< ישעה 65 >
נדרשתי ללוא שאלו נמצאתי ללא בקשני אמרתי הנני הנני אל גוי לא קרא בשמי׃ | 1 |
“जसले सोधेनन् तिनीहरूद्वारा खोजिन म तयार थिएँ । जसले खोजेनन् तिनीहरूद्वारा भेट्टाइन म तयार थिएँ । मेरो नाउँ नपुकार्ने जातिलाई मैले भनें, 'म यहीं छु । म यहीं छु ।’
פרשתי ידי כל היום אל עם סורר ההלכים הדרך לא טוב אחר מחשבתיהם׃ | 2 |
हठी मानिसहरूलाई दिनभरि मैले आफ्ना हातहरू फैलाएको छु, जो त्यस्ता मार्ग हिंड्छन् जुन असल छैन, जो तिनीहरूका आफ्नै विचारहरू र योजनाहरूमा हिंडेका छन् ।
העם המכעיסים אותי על פני תמיד זבחים בגנות ומקטרים על הלבנים׃ | 3 |
तिनीहरूले मलाई बगैंचामा बलिदान चढाएर र इँटको वेदीमाथि धूप बालेर मलाई निरन्तर क्रोधित बनाए ।
הישבים בקברים ובנצורים ילינו האכלים בשר החזיר ופרק פגלים כליהם׃ | 4 |
तिनीहरू चिहानहरूका वरिपरि बस्छन् र रातभरि जाग्राम बस्छन् अनि आफ्ना भाँडाहरूमा अशुद्ध मासुको झोलसँगै सुँगुरको मासु खान्छन् ।
האמרים קרב אליך אל תגש בי כי קדשתיך אלה עשן באפי אש יקדת כל היום׃ | 5 |
तिनीहरू भन्छन्, “टाढै खडा हो, मेरो नजिक नआइज, किनकि तँभन्दा म पवित्र छु ।' यी कुराहरू मेरो नाकमा दिनभरि बल्ने आगो धूँवा हुन् ।
הנה כתובה לפני לא אחשה כי אם שלמתי ושלמתי על חיקם׃ | 6 |
हेर, मेरो सामु यस्तो लेखिएको छः म चूपचाप रहनेछैनँ, किनकि तिनीहरूलाई म साटो फेर्नेछु । तिनीहरूकै काखमा तिनीहरूलाई म बदला दिनेछु,
עונתיכם ועונת אבותיכם יחדו אמר יהוה אשר קטרו על ההרים ועל הגבעות חרפוני ומדתי פעלתם ראשנה על חיקם׃ | 7 |
तिनीहरूका पापहरू र तिनीहरूका पुर्खाहरूका पापहरूको निम्ति एकसाथ,” परमप्रभु भन्नुहुन्छ । “डाँडाहरूमाथि धूप बालेको र पहाडहरूमाथि मेरो गिल्ला गरेकोमा म तिनीहरूसँग बदला लिनेछु । यसकारण तिनीहरूको विगतका कामहरूलाई तिनीहरूको काखमा म नापिदिनेछु ।”
כה אמר יהוה כאשר ימצא התירוש באשכול ואמר אל תשחיתהו כי ברכה בו כן אעשה למען עבדי לבלתי השחית הכל׃ | 8 |
परमप्रभु यसो यसो भन्नुहुन्छ, “दाखको झुप्पामा रस भेट्टाउँदा, एक जनाले 'यसलाई नाश नपार, किनकि यसमा असल कुरा छ' भने जस्तो हो । मेरो सेवकको खतिर म यसै गर्नेछुः तिनीहरू सबैलाई म नाश गर्नेछैन ।
והוצאתי מיעקב זרע ומיהודה יורש הרי וירשוה בחירי ועבדי ישכנו שמה׃ | 9 |
याकूब र यहूदाका सन्तानहरूलाई म ल्याउनेछु, जसले मेरो पर्वतहरू अधिकार गर्नेछन् । मेरा चुनिएका जनहरूले देशलाई अधिकार गर्नेछन् र मेरा सेवकहरू त्यहाँ बस्नेछन् ।
והיה השרון לנוה צאן ועמק עכור לרבץ בקר לעמי אשר דרשוני׃ | 10 |
मलाई खोज्ने मेरा मानिसहरूका निम्ति शारोन भेडाबाख्राको चरन र आकोरको बेसी गाईवस्तुको विश्राम गर्ने ठाउँ बन्नेछन् ।
ואתם עזבי יהוה השכחים את הר קדשי הערכים לגד שלחן והממלאים למני ממסך׃ | 11 |
तर तिमीहरू जसले परमप्रभुलाई त्याग्छौ, जसले मेरो पवित्र पर्वतलाई बिर्सन्छौ, जसले भाग्य-देवको निम्ति टेबल तयार पार्छौ र भावी-देवीको निम्ति मिसाएको मद्यका गिलासहरू भर्छौ ।
ומניתי אתכם לחרב וכלכם לטבח תכרעו יען קראתי ולא עניתם דברתי ולא שמעתם ותעשו הרע בעיני ובאשר לא חפצתי בחרתם׃ | 12 |
तिमीहरूलाई म तरवारको निम्ति खटाउनेछु र तिमीहरू सबै जना हत्यारा सामु घोप्टिनेछौ, किनभने मैले तिमीहरूलाई बोलाउँदा तिमीहरूले जवाफ दिएनौ । म बोल्दा तिमीहरूले सुनेनौ । तर तिमीहरूले मेरो दृष्टिमा जे खराब थियो त्यही गर्यौ र मलाई खसी नपार्ने काम गर्न रोज्यौ ।”
לכן כה אמר אדני יהוה הנה עבדי יאכלו ואתם תרעבו הנה עבדי ישתו ואתם תצמאו הנה עבדי ישמחו ואתם תבשו׃ | 13 |
परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “हेर, मेरा सेवकहरूले खानेछन्, तर तिमीहरू भोकै हुनेछौ । मेरा सेवकहरूले पिउनेछन्, तर तिमीहरू तिर्खाउनेछौ । मेरा सेवकहरूले आनन्दित हुनेछन्, तर तिमीहरू लाजमा पर्नेछौ ।
הנה עבדי ירנו מטוב לב ואתם תצעקו מכאב לב ומשבר רוח תילילו׃ | 14 |
हेर, हृदयको खुसीको कारणले मेरा सेवकहरू आनन्दसाथ कराउनेछन्, तर तिमीहरू हृदयको पीडाको कारणले कराउनेछौ र आत्माको पीडाको कारणले विलाप गर्नेछौ ।
והנחתם שמכם לשבועה לבחירי והמיתך אדני יהוה ולעבדיו יקרא שם אחר׃ | 15 |
मेरा चुनिएका जनहरूलाई बोल्न तिमीहरूले सरापको रूपमा आफ्ना नाउँ छोड्नेछौ । म परमप्रभु परमेश्वरले नै तिमीहरूलाई मार्नेछु । म मेरा सेवकहरूलाई म अर्कै नाउँले बोलाउनेछु ।
אשר המתברך בארץ יתברך באלהי אמן והנשבע בארץ ישבע באלהי אמן כי נשכחו הצרות הראשנות וכי נסתרו מעיני׃ | 16 |
पृथ्वीमा आशिष् दिनेहरू मद्वारा अर्थात् सत्यताको परमेश्वरद्वारा आशिषित् हुनेछन् । पृथ्वीमा शपथ लिनेले मेरो अर्थात् सत्यताको परमेश्वरको नाउँमा शपथ लिनेछ, किनभने पहिलेका कष्टहरू बिर्सिइनेछन्, किनकि ती मेरा दृष्टिबाट लुकाइनेछन् ।
כי הנני בורא שמים חדשים וארץ חדשה ולא תזכרנה הראשנות ולא תעלינה על לב׃ | 17 |
किनकि हेर, मैले नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्न लागेको छु । अनि पहिले कुराहरू याद हुने वा मनमा आउनेछैन ।
כי אם שישו וגילו עדי עד אשר אני בורא כי הנני בורא את ירושלם גילה ועמה משוש׃ | 18 |
तर मैले सृष्टि गर्न लागेको कुरामा तिमीहरू सदासर्वदा खुसी र आनन्दित हुनेछौ । हेर, यरूशलेमलाई आनन्दको रूपमा र त्यसका मानिसहरूलाई खुसीको रूपमा मैले सृष्टि गर्न लागेको छु ।
וגלתי בירושלם וששתי בעמי ולא ישמע בה עוד קול בכי וקול זעקה׃ | 19 |
यरूशलेमसित म आनन्दित र मेरा मानिसहरूसित खुसी हुनेछु । त्यसमा रुवाइ र कष्टको सोर कदापि सुनिनेछैन ।
לא יהיה משם עוד עול ימים וזקן אשר לא ימלא את ימיו כי הנער בן מאה שנה ימות והחוטא בן מאה שנה יקלל׃ | 20 |
त्यहाँ बालक फेरि कहिल्यै केही दिन मात्र जिउनेछैन । न त वृद्ध मानिस अकालमा मर्नेछ । एक सय वर्षको उमेरमा मर्ने व्यक्तिलाई जवान भनिनेछ । एक सय वर्षको उमेरसम्म पुग्न नसक्ने कुनै पनि व्यक्ति श्रापित ठानिनेछ ।
ובנו בתים וישבו ונטעו כרמים ואכלו פרים׃ | 21 |
तिनीहरूले घरहरू बनाउनेछन् र तिनमा बसोवास गर्नेछन् । तिनीहरूले दाखबारीहरू लगाउनेछन् र तिनका फल खानेछन् ।
לא יבנו ואחר ישב לא יטעו ואחר יאכל כי כימי העץ ימי עמי ומעשה ידיהם יבלו בחירי׃ | 22 |
तिनीहरूले घर निर्माण गरेपछि फेरि त्यसमा अरू कोही बस्ने कुरा कदापि हुनेछैन । तिनीहरूले रोप्ने र फल अरूले खाने हुनेछैन, किनकि मानिसहरूका दिनहरू रूखहरूका दिनहरू जस्तै हुनेछ । मेरा चुनिएकाहरूले आफ्ना हातका कामको पुर्ण रूपमा उपभोग गर्नेछन् ।
לא ייגעו לריק ולא ילדו לבהלה כי זרע ברוכי יהוה המה וצאצאיהם אתם׃ | 23 |
तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्, न त निराशामा जन्म दिनेछन् । किनकि तिनीहरू र तिनीहरूसँगै तिनीहरूका सन्तानहरू पनि परमप्रभुद्वारा आशिष् दिइएका सन्तानहरू हुन् ।
והיה טרם יקראו ואני אענה עוד הם מדברים ואני אשמע׃ | 24 |
तिनीहरूले पुकार्नअगि म जवाफ दिनेछु । अनि तिनीहरू बोल्दै गर्दा नै मैले सुन्नेछु ।
זאב וטלה ירעו כאחד ואריה כבקר יאכל תבן ונחש עפר לחמו לא ירעו ולא ישחיתו בכל הר קדשי אמר יהוה׃ | 25 |
ब्वाँसो र थुमा सँगै चर्नेछन्, र सिंहले गोरूले झैं पराल खानेछ । तर सर्पको खाना धूलो हुनेछ । तिनीहरूले मेरो सबै पवित्र पहाडमाथि फेरि चोट पुर्याउनेछैनन् न त विनाश गर्नेछन्,” परमप्रभु भन्नुहुन्छ ।