< מַעֲשֵׂי הַשְּׁלִיחִים 16 >
פולוס וסילא הלכו תחילה לדרבי ומשם ללוסטרה. בלוסטרה הם פגשו מאמין צעיר בשם טימותיוס. אמו הייתה יהודיה מאמינה, ואביו – יווני. | 1 |
पावल डर्बी र लुस्त्रामा पनि आए, त्यहाँ तिमोथी नाउँ गरेका एक जना चेला पनि थिए । उनी एउटी विश्वासी यहूदी स्त्रीका छोरा थिए भने उनका बाबुचाहिँ ग्रीक थिए ।
מאחר שלטימותיוס היה שם טוב בין האחים בלוסטרה ובאיקניון, ביקש ממנו פולוס להילוות אליהם במסעם. מתוך התחשבות ברגשות יהודי הסביבה החליט פולוס למול את טימותיוס לפני צאתם לדרך, כי כולם ידעו שאביו יווני. | 2 |
लुस्त्रा र आइकोनियमका भाइहरूले तिमोथीका बारेमा असल कुरा भन्थे ।
पावलले तिमोथीलाई आफूसँगै यात्रामा लान चाहन्थे, यसकारण उनले तिमोथीलाई आफूसँगै लगे र तिनको खतना गरे किनभने ती इलाकाहरूमा यहूदीहरू पनि थिए र उनका बाबु ग्रीक हुन् भनेर तिनीहरू सबैलाई थाहा थियो ।
השלושה עברו מעיר לעיר ופרסמו את החלטת השליחים והזקנים בירושלים בנוגע למאמינים הגויים. | 4 |
ती सहरहरूको यात्रा गर्दैजाँदा उनीहरूले मण्डलीहरूमा पालन गर्नुपर्ने निर्देशनहरू दिए जुन निर्देशनहरू प्रेरितहरूले र अगुवाहरूले यरूशलेममा लेखेर दिएका थिए ।
והקהילה המשיחית גדלה והתפתחה מיום ליום באמונה ובמספר. | 5 |
यसरी मण्डलीहरू विश्वासमा बलियो हुँदै र दिन प्रतिदिन संख्यामा वृद्धि हुँदै गइरहे ।
לאחר מכן עברו פולוס ומלוויו דרך פריגיה וגלטיה, כי רוח הקודש אמר להם שלא להיכנס לאסיה הקטנה באותו מסע. | 6 |
एसियामा वचन प्रचार गर्न उनीहरूलाई पवित्र आत्माले मनाही गर्नुभएको हुँदा, पावल र उनका साथीहरू फ्रिगिया र गलातियाका क्षेत्रहरू हुँदै अगि बढे ।
הם עברו לאורך גבולות מיסיה, והתכוננו ללכת צפונה – לביתיניה, אך רוח ישוע אמר להם שלא. | 7 |
जब उनीहरू माइसियाको नजिक आइपुगे उनीहरूले बिथिनिया जान प्रयास गरे, तर येशूका आत्माले उनीहरूलाई रोक्नुभयो ।
לכן במקום ללכת לביתיניה הם עברו דרך מיסיה, והלכו לעיר טרואס. | 8 |
त्यसैले माइसियाहुँदै अगाडि बढ्दै जाँदा, उनीहरू त्रोआस सहरमा झरे ।
באותו לילה נראה לפולוס חזיון: הוא ראה בחלומו איש ממקדוניה (שביוון) מתחנן לפניו:”אנא, בוא אלינו למקדוניה ועזור לנו!“ | 9 |
रातको समयमा पावलले एउटा दर्शन देखे जसमा माकेडोनियाका एकजना व्यक्ति उभिएर उनलाई यसो भनिरहेका थिए, “माकेडोनिया आउनुहोस् र हामीलाई सहायता गर्नुहोस् ।”
מיד לאחר חלומו של פולוס עמדנו לצאת למקדוניה, כי הגענו למסקנה שה׳ שולח אותנו לשם כדי לבשר את הבשורה. | 10 |
पावलले त्यो दर्शन देखेपछि, परमेश्वरले हामीलाई तिनीहरूलाई सुसमाचार प्रचार गर्न बोलाउनुभएको हो भन्ने निष्कर्ष निकालेर हामीहरू तुरुन्तै माकेडोनियाको बाटोतर्फ लाग्यौँ ।
עלינו על ספינה בטרואס והפלגנו לסמותרקיה, ולמחרת נסענו לנפוליס. | 11 |
त्यसकारण हामी त्रोआसबाट जहाजमा चढेर सोझै सामोथ्रेकको बाटो लाग्यौँ र अर्को दिन हामी नियापोलिस पुग्यौँ,
משם הגענו לפיליפי, שהייתה המושבה הרומאית הקרובה ביותר לגבול המקדוני, ונשארנו שם ימים אחדים. | 12 |
त्यहाँबाट रोमी उपनिवेशको एकदमै महत्त्वपूर्ण जिल्लाको फिलिप्पी गयौँ जुनचाहिँ माकेडोनियाको एउटा सहर हो । हामी त्यस सहरमा धेरै दिनसम्म बस्यौँ ।
בשבת יצאנו מחוץ לעיר והלכנו אל שפת הנהר, שם נהגה קבוצה אחת להתאסף לתפילה. התיישבנו שם ולימדנו את הנשים שנכחו במקום. | 13 |
सबाथ-दिनमा हामी सहरको ढोकाबाट बाहिर नदी किनारमा पुग्यौँ जहाँ प्रार्थना गर्ने ठाउँ होला भन्ने हामीले ठान्यौँ । हामी बस्यौँ र जम्मा भएका स्त्रीहरूसँग कुरा गर्यौँ ।
אחת מהן הייתה לידיה מהעיר תיאטירה, שהייתה סוחרת בבדי ארגמן. לידיה הייתה אישה יראת אלוהים, ועתה, כשהקשיבה לדבריו של פולוס, פתח אלוהים את לבה והיא האמינה לכל מה שאמר. | 14 |
त्यहाँ थिआटिरा सहरमा बसोबास गर्ने लिडिया नाउँ गरेकी एउटी स्त्री थिइन् जो वैजनी रङको वस्त्रको व्यापारी थिइन् । जसले परमेश्वरको आराधना गर्थिन् र हाम्रो कुरालाई ध्यान दिएर सुनिन् । पावलले भनेका कुरा तिनले ध्यानपूर्वक सुनून् भनेर परमप्रभुले तिनको हृदय खोलिदिनुभयो ।
היא נטבלה יחד עם כל בני־ביתה, וביקשה מאיתנו להתארח אצלה.”אם אתם חושבים שאני באמת מאמינה באדון, “אמרה,”בואו והתארחו בביתי.“היא הפצירה בנו עד שהסכמנו. | 15 |
तिनी र तिनका परिवार सबैजनालाई बप्तिस्मा दिएपछि तिनले हामीलाई यसो भन्दै आग्रह गरिन्, “यदि तपाईंहरूले मलाई प्रभुप्रति विश्वासयोग्य ठान्नुहुन्छ भने मेरो घरमा आएर बस्नुहोस् ।” भनी हामीलाई मनाइन् ।
יום אחד, כשבאנו למקום התפילה שעל שפת הנהר, פגשנו שפחה צעירה אחוזת־רוח ניחוש, שניבאה עתידות והרוויחה הרבה כסף לאדוניה. | 16 |
हामीहरू प्रार्थना गर्ने स्थानतर्फ जाँदै गर्दा, जोखना हेर्ने एउटी जवान स्त्रीसँग हाम्रो सामना भयो । त्यसले जोखना हेरेर आफ्ना मालिकहरूका निम्ति धेरै धन कमाइदिन्थी ।
היא רדפה אחרינו וצרחה:”אנשים אלה הם עבדי ה׳; הם באו לספר לכם דרך ישועה!“ | 17 |
त्यो स्त्री यसो भन्दै पावल र हाम्रो पछि लागी, “यी मानिसहरू सर्वोच्च परमेश्वरका सेवकहरू हुन् । यिनीहरूले तपाईंहरूलाई मुक्तिको बाटो घोषणा गर्छन् ।”
למורת רוחו של פולוס נמשך הדבר יום אחר יום, עד שלבסוף פנה אל השד שבתוכה וקרא:”בשם ישוע המשיח אני מצווה עליך לצאת ממנה!“והשד יצא מתוכה באותו רגע. | 18 |
त्यसले धेरै दिनसम्म त्यसो गरिरही । तर त्यसबाट धेरै झिजो मानेर पावलले पछाडितिर फर्केर त्यो आत्मालाई भने, “येशू ख्रीष्टको नाउँमा म तँलाई यसबाट निस्केर जाने आज्ञा दिन्छु ।” र त्यो तुरुन्तै निस्केर गयो ।
כשראו בעליה שאבדה תקוותם להרוויח כסף קל ומהיר, תפסו את פולוס וסילא וגררו אותם אל השופטים אשר בכיכר השוק. | 19 |
जब त्यस स्त्रीका मालिकहरूले आफ्नो कमाइको आशा गुम्नेभयो भन्ने थाहा पाए, तिनीहरूले पावल र सिलासलाई समातेर घिसार्दै बजारमा अधिकारीहरूका अगि लगे ।
”היהודים האלה משחיתים את העיר שלנו!“צרחו. | 20 |
तिनीहरूले पावल र सिलासलाई न्यायाधीशहरूकहाँ ल्याएर भने, “यिनीहरू यहूदीहरू हुन् र हाम्रो सहरमा एकदमै समस्या खडा गरिरहेका छन् ।
”הם מלמדים את האזרחים לעשות דברים המנוגדים לחוק הרומאי!“ | 21 |
यिनीहरूले कानुन विपरित शिक्षाहरू सिकाइरहेका छन्, जुन हामी रोमीहरूका लागि ग्रहण गर्न वा पालन गर्न योग्यका छैनन् ।”
לשמע דברים אלה התנפל ההמון על פולוס וסילא, והשופטים ציוו להפשיטם ולהלקותם בשוטים. | 22 |
त्यसपछि मानिसहरूको भिड पावल र सिलास माथि खनिए; अनि न्यायाधीशहरूले उनीहरूको कपडा च्यातिदिए र उनीहरूलाई लहुराले हिर्काउने आदेश दिए ।
לאחר שהצליפו על גבם ללא רחמים, השליכו את השניים לכלא, והסוהר נצטווה לשמור עליהם כעל בבת־עינו (שאם לא כן יומת). | 23 |
तिनीहरूले उनीहरूलाई धेरै पिटेपछि तिनीहरूले पावल र सिलासलाई झ्यालखानामा हालिदिए र उनीहरूमाथि कडा निगरानी राख्न झ्यालखानाका हाकिमलाई आदेश दिए ।
מאחר שהסוהר קיבל את הפקודה, השליך את השניים לצינוק ושם את רגליהם בסד. | 24 |
आदेश पाउने बित्तिकै झ्यालखानाका हाकिमले उनीहरूलाई भित्री कोठामा थुने र उनीहरूका खुट्टाहरू ठिँगुरामा हालेर बाँधे ।
בחצות הלילה התפללו פולוס וסילא ושרו לכבוד ה׳, וכל האסירים הקשיבו להם. | 25 |
मध्यरातमा पावल र सिलास परमेश्वरसँग प्रार्थना गर्दै र भजन गाउँदै थिए र अरू कैदीहरूले पनि त्यो कुराहरू सुनिरहेका थिए ।
לפתע התחוללה רעידת אדמה חזקה שזעזעה את יסודות בית־הכלא. כל הדלתות נפתחו לרווחה, ואזיקיהם של כל האסירים ניתקו! | 26 |
अचानक त्यहाँ एउटा ठुलो भूकम्प गयो जसले गर्दा झ्यालखानाका जगहरू हल्लिए । तुरन्तै झ्यालखानाका सबै ढोकाहरू खोलिए अनि सबैका साङ्लाहरू आफैँ खोलिए ।
כשהתעורר הסוהר משנתו ומצא את כל דלתות הכלא פתוחות, היה בטוח שכל האסירים נמלטו, ולכן שלף מהר את חרבו כדי להתאבד. | 27 |
झ्यालखानाका हाकिम आफ्नो निद्राबाट ब्युँझिए र झ्यालखानाका सबै ढोकाहरू खुल्ला देखे । तब सबै कैदीहरू भागिसके भन्ने ठानेर उनले आफ्नो तरवार निकालेर आफूलाई मार्नै लागेका थिए ।
אך פולוס צעק לעברו:”אל תהרוג את עצמך! כולנו כאן!“ | 28 |
तर पावलले चर्को सोरले कराएर भने, “आफूलाई हानि नगर्नुहोस् किनकि हामी सबैजना यहीँ छौँ ।”
בפחד וברעדה חיפש הסוהר נרות, רץ אל הצינוק ונפל לפני פולוס וסילא. | 29 |
झ्यालखानाका हाकिमले बत्ती बाल्न लगाए र दौडेर भित्र पसे अनि डराउँदै पावल र सिलासको सामु भुइँमा लम्पसार परे ।
הוא הוציא אותם החוצה ושאל בתחינה:”רבותי, מה עלי לעשות כדי להיוושע?“ | 30 |
अनि उनीहरूलाई बाहिर निकाले र भने, “हजुर, उद्धार पाउनका निम्ति मैले के गर्नुपर्छ?”
”עליך להאמין באדון ישוע, “השיבו השניים,”ואז תיוושע – אתה וכל בני־ביתך בזכות האמונה!“ | 31 |
उनीहरूले भने, “प्रभु येशूमा विश्वास गर्नुहोस् अनि तपाईंले उद्धार पाउनुहुने छ, तपाईं र तपाईंको परिवारले ।”
והם סיפרו לסוהר ולכל בני־ביתו את בשורת אלוהים. | 32 |
उनीहरूले प्रभुको वचन तिनलाई र तिनका घर-परिवारका सबैलाई सुनाए ।
באותה הזדמנות רחץ הסוהר את פצעיהם, ואחר כך נטבל עם כל בני ביתו. | 33 |
तब रातको त्यही घडी झ्यालखानाका हाकिमले उनीहरूलाई निकालेर लगे अनि उनीहरूका घाउचोटहरू सफा गरिदिए र झ्यालखानाका हाकिम र उनका सबै घरानालाई तुरुन्तै बप्तिस्मा दिइयो ।
לאחר מכן העלה אותם האיש לביתו וערך לפניהם סעודה גדולה. מה רבה הייתה שמחתו ושמחת כל בני־ביתו על שכולם האמינו עתה בה׳. | 34 |
उनले पावल र सिलासलाई आफ्नो घरमा लिएर गए र तिनीहरूलाई खाना खुवाए । उनी उनका सबै घराना निकै रमाए किनभने उनीहरू सबैले परमेश्वरमा विश्वास गरेका थिए ।
למחרת בבוקר שלחו השופטים שוטרים אל הסוהר, ובפיהם הפקודה:”שחרר את שני האסירים ותן להם ללכת!“ | 35 |
भोलिपल्ट बिहान न्यायाधीशहरूले झ्यालखानाका सिपाहीहरूलाई यसो भन्दै सन्देश पठाए, “ती मानिसहरूलाई छाडिदेओ ।”
הסוהר מיהר אל פולוס ואמר:”השופטים ציוו עלי לשחרר אתכם; אתם חופשיים ללכת לדרככם!“ | 36 |
यसकारण झ्यालखानाका हाकिमले पावललाई भने, “न्यायाधीशहरूले तपाईंहरूलाई छाडिदिनू भनेर आदेश दिएका छन्, त्यसैले तपाईंहरू बाहिर आउनुहोस् र शान्तिसँग जानुहोस् ।”
”בשום פנים ואופן לא!“השיב פולוס בהחלטיות.”למרות שאנחנו אזרחים רומאים ולא היינו אשמים בכל פשע, הכו אותנו בשוטים לעיני כל העם! לא די בכך שהכו אותנו בשוטים והשליכו אותנו לכלא ללא משפט, הם רוצים עתה לשלח אותנו מכאן בחשאי? שיבואו הנה בעצמם וישחררו אותנו!“ | 37 |
तर पावलले तिनीहरूलाई भने, “हामी निर्दोष रोमी नागरिक भए तापनि तिनीहरूले हामीलाई सार्वजनिक स्थलमा पिटेका छन् र हामीलाई झ्यालखानामा हालेका छन्; र अहिले हामीलाई सुटुक्क पठाउन खोज्दैछन्? वास्तवमा त्यसो होइन, तिनीहरू आफैँ आएर र हामीलाई छुटाएर लैजाउन् ।”
השוטרים מסרו לשופטים את דבריו של פולוס, וכשנודע להם שפולוס וסילא היו אזרחים רומאים, חששו לחייהם. | 38 |
तब झ्यालखानाका सिपाहीहरूले गएर न्यायाधीशहरूलाई यी कुरा सुनाए; अनि तिनीहरूले पावल र सिलास रोमी हुन् भन्ने थाहा पाएपछि न्यायाधीशहरू डराए ।
משום כך הזדרזו השופטים ללכת בעצמם לבית־הכלא, והתחננו לפני השניים שיואילו בטובם לעזוב את העיר. | 39 |
न्यायाधीशहरू आफैँ आएर बिन्ति गरे र पावल र सिलासलाई झ्यालखानाबाट बाहिर निकाले अनि सहर छाडेर जान आग्रह गरे ।
פולוס וסילא יצאו מן הכלא וחזרו לביתה של לידיה. לאחר שעודדו את המאמינים שפגשו שם, הלכו השניים לדרכם. | 40 |
अनि पावल र सिलास झ्यालखानाबाट निस्केर लिडियाको घरमा गए । जब पावल र सिलासले दाजुभाइहरूलाई देखे, उनीहरूले तिनीहरूलाई प्रोत्साहन दिए र त्यस सहरबाट आफ्नो बाटो लागे ।