< שמואל א 14 >

ויהי היום ויאמר יונתן בן שאול אל הנער נשא כליו לכה ונעברה אל מצב פלשתים אשר מעבר הלז ולאביו לא הגיד׃ 1
एक दिन शाऊलका जोनाथनले आफ्‍नो हतियार बोक्‍ने जवानलाई भने, “आऊ, हामी पल्लोपट्टि भएको पलिश्‍तीहरूको चौकीमा जाऔं ।” तर तिनले आफ्नो बुबालाई चाहिं भनेनन् ।
ושאול יושב בקצה הגבעה תחת הרמון אשר במגרון והעם אשר עמו כשש מאות איש׃ 2
शऊलचाहिं मोग्रोनमा भएको अनारको बोटमुनि गिबाको छेउमा बसिरहेको थियो । तिनीसँग झण्डै छ सय मानिस थिए,
ואחיה בן אחטוב אחי איכבוד בן פינחס בן עלי כהן יהוה בשלו נשא אפוד והעם לא ידע כי הלך יונתן׃ 3
एपोद लगाउने शीलोमा परमप्रभुको पुजारी एलीका पनाति, पीनहासका नाति, अहीतूबका छोरा (ईकाबोदका भाइ) अहियाहसहित । जोनाथान गएको थिए भन्‍ने कुरा मानिसहरूलाई थाहा थिएन ।
ובין המעברות אשר בקש יונתן לעבר על מצב פלשתים שן הסלע מהעבר מזה ושן הסלע מהעבר מזה ושם האחד בוצץ ושם האחד סנה׃ 4
पलिश्‍तीहरूको चौकीमा पुग्‍नलाई जोनाथनले जान चाहेका घाटीको एकापट्टि एउटा पत्थरको पहरो थियो भने, अर्कोपट्टि अर्को पत्थरको पहरो थियो । एउटा पत्थरको पहरोलाई बोसेस र अर्को पत्थरको पहरोलाई सेनेह भनिन्‍थ्‍यो ।
השן האחד מצוק מצפון מול מכמש והאחד מנגב מול גבע׃ 5
पत्थरको एउटा पहरो उत्तरमा मिकमाशको सामुन्‍ने र अर्को दक्षिणमा गेबाको सामुन्‍ने थियो ।
ויאמר יהונתן אל הנער נשא כליו לכה ונעברה אל מצב הערלים האלה אולי יעשה יהוה לנו כי אין ליהוה מעצור להושיע ברב או במעט׃ 6
जोनाथनले आफ्नो हतियार बोक्‍ने जवानलाई भने, “आऊ, यी बेखतनाहरूका चौकीमा पारि जाऔं । सायद परमप्रभुले हाम्रो पक्षमा काम गर्न सक्‍नुहुनेछ, किनकि धेरै वा थोरै जनाबाट बचाउन परमप्रभुलाई कुनै कुराले रोक्‍न सक्दैन ।”
ויאמר לו נשא כליו עשה כל אשר בלבבך נטה לך הנני עמך כלבבך׃ 7
तिनका हतियार बोक्‍नेले जवाफ दिए, “आफ्‍नो मनमा जे लागेको छ सो गर्नुहोस् । अगि बढ्नुहोस्, हेर्नुहोस्, तपाईंका सबै आज्ञा पालन गर्न म तपाईंको साथमा छु ।”
ויאמר יהונתן הנה אנחנו עברים אל האנשים ונגלינו אליהם׃ 8
तब जोनाथनले भने, “हामी ती मानिसकहाँ पारि जानेछौं र हामी आफै तिनीहरकहाँ देखा पर्नेछौं ।
אם כה יאמרו אלינו דמו עד הגיענו אליכם ועמדנו תחתינו ולא נעלה אליהם׃ 9
तिनीहरूले भन्‍छन्, ‘तिमीहरूकहाँ हामी नआएसम्म त्यहीं पर्ख,' भने— हामी आफ्नै ठाउँमा बस्‍नेछौं र हामी तिनीहरूकहाँ पारि जानेछैनौं ।
ואם כה יאמרו עלו עלינו ועלינו כי נתנם יהוה בידנו וזה לנו האות׃ 10
तर तिनीहरूले जवाफ दिन्‍छन्, 'हामीकहाँ वारि आओ' भने, हामी पारि तर्नेछौं । किनभने परमप्रभुले तिनीहरूलाई हाम्रो हातमा दिनुभएको छ । यो हाम्रो निम्ति चिन्ह हुनेछ ।”
ויגלו שניהם אל מצב פלשתים ויאמרו פלשתים הנה עברים יצאים מן החרים אשר התחבאו שם׃ 11
त्यसैले तिनीहरू दुवैले आफूलाई पलिश्‍तीहरूको चौकीमा प्रकट गरे । पलिश्‍तीहरूले भने, “हेर, हिब्रूहरू आफू लुकेका प्वालहरूबाट निस्किरहेका छन् ।”
ויענו אנשי המצבה את יונתן ואת נשא כליו ויאמרו עלו אלינו ונודיעה אתכם דבר ויאמר יונתן אל נשא כליו עלה אחרי כי נתנם יהוה ביד ישראל׃ 12
तब चौकीका मानिसहरूले जोनाथन र तिनको हतियार बोक्‍नेलाई बोलाए र भने, “हामीकहाँ आओ र तिमीहरूलाई हामी केही कुरा देखाउनेछौं ।” जोनाथनले आफ्नो हतियार बोक्‍नेलाई भने, “मेरो पछि आऊ, किनभने परमप्रभुले तिनीहरूलाई इस्राएलको हातमा दिनुभएको छ ।”
ויעל יונתן על ידיו ועל רגליו ונשא כליו אחריו ויפלו לפני יונתן ונשא כליו ממותת אחריו׃ 13
जोनाथन आफ्‍ना हात र खुट्टा टेकेर चढे र तिनको हतियार बोक्‍नेले तिनको पछि गए । जोनाथनको सामु पलिश्‍तीहरू मारिए र तिनको पछाडी तिनको हतियार बोक्‍नेले कति जनालाई मारे ।
ותהי המכה הראשנה אשר הכה יונתן ונשא כליו כעשרים איש כבחצי מענה צמד שדה׃ 14
जोनाथन र तिनको हतियार बोक्‍नेले गरेको पहिलो आक्रमणमा चार रोपनी जतिको क्षेत्रमा झण्डै बिस जना मानिस मारिए ।
ותהי חרדה במחנה בשדה ובכל העם המצב והמשחית חרדו גם המה ותרגז הארץ ותהי לחרדת אלהים׃ 15
छाउनी, मैदान र मानिसहरू माझ त्रास फैलियो । चौकीहरू र लुट्ने टोलीहरू पनि त्रासित भए । पृथ्वी हल्लियो र त्यहाँ ठुलो त्रास छायो ।
ויראו הצפים לשאול בגבעת בנימן והנה ההמון נמוג וילך והלם׃ 16
त्यसपछि बेन्यामीनको गिबामा रहेको शाऊलका पहरा बस्‍नेले देख्यो । पलिश्‍ती सिपाहीहरूका भीड तितरबितर भइरहेको थियो र तिनीहरू यताउता गरिरहेका थिए ।
ויאמר שאול לעם אשר אתו פקדו נא וראו מי הלך מעמנו ויפקדו והנה אין יונתן ונשא כליו׃ 17
तब शाऊलले आफूसँग भएका मानिसहरूलाई भने, “हाम्रो बिचबाट को हराएको छ, गनेर हेर ।” जब तिनीहरूले गन्ती गरे, जोनाथन र तिनको हतियार बोक्‍ने हराएको थाहा भयो ।
ויאמר שאול לאחיה הגישה ארון האלהים כי היה ארון האלהים ביום ההוא ובני ישראל׃ 18
शाऊलले अहियाहलाई भने, “परमेश्‍वरको सन्दुक यहाँ ल्याऊ,” किनकि त्यस बेला यो इस्राएलका मानिसहरूसँग थियो ।
ויהי עד דבר שאול אל הכהן וההמון אשר במחנה פלשתים וילך הלוך ורב ויאמר שאול אל הכהן אסף ידך׃ 19
शाऊल पुजारीसँग बोलिरहँदा पलिश्‍तीहरूको छाउनीको हल्ला झन् बढ्दै थियो । तब शाऊलले पुजारीलाई भने, “तिम्रो हात झिक ।”
ויזעק שאול וכל העם אשר אתו ויבאו עד המלחמה והנה היתה חרב איש ברעהו מהומה גדולה מאד׃ 20
शाऊल र तिनीसँग भएका सबै मानिसहरू भेला भए र लडाइँ गर्न गए । हरेक पलिश्‍तीले आ-आफ्नो साथीलाई तरवारले प्रहार गरिरहेको थियो र त्यहाँ ठुलो अन्योलता थियो ।
והעברים היו לפלשתים כאתמול שלשום אשר עלו עמם במחנה סביב וגם המה להיות עם ישראל אשר עם שאול ויונתן׃ 21
अब पहिले पलिश्‍तीहरूसँग रहेका ती हिब्रूहरू जो तिनीहरूका छाउनीमा गएका थिए, तिनीहरू पनि इस्राएलीहरू, शाऊल र जोनाथनकहाँ आए ।
וכל איש ישראל המתחבאים בהר אפרים שמעו כי נסו פלשתים וידבקו גם המה אחריהם במלחמה׃ 22
जब एफ्राइम नजिकको पहाडतिर लुकेका इस्राएलका सबै मानिसले पलिश्‍तीहरू भागिरहेका छन् भनी सुने, तब तिनीहरूले पनि उनीहरूलाई युद्धमा खेदे ।
ויושע יהוה ביום ההוא את ישראל והמלחמה עברה את בית און׃ 23
यसरी परमप्रभुले त्यस दिन इस्राएललाई छुटकाटा दिनुभयो र युद्ध बेथ-अवन पारिसम्म नै फैलियो ।
ואיש ישראל נגש ביום ההוא ויאל שאול את העם לאמר ארור האיש אשר יאכל לחם עד הערב ונקמתי מאיבי ולא טעם כל העם לחם׃ 24
त्यस दिन इस्राएलका मानिसहरू व्याकुल भएका थिए किनभने, “साँझसम्म र मैले आफ्‍ना शत्रुहरूमाथि बद्‍ला नलिएसम्म खाना खाने कुनै पनि मानिस श्रापित होस्” भनेर शाऊलले मानिसहरूलाई शपथ खान लगाएका थिए । त्यसैले फौजका कुनै पनि व्‍यक्‍तिले खाना चाखेका थिएनन् ।
וכל הארץ באו ביער ויהי דבש על פני השדה׃ 25
त्यसपछि सबै मानिसहरू जङ्गभित्र पसे र त्यहाँ जमिनमा मह थियो ।
ויבא העם אל היער והנה הלך דבש ואין משיג ידו אל פיו כי ירא העם את השבעה׃ 26
जब मानिसहरू जङ्गलभित्र पसे, तब मह बग्‍न थाल्यो, तर कसैले पनि महमा हात लगाएन, किनभने मानिसहरू शपथदेखि डराएका थिए ।
ויונתן לא שמע בהשביע אביו את העם וישלח את קצה המטה אשר בידו ויטבל אותה ביערת הדבש וישב ידו אל פיו ותראנה עיניו׃ 27
तर जोनाथनले आफ्‍ना बुबाले मानिसहरूलाई शपथ खान लगाएको कुरा सुनेका थिएनन् । तिनले आफ्नो हातमा भएको लट्ठी पसारे र यसले महको चाकामा घोचे । तिनले आफ्नो हात आफ्‍नो मुखमा लगे र तिनका आँखामा तेज आयो ।
ויען איש מהעם ויאמר השבע השביע אביך את העם לאמר ארור האיש אשר יאכל לחם היום ויעף העם׃ 28
तब मानिसहरूमध्ये एक जनाले भने, “तपाईंको बुबाले 'आजको दिन खाना खाने मानिस श्रापित होस्' भनी मानिसहरूलाई कडा शपथ खान लगाउनुभयो, यद्यपि मानिसहरू भोकले कमजोर भएका छन् ।
ויאמר יונתן עכר אבי את הארץ ראו נא כי ארו עיני כי טעמתי מעט דבש הזה׃ 29
तब जोनाथनल भने, “मेरो बुबाले देशलाई कष्‍ट दिनुभएको छ । हेर, मैले यो थोरै मह चाखेर मेरा आँखाहरू कति तेजिला भएका छन् ।
אף כי לוא אכל אכל היום העם משלל איביו אשר מצא כי עתה לא רבתה מכה בפלשתים׃ 30
मानिसहरूले आफ्‍ना शत्रुहरूको लूटबाट स्‍वतन्त्र भएर खाएका भए कति धेरै राम्रो हुन्थ्यो? किनभने अहिले पालिश्‍तीहरूका माझमा ठुलो संहार भएको छैन ।”
ויכו ביום ההוא בפלשתים ממכמש אילנה ויעף העם מאד׃ 31
तिनीहरूले त्यस दिन पलिश्‍तीहरूलाई मिकमाशदेखि अय्यालोनसम्म आक्रमण गरे । मानिसहरू धेरै थकित भए ।
ויעש העם אל שלל ויקחו צאן ובקר ובני בקר וישחטו ארצה ויאכל העם על הדם׃ 32
मानिसहरू लूटहरूमा लोभ गरेर झुम्मिए, अनि भेडाहरू, गोरुहरू र पाठाहरू लिए र तिनलाई जमिनमा मारे । मानिसहरूले तिनीहरूलाई रगतसँगै खाए ।
ויגידו לשאול לאמר הנה העם חטאים ליהוה לאכל על הדם ויאמר בגדתם גלו אלי היום אבן גדולה׃ 33
तब तिनीहरूले शाऊललाई भने, “हेर्नुहोस्, मानिसहरूले रगतसँगै खाएर परमप्रभुको विरुद्धमा पाप गरिरहेका छन् ।” शाऊलले भने, “तिमीहरूले अविश्‍वसी कसिमले काम गरेका छौ । अब यहाँ मकहाँ एउटा ठुलो ढुङ्गा ल्‍याओ ।”
ויאמר שאול פצו בעם ואמרתם להם הגישו אלי איש שורו ואיש שיהו ושחטתם בזה ואכלתם ולא תחטאו ליהוה לאכל אל הדם ויגשו כל העם איש שורו בידו הלילה וישחטו שם׃ 34
शाऊलले भने, “मानिसहरूको बिचमा जाओ र तिनीहरूलाई भन, 'हरेक मानिसले आ-आफ्नो गोरु र भेडहरू यहाँ ल्याओस् र मारोस् र खाओस् । रगतसँगै खाएर परमप्रभुको विरुद्धमा पाप नगर' ।” त्यसैले हरेक मानिसले आ-आफ्ना गोरु आफूसँग ल्याए र यसलाई त्यहाँ मारे ।
ויבן שאול מזבח ליהוה אתו החל לבנות מזבח ליהוה׃ 35
शाऊलले परमप्रभुको निम्ति एउटा वेदी वनाए, जुन तिनले परमप्रभुको निम्ति बनाएका पहिको वेदी थियो ।
ויאמר שאול נרדה אחרי פלשתים לילה ונבזה בהם עד אור הבקר ולא נשאר בהם איש ויאמרו כל הטוב בעיניך עשה ויאמר הכהן נקרבה הלם אל האלהים׃ 36
तब शाऊलले भने, “पलिश्‍तीहरूलाई राती गएर पिछा गरौं र बिहानसम्ममा तिनीहरूलाई लूटौं । तिनीहरूलाई एउटै पनि जीवित नछोडौं ।” तिनीहरूले जवाफ दिए, “तपाईंलाई जे असल लाग्छ सो गर्नुहोस् ।” तर पुजारी भने, “यहाँ परमेश्‍वरकहाँ जाऔं ।”
וישאל שאול באלהים הארד אחרי פלשתים התתנם ביד ישראל ולא ענהו ביום ההוא׃ 37
शाऊलले परमेश्‍वरलाई सोधे, “के म पलिश्‍तीहरूको पिछा गरौं? के तपाईंले तिनीहरूलाई इस्राएलको हातमा सुम्पनुहुने छ?” तर परमेश्‍वरले त्यस दिन तिनलाई जवाफ दिनुभएन ।
ויאמר שאול גשו הלם כל פנות העם ודעו וראו במה היתה החטאת הזאת היום׃ 38
तब शाऊलले भने, “मानिसहरूका सबै अगुवाहरू यहाँ आओ । आज यो पाप कसरी गरियो सिक र हेर ।
כי חי יהוה המושיע את ישראל כי אם ישנו ביונתן בני כי מות ימות ואין ענהו מכל העם׃ 39
किनकि जसरी इस्राएललाई छुटकारा दिनुहुने परमप्रभु जीवित हुनुहुन्छ, यो मेरो छोरा जोनाथन नै भए पनि निश्‍चय नै मर्नेछ ।” तर सबै मानिसमध्येका कुनैले पनि तिनलाई जवाफ दिएन ।
ויאמר אל כל ישראל אתם תהיו לעבר אחד ואני ויונתן בני נהיה לעבר אחד ויאמרו העם אל שאול הטוב בעיניך עשה׃ 40
तब तिनले सबै इस्राएललाई भने, “तिमीहरू एकपट्टि खडा हुनुपर्छ, अनि म र मेरो छोरा जोनाथन अर्कोपट्टि खडा हुनेछौं ।” मानिसहरूले शाऊललाई भने, “तपाईंलाई जे असल लाग्छ सो गर्नुहोस् ।”
ויאמר שאול אל יהוה אלהי ישראל הבה תמים וילכד יונתן ושאול והעם יצאו׃ 41
शाऊलले भने, “हे परमप्रभु इस्राएलका परमेश्‍वर, यो पाप म वा मेरो छोरा जोनाथनले गरेको हो भने, हे परमप्रभु इस्राएलका परमेश्‍वर मलाई ऊरीम दिनुहोस् । तर यो पाप तपाईंका मानिस इस्राएलले गरेका हुन् भने तुम्मीम दिनुहोस् ।” अनि चिट्ठाले जोनाथन र शाऊललाई पार्‍यो, तर फौजलाई अलग गर्‍यौ ।
ויאמר שאול הפילו ביני ובין יונתן בני וילכד יונתן׃ 42
त्यसपछि शाउलले भने, “म र मेरो छोरा जोनाथनको बिचमा चिट्ठा हाल ।” अनि चिट्टाले जोनाथनलाई छान्यो ।
ויאמר שאול אל יונתן הגידה לי מה עשיתה ויגד לו יונתן ויאמר טעם טעמתי בקצה המטה אשר בידי מעט דבש הנני אמות׃ 43
शाऊलले जोनाथनलाई भने, “तिमीले के गरेका छौ मलाई भन ।” जोनाथनले तिनले भने, “मैले मेरो हातमा भएको लट्ठीको टुप्पोले थोरै मह चाखें । म यहाँ छु । म मर्नेछु ।”
ויאמר שאול כה יעשה אלהים וכה יוסף כי מות תמות יונתן׃ 44
शाऊलले भने, “ए जोनाथन, तिमी मरेनौ भने, परमेश्‍वरले मलाई त्‍यसै वा त्‍योभन्दा बढी गर्नुभएको होस् ।”
ויאמר העם אל שאול היונתן ימות אשר עשה הישועה הגדולה הזאת בישראל חלילה חי יהוה אם יפל משערת ראשו ארצה כי עם אלהים עשה היום הזה ויפדו העם את יונתן ולא מת׃ 45
तब मानिसहरूले शाऊललाई भने, “इस्राएलको निम्ति यत्रो विजय ल्याउने जोनाथन मर्नुपर्छ? यस्‍तो हुँदै नहोस्! परमप्रभु जीवित हुनुभएझैं, तिनको शिरबाट एउटा कपाल पनि झर्नेछैन, किनकि आज तिनले परमेश्‍वरसँग काम गरेका छन् ।” यसरी मानिसहरूले जोनाथनको उद्धार गरे ताकि तिनी मरेनन् ।
ויעל שאול מאחרי פלשתים ופלשתים הלכו למקומם׃ 46
त्‍यसपछि शाऊलले पलिश्तीहरूको पिछा गर्न छोडे र पलिश्तीहरू आ-आफ्ना घरमा गए ।
ושאול לכד המלוכה על ישראל וילחם סביב בכל איביו במואב ובבני עמון ובאדום ובמלכי צובה ובפלשתים ובכל אשר יפנה ירשיע׃ 47
जब शाऊलले इस्राएलमाथि राज्‍य गर्न सुरु गरे, तब तिनले सबैतिरका आफ्‍ना शत्रुहरूको विरुद्धमा युद्ध गरे । तिनले मोआब, अम्मोनीहरू, एदोम, सोबका राजाहरू र पलिश्तीहरूको विरुद्धमा युद्ध गरे । तिनी जता फर्किए, त्‍यतै तिनले उनीहरूलाई दण्ड दिए ।
ויעש חיל ויך את עמלק ויצל את ישראל מיד שסהו׃ 48
तिनले ठुलो साहसले काम गरे र अमालेकीहरूलाई पराजित गरे । तिनले इस्राएललाई लुट्नेहरूको हातबाट छुटकारा दिए ।
ויהיו בני שאול יונתן וישוי ומלכי שוע ושם שתי בנתיו שם הבכירה מרב ושם הקטנה מיכל׃ 49
शाऊलका छोराहरू जोनाथन, यिश्‍वी र मल्कीशूअ थिए । तिनकी जेठी छोरीहरूको नाउँ मेराब र कान्छीको नाउँ मिकल थियो ।
ושם אשת שאול אחינעם בת אחימעץ ושם שר צבאו אבינר בן נר דוד שאול׃ 50
शाऊलको पत्‍नीको नाउँ अहिनोम थियो । तिनी अहीमासकी छोरी थिइन् । तिनको फौजको कप्‍तानको नाउँ शाऊलका काका नेरका छोरा अबनेर थियो ।
וקיש אבי שאול ונר אבי אבנר בן אביאל׃ 51
कीश शाउलका बुबा थिए । अनि अबनेरका बुबा नेर अबीएलका छोरा थिए ।
ותהי המלחמה חזקה על פלשתים כל ימי שאול וראה שאול כל איש גבור וכל בן חיל ויאספהו אליו׃ 52
शाऊलको जीवनकालभरि नै पलिश्तीहरूसँग कडा युद्ध चलिरह्यो । जब शाऊलले कुनै वीर वा बलियो मानिसलाई देख्थे, तब तिनले उसलाई आफूसँगै राख्थे ।

< שמואל א 14 >