< מַעֲשֵׂי הַשְּׁלִיחִים 13 >

ואנשים נביאים ומלמדים היו באנטיוכיא בקהלה אשר בה בר נבא ושמעון הנקרא ניגר ולוקיוס הקוריני ומנחם אשר גדל עם הורדוס שר הרבע ושאול׃ 1
एन्टिओखियाको सभामा त्यहाँ केही अगमवक्‍ताहरू र शिक्षकहरू थिए । तिनीहरूमा बारनाबास, सिमियोन (जसलाई नाइजर भनिन्‍थ्यो), कुरेनीका लुसियस मनेन (जो पालनपोषण गरेर हेरोदसँगै हुर्किएका भाइ) र शाऊल थिए ।
ויהי בשרתם את יהוה ובצומם ויאמר רוח הקדש הבדילו לי את בר נבא ואת שאול למלאכה אשר קראתים לה׃ 2
जब तिनीहरू उपवाससहित आराधना गरिरहेका थिए, पवित्र आत्माले भन्‍नुभयो, “शाऊल र बारनाबासलाई मेरो निम्ति अलग गर जुन काम गर्नका निम्ति मैले तिनीहरूलाई बोलाएको छु ।”
ויצומו ויתפללו ויסמכו את ידיהם עליהם וישלחום׃ 3
सभाले उपवास प्रार्थना गरिसकेपछि, र तिनीहरूले यी मानिसहरूमाथि हातहरू राखेर प्रार्थना गरे र उनीहरूलाई पठाइदिए ।
והמה המשלחים על ידי רוח הקדש ירדו אל סלוקיא ומשם באו באניה אל קפרוס׃ 4
त्यसकारण पवित्र आत्माको आज्ञा शाऊल र बारनाबासले माने र तल सिलुसियामा गए, अनि त्यहाँबाट जहाज चढी साइप्रसको टापुतिर गए ।
ויבאו אל עיר סלמיס ויגידו את דבר האלהים בבתי הכנסיות אשר ליהודים ויהי להם גם יוחנן למשרת׃ 5
सलामिस सहरमा हुँदा, उनीहरूले यहूदीहरूको सभाघरमा वचन घोषणा गरे र सहायताका लागि यूहन्‍ना मर्कूस पनि उनीहरूसँगै थिए ।
ויעברו בכל האי עד פפוס וימצאו איש מגוש אחד נביא שקר איש יהודי ושמו בר ישוע׃ 6
उनीहरू पुरै टापु पार गरेर पाफोस पुगेपछि एक जना जादुगर यहूदी झुटा अगमवक्‍तालाई भेट्टाए, जसको नाउँ बार येशू थियो ।
אשר היה עם סרגיוס פולוס שר המדינה איש נבון והוא קרא אליו את בר נבא ואת שאול ויתאו לשמע את דבר האלהים׃ 7
यो जादुगर त्यहाँको प्रान्तीय शासक सर्गियस पौलससँग सम्बन्धित थियो, जो एक विद्वान मानिस थिए । उनले शाऊल र बारनाबासलाई बोलाए किनभने तिनी परमेश्‍वरको वचन सुन्‍न चाहन्थे ।
ויעמד לנגדם אלימא המגוש כי זה תרגום שמו ויבקש להטות את השר מן האמונה׃ 8
तर इलुमास, ‘‘जादुगर’’ ले तिनीहरूको विरोध गर्‍यो (यसरी नै उसको नाउँ अनुवाद गरिन्छ); उसले प्रान्तीय शासक सर्गियस पौलसलाई विश्‍वासबाट फर्काउन प्रयास गर्‍यो ।
ושאול הנקרא גם פולוס מלא רוח הקדש ויסתכל בו׃ 9
तर शाऊल जसलाई पावल पनि भनिन्छ, पवित्र आत्माले भरिएर, उसलाई एकटक लाएर हेरे
ויאמר אתה המלא כל מרמה וכל עולה בן בליעל ושונא כל צדק הלא תחדל לסלף את דרכי יהוה הישרים׃ 10
र भने, तँ शैतानको छोरो, तँ छल र दुष्‍टताले भरिएको छस् । तँ हरेक प्रकारको धार्मिकताको शत्रु होस् । तैले प्रभुको सोझो बाटोलाई बड्ग्याउन कहिल्यै छोड्दैनस्, छोड्छस् र?
ועתה הנה יד יהוה בך והיית עור ולא תראה את השמש עד עת מועד ותפל עליו פתאם אפלה וחשכה ויפן הנה והנה ויבקש איש להוליכו בידו׃ 11
अब हेर्, प्रभुको हात तँमाथि परेको छ र तँ अन्धो हुनेछस् । केही समयका लागि तैँले घाम देख्‍ने छैनस् ।’’ तुरुन्तै त्यहाँ बाक्लो तुवाँलो र अन्धकारले एलुमासलाई ढाक्यो र हात समातेर डोर्‍याइदिऊन् भन्दै यताउति मानिसहरूलाई आग्रह गर्न थाल्यो ।
והשר כאשר ראה את המעשה האמין וישתומם על תורת האדון׃ 12
प्रान्तीय शासकले जे भएको थियो त्यो देखेपछि उनले विश्‍वास गरे, किनभने उनी प्रभुको शिक्षाबारे चकित भएका थिए ।
ויצאו פולוס והאנשים אשר אתו מפפוס וירדו באניה ויבאו אל פרגי אשר בפמפוליא ויעזב אתם יוחנן וישב ירושלים׃ 13
अब त्यसपछि पावल र उनका साथीहरू पाफोसबाट पानीजहाजमा चढी पाम्फिलियाको पर्गामा आए । तर यूहन्‍नाले उनीहरूलाई छोडेर यरूशलेमतिर फर्के ।
והמה נסעו מפרגי ויבאו אל אנטיוכיא אשר בפיסדיא ויבאו אל בית הכנסת ביום השבת וישבו׃ 14
पावल र उनका साथीहरू पर्गाबाट यात्रा गर्दै पिसिदियाको एन्टीओखियामा आइपुगे। त्यहाँ उनीहरू विश्राम दिनमा सभा घरमा गए र बसे ।
ויהי אחר קריאת התורה והנביאים וישלחו אליהם ראשי הכנסת לאמר אנשים אחים אם יש לכם דבר מוסר לעם דברו׃ 15
अनि व्यवस्था र अगमवक्‍ताहरूका पुस्तक पढिसकेपछि सभाघरका अगुवाहरूले उनीहरूलाई यसो भनेर सन्देश पठाए, “भाइहरू हो, यदि तपाईंहरूसँग यहाँ भएका मानिसहरूको निम्ति कुनै उत्साहको सन्देश छ भने भन्‍नुहोस् ।”
ויקם פולוס וינף ידו ויאמר אנשי ישראל ויראי אלהים שמעו׃ 16
त्यसकारण पावल उठे र हातले इसारा गर्दै उनले भने, “इस्राएलका मानिसहरू र जसले परमेश्‍वरलाई आदर गर्नुहुन्छ, सुन्‍नुहोस् ।
אלהי העם הזה אלהי ישראל בחר באבותינו וירומם את העם בהיותם גרים בארץ מצרים ובזרוע רמה הוציאם משם׃ 17
इस्राएलका यी मानिसहरूका परमेश्‍वरले हाम्रा पितापुर्खाहरूलाई चुनेर र मिश्रदेशमा रहँदा तिनीहरूलाई संख्यामा धेरै बढाउनुभयो र आफ्नो उचालिएको बाहुलीद्वारा तिनीहरूलाई त्यहाँबाट बाहिर निकाल्नुभयो ।”
וישא אתם ויכלכלם במדבר כארבעים שנה׃ 18
उहाँले झण्डै चालिस वर्षसम्म तिनीहरूलाई उजाड स्थानमा सहनुभयो।
וישמד שבעה גוים בארץ כנען ויחלק את ארצם להם לנחלה׃ 19
कनानमा भएका सातवटा जातिहरूलाई उहाँले नास गरिसकेपछि हाम्रा मानिसहरूलाई तिनीहरूको भूमि आफ्नो उत्तराधिकारका लागि दिनुभयो ।
ואחרי כן נתן להם שפטים כארבע מאות וחמשים שנה עד ימי שמואל הנביא׃ 20
यी सबै घटनाहरू हुन चारसय पचास वर्षको अवधिमा भएका हुन् । यी सबै कुरापछि परमेश्‍वरले शमूएल अगमवक्‍ताको समयसम्म तिनीहरूलाई न्यायकर्ताहरू दिनुभयो ।
וישאלו מלך ויתן להם אלהים את שאול בן קיש איש משבט בנימן ארבעים שנה׃ 21
त्यसपछि, मानिसहरूले एउटा राजाको माग गरे, त्यसैले परमेश्‍वरले बेन्यामिन कुलको किशका छोरा शाऊललाई चालिस वर्षसम्मको निम्ति दिनुभयो ।
וכהסירו אותו ויקם את דוד למלך עליהם אשר גם העיד עליו לאמר מצאתי דוד את בן ישי איש כלבבי והוא יעשה את כל חפצי׃ 22
तब परमेश्‍वरले शाऊललाई राजाबाट हटाउनुभएपछि, उहाँले दाऊदलाई तिनीहरूको राजा हुनलाई खडा गर्नुभयो । परमेश्‍वरले यी नै दाऊदको बारेमा भन्‍नुभएको थियो, ‘यिशैका छोरा दाऊद मेरो हृदयअनुसारका मानिस भएको पाएँ र मैले चाहेको हरेक काम उनले गर्नेछन् ।’
וזה הוא אשר מזרעו הקים האלהים כפי ההבטחה גואל לישראל את ישוע׃ 23
यिनै मानिसका सन्तानहरूबाट उहाँले गर्नेछु भनी प्रतिज्ञा गर्नुभएअनुसार परमेश्‍वरले इस्राएलमा मुक्तिदाता येशू ल्याउनुभएको छ ।
אשר לפני בואו קדם יוחנן לקרא את טבילת התשובה אל כל עם ישראל׃ 24
येशू आउनुभन्दा अगाडि नै यो हुन थाल्यो, जब यूहन्‍नाले पहिला इस्राएलका सबै मानिसहरूलाई पश्‍चात्तापको बप्‍तिस्माको बारेमा घोषणा गरे ।
ויהי ככלות יוחנן את מרוצתו ויאמר למי תחשבוני לא אני הוא כי הנה הוא בא אחרי ואני נקלתי מהתיר את נעלי רגליו׃ 25
जसरी यूहन्‍नाले आफ्नो काम पुरा गर्दै गर्दा उनले भने, ‘तिमीहरू म को हुँ भनी विचार गर्दछौ? म त्यो होइनँ । तर सुन, मपछि एकजना आउँदैहुनुहुन्छ, जसको खुट्टाको जुत्ताको तुना फुकाल्न म योग्यको छैनँ ।’
אנשים אחים בני משפחת אברהם ויראי אלהים אשר בקרבכם לכם שלוח דבר הישועה הזאת׃ 26
भाइहरू, अब्राहामका वंशका सन्तानहरू, र तपाईंहरूमध्ये जसले परमेश्‍वरलाई आराधना गर्नुहुन्छ, यो मुक्तिबारेको सन्देश हामीहरूलाई नै पठाइएको छ ।
כי ישבי ירושלים וראשיהם יען אשר לא הכירהו מלאו במשפטם אשר שפטהו את דברי הנביאים הנקראים בכל שבת׃ 27
यरूशलेममा बस्‍नेहरू र तिनीहरूका शासकहरूले उहाँलाई वास्तमै चिनेनन्, न त हरेक शबाथमा पढिने अगमवक्‍ताहरूको आवजलाई नै बुझे । त्यसकारण तिनीहरूले यसरी येशूलाई मृत्यु दण्डको आज्ञा दिएर अगमवक्‍ताको भविष्यवाणीलाई पुरा गरे ।
ואף כי לא מצאו בו משפט מות שאלו מאת פילטוס להמיתו׃ 28
उहाँलाई मृत्यु दण्डका निम्ति कुनै पनि दोष नभेट्टाए तापनि तिनीहरूले पिलातससँग उहाँलाई मार्न माग गरे ।
וכאשר השלימו את כל הדברים הכתובים עליו הורידו אותו מן העץ ויניחהו בקבר׃ 29
जब तिनीहरूले उहाँको बारेमा लेखिएका यी सबै कुराहरू पुरा गरे, तिनीहरूले उहाँलाई रुखबाट ओराले र चिहानमा राखे ।
אבל האלהים הקימו מן המתים׃ 30
तर परमेश्‍वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो ।
וירא ימים רבים אל העלים אתו מן הגליל ירושלימה והמה עתה עדיו אל העם׃ 31
गालीलदेखि यरूशलेमसम्म उहाँसँगै आएका मानिसहरूकहाँ उहाँ धेरै दिनसम्म देखापर्नु भयो । अहिले यिनीहरू नै मानिसहरूका लागि उहाँका साक्षी भएका छन् ।
ואנחנו מבשרים אתכם את בשורת ההבטחה אשר היתה לאבותינו כי אתה מלא האלהים לבנינו בהקימו את ישוע׃ 32
यसकारण हाम्रा पितापुर्खाहरूलाई प्रतिज्ञा गरिएको असल समाचार हामीले तपाईंहरूकहाँ ल्याएकाछौँ ।
ככתוב במזמור השני בני אתה היום ילדתיך׃ 33
परमेश्‍वरले येशूलाई मृत्युबाट जीवित पार्नुहुँदा, हामी तिनीहरूका सन्तानहरूका निम्ति उहाँले यी प्रतिज्ञाहरू पुरागरिदिनुभयो । जसरी यो दोस्रो भजनमा पनि लेखिएको छः ‘तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु ।’
ועל אשר הקים אתו מן המתים לבלתי שוב עוד לשחת כה אמר אתן לכם חסדי דוד הנאמנים׃ 34
उहाँको शरीर नकुहोस् भनी उहाँले येशूलाई मृत्युबाट जीवित पार्नुभयो भन्‍ने तथ्यबारे उहाँले यसरी बोल्नुभएको छ, ‘म तिमीलाई दाऊदको पवित्र र निश्‍चित आशिष् दिनेछु ।’
על כן הוא אמר גם במקום אחר לא תתן חסידך לראות שחת׃ 35
यसैकारणले गर्दा उहाँले अर्को भजन पनि यसरी भन्‍नुभएको छ, ‘तपाईंले आफ्नो पवित्र जनलाई कुहिन दिनुहुनेछैन ।’
כי דוד גוע אחרי שרתו בדורו לעצת האלהים ויאסף אל אבותיו וירא את השחת׃ 36
किनभने दाऊदले उनको पुस्तामा परमेश्‍वरको इच्छाअनुसार सेवा गरेपछि, उनको मृत्य भयो र उनलाई उनका पितापुर्खाहरूसँगै राखियो र उनको शरीर कुहियो ।
ואשר האלהים הקים אותו הוא לא ראה השחת׃ 37
तर जसलाई परमेश्‍वरले जीवित पार्नुभयो उहाँलको शरीर कुहिएन ।
לכן אנשים אחים יודע לכם כי על ידי זה הגד לכם סליחת החטאים׃ 38
त्यसैले भाइहरू हो, यो कुरा तपाईंहरूलाई थाहा होस् कि यिनै मानिसद्वारा तपाईंहरूलाई पाप क्षमाको घोषणा गरिन्छ ।
ובכל אשר לא יכלתם להצטדק בתורת משה כל המאמין יצדק על ידו׃ 39
विश्‍वास गर्ने हरेक उहाँद्वारा सबै थोकहरूबाट धर्मी ठहरिइन्छ, जसबाट मोशाको व्यवस्थाले तपाईंहरूलाई धर्मी ठहराउन सकेको थिएन ।
לכן השמרו לכם פן יבוא עליכם הנאמר בנביאים׃ 40
यसैकारण होसियार हुनुहोस्, अगमवक्‍ताले बोलेको यो कुरा तपाईंहरूमाथि आइनपरोस्:
ראו בגדים והתמהו ושמו כי פעל פעל אני בימיכם פעל אשר לא תאמינו כי יספר לכם׃ 41
‘घृणा गर्नेहरू हो, हेर र छक्‍क पर, र नष्‍ट भइजाओ, तिमीहरूको समयमा मैले काम गरिरहेको छु, यदि कसैले तिमीहरूलाईं यसबारे घोषणा गरे पनि तिमीहरू कहिल्यै विश्‍वास गर्ने छैनौ ।’”
ובצאת היהודים מבית הכנסת בקשו מהם הגוים לדבר אליהם את הדברים האלה בשבת הבאה׃ 42
पावल र बारनाबास त्यहाँबाट जान लाग्दा मानिसहरूले यी नै वचनहरू अर्को विश्राममा आएर बोलिदिनुहोस् भनी तिनीहरूलाई बिन्ती गरे ।
ורבים מן היהודים ומגרי הצדק הלכו אחרי פולוס ובר נבא בהפרד הקהל והמה דברו על לבם ויזהירום לעמד בחסד האלהים׃ 43
जब सभाघरको सभा अन्त्य भयो, तब धेरै यहूदीहरू र यहूदी मत मान्‍ने भक्तहरू पावल र बारनाबासको पछि लागे । तिनीहरूले परमेश्‍वरको अनुग्रहमा निरन्तर रहिरहन उनीहरूलाई उत्साह दिए ।
ובשבת השנית נקהלה כמעט כל העיר לשמע את דבר יהוה׃ 44
अर्को विश्राममा, लगभग पुरै सहर नै प्रभुको वचन सुन्‍नलाई सँगसँगै भेलाभएको थियो ।
ויהי כראות היהודים את המון העם וימלאו קנאה ויכחישו את דברי פולוס הכחש וגדף׃ 45
जब यहूदीहरूले भिडलाई देखे, तिनीहरू डाहले भरिए, र पावलले भनेका कुराहरूको बिरुद्धमा बोल्न थाले र उनको अपमान गरे।
אז הגידו פולוס ובר נבא על פניהם לאמר בדין היה להשמיע אתכם בראשונה את דבר האלהים ועתה אחרי אשר מאסתם אותו ואינכם זכים בעיניכם לחיי העולם לכן הננו פנים אל הגוים׃ (aiōnios g166) 46
तर पावल र बारनाबासले साहससित बोल्दै भने, “परमेश्‍वरको वचन पहिले तपाईंहरूकहाँ नै बोल्नु नै आवश्यक थियो । तपाईंहरूबाट धकेलिएको देखेर आफूले आफैँलाई अनन्त जीवन प्राप्‍त गर्नदेखि अयोग्य तुल्याउनुभएको हुनाले, हेर्नुहोस्, हामी गैरयहूदी तर्फ फर्केनेछौँ । (aiōnios g166)
כי כן צוה עלינו האדון נתתיך לאור גוים להיות ישועתי עד קצה הארץ׃ 47
किनभने परमेश्‍वरले हामीलाई यस्तो आज्ञा गर्नुभएको छ, ‘मैले तिमीलाई गैरयहूदीहरूका निम्ति ज्योतिको रूपमा राखेकोछु, र पृथ्वीको अन्तिम छेउसम्म तिमीहरूले मुक्ति ल्याउनु पर्छ ।”
וישמחו הגוים כשמעם ויהללו את דבר יהוה ויאמינו כל אשר היו מוכנים לחיי עולם׃ (aiōnios g166) 48
जब गैरयहूदीहरूले यो सुने, तिनीहरू खुसी भए र परमेश्‍वरको वचनको महिमा गरे । अनन्त जीवनका लागि नियुक्त गरिएका जतिले विश्‍वास गरे । (aiōnios g166)
ויפרץ דבר יהוה בכל המקום׃ 49
त्यस सम्पूर्ण क्षेत्रभरि नै प्रभुको वचन फैलियो ।
אך היהודים הסיתו את הנשים החסידות והחשובות ואת אצילי העיר ויעוררו רדיפה על פולוס ובר נבא ויגרשום מגבולם׃ 50
तर यहूदीहरूले भक्त र महत्त्वपूर्ण स्‍त्रीहरू र साथ-साथै सहरका मुख्य मानिसहरूसँग पावल र बारनाबासको विरुद्धमा अनुरोध गरे । तिनीहरूले पावल र बारनाबासलाई दण्डित गरे उनीहरूलाई तिनीहरूको सहरको सिमाना कटाए ।
והמה נערו עליהם את העפר מעל רגליהם וילכו לאיקניון׃ 51
तर पावल र बारनाबासले आफ्नो खुट्टामा लागेको धुलो तिनीहरूका विरुद्धमा टकटक्याए । त्यसपछि तिनीहरू आइकोनियम सहरमा गए ।
והתלמידים מלאו שמחה ורוח הקדש׃ 52
अनि चेलाहरू आनन्द र पवित्र आत्माले भरपुर भए ।

< מַעֲשֵׂי הַשְּׁלִיחִים 13 >