< הָרִאשׁוֹנָה אֶל־הַקּוֹרִנְתִּיִּים 5 >
שמועה נשמעת בארץ כי נמצאה זנות ביניכם ואף זנות אשר בגוים לא ספר כמוה כי יקח איש את אשת אביו׃ | 1 |
तिमीहरूका बिचमा व्यभिचार छ भन्ने हामीले खबर पाएका छौँ । यस्तो खालको व्यभिचार त अन्यजातिहरूमा पनि स्वीकार्य हुँदैन । तिमीहरूमध्ये एक जना आफ्नै बुबाकी पत्नीसँग सुतिरहेको छ भन्ने खबर हामीले पाएका छौँ ।
ואתם עוד גבהי רוח תחת אשר היה לכם להתאבל למען יוסר מקרבכם עשה המעשה הזה׃ | 2 |
तिमीहरू यति अहङ्कारी छौ! के तिमीहरूले शोक गर्नुपर्ने होइन र? यस्तो काम गर्ने व्यक्तिलाई तिमीहरूका माझबाट हटाइनुपर्दछ ।
הן אנכי הרחוק מכם בגופי וקרוב ברוחי כבר דנתי כאלו הייתי אצלכם על האיש אשר עשה כדבר הזה׃ | 3 |
किनभने शरीरमा म अनुपस्थित भए तापनि आत्मामा म तिमीहरूसँगै उपस्थित छु; त्यस्तो काम गर्नेलाई म त्यहीँ भएजस्तै गरेर मैले अगिबाटै न्याय गरिसकेको छु ।
בשם אדנינו ישוע המשיח בהקהלתכם יחד ורוחי אתכם עם גבורת אדנינו ישוע המשיח׃ | 4 |
जब तिमीहरू येशू प्रभुको नाउँमा एक साथ भेला हुन्छौ, येशू प्रभुको शक्तिमा मेरो आत्मा त्यहाँ उपस्थित हुन्छ; त्यस मानिसलाई मैले अगि नै न्याय गरेको छु ।
למסר את האיש ההוא לשטן לאבדן הבשר למען יושע הרוח ביום האדון ישוע׃ | 5 |
शरीरको विनाशको निम्ति त्यस मानिसलाई मैले शैतानको हातमा सुम्पेको छु, ताकि प्रभुको दिनमा त्यस मानिसको आत्माचाहिँ बाँचोस् ।
לא טוב התהללכם הלא ידעתם כי מעט שאר מחמץ את כל העסה׃ | 6 |
तिमीहरूको घमण्ड ठिक होइन । के थोरै खमिरले पुरै रोटीलाई खमिरी बनाउँछ भन्ने तिमीहरू जान्दैनौ?
בערו את השאור הישן למען תהיו עסה חדשה הלא לחם מצות אתם כי גם לנו פסחנו הנזבח בעדנו הוא המשיח׃ | 7 |
पुराना खमिरबाट आफैलाई शुद्ध गर ताकि तिमीहरू नयाँ मुछेको पिठो बन्न सक; फलस्वरूप तिमीहरू अखमिरी रोटी बन्न सक । किनभने हाम्रा निस्तार-चाडको थुमा ख्रीष्टको बलिदान भइसकेको छ ।
על כן נחגה נא החג לא בשאר ישן ולא בשאר הרע והרשע כי אם במצות הישר והאמת׃ | 8 |
त्यसैकारण, पुरानो खमिर अर्थात् दुष्टता तथा खराब आचरणसाथ होइन, बरु इमानदार तथा सत्यताको अखमिरी रोटीका साथ चाड मनाऔँ ।
כתבתי לכם באגרת שלא תתערבו עם הזנים׃ | 9 |
मेरो पत्रमा मैले तिमीहरूलाई यौनसम्बन्धी अनैतिक मानिसहरूसँग घुलमिल नहुनु भनेर लेखेँ ।
ואין דעתי בזאת על הזנים שבעולם הזה או על בצעי בצע וגזלנים ועבדי אלילים כי אז יהיה לכם לצאת מן העולם׃ | 10 |
त्यसको अर्थ, संसारमा भएका अनैतिक मानिसहरू वा लोभीहरू वा ठगाहाहरू वा मूर्तिपूजकहरूसँग बिल्कुलै सङ्गत नगर्नू भनेको होइन, किनभने तिनीहरूबाट टाढा रहनको निम्ति तिमीहरू यस संसारबाट नै निस्केर जानुपर्ने हुन्छ ।
אך זאת כתבתי לכם לבלתי התערב עם איש אשר אח יקרא והוא זנה או בצע בצע או עבד אלילים או מגדף או סבא או גזלן עם האיש אשר כזה גם לא תאכלו׃ | 11 |
तर अहिले आफैलाई प्रभुमा भाइ ठान्ने तर यौन अनैतिक वा लोभी वा मूर्तिपूजक वा गालीगलौज गर्ने वा पियक्कड वा ठगाहासँग सङ्गत नगर्नू भनेर लेखिरहेछु । यस्ता मानिसहरूसँग बसेर खानसमेत नखाओ ।
כי מה לי לשפט את אשר בחוץ הלא תשפטו את אשר בבית׃ | 12 |
किनभने म किन मण्डली बाहिरकाहरूको न्याय गर्ने काममा संलग्न हुनु? बरु, के तिमीहरूले नै मण्डलीभित्र हुनेहरूको न्याय गर्नुपर्ने होइन र?
ואשר בחוץ האלהים ישפטם ואתם תבערו את הרע מקרבכם׃ | 13 |
तर बाहिरकाहरूको न्याय परमेश्वरले गर्नुहुन्छ । “तिमीहरूका माझबाट दुष्ट व्यक्तिलाई हटाओ ।”