< הָרִאשׁוֹנָה לְפֶטְרוֹס 5 >

את הזקנים אשר בקרבכם אזהיר אנכי עמיתם הזקן ועד ענויי המשיח וגם חבר לכבוד העתיד להגלות׃ 1
सङ्गी-एल्डर र ख्रीष्‍टका कष्‍ट अनि प्रकट हुने महिमामा सहभागी भएको व्यक्‍तिको हैसियतले म तिमीहरूका माझमा भएका एल्डरहरूलाई आग्रह गर्दछु ।
רעו את עדר האלהים אשר בידכם והשגיחו עליהם לא באנס כי אם בנדבה אף לא עקב בצע כי אם בנפש חפצה׃ 2
त्यसकारण, म एल्डरहरूलाई आग्रह गर्दछु, तिमीहरूका माझमा भएका परमेश्‍वरको बगालको हेरचाह गर, करले होइन तर तिमीहरूका आफ्नै र परमेश्‍वरको इच्छाअनुसार । बेइमानीपूर्वक कमाइने पैसाको लागि होइन, तर स्वेच्छाले ।
גם לא כמתעמרים בנחלת יהוה כי אם בהיותכם מופת לצאן׃ 3
तिमीहरूको हेरचाहमा रहेका मानिसहरूमाथि मालिकजस्तो व्यवहार नगर, तर बगालको लागि उदाहरण बन ।
והיה בהגלות שר הרעים תשאו עטרת הכבוד אשר לא תבל׃ 4
मुख्य गोठालो प्रकट हुनुहुँदा तिमीहरूले कहिल्यै नाश नहुने महिमित मुकुट पाउनेछौ ।
וכן גם אתם הנערים הכנעו לפני הזקנים וחגרו כלכם שפלות רוח בהכנע איש לרעהו כי אלהים ללצים יליץ ולענוים יתן חן׃ 5
त्यसै गरी, तिमी युवकहरू वृद्धहरूको अधीनमा बस । तिमीहरू सबैले विनम्रताको वस्‍त्र धारण गर र एक-अर्काको सेवा गर किनकि परमेश्‍वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ ।
השפילו נפשכם תחת יד אלהים החזקה למען ירומם אתכם בעתו׃ 6
त्यसकारण, आफैँलाई उहाँको शक्‍तिशाली बाहुलीमुनि नम्र तुल्याओ, ताकि उहाँले उचित समयमा तिमीहरूलाई उच्‍च पार्नुभएको होस् ।
השליכו עליו כל יהבכם כי הוא ידאג לכם׃ 7
तिम्रा सबै चिन्ता-फिक्री उहाँमा सुम्पिदेओ किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ ।
התעוררו שקדו כי מריבכם השטן משוטט כאריה שאג ומבקש את אשר יבלע׃ 8
सचेत र जागा रहो । तिमीहरूको शत्रु दियाबलस कसैलाई भेटेर निल्नको निम्ति गर्जने सिंहझैँ खोजिरहेको छ ।
ועמדתם נגדו חזקים באמונה ודעו כי ענוים כאלה באו גם על אחיכם אשר בעולם׃ 9
त्यसको विरुद्धमा खडा होओ । तिमीहरूको विश्‍वासमा दह्रिलो बन । यो जान कि संसारमा भएका तिमीहरूका भाइहरूले पनि यस्तै कष्‍टहरू भोगिरहेका छन् ।
ואלהי כל החסד אשר קראנו לכבודו הנצחי במשיח ישוע אחרי ענותכם מעט הוא ישלים ויחזק ויגבר וייסד אתכם׃ (aiōnios g166) 10
तिमीहरूको केही समयको कष्‍टपछि तिमीहरूलाई ख्रीष्‍टमा उहाँको महिमामा बोलाउनुहुने सबै अनुग्रहका परमेश्‍वरले तिमीहरूलाई सिद्ध, स्थापित र बलियो बनाउनुहुनेछ । (aiōnios g166)
לו הכבוד והעז לעולמי עולמים אמן׃ (aiōn g165) 11
सबै शक्‍ति सदा सर्वदा उहाँकै होस् । आमेन । (aiōn g165)
ביד סלונוס האח הנאמן לכם כאשר אחשב כתבתי אליכם בדברים מעטים להזהיר אתכם ולהעיד כי חסד האלהים הזה אשר עמדתם בו אמת הוא׃ 12
म सिलासलाई विश्‍वासयोग्य भाइको रूपमा लिन्छु र तिनीबाट मैले तिमीहरूलाई केही कुरा छोटकरीमा लेखेको छु । म तिमीहरूलाई आग्रह गर्छु र तिमीहरूलाई साक्षी दिन्छु कि मैले लेखेको कुरा परमेश्‍वरको साँचो अनुग्रह हो । त्यसमा खडा होओ ।
חברתכם אשר בבבל הנבחרה אתכם ומרקוס בני שאלים לשלומכם׃ 13
तिमीहरूसँगै चुनिएकी बेबिलोनमा भएकीले र मेरो छोरो मर्कूसले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
שאלו לשלום איש את רעהו בנשיקת אהבה שלום לכלכם אשר במשיח ישוע אמן׃ 14
प्रेमको पवित्र चुम्बनले एक-अर्कालाई अभिवादन गर । ख्रीष्‍ट येशूमा हुने तिमीहरू सबैलाई शान्ति होस् ।

< הָרִאשׁוֹנָה לְפֶטְרוֹס 5 >