< הַשֵּׁנִית לְפֶטְרוֹס 2 >
וגם נביאי שקר היו בעם כאשר יהיו גם בכם מורי שקר אשר יכניסו כתות משחיתות ובכחשם במשל אשר קנם יביאו על נפשם כליון פתאם׃ | 1 |
इस्राएलीहरूकहाँ झुटा अगमवक्ताहरू आए, अनि तिमीहरूकहाँ पनि झुटा शिक्षकहरू आउनेछन् । तिनीहरूले आफूसँग गोप्य रूपमा विनाशसकारी झुटा शिक्षाहरू ल्याउनेछन् र तिनीहरूलाई उद्धार गर्नुहुने गुरुलाई पनि इन्कार गर्नेछन् । तिनीहरूले आफूमाथि चाँडै विनाश ल्याउनेछन् ।
ורבים ילכו אחרי תועבותם ובעבורם יתן דרך האמת לגדופים׃ | 2 |
धेरैले तिनीहरूको विलासी आचरणको अनुसरण गर्नेछन् र तिनीहरूद्वारा सत्यताको मार्ग निन्दित हुनेछ ।
ובדברי בדוי יעשו אתכם למחסר להם למען בצע בצע אשר משפטם מעולם לא יתמהמה ושברם לא ינום׃ | 3 |
लोभको कारण तिनीहरूले छलपूर्ण कुरा गरेर तिमीहरूबाट फाइदा उठाउनेछन् । तिनीहरूको विरुद्धमा श्राप आउन लामो समय लाग्दैन । तिनीहरूको विनाश निष्क्रिय छैन ।
כי לא חס אלהים על המלאכים אשר חטאו כי אם הורידם לקצבי הרים ויסגירם בכבלי אפל לשמרם למשפט׃ (Tartaroō ) | 4 |
किनकि परमेश्वरले पाप गर्ने स्वर्गदूतहरूलाई त छोड्नुभएन । बरु, तिनीहरूलाई तल पातालमा सुम्पिदिनुभयो र इन्साफ नहुन्जेलसम्म साङ्लाले बाँधेर घोर अन्धकारमा राखिदिनुभयो । (Tartaroō )
וגם על דורות קדם לא חס וישמר רק את נח השמיני קרא הצדק בהביאו את המבול על דור הרשעים׃ | 5 |
अनि उहाँले प्राचीन संसारलाई पनि बाँकी राख्नुभएन । बरु, धार्मिकताका दूत नोआ र अरू सात जनालाई बचाउनुभयो र जल प्रलयद्वारा अधर्मी संसारको विनाश गर्नुभयो ।
ואת ערי סדום ועמרה הפך לאפר והאשימם במהפכה וישימם למשל לאשר עתידים לעשות זמה׃ | 6 |
अनि अधर्मीहरूमाथि के आइपर्नेछ भन्ने कुराको उदाहरणको निम्ति परमेश्वरले सदोम र गमोरा सहरहरूलाई खरानीमा परिणत गरिदिनुभयो र तिनीहरूलाई विनाशको निम्ति दोषी ठहराउनुभयो ।
ויצל את לוט הצדיק אשר הלאוהו אנשי בליעל ההם בדרך זמתם׃ | 7 |
तर उहाँले त्यसो गर्दा धर्मी लोतलाई बचाउनुभयो, जो अराजक र घिनलाग्दा मानिसहरूको व्यवहारको कारण निकै दुःखी थिए ।
כי הצדיק הזה בשבתו בתוכם האדיב את נפשו הישרה יום יום בראותו ובשמעו מעשי רשעם׃ | 8 |
किनकि तिनीहरूसँग दिनदिनै बस्दा, तिनीहरूका बिचमा देखेका र सुनेका कुराहरूको कारण ती धर्मी मानिस आत्मामा व्याकुल भएका थिए ।
כי יודע יהוה להציל את חסידיו מנסיון ולחשך את הרשעים ליום המשפט להשיב גמולם להם׃ | 9 |
त्यसैले, धर्मीहरूलाई परीक्षाबाट कसरी बचाउनुपर्छ र अधर्मीहरूलाई न्यायको दिनमा सजायको निम्ति कसरी तयारी राख्नुपर्छ भन्ने उहाँ जान्नुहुन्छ ।
וביותר את ההלכים אחרי הבשר בתאות תבל ובזים את הממשלה עזי פנים הלכים בשרירות לבם ולא יחרדו מחרף את השררות׃ | 10 |
यो विशेष गरी शरीरका भ्रष्ट इच्छाहरूमा जिउने र अधिकारलाई तुच्छ ठान्नेहरूको निम्ति हो । तिनीहरू हठी र स्वेच्छाचारी थिए । तिनीहरू महिमितहरूको निन्दा गर्न डराउँदैनन् ।
אשר אף המלאכים הגדולים מהם בעז וכח לא יגדפום לפני יהוה במשפטם׃ | 11 |
स्वर्गदूतहरूसँग मानिसहरूसित भन्दा धेरै शक्ति र दक्षता छ, तर उनीहरूले प्रभुको अगाडि तिनीहरूको विरुद्धमा निन्दापूर्ण न्याय ल्याउँदैनन् ।
והמה כבהמות הסכלות הנולדות כחק טבעם ללכד ולשחת יאבדו באבוד נפשם יען חרפו את אשר לא הבינו וישאו גמול עולתם׃ | 12 |
तर यी अज्ञानी पशुहरू स्वाभाविक रूपमा नाश र नियन्त्रणको निम्ति बनाइएका हुन् । तिनीहरूले जे कुराको निन्दा गर्छन् त्यो जान्दैनन् । तिनीहरू नष्ट पारिनेछन् ।
אשר עדנת יומם לענג יחשבו מטנפים ומום בם המתפנקים במדוחי נפשם ואכלים ושתים עמכם׃ | 13 |
आफैँले गरेका गलत कामहरूका परिणामले तिनीहरूलाई क्षति पुर्याउनेछ । तिनीहरू दिनमा आनन्दित रहन्छन् । तिनीहरू धब्बा र दागहरू हुन् । तिमीहरूसँग भोजमा बस्दा तिनीहरू आफ्ना छलमा आनन्द मनाउँछन् ।
עינים להם מלאות נאפים אשר לא תחדלות מחטוא ואת נפשות הפתאים יצודדו ולב מלמד בצע להם בני המארה׃ | 14 |
तिनीहरूका आँखा व्यभिचारले भरिएका हुन्छन्; तिनीहरू पाप गरेर कहिल्यै अघाउँदैनन् । तिनीहरूले अस्थिर मनलाई नराम्रो काममा लोभ्याउँछन्; तिनीहरूका मनले लोभमा तालिम पाएका हुन्छन् र तिनीहरू श्रापित सन्तान हुन् ।
את הדרך הישר עזבו ויתעו וילכו בדרך בלעם בן בעור אשר אהב שכר העולה׃ | 15 |
तिनीहरूले सही मार्गलाई त्यागेका छन् । तिनीहरू बरालिएर अधार्मिक कामको ज्याला लिन मन पराउने बोअरको छोरा बालामको पछि लाग्छन् ।
ותהי לו תוכחת על חטאתו כי הבהמה האלמת דברה בקול אדם ותעצר באולת הקסם׃ | 16 |
तर त्यसले आफ्नै अपराधको निम्ति हप्की पायो । एउटा नबोल्ने गधाले मानिसको आवाजमा बोलेर अगमवक्ताको पागलपनलाई रोकिदियो ।
בארות בלי מים המה עבים נדפים בסערה אשר שמור להם חשך אפלה לעולם׃ () | 17 |
यी मानिसहरू मूलविनाको पानीजस्ता छन् । तिनीहरू आँधीले उडाई लैजाने बादलजस्ता छन् । तिनीहरूको निम्ति घोर अन्धकार साँचिएको छ ।
כי בדברם בגאות דברי שוא יצודו בתאות הבשר על ידי זמתם את אשר אך נמלטו מידי ההלכים בדרך תועה׃ | 18 |
तिनीहरू खोक्रो अहङ्कारसाथ बोल्छन् । तिनीहरू शारीरिक वासनाद्वारा मानिसहरूलाई प्रलोभनमा पार्छन् । खराबी गर्नेहरूदेखि भाग्न खोज्नेहरूलाई तिनीहरू प्रलोभनमा पार्छन् ।
חפשה יבטיחו להם והם בעצמם עבדים לשחת כי האיש עבד לאשר נכבש ממנו׃ | 19 |
उनीहरूले तिनीहरूलाई छुटकारा दिने प्रतिज्ञा गर्छन्, तर तिनीहरू आफैँ भ्रष्टताका दास हुन् । किनकि मान्छेलाई जुन कुराले जित्छ, ऊ त्यसैको दास बन्छ ।
כי אחרי המלטם מטמאת העולם בדעת אדנינו ומושיענו ישוע המשיח אם שבו והטבעו בתוכן ונכבשו אחריתם תהיה רעה מראשיתם׃ | 20 |
यदि कसैले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टलाई चिनेर यस संसारका दूषित गराउने कुराबाट उम्किसकेपछि पनि फेरि त्यहीँ फर्कन्छ भने त्यसको अवस्था पहिलेको भन्दा खराब हुन्छ ।
טוב היה להם לא לדעת את דרך הצדקה מאשר ידעהו ונסגו אחור מן המצוה הקדושה המסורה להם׃ | 21 |
धार्मिकताको मार्गलाई जानेर तिनीहरूलाई दिइएको पवित्र आज्ञाहरूबाट फर्कनुभन्दा त तिनीहरूले धार्मिकताको मार्ग नै नजानेको भए असल हुने थियो ।
ויקר להם כאשר יאמר משל האמת הכלב שב על קאו והחזיר עלה מן הרחצה להתגלל ברפש׃ | 22 |
तिनीहरूका निम्ति यो उखान सत्य छः “कुकुर आफ्नै बान्तामा फर्किन्छ । नुहाइदिएको सुँगुर हिलैमा फर्किन्छ ।”