< לוּקָס 4 >
ישוע חזר מן הירדן מלא רוח הקודש, והרוח הובילה אותו אל המדבר – | 1 |
तब पवित्र आत्माले भरिएर येशू यर्दन नदीबाट फर्कनुभयो, अनि आत्माद्वारा उजाड-स्थानमा डोर्याइनुभयो ।
שם ניסה אותו השטן במשך ארבעים יום. במשך כל אותו זמן לא אכל ישוע דבר, ובתום ימי הניסיון היה רעב מאוד. | 2 |
त्यहाँ उहाँ चालिस दिनसम्म दियाबलसद्वारा परीक्षामा पर्नुभयो । ती दिनहरूमा उहाँले केही पनि खानुभएको थिएन, र त्यो समयको अन्त्यमा उहाँ भोकाउनुभएको थियो ।
”אם אתה באמת בן־אלוהים, “אמר לו השטן,”צווה על האבן הזאת להפוך ללחם!“ | 3 |
तब शैतानले येशूलाई भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यो ढुङ्गालाई रोटी हुन आज्ञा दिनुहोस् ।”
אולם ישוע השיב:”כתוב:’לא על הלחם לבדו יחיה האדם, (כי על כל מוצא פי ה)‘. “ | 4 |
येशूले जवाफ दिनुभयो, “लेखिएको छ, मानिस रोटीले मात्र बाँच्न सक्दैन ।”
לאחר מכן העלה השטן את ישוע, בחזיון רגעי הראה לו את כל המדינות המפוארות שבעולם ואמר: | 5 |
त्यसपछि, शैतानले उहाँलाई उच्च स्थानमा लगेर संसारका सबै राज्यहरूलाई छिनभरमै देखायो ।
”אני אתן לך את כל הממלכות המפוארות האלה ואת כבודן – כי לי נמסר השלטון ורשאי אני לתת אותו למי שארצה – אבל בתנאי אחד: עליך לכרוע ברך ולהשתחוות לפני.“ | 6 |
शैतानले उहाँलाई भन्यो, “म तपाईंलाई यी सबै राज्यहरू र यसको वैभवमाथि शासन गर्ने अधिकार दिनेछु । म यो गर्न सक्छु, किनकि यी सबैमाथि शासन गर्ने अधिकार मलाई दिइएको छ, मैले जसलाई चाहन्छु त्यसलाई दिन सक्छु ।
यसकारण यदि तपाईंले मलाई दण्डवत् गरी आराधना गर्नुभयो भने, यी सबै तपाईंकै हुनेछन् ।”
אולם ישוע השיב לו:”אך כתוב:’לה׳ אלוהיך תשתחווה, ואותו לבדו תעבוד‘. “ | 8 |
तर येशूले जवाफ दिनुभयो र त्यसलाई भन्नुभयो, “लेखिएको छ, तैँले आफ्ना परमप्रभु परमेश्वरको मात्र आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू ।”
השטן לקח את ישוע לירושלים, העלהו על גג בית־המקדש ואמר:”אם אתה באמת בן־אלוהים, קפוץ למטה! | 9 |
त्यसपछि शैतानले येशूलाई यरूशलेम मन्दिरको उच्च स्थानको टुप्पामा लगेर उहाँलाई भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हाम्फाल्नुहोस् ।
הרי כתוב בתנ״ך:’כי מלאכיו יצווה לך לשמרך… | 10 |
किनभने लेखिएको छ, तपाईंको सुरक्षा र वास्ता गर्न ‘उहाँले आफ्ना दूतहरूलाई आज्ञा गर्नुहुनेछ ।’
על כפיים ישאונך פן תיגוף באבן רגלך‘. “ | 11 |
अनि तिनीहरूले तपाईंलाई हात हातै थाम्नेछन्, त्यसकारण तपाईंका खुट्टा ढुङ्गामा ठोकिने छैनन् ।”
”אולם כתוב:’לא תנסה את ה׳ אלוהיך‘, “השיב לו ישוע. | 12 |
येशूले जवाफ दिँदै त्यसलाई भन्नुभयो, “यस्तो भनिएको छ, तैँले आफ्ना परमप्रभु परमेश्वरको परीक्षा नगर्नू ।”
כאשר סיים השטן לנסות את ישוע עזב אותו לנפשו עד לעת מועד. | 13 |
अनि शैतानले येशूको परीक्षा गरिसकेपछि उहाँलाई अर्को समय नआएसम्म छोडेर गयो ।
לאחר מכן חזר ישוע לגליל כשהוא מלא בכוח רוח הקודש, ועד מהרה התפרסם בכל האזור. | 14 |
त्यसपछि पवित्र आत्माको शक्तिद्वारा येशू गालीलमा फर्कनुभयो र उहाँको विषयमा भएको खबर वरिपरिका सबै क्षेत्रहरूमा फैलियो ।
ישוע לימד את העם בבתי־הכנסת וכולם הללו ושיבחו אותו. | 15 |
उहाँले तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो र हरेकले उहाँको प्रशंसा गरे ।
ישוע בא אל נצרת – העיר שבה בילה את ילדותו – ובשבת הלך כמנהגו לבית־הכנסת. כשקם על רגליו כדי לקרוא את ההפטרה, | 16 |
एक दिन येशू नासरतमा आउनुभयो, जुन सहरमा येशू हुर्कनुभएको थियो । उहाँको रीतिअनुसार उहाँ यहूदी सभाघरमा प्रवेश गरी विश्रामको दिनमा खडा भई धर्मशास्त्र पाठ गर्नुभयो ।
הגישו לו את ספר ישעיהו. ישוע פתח את המגילה וקרא בקול: | 17 |
उहाँलाई यशैया अगमवक्ताको चर्मपत्रको मुट्ठो दिइयो । त्यसपछि उहाँले मुट्ठो खोल्नुभयो र यो लेखिएको ठाउँ भेट्टाउनुभयो ।
”רוח ה׳ עלי, יען משח ה׳ אותי לבשר ענוים; שלחני לחבש לנשברי לב, לקרוא לשבוים דרור ולאסורים – פְּקַח־קוֹחַ; | 18 |
“परमप्रभुका आत्मा ममाथि छ, किनभने उहाँले मलाई गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति अभिषेक गर्नुभएको छ । उहाँले कैदीहरूलाई छुटकाराको घोषणा गर्न मलाई पठाउनुभएको छ र दृष्टिविहीनहरूलाई दृष्टि दिन, अन्यायमा परेकाहरूलाई स्वतन्त्रता प्रदान गर्न,
र परमप्रभुको निगाहको वर्ष घोषणा गर्न मलाई पठाउनुभएको छ ।”
ישוע גלל את המגילה, החזירה לחזן וישב במקומו. כל באי בית־הכנסת נעצו בו את עיניהם בציפייה, | 20 |
त्यसपछि उहाँले चर्मपत्रको मुट्ठोलाई बन्द गर्नुभयो र सभाघरको मुख्य सेवकलाई फिर्ता गर्नुभयो र उहाँ बस्नुभयो । सभाघरमा उपस्थित भएका सबै मानिसहरूको हेराइ उहाँमाथि पर्यो ।
וישוע הוסיף:”היום התקיימו דברי הפסוקים האלה בקרבכם!“ | 21 |
उहाँले तिनीहरूलाई भन्नुभयो, “आज तिमीहरूले यी वचनहरू सुन्दा सुन्दै यो पुरा भएको छ ।”
כולם הקשיבו לדבריו והתפלאו על דברי החן והחוכמה שיצאו מפיו.”איך ייתכן הדבר?“שאלו איש את רעהו.”האין זה בנו של יוסף?“ | 22 |
उहाँले बोल्नुभएको वचनको सबैजना साक्षी भए र सबै मानिसहरू उहाँको मुखबाट निस्केको अनुग्रही वचनप्रति आश्चर्य चकित भए । उनीहरू यसो भन्दै थिए, “के यी मानिस योसेफका छोरा होइनन् र?
ישוע ענה להם:”ודאי תאמרו לי:’רופא, רפא תחילה את עצמך!‘או במילים אחרות:’מדוע אינך מחולל כאן, בעיר מולדתך, את הניסים והנפלאות שחוללת בכפר־נחום?‘ | 23 |
येशूले तिनीहरूलाई भन्नुभयो, “निश्चय नै तिमीहरूले मलाई यो उखान भन्नेछौ, ए वैद्य तिमी आफैँलाई निको पार । कफर्नहुममा जे-जति कामहरू तपाईंले गर्नुभयो त्यो हामीले सुनेका छौँ, ती कार्यहरू तिम्रो आफ्नो स्थानीय ठाउँमा पनि गर ।”
אני אומר לכם: אין נביא בעירו! את הנביא מכבדים בכל מקום חוץ מאשר בביתו ובין בני־עמו. | 24 |
साँच्चै म तिमीलाई भन्दछु, “कुनै पनि अगमवक्तालाई आफ्नो ठाउँमा स्वीकार गरिँदैन ।
”בימי אליהו הנביא לא ירד גשם במשך שלוש וחצי שנים, והבצורת גרמה לרעב גדול בכל הארץ. למרות שהיו בישראל אלמנות רבות שרעבו ללחם, | 25 |
तर म तिमीहरूलाई सत्य भन्दछु, तिन वर्ष छ महिनासम्म स्वर्गको ढोका बन्द गरी वृष्टि रोकिँदा र सारा भूमीमा ठुलो अनिकाल पर्दा एलियाको समयमा इस्राएलमा धेरै विधवाहरू थिए ।
לא שלח אלוהים את אליהו אל אף אחת מהן! אלוהים שלח את אליהו רק אל אלמנה לא יהודיה בעיירה צרפת שבצידון. | 26 |
तर एलियालाई अन्य कुनै व्यक्ति र स्थानहरूमा नपठाई सिदोन नगरमा भएकी सारपतकी विधवाकहाँ पठाइयो ।
או קחו לדוגמה את אלישע; אף כי בימי אלישע הנביא היו מצורעים רבים בישראל, הוא לא ריפא איש מהם, אלא דווקא את נעמן הארמי.“ | 27 |
अगमवक्ता एलीशाको समयमा इस्राएलमा धेरै कुष्ठरोगीहरू थिए, तर सिरियाली नामानबाहेक कोही पनि निको पारिएन ।
דברי ישוע עוררו את זעמם. | 28 |
जब सभाघरमा भएका सबै मानिसहरूले यी सबै कुराहरू सुने, तब उनीहरू रिसले चुर भए ।
הם קפצו מכיסאותיהם ודחפו אותו אל מחוץ לעיר, אל פסגת ההר שעליו נבנתה נצרת, במטרה להשליכו במדרון. | 29 |
तिनीहरू उठे र उहाँलाई सहरको बाहिरपट्टि ठेल्दै लागे, जुन सहर तिनीहरूले पहाडमा बसालेका थिए, त्यहीँबाट तल उहाँलाई खसाल्ने प्रयत्न गरे ।
אולם ישוע התחמק מהם והלך לדרכו. | 30 |
तर उहाँ तिनीहरूका बिचबाट निस्केर आफ्नो बाटो लाग्नुभयो ।
לאחר מכן הלך ישוע לכפר־נחום שבגליל, ומדי שבת לימד בבית־הכנסת. | 31 |
त्यसपछि उहाँ गालील सहरको कफर्नहुममा जानुभयो । विश्राम दिनमा उहाँले मानिसहरूलाई सभाघरमा सिकाउँदै हुनुहुन्थ्यो ।
גם כאן נדהמו השומעים, כי ישוע דיבר בסמכות בלתי רגילה. | 32 |
तिनीहरू उहाँको शिक्षामा आश्चर्य चकित भए, किनभने उहाँले अधिकारसहित बोल्नुभएको थियो ।
פעם כשלימד ישוע בבית־הכנסת צעק לפתע איש אחד אחוז רוח שד טמא: | 33 |
त्यस दिन सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस त्यहाँ थियो, र उसले ठुलो स्वरले चिच्याउँदै भन्यो,
”מדוע אתה מטריד אותנו, ישוע מנצרת, האם באת להשמיד את השדים? אני מכיר אותך; אתה בנו הקדוש של אלוהים!“ | 34 |
“नासरतका येशू, हामीहरूसँग तपाईंको के सरोकार छ? के तपाईं हामीलाई नाश गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी मलाई थाहा छ । तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ ।”
ישוע נזף בשד וציווה עליו:”שתוק וצא החוצה!“השד השליך את האיש על הרצפה לעיני כולם, ויצא ממנו בלי לפגוע בו שוב. | 35 |
येशूले दुष्टात्मालाई हकार्नुभयो र भन्नुभयो, “चुप लाग् र त्यसबाट बाहिर निस्किजा ।” त्यसले तिनीहरूका बिचमा उसलाई लडायो र कुनै पनि हानि नोक्सानी नगरीकन उसबाट निस्केर गयो ।
כולם נדהמו ושאלו איש את רעהו במבוכה:”מה המיוחד בדברי האיש הזה עד כי אפילו שדים מצייתים לו?“ | 36 |
सबै मानिसहरू अति आश्चर्य चकित भए र उनीहरू एक अर्कामा यो विषयमा छलफल गर्न लागे । उनीहरूले भने, “यी वचनहरू कस्ता हुन्? उहाँले अशुद्ध आत्माहरूलाई अधिकार र शक्तिसाथ आज्ञा गर्नुहुन्छ र तिनीहरू बाहिर निस्केर जान्छन्?”
עד מהרה התפרסם סיפור המעשה בכל האזור. | 37 |
उहाँको विषयमा भएका समाचारहरू वरिपरिका सबै क्षेत्रहरूमा चारैतिर फैलियो ।
לאחר שעזב ישוע את בית־הכנסת, הלך לביתו של שמעון וראה את חמותו של שמעון קודחת מחום.”אנא, רפא אותה“, התחננו לפניו כולם. | 38 |
त्यसपछि येशू सभाघरबाट निस्केर सिमोनको घरमा पस्नुभयो । सिमोनकी सासुलाई उच्च ज्वरोले सताएको थियो र उनीहरूले उनको पक्षमा उहाँसँग बिन्ती गरे ।
ישוע עמד ליד מיטתה וגער בקדחת. מיד ירד החום, והיא קמה ממיטתה והכינה להם אוכל. | 39 |
उहाँ उनको छेउमा उभिनुभयो र ज्वरोलाई हकार्नुभयो र ज्वरोले उनलाई छोड्यो । तुरुन्तै उनी उठिन् र उहाँहरूको सेवा गर्न थालिन् ।
עם שקיעת השמש הביאו תושבי הסביבה אל ישוע חברים ובני משפחה שחלו במחלות שונות. ישוע הניח את ידיו עליהם וריפא אותם. | 40 |
साँझपख सूर्य अस्ताउने बेलामा धेरै प्रकारका रोग लागेका बिरामीहरूलाई येशूकहाँ ल्याइयो । उहाँले तिनीहरू सबैमाथि आफ्नो हात राख्नुभयो र सबैलाई निको पार्नुभयो ।
ישוע גם גירש שדים מאנשים רבים, ובצאתם נהגו השדים לקרוא בקול:”אתה הוא בן־האלוהים!“אולם ישוע השתיק אותם, בגלל שהם ידעו שהוא המשיח. | 41 |
तिनीहरूमध्ये धेरैबाट भूत आत्मा चिच्याउँदै बाहिर निस्केर यसो भन्यो, “तपाईं जीवित परमेश्वरका पुत्र हुनुहुन्छ ।” येशूले भूत आत्माहरूलाई हकार्नुभयो र तिनीहरूलाई बोल्न दिनुभएन, किनभने उहाँ ख्रीष्ट हुनुहुन्थ्यो भनी तिनीहरूलाई थाहा थियो ।
למחרת, השכם בבוקר, הלך ישוע למקום שומם כדי להתבודד. המוני העם חיפשו אותו בכל מקום, וכשמצאו אותו התחננו לפניו:”אנא, אל תעזוב אותנו; הישאר איתנו בכפר־נחום.“ | 42 |
जब बिहान भयो, उहाँ एकान्त ठाउँमा जानुभयो । ठुलो भिडले उहाँलाई खोजी राखेको थियो र उहाँ जहाँ हुनुहुन्थ्यो, भिड त्यहीँ नै आइपुग्यो र तिनीहरूले उहाँलाई अन्त जानबाट रोक्ने कोसिस गरे ।
אולם ישוע השיב להם:”עלי לבשר את דבר מלכות האלוהים גם בערים אחרות, כי זוהי מטרת שליחותי.“ | 43 |
तर येशूले भन्नुभयो, “मैले अन्य सहरहरूमा पनि राज्यको सुसमाचार प्रचार गर्नुपर्छ, किनभने म यसैको लागि पठाइएको हुँ ।”
וישוע המשיך ללמד בבתי־הכנסת השונים שבאזור יהודה. | 44 |
त्यसपछि यहूदियाका सबै प्रान्तका सभाघरहरूमा उहाँले निरन्तर प्रचार गर्नुभयो ।