< איוב 27 >
ויסף איוב שאת משלו ויאמר׃ | 1 |
अय्यूबले फेरि बोल्न थाले अनि यसो भने,
חי אל הסיר משפטי ושדי המר נפשי׃ | 2 |
“परमप्रभु जीवित हुनुभएझैं, जसले मेरो न्याय हटाउनुभएको छ, सर्वशक्तिमान् जसले मेरो जीवन तितो बनाउनुभएको छ ।
כי כל עוד נשמתי בי ורוח אלוה באפי׃ | 3 |
जबसम्म मेरो जीवन ममा रहन्छ, अनि परमेश्वरको सास मेरो नाकमा रहन्छ, तबसम्म म यही कुरा गर्नेछु ।
אם תדברנה שפתי עולה ולשוני אם יהגה רמיה׃ | 4 |
मेरो ओठले दुष्ट कुरा बोल्नेछैन, न त मेरो जिब्रोले छलको कुरा बोल्नेछ ।
חלילה לי אם אצדיק אתכם עד אגוע לא אסיר תמתי ממני׃ | 5 |
तपाईंहरू तिन जनाले ठिक बोल्नुहुन्छ भनी म कदापि स्वीकार गर्दिन । मेरो मृत्यु नभएसम्म म आफ्नो निष्ठालाई कदापि इन्कार गर्ने छैनँ ।
בצדקתי החזקתי ולא ארפה לא יחרף לבבי מימי׃ | 6 |
म आफ्नो धार्मिकतालाई बलियो गरी समाउँछु, र त्यसलाई जान दिन्नँ । म बाँचुञ्जेलसम्म मेरा विचारहरूले मलाई निन्दित पार्नेछैनन् ।
יהי כרשע איבי ומתקוממי כעול׃ | 7 |
मेरो शत्रु एक जना दुष्ट मानिसझैं होस् । जो मेरो विरुद्धमा खडा हुन्छ, ऊ एक जना अधर्मी मानिसझैं होस् ।
כי מה תקות חנף כי יבצע כי ישל אלוה נפשו׃ | 8 |
किनकि परमेश्वरले ईश्वरहीन मानिसलाई इन्कार गर्नुहुँदा, परमेश्वरले उसको जीवनलाई हटाउनुहुँदा, उसको आशा के हुन्छ र?
הצעקתו ישמע אל כי תבוא עליו צרה׃ | 9 |
उसमाथि सङ्कष्ट आइपर्दा, के परमेश्वरले उसको पुकारा सुन्नुहुन्छ र?
אם על שדי יתענג יקרא אלוה בכל עת׃ | 10 |
के ऊ सर्वशक्तिमान्मा आनन्दित हुन्छ, अनि उसले हर समयमा परमेश्वरलाई पुकारा गर्छ?
אורה אתכם ביד אל אשר עם שדי לא אכחד׃ | 11 |
म तपाईंहरूलाई परमेश्वरको शक्तिको बारेमा सिकाउनेछु । म सर्वशक्तिमान्का विचारहरूलाई लुकाउनेछैनँ ।
הן אתם כלכם חזיתם ולמה זה הבל תהבלו׃ | 12 |
हेर्नुहोस्, तपाईंहरू सबैले यो आफैले देख्नुभएको छ । तब तपाईंहरूले यी सबै निरर्थक कुरा किन बोल्नुभएको हो त?
זה חלק אדם רשע עם אל ונחלת עריצים משדי יקחו׃ | 13 |
दुष्ट मानिसले परमेश्वरबाट पाउने हिस्सा यही हो । सर्वशक्तिमान्बाट अत्याचारीले पाउने आफ्नो पैतृक-अंश यही हो ।
אם ירבו בניו למו חרב וצאצאיו לא ישבעו לחם׃ | 14 |
उसका छोराछोरीको सङ्ख्या बढ्छन् भने, त्यो तरवारको निम्तो हो । उसका सन्तानहरूले पेटभरि खान कदापि पाउने छैनन् ।
שרידו במות יקברו ואלמנתיו לא תבכינה׃ | 15 |
ऊसँग बाँच्नेहरू विपत्तिद्वारा गाडिनेछन्, अनि तिनीहरूका विधवाहरूले तिनीहरूका निम्ति विलाप गर्नेछैनन् ।
אם יצבר כעפר כסף וכחמר יכין מלבוש׃ | 16 |
दुष्ट मानिसले धूलोझैं चाँदीको थुप्रो लगाए पनि, र माटोझैं लुगाफाटा थुपारे पनि,
יכין וצדיק ילבש וכסף נקי יחלק׃ | 17 |
उसले ती लुगाफाटा जम्मा त गर्ला, तर धर्मी मानिसहरूले ती लगाउनेछन्, र निर्दोष मानिसहरूले चाँदीचाहिं आफ्नो बिचमा बाँड्नेछन् ।
בנה כעש ביתו וכסכה עשה נצר׃ | 18 |
माकुरोले झैं, एक जना पहरेदारले बनाउने झुप्रोझैं, उसले आफ्नो घर बनाउँछ ।
עשיר ישכב ולא יאסף עיניו פקח ואיננו׃ | 19 |
ऊ धनी भएर ओछ्यानमा पल्टन्छ, तर उसले त्यसो गरिरहने छैन । उसले आफ्ना आँखा खोल्छ, अनि हरेक कुरा सिद्धिएको हुनेछ ।
תשיגהו כמים בלהות לילה גנבתו סופה׃ | 20 |
पानीले झैं त्रासले उसलाई डुबाउनेछ । रातमा एउटा आँधीले उसलाई टाढा पुर्याउनेछ ।
ישאהו קדים וילך וישערהו ממקמו׃ | 21 |
पूर्वीय बतासले उसलाई उडाएर लानेछ, र उसले छोड्नेछ । त्यसले उसलाई आफ्नो बासस्थानबाट पुर्याउनेछ ।
וישלך עליו ולא יחמל מידו ברוח יברח׃ | 22 |
उसमाथि त्यो हुत्तिन्छ, र रोकिन्न । त्यसको पन्जाबाट ऊ भाग्न खोज्छ ।
ישפק עלימו כפימו וישרק עליו ממקמו׃ | 23 |
उसको गिल्ला गरेर त्यसले आफ्नो ताली बजाउँछ । त्यसले आफ्नो ठाउँबाट उसको खिसी गर्छ ।