< איוב 3 >
אחרי כן פתח איוב את פיהו ויקלל את יומו׃ | 1 |
यसपछि अय्यूबले आफ्नो मुख खोले, र आफू जन्मेको दिनलाई सरापे ।
יאבד יום אולד בו והלילה אמר הרה גבר׃ | 3 |
“म जन्मेको दिन नष्ट होस्, त्यो रात जसले भन्यो, 'एउटा बालकको गर्भधारण भएको छ ।'
היום ההוא יהי חשך אל ידרשהו אלוה ממעל ואל תופע עליו נהרה׃ | 4 |
त्यो दिन अन्धकार होस् । परमेश्वरले माथिबाट त्यसलाई याद नगरून्, न त यसमा घाम लागोस् ।
יגאלהו חשך וצלמות תשכן עליו עננה יבעתהו כמרירי יום׃ | 5 |
अन्धकार र मृत्युको छायाले आफ्नो लागि यसलाई दाबी गरून् । यसमाथि बादल लागोस् । दिनलाई अँध्यारो बनाउने हरेक कुराले यसलाई साँच्चै त्रसित पारोस् ।
הלילה ההוא יקחהו אפל אל יחד בימי שנה במספר ירחים אל יבא׃ | 6 |
निस्पट्ट अँध्यारोले त्यो रातलाई समातोस् । वर्षका दिनहरूका बिचमा यो नरमाओस् । महिनाहरूको गन्तीमा यसको गणना नहोस् ।
הנה הלילה ההוא יהי גלמוד אל תבא רננה בו׃ | 7 |
हेर, त्यो रात बाँझो होस् । यसमा कुनै हर्षको सोर नआओस् ।
יקבהו אררי יום העתידים ערר לויתן׃ | 8 |
लिव्यातन्लाई कसरी ब्युँझाउने भनी जानेकाहरूले, त्यस दिनलाई सराप दिऊन् ।
יחשכו כוכבי נשפו יקו לאור ואין ואל יראה בעפעפי שחר׃ | 9 |
त्यो दिनको बिहानका ताराहरू अँध्यारो होऊन् । त्यो दिनले ज्योति खोजोस्, तर नपाओस्, न त यसले मिरमरेको प्रथम किरणलाई देख्न पाओस् ।
כי לא סגר דלתי בטני ויסתר עמל מעיני׃ | 10 |
किनभने यसले मेरी आमाको गर्भको ढोकालाई थुनेन, र किनभने यसले मेरा आँखाबाट कष्टलाई लुकाएन ।
למה לא מרחם אמות מבטן יצאתי ואגוע׃ | 11 |
मेरी आमाको गर्भबाट बाहिर निस्कँदा म किन मरिनँ? मेरी आमाले मलाई जन्माउँदा मैले आफ्नो आत्मा किन त्यागिनँ?
מדוע קדמוני ברכים ומה שדים כי אינק׃ | 12 |
उनका घुँडाहरूले मलाई किन स्वागत गरे? मैले दूध चुस्नलाई उनका स्तनहरूले मलाई किन स्वीकार गरे?
כי עתה שכבתי ואשקוט ישנתי אז ינוח לי׃ | 13 |
किनकि अहिले म चुप लागेर बसिरहेको हुन्थें । म सुतेको हुन्थें, र विश्राममा हुन्थें,
עם מלכים ויעצי ארץ הבנים חרבות למו׃ | 14 |
पृथ्वीका राजाहरू र सल्लाहकारहरूका साथमा, जसले आफ्नै लागि चिहानहरू बनाए, जुन अहिले ध्वस्त छन् ।
או עם שרים זהב להם הממלאים בתיהם כסף׃ | 15 |
अर्थात् ती राजकुमारहरूसित म सुतिरहेको हुन्थें, जससित कुनै बेला सुन थियो, जसले आफ्ना घरहरूलाई चाँदीले भरेका थिए ।
או כנפל טמון לא אהיה כעללים לא ראו אור׃ | 16 |
अर्थात् सायद म तुहेर जन्मने थिएँ, कदापि उज्यालो नदेख्ने शिशुहरूझैं हुन्थें ।
שם רשעים חדלו רגז ושם ינוחו יגיעי כח׃ | 17 |
त्यहाँ दुष्टको अत्याचार सकिन्छ । त्यहाँ थाकितहरूले विश्राममा लिन्छन् ।
יחד אסירים שאננו לא שמעו קול נגש׃ | 18 |
त्यहाँ कैदीहरू सँगसँगै चैनमा हुन्छन् । तिनीहरूले कमाराको नाइकेको सोर सुन्नुपर्दैन ।
קטן וגדול שם הוא ועבד חפשי מאדניו׃ | 19 |
त्यहाँ साना र ठुला दुवै थरिका मानिसहरू छन् । नोकर आफ्नो मालिकबाट स्वतन्त्र हुन्छ ।
למה יתן לעמל אור וחיים למרי נפש׃ | 20 |
दुःखमा हुनेलाई किन ज्योति दिइन्छ? मनमा तितो हुनेलाई किन जीवन दिइन्छ?
המחכים למות ואיננו ויחפרהו ממטמונים׃ | 21 |
जसले मृत्यु नै नआई त्यसको प्रतीक्षा गर्छ, जसले गाड्धनभन्दा धेरै मृत्यको लागि खाडल खन्छ ।
השמחים אלי גיל ישישו כי ימצאו קבר׃ | 22 |
जसले चिहान फेला पार्दा ज्यादै रमाउँछ र खुसी हुन्छ, त्यसलाई ज्योति किन दिइन्छ?
לגבר אשר דרכו נסתרה ויסך אלוה בעדו׃ | 23 |
जसको मार्ग लुकाइएको छ, र जुन मानिसलाई परमेश्वरले छेक्नुभएको छ, त्यस मानिसलाई ज्योति किन दिइन्छ?
כי לפני לחמי אנחתי תבא ויתכו כמים שאגתי׃ | 24 |
किनकि मैले खानुको साटो सुस्केरा हाल्छु । मेरो वेदनाको सोर पानीझैं पोखिन्छ ।
כי פחד פחדתי ויאתיני ואשר יגרתי יבא לי׃ | 25 |
जुन कुरोदेखि म डराउँथेँ, त्यही मकहाँ आएको छ । म जेदेखि भयभीत हुन्थेँ, त्यही मकहाँ आएको छ ।
לא שלותי ולא שקטתי ולא נחתי ויבא רגז׃ | 26 |
म चैनमा छैनँ, म मौन छैनँ, र मलाई विश्राम छैन । बरु सङ्कष्ट आउँछ ।”