< אֶל־הָעִבְרִים 11 >
כי האמונה היא חסן הבטחון במקוה והוכחת דברים לא נראים׃ | 1 |
अब विश्वासचाहिँ आशा गरिएका कुराहरूको बारेमा भएको निश्चयता हो; अहिलेसम्म नदेखेका घटनाहरूको बारेमा भएको प्रमाण हो ।
किनकि हाम्रा पुर्खाहरू तिनीहरूको विश्वासका निम्ति यसरी नै प्रमाणित भएका थिए ।
באמונה נבין כי העולמות נעשו בדבר האלהים למען אשר יצא הנראה מן הנעלם׃ (aiōn ) | 3 |
विश्वासद्वारा हामी बुझ्न सक्छौँ, कि सारा विश्व परमेश्वरको आज्ञाद्वारा सृष्टि भएको थियो । त्यसकारण, जे देखिन्छन् ती देखिने कुराहरूबाट बनाइएका होइनन् । (aiōn )
באמונה הקריב הבל לאלהים זבח טוב מקין אשר היה לו לעדות כי צדיק הוא בהעיד אלהים על מנחתיו ובה עודנו מדבר אחרי מותו׃ | 4 |
विश्वासद्वारा नै हाबिलले कयिनले भन्दा उत्तम बलिदान चढाए । यसकारण, तिनी धर्मी हुन पुगे । यसरी, परमेश्वरप्रति तिनको भेटीको कारणले गर्दा तिनले सर्मथन पाए । त्यसैकारण, हाबिल मरे तापनि तिनी अझ बोलिरहेका छन् ।
באמונה לקח חנוך לבלתי ראותו המות ואיננו כי לקח אתו אלהים והועד עליו לפני הלקחו כי את האלהים התהלך׃ | 5 |
विश्वासद्वारा नै हनोक माथि उठाई लगिए र तिनले मृत्यु देखेनन् । “तिनी भेटिएनन्, किनकि परमेश्वरले तिनलाई उठाउनुभयो ।” कारण तिनी उठाइनुभन्दाअघि तिनले परमेश्वरलाई प्रसन्न पारेको प्रमाणित भएको थियो ।
ובלי אמונה לא יוכל איש להיות רצוי אל האלהים כי כל הקרב אליו צריך להאמין כי יש אלהים וגמול הוא משיב לדרשיו׃ | 6 |
विनाविश्वास परमेश्वरलाई प्रसन्न पार्न असम्भव छ । किनकि जो परमेश्वरकहाँ आउँछ उसले परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने कुरामा विश्वास गर्नैपर्छ र उहाँलाई जसले खोज्छ त्यसले इनाम पाउनेछ भनी विश्वास गर्नुपर्छ ।
באמונה בנה נח ביראת יהוה את התבה להצלת ביתו אתרי אשר צוה על דברים לא נראים עדין וירשע בה את העולם ויהי לירש הצדקה עקב האמונה׃ | 7 |
विश्वासद्वारा नै नोआलाई अहिलेसम्म नदेखेका कुराहरूका बारेमा ईश्वरीय सन्देश दिइएको थियो । तिनले भक्तिमय सम्मानसाथ एउटा पानी जहाज बनाए र आफ्नो घरानालाई बचाए । यसो गरेर तिनले संसारलाई दोषी ठहराए र विश्वासअनुसार तिनी धार्मिकताका उत्तराधिकारी भए ।
באמונה שמע אברהם כאשר נקרא ללכת אל הארץ אשר יירשנה ויצא ולא ידע אנה יבוא׃ | 8 |
अब्राहामलाई बोलाइँदा विश्वासद्वारा नै तिनले आज्ञापालन गरे र तिनी उत्तराधिकारको रूपमा पाउनुपर्ने ठाउँतिर गए । आफू कहाँ जाँदै छु भन्ने कुरा थाहै नपाए तापनि तिनी गए ।
באמונה היה גר בארץ ההבטחה כמו בנכריה וישב באהלים הוא ויצחק ויעקב אשר ירשו עמו ההבטחה ההיא׃ | 9 |
तिनी विश्वासद्वारा नै प्रतिज्ञाको देशमा एक परदेशीको रूपमा बसे । तिनी पालहरूमा इसहाक र याकूबसँगै उही प्रतिज्ञाको सङ्गी उत्तराधिकारीको रूपमा बसे ।
כי חכה לעיר אשר יסודתה נאמנה ובונה ומכוננה האלהים׃ | 10 |
किनकि तिनले जगहरू भएको सहरलाई हेरिरहेका थिए, जुन सहरको रचनाकार र निर्माणकर्ता परमेश्वर स्वयम् हुनुहुन्छ ।
באמונה שרה גם היא קבלה הכח להזריע ותלד אחרי בלתה כי חשבה לנאמן את המבטיח׃ | 11 |
सारा बाँझी भए तापनि अब्राहामले गर्भधारण गराउने शक्ति विश्वासद्वारा नै प्राप्त गरे । तिनी एकदमै वृद्ध भइसक्दा यसो भएको थियो । तिनीहरूलाई प्रतिज्ञा दिनुहुनेप्रति तिनीहरू विश्वासयोग्य भइरहे ।
על כן מאחד אשר כמעט מת גופו יצאו ככוכבי השמים לרב וכחול על שפת הים אשר לא יספר׃ | 12 |
त्यसैकारण, मरेतुल्य यिनै एक जना मानिसबाट आकाशका असङ्ख्य तारा र समुद्री किनारका असङ्ख्य बालुवासरह सन्तानहरू जन्मिए, जसलाई गन्नै सकिँदैन ।
כפי אמונה מתו כל אלה ולא השיגו את ההבטחות רק מרחוק ראו אותן ויבטחו וישמחו לקראתן ויודו כי גרים הם ותושבים בארץ׃ | 13 |
यी सबै प्रतिज्ञालाई प्राप्त नगरिकनै यिनीहरू सबैले टाढैबाट स्वागत गरे । पृथ्वीमा परदेशी र निर्वासितहरू मात्र हौँ भन्ने कुरा स्वीकार गर्दै तिनीहरू विश्वासमा नै मरे ।
הלא המדברים כזאת יודיעו כי הם מבקשי ארץ מושב׃ | 14 |
किनकि जसले यस्ता कुराहरू भन्दछन् तिनीहरूले एउटा स्वदेश खोजिरहेका छन् भन्ने कुरा स्पष्ट हुन्छ ।
ואם היתה דעתם על הארץ ההיא אשר יצאו ממנה הלא היה בידם לשוב אליה׃ | 15 |
साँच्चै नै तिनीहरूले आफू निस्केर गएको देशका लागि सोचिरहेका भए, तिनीहरूले फर्केर जाने मौका पाउने थिए ।
אכן נכספו למושב טוב ממנו והוא בשמים ועל כן לא בוש האלהים להקרא אלהיהם כי הכין להם עיר׃ | 16 |
तर तिनीहरू अझ उत्तम देश अर्थात् स्वर्गीय देशको चाहना गर्दछन् । त्यसकारण, परमेश्वर तिनीहरूका परमेश्वर हुन लजाउनुहुन्न, किनकि उहाँले तिनीहरूका लागि एउटा सहर तयार पार्नुभएको छ ।
באמונה העלה אברהם את יצחק כאשר נסה ואת יחידו הקריב המקבל את ההבטחות׃ | 17 |
आफ्नो जाँच हुँदा विश्वासद्वारा नै अब्राहामले इसहाकलाई बलि चढाए, जो उनको एक मात्र छोरा थिए जसलाई उनले बलिदान चढाए । उनले नै प्रतिज्ञाहरू प्राप्त गरेका थिए ।
אשר נאמר לו כי ביצחק יקרא לך זרע׃ | 18 |
यिनी तिनै अब्राहाम थिए जसलाई यसो भनिएको थियो, “इसहाकद्वारा नै तेरो सन्तानको नाउँ रहनेछ ।”
ויחשב בלבו כי יכול יוכל אלהים להחיות גם את המתים על כן גם הושב אליו להיות למשל׃ | 19 |
परमेश्वरले इसहाकलाई मृत्युबाट जीवित पार्न सक्नुहुने थियो भन्ने कुरा अब्राहामलाई थाहा थियो, र साङ्केतिक अर्थमा भन्नुपर्दा उनले तिनिहरूबाट आफ्ना छोरालाई फिर्ता पाएका थिए ।
באמונה ברך יצחק את יעקב ואת עשו וידבר על העתידות׃ | 20 |
आउन लागेका थोकहरूको बारेमा इसहाकले विश्वासद्वारा नै याकूब र एसावलाई आशिष् दिए ।
באמונה ברך יעקב את שני בני יוסף לפני מותו וישתחו על ראש המטה׃ | 21 |
याकूब मर्नै लागेका बेलामा विश्वासद्वारा नै उनले योसेफका हरेक छोरालाई आशिष् दिए । लौरोको टुप्पोमा अडेस लागेर याकूबले आराधना गरे ।
באמונה הזכיר יוסף בקרב קצו את יציאת בני ישראל ויצו על אדות עצמותיו׃ | 22 |
योसेफको अन्त्य नजिकिँदा विश्वासद्वारा नै तिनले मिश्रबाट इस्राएलीहरू प्रस्थान हुने विषयमा बोलेका थिए र तिनका अस्थिहरूको बारेमा तिनीहरूलाई आदेश दिएका थिए ।
באמונה הצפינו את משה אבותיו שלשה ירחים אהרי הולדו כראתם את הילד כי טוב הוא ולא יראו את מצות המלך׃ | 23 |
मोशा जन्मँदा तिनी सुन्दर भएको कारणले गर्दा उनका आमाबुबाले विश्वासद्वारा नै तिनलाई तिन महिनासम्म लुकाएर राखे र तिनीहरू राजाको आदेशसित डराएनन् ।
באמונה מאן משה כאשר גדל להקרא בן לבת פרעה׃ | 24 |
मोशा हुर्केपछि विश्वासद्वारा नै तिनले फारोकी छोरीको छोरा कहलाइनलाई इन्कार गरे ।
ויבחר לסבל את עני עם אלהים מלהתענג לשעה בתענוגי החטא׃ | 25 |
त्यसको सट्टामा, तिनले पापको क्षणिक सुख भोग्नुभन्दा बरु परमेश्वरका मानिसहरूसँगै दुःख भोग्ने कुरालाई छाने ।
בחשבו את חרפת המשיח לעשר גדול מאצרות מצרים כי הביט אל הגמול׃ | 26 |
मिश्रको सम्पत्तिमा भन्दा ख्रीष्टलाई पछ्याउँदा सहनुपर्ने अपमानलाई नै उनले बहुमूल्यको ठाने । कारण उनले आफ्ना आँखालाई इनाममाथि केन्द्रित गराएका थिए ।
באמונה עזב את ארץ מצרים ולא ירא מחמת המלך כי היה כראה אשר איננו נראה ויתחזק׃ | 27 |
विश्वासद्वारा नै मोशाले मिश्रदेश छोडे । उनी राजाको क्रोधदेखि डराएनन्, किनकि एक जो अदृश्यलाई देखेजस्तै गरी उनले सही रहे ।
באמונה עשה את הפסח ונתינת הדם למען אשר לא יגע המשחית בבכוריהם׃ | 28 |
त्यसकारण, नाश गर्नेले इस्राएलीहरूका पहिले जन्मिएका जेठा छोराहरूलाई छुन नसकोस् भनी विश्वासद्वारा नै उनले निस्तार-चाड र रगतको छिट्काउको पालन गरे ।
באמונה עברו את ים סוף ביבשה אשר נסו מצרים גם המה לעבר בו ויטבעו׃ | 29 |
विश्वासद्वारा नै उनले सुख्खा जमिनमा हिँडेजस्तै गरी लाल समुद्र पार गरे । जब मिश्रीहरूले पनि यसै गर्न खोजे, तब तिनीहरू डुबे ।
באמונה נפלו חומות יריחו אחרי הקיפו אותן שבעת ימים׃ | 30 |
तिनीहरूले सात दिनसम्म यरीहो पर्खालको वरिपरि घुमेपछि विश्वासद्वारा नै यो ढल्यो ।
באמונה לא אבדה רחב הזונה עם הסוררים כי אספה את המרגלים אל ביתה בשלום׃ | 31 |
राहाब वेश्याले विश्वासद्वारा नै जासुसहरूलाई शान्तिसाथ सत्कार गरेकीले हुनाले तिनी अनाज्ञाकारीहरूसँगै नष्ट भइनन् ।
ומה אמר עוד הן תקצר לי העת אם אספר מעשי גדעון וברק ושמשון ויפתח ודוד ושמואל והנביאים׃ | 32 |
अनि योभन्दा बढी म के भनौँ? यदि मैले गिदोन, बाराक, शिमशोन, यिप्ता, दाऊद, शमूएल र अगमवक्ताहरूको बारेमा भनेँ भने, मलाई समय नै पुग्दैन ।
אשר באמונה כבשו ממלכות ופעלו צדק והשגו הבטחות וסכרו פי אריות׃ | 33 |
विश्वासद्वारा नै तिनीहरूले राज्यहरूलाई जिते; न्यायपूर्ण काम गरे; र प्रतिज्ञाहरू प्राप्त गरे । तिनीहरूले सिंहहरूको मुखलाई बन्द गरिदिए ।
וכבו גבורת האש ונמלטו מפי החרב והתחזקו מחלים ועשו חיל במלחמה והפילו מחנות זרים׃ | 34 |
तिनीहरूले आगोको ज्वालालाई निभाए; तरवारको धारबाट भागे; रोगहरूबाट निको पारिए; युद्धमा शक्तिशाली भए; र विदेशी सेनाहरूलाई भगाए ।
נשים לקחו מתחיה את מתיהן ואחרים רטשו בענוים ולא אבו להנצל למען יזכו לתחיה טובה ממנה׃ | 35 |
स्त्रीहरूले आफ्ना मरेकाहरूलाई पुनरुत्थानद्वारा प्राप्त गरे । अरूले अझ उत्तम पुनरुत्थान प्राप्त गर्नलाई तिनीहरूले छुटकारालाई स्वीकार गरेनन् । त्यसैले, तिनीहरूले दण्ड भोगे ।
מהם נסו בתעלולים ובמכות וגם נמסרו לכבל ומסגר׃ | 36 |
अरूहरूले निन्दा, कोर्रा, साङ्ला र कैदजस्ता आदि कुराहरू सहे ।
נסקלו באבנים נסרו במגרה נבחנו ביסורים מתו לפי חרב וינעו עטופי עורת כבשים ועזים בחסר ובעצר רעה ויגון׃ | 37 |
तिनीहरूलाई ढुङ्गाले हानियो । तिनीहरूलाई दुई भाग हुने गरी चिरियो । तिनीहरूलाई तरवारले मारियो । तिनीहरूले भेडा र बाख्राको छाला लगाएर हिँड्डुल गर्नुपर्यो र विभिन्न किसिमका दुःख, निर्दयता र अमानवीय कुराहरू सहनुपर्यो ।
אשר העולם לא היה כדי להם הם תעו במדבר ובהרים ובמערות ובנקיקי הארץ׃ | 38 |
यो संसार तिनीहरूका लागि योग्य थिएन । तिनीहरू मरुभूमि, पहाड, गुफा र जमिनका ओडारहरूतिर तितर-बितर हुनुपर्यो ।
וכל אלה אף היתה להם העדות בגלל אמונתם לא קבלו את ההבטחה׃ | 39 |
यहाँसम्म यी सबै मानिसहरू तिनीहरूका विश्वासको कारण परमेश्वरद्वारा प्रमाणित भए, तापनि तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू प्राप्त गर्न सकेनन् ।
למען אשר לא ישלמו בלעדינו כי צפה לנו אלהים מקדם טובה יתרה׃ | 40 |
हामीविना तिनीहरू सिद्ध नहोऊन् भनी परमेश्वरले हाम्रा लागि अझ उत्तम कुरा अघिबाटै योजना गरिदिनुभएको थियो ।