< הושע 5 >
שמעו זאת הכהנים והקשיבו בית ישראל ובית המלך האזינו כי לכם המשפט כי פח הייתם למצפה ורשת פרושה על תבור׃ | 1 |
“ए पुजारीहरू हो, यो कुरा सुन! ए इस्राएलको घराना, ध्यान देओ! ए राजाको घराना, सुन! किनकि तिमीहरू सबैका विरुद्ध न्याय आउँदैछ । तिमीहरू मिस्पामा पासो, र तबोरमाथि फैलिएको जाल भएका छौ ।
ושחטה שטים העמיקו ואני מוסר לכלם׃ | 2 |
विद्रोहीहरू मारकाटमा साह्रै नै संलग्न हुन्छन्, तर म तिनीहरू सबैलाई दण्ड दिनेछु ।
אני ידעתי אפרים וישראל לא נכחד ממני כי עתה הזנית אפרים נטמא ישראל׃ | 3 |
एफ्राइम र इस्राएल मबाट लुकेका छैनन् भनी म जान्दछु । ए एफ्राइम, तँ अब वेश्याझैं भएको छस् । इस्राएल अपवित्र पारिएको छ ।
לא יתנו מעלליהם לשוב אל אלהיהם כי רוח זנונים בקרבם ואת יהוה לא ידעו׃ | 4 |
तिनीहरूका कामहरूले तिनीहरूलाई परमेश्वरतर्फ फर्कन दिंदैनन्, किनकि तिनीहरूमा व्यभिचारको मन छ, र तिनीहरूले परमप्रभुलाई चिन्दैनन् ।
וענה גאון ישראל בפניו וישראל ואפרים יכשלו בעונם כשל גם יהודה עמם׃ | 5 |
इस्राएलको घमण्डले उसकै विरुद्ध गवाही दिन्छ । यसैले इस्राएल र एफ्राइम आफ्नै दोषमा ठेस खानेछन्, र यहूदा पनि तिनीहरूसँगै ठेस खानेछ ।
בצאנם ובבקרם ילכו לבקש את יהוה ולא ימצאו חלץ מהם׃ | 6 |
आफ्ना बगाल र बथानसँग परमप्रभुको खोजी गर्न तिनीहरू जानेछन्, तर तिनीहरूले उहाँलाई भेट्टाउने छैनन्, किनकि उहाँले आफैंलाई तिनीहरूबाट टाढा लानुभएको छ ।
ביהוה בגדו כי בנים זרים ילדו עתה יאכלם חדש את חלקיהם׃ | 7 |
तिनीहरू परमप्रभुप्रति विश्वासघाती भए, किनकि तिनीहरूले अवैधानिक छोराछोरी जन्माएका छन् । अब औंसीका पर्वहरूले तिनीहरूका भूमिसँगै तिनीहरूलाई पनि निलिदिनेछ ।
תקעו שופר בגבעה חצצרה ברמה הריעו בית און אחריך בנימין׃ | 8 |
गिबामा तुरही र रामामा बिगुल फुक । बेथ-आवनमा युद्ध-ध्वनि बजाओः ‘ए बेन्यामीन, हामी तेरो पछि लाग्छौं!’
אפרים לשמה תהיה ביום תוכחה בשבטי ישראל הודעתי נאמנה׃ | 9 |
न्यायको दिनमा एफ्राइम निर्जन हुनेछ । इस्राएलका कुलहरू बिचमा निश्चय हुन आउने कुरा मैले घोषणा गरेको छु ।
היו שרי יהודה כמסיגי גבול עליהם אשפוך כמים עברתי׃ | 10 |
यहूदाका अगुवाहरू त्यस्ता हुन् जसले सिमानाको ढुङ्गा सार्छ । पानी खन्याएझैं तिनीहरूमाथि म आफ्नो क्रोध खन्याउनेछु ।
עשוק אפרים רצוץ משפט כי הואיל הלך אחרי צו׃ | 11 |
एफ्राइम कुल्चिएको छ, त्यो न्यायमा कुल्चिएको छ, किनभने त्यो आफ्नै इच्छामा मूर्तिहरूको पछि लागेको छ ।
ואני כעש לאפרים וכרקב לבית יהודה׃ | 12 |
यसैले एफ्राइमको निम्ति म कपडा काट्ने किराझैं हुनेछु र यहूदाको घरानाको निम्ति सडाउने कुराझैं हुनेछु ।
וירא אפרים את חליו ויהודה את מזרו וילך אפרים אל אשור וישלח אל מלך ירב והוא לא יוכל לרפא לכם ולא יגהה מכם מזור׃ | 13 |
जब एफ्राइमले आफ्नो रोग देख्यो, र यहूदाले आफ्नो घाउ देख्यो, तब एफ्राइम अश्शूरमा गयो, र यहूदाले महान् राजाकहाँ सन्देशवाहक पठायो । तर त्यसले तेरा मानिसहरूलाई निको पार्न वा तिमीहरूका घाउ निको पार्न सकेन ।
כי אנכי כשחל לאפרים וככפיר לבית יהודה אני אני אטרף ואלך אשא ואין מציל׃ | 14 |
यसैले एफ्राइमको निम्ति म सिंहझैं हुनेछु, र यहूदाको घरानाको निम्ति जवान सिंहझैं हुनेछु । मैले नै तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र जानेछु । म तिनीहरूलाई बोकेर लानेछु, र तिनीहरूलाई बचाउने कोही पनि हुनेछैन ।
אלך אשובה אל מקומי עד אשר יאשמו ובקשו פני בצר להם ישחרנני׃ | 15 |
तिनीहरूले आफ्ना दोष स्वीकार गरेर मेरो खोजी नगरेसम्म, र आफ्ना दु: खको समयमा मलाई तत्परतासाथ नखोजेसम्म, म जानेछु र आफ्नै ठाउँमा फर्कनेछु ।”