिपे, तर येशू आफैँ लुक्‍नुभयो, र मन्दिरबाट बाहिर जानुभयो ।

< ג'ון 8 >