< יחזקאל 47 >

וישבני אל פתח הבית והנה מים יצאים מתחת מפתן הבית קדימה כי פני הבית קדים והמים ירדים מתחת מכתף הבית הימנית מנגב למזבח׃ 1
त्यसपछि ती मानिसले मलाई फेरि मन्दिरको ढोकामा लगे, र पूर्वपट्टि मन्‍दिरको मन्दिरको सँघारमुनिबाट पानी बगिरहेको थियो, किनकि मन्दिरको अगाडिको भाग पूर्व फर्केको थियो, र पानीचाहिं मन्दिरको दक्षिणतिर, वेदीको दाहिनेतिर बगिरहेको थियो ।
ויוצאני דרך שער צפונה ויסבני דרך חוץ אל שער החוץ דרך הפונה קדים והנה מים מפכים מן הכתף הימנית׃ 2
यसैले तिनले मलाई उत्तरी ढोकाबाट बाहिर निकाले, र पूर्वपट्टि फर्किएको ढिकाको वरिपरि डोर्‍याए, र त्यो ढोकाबाट दक्षिणतिर पानी बगिरहेको थियो ।
בצאת האיש קדים וקו בידו וימד אלף באמה ויעברני במים מי אפסים׃ 3
ती मानिस पूर्वतिर गइरहँदा, तिनको हातमा एउटा नाप्‍ने टाँगो थियो । तिनले एक हजार हात नापे र तिनले मलाई त्यो पानीको बाटोहुँदै गोलिगाँठोसम्म पानी आउने ठाउँमा ल्याए ।
וימד אלף ויעברני במים מים ברכים וימד אלף ויעברני מי מתנים׃ 4
त्‍यसपछि तिनले फेरि एक हजार हात नापे र मलाई पानीको बाटोहुँदै घुँडासम्म पानी आउने ठाउँमा ल्याए । अनि तिनले अर्को एक हजार हात नापे र मलाई कम्मरसम्म पानी आउने ठाउँमा ल्याए ।
וימד אלף נחל אשר לא אוכל לעבר כי גאו המים מי שחו נחל אשר לא יעבר׃ 5
त्‍यसपछि तिनले एक हजार हात नापे, तर त्यहाँ एउटा नदी थियो जसलाई मैले तर्न सकिनँ किनभने पानी बढेको थियो र पौडिन मिल्‍ने गरी गहिरो थियो । त्यो तर्न नसकिने नदी थियो ।
ויאמר אלי הראית בן אדם ויולכני וישבני שפת הנחל׃ 6
ती मानिसले मलाई भने, “ए मानिसको छोरो, के तँ यो देख्‍न सक्छस्?” र तिनले मलाई बाहिर ल्याए र त्‍यो नदीको किनारमा हिंडाए ।
בשובני והנה אל שפת הנחל עץ רב מאד מזה ומזה׃ 7
जब म हिंड्दै थिएँ, नदीको दुवैपट्टिको किनारमा धेरै वटा रूखहरू थिए ।
ויאמר אלי המים האלה יוצאים אל הגלילה הקדמונה וירדו על הערבה ובאו הימה אל הימה המוצאים ונרפאו המים׃ 8
ती मानिसले मलाई भने, “यो पानी पूर्वी इलाकातिर र तल अराबामा जान्छ । यो पानी खारा समुद्रमा बगेर जान्छ र त्यसलाई ताजा बनाउँछ ।
והיה כל נפש חיה אשר ישרץ אל כל אשר יבוא שם נחלים יחיה והיה הדגה רבה מאד כי באו שמה המים האלה וירפאו וחי כל אשר יבוא שמה הנחל׃ 9
झुण्डमा बस्‍ने हरेक जीवित प्राणी त्यो पानी जहाँ-जहाँ जान्छ त्यहीं नै बस्‍नेछ । त्यहाँ धेरै माछा हुनेछन्, किनकि यो पानी त्यहाँ बग्छ । त्यसले नुनिलो पानीलाई ताजा बनाउनेछ । त्यो नदी जहाँ-जहाँ जान्छ हरेक कुरा बाँच्‍नेछ ।
והיה יעמדו עליו דוגים מעין גדי ועד עין עגלים משטוח לחרמים יהיו למינה תהיה דגתם כדגת הים הגדול רבה מאד׃ 10
तब एन-गदीका जालहारीहरू त्यो पानीको छेउमा उभिनेछन्, र एन-एग्लैसम्म माछाको जाल सुकाउने ठाउँ हुनेछ । त्यो खारा समुद्रमा धेरै किसिमका माछा हुनेछन् जस्‍तो महासमुद्रमा प्रशस्‍त माछाहरू हुन्‍छन् ।
בצאתו וגבאיו ולא ירפאו למלח נתנו׃ 11
तर खारा समुद्रका दलदल र सिमसार भने ताजा बनाइनेछैन । तिनीहरू नून दिनका निम्ति रहनेछन् ।
ועל הנחל יעלה על שפתו מזה ומזה כל עץ מאכל לא יבול עלהו ולא יתם פריו לחדשיו יבכר כי מימיו מן המקדש המה יוצאים והיו פריו למאכל ועלהו לתרופה׃ 12
यस नदीको छेउमा, दुवैपट्टिको किनारमा, फल फलाउने सबै प्रकारका रूखहरू बढ्नेछन् । तिनीहरूका पातहरू सुक्‍नेछैनन् र तिनीहरूका फल कहिल्यै पनि रोकिनेछैनन् । हरेक महिना रूखहरूले फल दिनेछन्, किनभने पवित्र-स्थानबाट पानी त्यहाँ बग्छ । तिनीहरूको फल भोजनको निम्ति हुनेछ, र तिनीहरूका पात निको पार्नको निम्ति हुनेछन् ।
כה אמר אדני יהוה גה גבול אשר תתנחלו את הארץ לשני עשר שבטי ישראל יוסף חבלים׃ 13
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: इस्राएलका बाह्र कुलहरूका निम्ति देश विभाजन गर्ने तरिका यस्तो हुनेछ: योसेफलाई दुई भाग हुनेछ ।
ונחלתם אותה איש כאחיו אשר נשאתי את ידי לתתה לאבתיכם ונפלה הארץ הזאת לכם בנחלה׃ 14
मैले आफ्नो हात उठाएर तिमीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गरेका देशलाई बराबर गरेर तिमीहरूले विभाजन गर्नुपर्छ । त्यो देश तिमीहरूका निम्ति उत्तराधिकार हुनेछ ।
וזה גבול הארץ לפאת צפונה מן הים הגדול הדרך חתלן לבוא צדדה׃ 15
महासमुद्रदेखि हेतलोनको बाटो भएर सदादसम्म उत्तरी भागमा देशको निम्ति सिमाना यही हुनेछ ।
חמת ברותה סברים אשר בין גבול דמשק ובין גבול חמת חצר התיכון אשר אל גבול חורן׃ 16
अनि त्यो सिमाना बेरोतह हुँदै सिब्रैमसम्म जानेछ, जुन दमस्कस र हमातको बिचमा छ, अनि त्यसपछि हासेर हात्तीकनसम्मै जानेछ, जुन हौरानको सिमानाको छेउमा छ ।
והיה גבול מן הים חצר עינון גבול דמשק וצפון צפונה וגבול חמת ואת פאת צפון׃ 17
यसैले त्यो सिमाना समुद्रदेखि दमस्कस हुँदै उत्तरमा हमात भएर हसर-एनानसम्म जानेछ । योचाहिं उत्तरी भाग हुनेछ ।
ופאת קדים מבין חורן ומבין דמשק ומבין הגלעד ומבין ארץ ישראל הירדן מגבול על הים הקדמוני תמדו ואת פאת קדימה׃ 18
पूर्वपट्टि त्यो सिमाना हौरान र दमस्कसको बिचमा गिलाद र इस्राएल देशको बिचमा भएको यर्दन नदीको छेउमा हुनेछ । तिमीहरूले पूर्वी समुद्रको सिमानाबाट नाप्‍नुपर्छ । पूर्वी सिमानाचाहिं पूर्वी समुद्रसम्म हुनेछ ।
ופאת נגב תימנה מתמר עד מי מריבות קדש נחלה אל הים הגדול ואת פאת תימנה נגבה׃ 19
अनि दक्षिण भागमा त्यो सिमाना तामारदेखि मेरीबा-कादेशका पानीहरूसम्मै, त्‍यसपछि मिश्रदेशको खोलाका छेउ-छेउ भएर महासमुद्रसम्म जानेछ । योचाहिं दक्षिणको सिमाना हुनेछ ।
ופאת ים הים הגדול מגבול עד נכח לבוא חמת זאת פאת ים׃ 20
अनि पश्‍चिमको सिमानाचाहिं लेबो-हमातको विपरित, महासमुद्रसम्म हुनेछ । योचाहिं पश्‍चिमको सिमाना हुनेछ ।
וחלקתם את הארץ הזאת לכם לשבטי ישראל׃ 21
यसरी तिमीहरूले आफ्नो निम्ति, अर्थात् इस्राएलका कुलको निम्ति यो देशलाई विभाजन गर्नेछौ ।
והיה תפלו אותה בנחלה לכם ולהגרים הגרים בתוככם אשר הולדו בנים בתוככם והיו לכם כאזרח בבני ישראל אתכם יפלו בנחלה בתוך שבטי ישראל׃ 22
यसरी तिमीहरूले उत्तराधिकार आफूलाई र तिमीहरूका बिचमा भएका परदेशीहरूलाई विभाजन गर्नेछौ, जसले तिमीहरूका बिचमा बालक जन्माएका छन्, जो इस्राएलमा जन्मिएका मानिसहरूझैं तिमीहरूका बिचमा छन् । तिमीहरूले इस्राएलका कुलहरूका निम्ति उत्तराधिकार पाउन चिठ्ठा हाल्नुपर्छ ।
והיה בשבט אשר גר הגר אתו שם תתנו נחלתו נאם אדני יהוה׃ 23
अनि त्यो परदेशी त्यही कुलको हुनेछ जसको बिचमा त्यो बसोबास गरिरहेको हुन्छ । तिमीहरूले त्यसलाई पनि उत्तराधिकार दिनुपर्छ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।”

< יחזקאל 47 >