< מַעֲשֵׂי הַשְּׁלִיחִים 28 >
עד מהרה גילינו שאנו על האי מלטה. | 1 |
हामीलाई सुरक्षित तरिकाले ल्याइएको टापुको नाम माल्टा रहेछ भन्ने कुरा हामीले जान्यौँ ।
תושבי המקום נהגו בנו בטוב־לב ראוי לציון, והבעירו מדורה כדי לחמם אותנו בקור העז ובגשם הסוחף. | 2 |
ती स्थानीय मानिसहरूले सामान्य खालको दया मात्र देखाएनन्, निरन्तर पानी परेर जाडो भएको हुनाले तिनीहरूले आगो बालेर हामी सबै जनालाई स्वागत पनि गरे ।
פולוס קושש ענפים וזרדים יבשים, והשליך אותם אל תוך המדורה. לפתע זינק על זרועו נחש ארסי שביקש מפלט מהחום. | 3 |
तर जब पावलले एक बिटा दाउरा जम्मा गरे, र त्यसलाई आगोमा हाले, तापले गर्दा एउटा विषालु सर्प निस्केर उनको हातमा बेरियो ।
כשראו אנשי האי את הנחש התלוי על זרועו, אמרו זה לזה:”הוא בטח רוצח! הוא אמנם ניצל מן הים, אולם הצדק לא יניח לו לחיות!“ | 4 |
जब त्यहाँको स्थानीय मानिसहरूले उनको हातमा त्यो प्राणी झुण्डीरहेको देखे, तब तिनीहरूले एक आपसमा यसो भने, “यो मानिस पक्का पनि हत्यारा हो, जो समुद्रबाट उम्केको थियो, तापनि इन्साफले उसलाई जिउन दिएन ।
אך פולוס ניער את הנחש אל תוך האש, והוא עצמו כלל לא נפגע. | 5 |
तब उनले त्यो प्राणीलाई आगोमा झट्कारी दिए र कुनै हानी भोगेनन् ।
האנשים הביטו בו בדריכות וציפו לראות את גופו מתנפח או נופל מת. אולם לאחר שחיכו זמן רב ולא קרה דבר, שינו את דעתם והחליטו שפולוס הוא ודאי אל! | 6 |
तिनीहरूले उनलाई हनहनी ज्वरो आउँछ होला भनेर हेरिरहेका थिए, वा तिनी अचानक मर्छन् होला भन्ने ठानेका थिए । तर तिनीहरूले उनलाई लामो समयसम्म हेरिसकेपछि, उनलाई कुनै पनि असामान्य कुरा नभएको देखे, र तिनीहरूले आफ्नो विचारलाई परिवर्तन गरेर उनी त ईश्वर रहेछन् भने ।
אחוזתו של פובליוס, מושל האי, הייתה בקרבת החוף. הוא הזמין אותנו לביתו ואירח אותנו שלושה ימים. | 7 |
त्यसको नजिकैको स्थानमा, पब्लियस नाम गरेको त्यस टापुको मुख्य मानिसको जमिन थियो । उनले हामीलाई स्वागत गरे, र दयाका साथ हामीलाई तिन दिनसम्म बन्दोबस्त गरिदिए ।
באותה עת היה אביו של פובליוס חולה מאוד – הייתה לו דיזנטריה והוא קדח מחום. פולוס הלך לחדרו של החולה, התפלל בעדו, סמך את ידיו עליו, והאיש נרפא. | 8 |
पब्लियसका बुबा ज्वरो र आऊँले गर्दा बिरामी परेका थिए । जब पावल उनी भएको ठाउँमा गए, उनले प्रार्थना गरे, उनी माथि हात राखे र उनलाई निको पारे ।
לאחר מכן באו שאר חולי האי אל פולוס, וגם הם נרפאו. | 9 |
यस्तो घटना भइसके पछि, त्यस टापुमा रहेका बिरामी मानिसहरू पनि उनीकहाँ आए, र सबै निको पारिए ।
התושבים היו אסירי תודה והציפו אותנו במתנות הוקרה. כאשר הגיע מועד הפלגתנו, הם מילאו את האונייה באוכל ובציוד. | 10 |
ती मानिसहरूले धेरै सम्मानका साथ हाम्रो आदर गरे । जब हामीले जहाजको यात्राको लागि तयारी गरिरहेका थियौँ, तिनीहरूले हामीलाई खाँचो परेका सबै थोकहरू दिए ।
שלושה חודשים לאחר שעלתה ספינתנו על שירטון עלינו על אונייה אחרת והמשכנו בדרכנו. הפעם הפלגנו באונייה”התאומים“, שבאה מאלכסנדריה ועגנה באי מלטה במשך החורף. | 11 |
तिन महिना पछि त्यस टापुमा हामीले अलेक्जेन्ड्रियाको जहाजमा यात्रा सुरू गर्यौँ, जुन हिउँदमा यसै टापुमा थियो, र त्यसमा जुम्ल्याहा दाजुभाइको तस्विर थियो ।
תחנתנו הראשונה הייתה סירקוז, שם נשארנו שלושה ימים. | 12 |
साइराक्युस शहरमा पुगिसकेपछि त्यहाँ हामी तीन दिन बस्यौँ ।
מסירקוז הפלגנו לרגיום. כעבור יום החלה לנשוב רוח דרומית, וביום השני הגענו לפוטיולי. | 13 |
हामी त्यहाँबाट यात्रा गरेर रेगीयमको शहरमा आइपुग्यौँ । त्यसको एक दिनपछि दक्षिणी बतास चल्यो, र त्यसको दुई दिनपछि पटेओली भन्ने शहरमा आइपुग्यौँ।
בפוטיולי פגשנו לבסוף מאמינים. הם הפצירו בנו להישאר איתם שבוע ימים, ומשם הפלגנו לרומא. | 14 |
त्यहाँ हामीले केही भाइहरूलाई भेट्टायौँ, जसले हामीलाई सात दिनसम्म त्यहाँ रहनको लागि निमन्त्रणा दिए । यसरी हामी रोम आइपुग्यौँ ।
כאשר שמעו האחים ברומא על דבר בואנו, נסעו מרחק רב מחוץ לעירם כדי לקבל את פנינו. חלקם חיכו לנו בכיכר אפיוס (כשישים ושמונה ק״מ מרומא), וחלקם הצטרפו אלינו ב”שלושת הפונדקים“(כ־חמישים וחמישה ק״מ מרומא). כשפולוס ראה אותם הוא התעודד מאוד והודה לה׳. | 15 |
हाम्रो बारेमा सुनेर त्यहाँ रहेका दाजुभाइहरू हामीलाई भेट्न आप्पियासको बजार र तिन भट्टीसम्म आए । जब पावलले ती दाजुभाइहरूलाई देखे, उनले परमेश्वरलाई धन्यवाद दिए र उत्साहित भए ।
בהגיעם לרומא הורשה פולוס לגור בכל מקום שרצה, אם כי תמיד נלווה אליו חייל. | 16 |
जब हामी रोममा प्रवेश गर्यौँ, पावललाई एक जना सिपाहीको रेखदेखमा एक्लै बस्ने अनुमति दिइयो ।
כעבור שלושה ימים כינס פולוס את מנהיגי היהודים המקומיים, ואמר להם:”היהודים בירושלים אסרו אותי ומסרו אותי לידי הממשל הרומאי, למרות שלא פגעתי באיש ולא עברתי על חוקי אבותינו. | 17 |
तब यसको तिन दिनपछि, पावलले यहूदीहरूका अगुवाहरूलाई एकसाथ बोलाए । जब तिनीहरूसँगसँगै आइपुगे उनले तिनीहरूलाई भने, “दाजुभाइ हो, यद्यपि मैले मानिसहरूको विरुद्धमा वा पितापुर्खाको रितीरिवाजको विरुद्धमा कुनै पनि काम गरेको छैन, मलाई एक जना कैदीको रूपमा यरूशलेमबाट रोमीहरूको हातमा सुम्पिएको छ ।
הרומאים ערכו לי משפט ורצו לשחרר אותי, מכיוון שלא מצאו כל סיבה לדון אותי למוות, כפי שדרשו היהודים. | 18 |
तिनीहरूले मलाई प्रश्न गरिसकेपछि, तिनीहरूले मलाई स्वतन्त्र गर्न चाहे, किनकि ममा मृत्युदण्डको सजाय पाउनु पर्ने कुनै पनि कारण थिएन ।
אולם מאחר שהיהודים מחו נגד ההחלטה, מצאתי לנחוץ לערער לפני הקיסר, למרות שלא רציתי לתבוע את עמי. | 19 |
तर जब यहूदीहरूले तिनीहरूको चाहना विरुद्धमा बोले, तब कैसरकहाँ अपिल गर्न म बाध्य भएँ, तथापि यो मैले मेरो जातिको विरुद्धमा कुनै पनि दोष लगाइरहेको जस्तो थिएन ।
ביקשתי מכם לבוא הנה היום כדי שנכיר זה את זה, וכדי שאוכל לומר לכם שאני אסור באזיקים אלה רק משום שאני מאמין שהמשיח כבר בא!“ | 20 |
तब मेरो अपिलको कारणले गर्दा मैले तपाईंहरूलाई भेट्न, र कुराकानी गर्न बोलाएको हुँ । इस्राएल जे कुराको निम्ति दृढ छ, त्यसैको निम्ति म साङ्लाले बाँधिएको छु ।
”לא שמענו עליך שום דבר רע.“ענו מנהיגי היהודים.”לא קיבלנו מכתבים מיהודה, ולא שמענו דיווחים מפי הבאים לכאן מירושלים. | 21 |
तब तिनीहरूले उनलाई भने, “हामीले न त तपाईंको बारेमा यहूदाबाट कुनै पत्र नै प्राप्त गर्यौँ, न त कुनै भाइहरू आएर तपाईंको बारेमा कुनै नराम्रो प्रतिवेदन दिए वा कुनै नराम्रो कुरा गरे ।
אולם אנחנו רוצים לשמוע במה אתה מאמין, כי הדבר היחיד שאנו יודעים על המשיחיים האלה הוא שבכל מקום מתנגדים לכת הזאת.“ | 22 |
तर हामीले यस पन्थको बारेमा के विचार गर्नुहुन्छ भन्ने कुरा तपाईंबाट सुन्न चाहन्छौँ, किनकि यसको विरुद्धमा बोलिन्छ भनेर हामीहरूले जन्दछौँ ।
הם קבעו מועד לפגישתם הבאה, ובאותו יום התאסף קהל רב ליד ביתו של פולוס. הוא סיפר להם על מלכות האלוהים, ולימד אותם על אודות ישוע מתוך כתבי־הקודש – מהתורה ומהנביאים. הוא החל ללמד אותם בבוקר, ולא הפסיק עד הערב. | 23 |
जब उनीहरूले उनको निम्ति एक दिन तोकिदिए, तब उनको बासस्थानमा धेरै मानिसहरू आए । उनले त्यस विषयलाई उनीहरूको सामु प्रस्तुत गरे, र परमेश्वरको राज्यको बारेमा गवाही दिए । उनले तिनीहरूलाई येशू ख्रीष्टको बारेमा मोशा र अगमवक्ताको पुस्तक दुवैबाट बिहानदेखि बेलुकासम्म विश्वस्त पार्ने कोसिस गरे ।
אחדים האמינו לדבריו, ואחרים לא האמינו. | 24 |
कति जना भनिएको कुरामा विश्वस्त भए भने कतिले विश्वास गरेनन् ।
לאחר שהתווכחו בינם לבין עצמם, הם עזבו את המקום כשדבריו של פולוס מהדהדים באוזניהם:”רוח הקודש צדק כששם דברים אלה בפי ישעיהו הנביא: | 25 |
जब तिनीहरू एक अर्कामा सहमत भएनन् तब पावलले यो एउटा वचन बोलिसकेपछि तिनीहरू गए, “पवित्र आत्माले यशैया अगमवक्ताद्वारा तिम्रा पितापुर्खाहरूसँग ठिकै कुरा बोल्नुभयो ।
’לך ואמרת לעם הזה: שמעו שמוע ואל תבינו, וראו ראו ואל תדעו; | 26 |
उनले भने, “यी मानिसहरूकहाँ जा, र भन्, ‘सुन्न त तिमीहरू सुन्नेछौ तर बुझ्दैनौ, देखेर देख्नेछौ तर सजग हुनेछैनौ ।
השמן לב העם הזה ואזניו הכבד ועיניו השע, פן יראה בעיניו ובאזניו ישמע, ולבבו יבין ושב ורפא לו‘. | 27 |
किनकि यी मानिसहरूका हृदय सुस्त भएका छन् । तिनीहरूको कानले मुश्किलसाथ सुनेका छन् । तिनीहरूले आँखा बन्द गरेका छन्, नत्रता तिनीहरूको आँखा सजग हुने थिए, र तिनीहरूका कानले सुन्ने थिए, र तिनीहरूका हृदयले बुझ्ने थिए, र फर्कने थिए र म तिनीहरूलाई निको पार्ने थिएँ ।’
משום כך אני רוצה שתדעו כי ישועה זאת מוצעת גם לגויים, והם ישמעו.“ | 28 |
त्यसकारण, तिमीले जान्नुपर्ने हुन्छ, कि परमेश्वरको मुक्तिलाई अन्यजातिहरूका निम्ति पठाईएको छ, र तिनीहरूले सुन्नेछन् ।
(टिपोट: प्रेरित २८:२९- उत्तम प्राचिन पाण्डुलिपिहरूले २९ पदलाई हटाएका छन् ) जब उनले यी कुराहरू भनिसके, तब ती यहूदीहरू ठूलो वाद-विवाद गर्दै बिदा भए ।
במשך השנתיים הבאות התגורר פולוס בבית ששכר לעצמו, וקיבל בברכה את כל מי שבא לבקרו. | 30 |
पावल आफ्नो भाडामा लिएको घरमा पुरा दुई वर्षसम्म बसे, र उनीकहाँ आउने सबैलाई स्वागत गरे ।
הוא בישר באומץ את דבר מלכות האלוהים, לימד על אודות האדון ישוע המשיח, ואיש לא ניסה להפריע לו. | 31 |
उनले परमेश्वरको राज्यको प्रचार गरिरहेका थिए, र ठुलो साहसका साथ प्रभु येशू ख्रीष्टको बारेमा शिक्षा दिइरहेका थिए । कसैले पनि उनलाई रोकेन ।