< אֶל־הָעִבְרִים 12 >

לכן גם אנחנו אשר ענן עדים רב כזה סבב אתנו נשליכה ממנו כל טרח והחטא המקיף עלינו ונרוצה בתוחלת את המרוצה הערוכה לפנינו׃ 1
यसकारण, हामी यतिका धेरै साक्षीहरूका बादलले घेरिएका हुनाले हर प्रकारका बोझ र हामीलाई सजिलैसित अल्‍झाउने पापलाई पन्‍छाऔँ । हाम्रा अघि राखिदिएको दौडलाई धैर्यसाथ दोडौँ ।
ונביטה אל ישוע ראש האמונה ומשלימה אשר בעד השמחה השמורה לו סבל את הצלב ויבז החרפה וישב לימין כסא האלהים׃ 2
विश्‍वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूमा हामीले हाम्रा आँखा केन्‍द्रित गरौँ, जसले आफ्नो सामुन्‍ने राखिएको आनन्दको लागि अपमान सहनुभयो र क्रुसको दुःख भोग्‍नुभयो, अनि उहाँ परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको छ ।
התבוננו אליו אשר נשא כלמת חטאים גדולה כזאת למען לא תיעפו ולא תיגעו בנפשותיכם׃ 3
त्यसैले, पापीहरूबाट उहाँको विरुद्धमा भएका वादविवाद सहनुहुनेलाई विचार गर । त्यसकारण, तिमीहरू आफ्ना हृदयमा शिथिल नहोओ र हरेस नखाओ ।
עדין לא עמדתם עד לדם במלחמתכם עם החטא׃ 4
तिमीहरूले पापको विरुद्धमा अझसम्‍म रगत बगाउनुपर्ने अवस्था आएको छैन वा यसको लागि सङ्घर्ष गर्नुपरेको छैन ।
ותשכחו דבר הנחומים המדבר אליכם כמו אל בנים לאמר מוסר יהוה בני אל תמאס ואל תקץ בתוכחתו׃ 5
अनि तिमीहरूलाई छोराहरूसरह उत्‍साह दिने अर्तीलाई तिमीहरूले भुलेका छौः “हे मेरो छोरा, परमेश्‍वरको अनुशासनलाई हलुका नसम्‍झ । जब उहाँद्वारा तिमी सुधारिन्छौ, तब हरेस नखाऊ ।
כי את אשר יאהב יהוה יוכיח יכאב את בן ירצה׃ 6
किनकि परमप्रभुले जसलाई प्रेम गर्नुहुन्‍छ ती हरेकलाई अनुशासनमा राख्‍नुहुन्छ । अनि उहाँले ग्रहण गर्ने हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्‍छ ।”
אם סבלים אתם מוסר דעו כי כאב עם בניו כן מתנהג אלהים עמכם כי איה הבן אשר אביו לא ייסרנו׃ 7
कष्‍टलाई अनुशासनझैँ सहो । परमेश्‍वरले तिमीहरूसित छोराहरूलाई जस्‍तै व्‍यवहार गर्नुहुन्‍छ । किनकि बाबुले अनुशासन नगरेको कुन छोरा हुन्‍छ र?
אך אם תהיו באין מוסר אשר היה מנת כלם אז ממזרים אתם ולא בנים׃ 8
तर यदि तिमीहरू अनुशसानविनाका छौ भने तिमीहरू अवैध भयौ, उहाँका छोराहरू भएनौ ।
ועוד אם אבות בשרנו היו מיסרים אתנו ונירא מהם אף כי נכנע לפני אבי הרוחות ונחיה׃ 9
यो भन्दा बढी, हामीलाई अनुशासन गर्ने हाम्रा संसारिक बुबाहरू अनुशासनकर्ताका रूपमा थिए, जसलाई हामीले आदर गर्‍यौँ । यसकारण, के हामीले हाम्रा आत्‍माका पिताको झन् बढी आज्ञा पालन गर्नुपर्दैन र?
כי המה יסרונו כטוב בעיניהם לימים מעטים אבל זה להועיל למען יהיה לנו חלק בקדשתו׃ 10
किनकि एकातिर, हाम्रा बाबुहरूले केही दिनसम्‍म हामीलाई अनुशसानमा राखे जुन त्यसो गर्न तिनीहरूलाई उचित लाग्यो । तर अर्कोतिर, हामीले उहाँको पवित्रतालाई बाँड्न सकौँ भनेर परमेश्‍वरले हाम्रै भलाइका लागि त्यसो गर्नुहुन्छ ।
וכל מוסר בעת עברו עלינו איננו שמחה בעינינו כי אם יגון אולם באחריתו יתן פרי שלום לצדקה למלמדים בו׃ 11
यस समयमा कुनै पनि अनुशासन आनन्दको हुँदैन, तर दुःखदायी नै हुन्‍छ । तथापि जे भए तापनि यसद्वारा तालिम प्राप्‍त गरेकाहरूका निम्ति भने अन्त्यमा गएर यसले धार्मिकताको शान्‍तिपूर्ण फल फलाउँदछ ।
על כן חזקו ידים רפות וברכים כשלות׃ 12
त्यसकारण, लत्रेका हातहरू र र्दुबल घुँडाहरू बलियो बनाओ ।
ומעגל רגליכם פלסו למען לא תטה הצלעה מן הדרך כי אם תרפא׃ 13
आफ्ना खुट्टाका लागि बाटो सिधा बनाओ । त्यसैले, जे लङ्गडो छ, त्यो नखुस्कियोस्, बरु निको होस् ।
רדפו את השלום עם כל אדם ואת הקדשה אשר בלעדיה לא יראה איש את האדון׃ 14
हरेकसित शान्‍तिमा बस्‍ने प्रयत्‍न गर, र पवित्रताविना कसैले पनि परमप्रभुलाई देख्‍न सक्दैन ।
והזהרו פן יש בכם איש מתאחר מחסד אלהים פן יוגיעכם שרש פרה לענה ויטמאו בו רבים׃ 15
होसियार रहो, ताकि परमेश्‍वरको अनुग्रहबाट कोही पनि वञ्‍चित हुन नपरोस्, र तिक्तताको जरा उम्रिएर कसैलाई पनि दुःख नदियोस्, र यसले धेरैलाई दोषी नबनाओस् ।
פן ימצא בכם זנה או חלל כעשו אשר בנזיד אחד מכר את בכורתו׃ 16
होसियार रहो । कोही पनि एक छाक खानाको लागि आफ्‍नो जन्‍माधिकार बेच्‍ने एसावजस्‍तो अधर्मी नहोस् वा यौन अनैतिक नहोस् ।
הלא ידעתם כי גם נמאס אחרי כן כאשר רצה לרשת את הברכה כי לא מצא מקום לתשובה אף בקש אותה בדמעות׃ 17
किनकि तिमीहरूलाई थाहै छ, कि पछि गएर उनले त्‍यो आशिष्‌को उत्तराधिकार प्राप्‍त गर्ने इच्‍छा गर्दा उनलाई अस्‍वीकार गरियो, किनभने उनले विलाप गर्दा आँशुका साथ पश्‍चात्ताप गर्ने मौकासमेत पाएन, यद्यपि उनले यसलाई चाहेका थिए ।
כי לא באתם אל הר נמשש ובער באש ולא אל ענן וערפל וסערה׃ 18
किनकि तिमीहरू जलिरहेको पहाड, अन्धकार, बादल र छुन नसक्‍ने पहाडमा आएका छैनौ ।
ולא לקול שופר ולקול הדברים אשר שמעיו בקשו שלא יוסיף לדבר עמהם עוד׃ 19
तिमीहरू तुरही फुकिएको चर्को आवाज भएको ठाउँमा पनि आएका छैनौ, न त त्यस्तो आवाज सुन्‍ने ठाउँमा आएका छौ जसलाई सुनेर तिनीहरूले अर्को शब्द सुन्‍नु नपरोस् भनी बिन्‍ती गरेका थिए ।
כי לא יכלו לשאת את אשר צוו ואם בהמה תגע בהר סקל תקסל או ירה תירה בחצים׃ 20
किनकि “यदि कुनै जनावरले त्यस पहाडलाई छोयो भने त्यसलाई ढुङ्गाले हान्‍नैपर्छ” भन्‍ने आज्ञालाई तिनीहरूले सहन सकेनन् । (नोटः केही पुरानो संस्करणमा लेखिएको छः एउटा जनावरले त्यस पहाडलाई छोयो भने, तापनि त्यसलाई ढुङ्गा वा तीरले हान्‍नैपर्छ) ।”
והמראה היה נורא עד מאד ויאמר משה יגרתי וחרדתי׃ 21
मोशाले भने कि त्यो दृश्य एकदमै डरलाग्दो थियो, “म डराएँ र म डरले काम्दै छु ।”
כי אם באתם אל הר ציון ואל עיר אלהים חיים אל ירושלים שבשמים׃ 22
त्यसको सट्टामा, तिमीहरू सियोन पहाड र जीवित परमेश्‍वरको सहर स्वर्गीय यरूशलेम अनि दसौँ हजार स्वर्गदूतको उत्सवमा आएका छौ ।
ואל עצרת רבבות המלאכים ועדת הבכורים הכתובים בשמים ואל אלהים שפט הכל ואל רוחות הצדיקים הנשלמים׃ 23
तिमीहरू स्वर्गमा नाउँ दर्ता गरिएका पहिले जन्मेकाहरूको सभामा, सबैका न्यायकर्ता परमेश्‍वरकहाँ, अनि सिद्ध पारिएका धर्मी जनका आत्माहरूकहाँ आएका छौँ ।
ואל ישוע סרסר הברית החדשה ואל דם ההזאה המיטיב דבר מדם הבל׃ 24
अनि नयाँ करारका मध्यस्तकर्ता येशूकहाँ र हाबिलको रगतभन्दा अझ उत्तमसित बोल्ने रगतको छिट्काउमा आएका छौ ।
לכן ראו פן תמאנו לשמע אל המדבר כי הן לא נמלטו המאנים לשמע אל המדבר עמהם בארץ אף אנחנו אם נמאן לשמע בקול המדבר מן השמים׃ 25
हेर, तिमीहरूसित बोल्दै गर्नुहुनेलाई इन्कार नगर । किनकि यदि पृथ्वीमा तिनीहरूलाई चेतावनी दिनेलाई इन्कार गर्नेहरू त उम्केनन् भने, स्वर्गबाट चेतावनी दिनुहुनेदेखि हामी तर्कीनेहरू झन् कसरी उम्कन सक्छौँ र?
אשר קולו הרעיש אז את הארץ ועתה זה הבטיח לאמר עוד אחת ואני מרעיש לא לבד את הארץ כי גם את השמים׃ 26
कुनै समय उहाँको आवाजले पृथ्वी हल्लायो । तर अहिले उहाँले प्रतिज्ञा गर्नुभयो र भन्‍नुभयो, “अझ एक पटक म पृथ्वी मात्र होइन, तर स्वर्गहरूलाई पनि हल्लाउनेछु ।”
וזו עוד אחת שאמר משמיע חליפת הנרעשים אשר הם עשוים למען יעמד אשר איננו נרעש׃ 27
“अझ एक पटक” भन्‍ने यी शब्दहरूको अर्थ हुन्छ कि हल्लाउन सकिने थोकहरू जो सृष्‍टि गरिएका छन्, सबै निकालिनेछन् र हल्लाउन नसकिने थोकहरू स्थिर रहनेछन् ।
לכן אנחנו המקבלים מלכות אשר לא תמוט נבאה נא בתודה ונעבד בה את האלהים לרצון לו בצניעות וביראה׃ 28
त्यसकारण, एउटा हल्लाउन नसकिने राज्य प्राप्‍त गरेकोमा हामी कृतज्ञ होऔँ र यस प्रकारले आदर र श्रद्धासाथ परमेश्‍वरलाई आराधना गरौँ ।
כי אלהינו אש אכלה הוא׃ 29
किनकि हाम्रा परमेश्‍वर भस्म पार्ने आगो हुनुहुन्छ ।

< אֶל־הָעִבְרִים 12 >