< אִיּוֹב 36 >
וַיֹּ֥סֶף אֱלִיה֗וּא וַיֹּאמַֽר׃ | 1 |
एलीहूले निरन्तर बोले र यसो भने,
כַּתַּר־לִ֣י זְ֭עֵיר וַאֲחַוֶּ֑ךָּ כִּ֤י ע֖וֹד לֶאֱל֣וֹהַּ מִלִּֽים׃ | 2 |
“मलाई अरू थोरै समय बोल्न दिनुहोस्, र म तपाईंहरूलाई केही कुरा देखाउनेछु, किनकि परमेश्वरको समर्थनमा मैले अलिकति अरू भन्नुछ ।
אֶשָּׂ֣א דֵ֭עִי לְמֵרָח֑וֹק וּ֝לְפֹעֲלִ֗י אֶֽתֵּֽן־צֶֽדֶק׃ | 3 |
म धेरै टाढाबाट आफ्नो ज्ञान प्राप्त गर्नेछु । धार्मिकता मेरा सृष्टिकर्ताको हो भनी म स्वीकार गर्छु ।
כִּֽי־אָ֭מְנָם לֹא־שֶׁ֣קֶר מִלָּ֑י תְּמִ֖ים דֵּע֣וֹת עִמָּֽךְ׃ | 4 |
किनकि वास्तवमा नै मेरा शब्दहरू झुटा हुनेछैनन् । ज्ञानमा परिपक्व कोही एक जना तपाईंहरूसँग हुनुहुन्छ ।
הֶן־אֵ֣ל כַּ֭בִּיר וְלֹ֣א יִמְאָ֑ס כַּ֝בִּ֗יר כֹּ֣חַֽ לֵֽב׃ | 5 |
हेर्नुहोस्, परमेश्वर शक्तिशाली हुनुहुन्छ, र उहाँले कसैलाई तिरस्कार गर्नुहुन्न । समझशक्तिको ताकतमा उहाँ शक्तिशाली हुनुहुन्छ ।
לֹא־יְחַיֶּ֥ה רָשָׁ֑ע וּמִשְׁפַּ֖ט עֲנִיִּ֣ים יִתֵּֽן׃ | 6 |
दुष्ट मानिसहरूका जीवनलाई उहाँले जोगाउनुहुन्न, बरु, दुःख भोग्नेहरूका लागि जे ठिक हुन्छ, त्यही गर्नुहुन्छ ।
לֹֽא־יִגְרַ֥ע מִצַּדִּ֗יק עֵ֫ינָ֥יו וְאֶת־מְלָכִ֥ים לַכִּסֵּ֑א וַיֹּשִׁיבֵ֥ם לָ֝נֶ֗צַח וַיִּגְבָּֽהוּ׃ | 7 |
उहाँले धर्मी मानिसहरूबाट आफ्नो दृष्टि हटाउनुहुन्न, तर त्यसको साटोमा राजालाई झैं तिनीहरूलाई सधैंभरि सिंहासनमा राख्नुहुन्छ, र तिनीहरू माथि उचालिन्छन् ।
וְאִם־אֲסוּרִ֥ים בַּזִּקִּ֑ים יִ֝לָּכְד֗וּן בְּחַבְלֵי־עֹֽנִי׃ | 8 |
तिनीहरू साङ्लाले बाँधिए अनि दुःखका डोरीमा अल्झिए भने,
וַיַּגֵּ֣ד לָהֶ֣ם פָּעֳלָ֑ם וּ֝פִשְׁעֵיהֶ֗ם כִּ֣י יִתְגַּבָּֽרוּ׃ | 9 |
तब तिनीहरूले जे गरेका हुन्छन्, अनि तिनीहरूका अपराध र तिनीहरूका घमण्ड, उहाँले तिनीहरूलाई प्रकट गर्नुहुन्छ ।
וַיִּ֣גֶל אָ֭זְנָם לַמּוּסָ֑ר וַ֝יֹּ֗אמֶר כִּֽי־יְשֻׁב֥וּן מֵאָֽוֶן׃ | 10 |
उहाँको निर्देशन सुन्नलाई उहाँले तिनीहरूका कान खुल्ला गर्नुहुन्छ, र अधर्मबाट फर्कन तिनीहरूलाई आदेश दिनुहुन्छ ।
אִֽם־יִשְׁמְע֗וּ וְֽיַ֫עֲבֹ֥דוּ יְכַלּ֣וּ יְמֵיהֶ֣ם בַּטּ֑וֹב וּ֝שְׁנֵיהֶ֗ם בַּנְּעִימִֽים׃ | 11 |
तिनीहरूले उहाँको सोर सुने अनि उहाँको आराधना गरे भने, तिनीहरूले आफ्नो समय समृद्धिमा, र आफ्ना वर्षहरू सन्तुष्टिमा बिताउनेछन् ।
וְאִם־לֹ֣א יִ֭שְׁמְעוּ בְּשֶׁ֣לַח יַעֲבֹ֑רוּ וְ֝יִגְוְע֗וּ כִּבְלִי־דָֽעַת׃ | 12 |
यद्यपि, तिनीहरू सुन्दैनन् भने, तिनीहरू तरवारले नष्ट पारिनेछन् । तिनीहरूसँग ज्ञान नभएको हुनाले तिनीहरू मर्नेछन् ।
וְֽחַנְפֵי־לֵ֭ב יָשִׂ֣ימוּ אָ֑ף לֹ֥א יְ֝שַׁוְּע֗וּ כִּ֣י אֲסָרָֽם׃ | 13 |
हृदयमा ईश्वर नभएकाहरूले आफ्नो रिसलाई थुपार्छन् । परमेश्वरले तिनीहरूलाई बाँध्नुहुँदा पनि तिनीहरू मदतको लागि पुकारा गर्दैनन् ।
תָּמֹ֣ת בַּנֹּ֣עַר נַפְשָׁ֑ם וְ֝חַיָּתָ֗ם בַּקְּדֵשִֽׁים׃ | 14 |
तिनीहरू आफ्नो युवावस्थामा मर्छन् । तिनीहरूको जीवन झुटा धर्मका वेश्याहरूका बिचमा बित्छ ।
יְחַלֵּ֣ץ עָנִ֣י בְעָנְי֑וֹ וְיִ֖גֶל בַּלַּ֣חַץ אָזְנָֽם׃ | 15 |
कष्टमा परेका मानिसहरूलाई परमेश्वरले तिनीहरूका कष्टबाट छुटकारा दिनुहुन्छ । तिनीहरूको थिचोमिचोमा उहाँले तिनीहरूसँग बोल्नुहुन्छ ।
וְאַ֤ף הֲסִיתְךָ֨ ׀ מִפִּי־צָ֗ר רַ֭חַב לֹא־מוּצָ֣ק תַּחְתֶּ֑יהָ וְנַ֥חַת שֻׁ֝לְחָנְךָ֗ מָ֣לֵא דָֽשֶׁן׃ | 16 |
वास्तवमा उहाँले तपाईंलाई निराशाबाट निकालेर, कुनै कठिनाइ नहुने एउटा फराकिलो ठाउँमा लाने इच्छा गर्नुहुन्छ, र तपाईंको टेबल मासुको प्रशस्तताले भरिपूर्ण गर्नुहुन्छ ।
וְדִין־רָשָׁ֥ע מָלֵ֑אתָ דִּ֖ין וּמִשְׁפָּ֣ט יִתְמֹֽכוּ׃ | 17 |
तर दुष्ट मानिसहरूलाई तपाईं न्याय गर्न पूर्ण हुनुहुन्छ । इन्साफ र न्यायले तपाईंलाई समातेका छन् ।
כִּֽי־חֵ֭מָה פֶּן־יְסִֽיתְךָ֣ בְסָ֑פֶק וְרָב־כֹּ֝֗פֶר אַל־יַטֶּֽךָּ׃ | 18 |
तपाईंको रिसले तपाईंलाई गिल्ला पाउने नबनाओस्, वा घुसको ठुलो रकमले तपाईंलाई पाखा नलगाओस् ।
הֲיַעֲרֹ֣ךְ שׁ֭וּעֲךָ לֹ֣א בְצָ֑ר וְ֝כֹ֗ל מַאֲמַצֵּי־כֹֽחַ׃ | 19 |
तपाईंको धन-सम्पत्तिले तपाईंलाई यति फाइदा दिन्छ जसले गर्दा तपाईं निराशामा पर्नुहुन्न? अर्थात् तपाईंको ताकतको सबै शक्तिले तपाईंलाई मदत गर्न सक्छ?
אַל־תִּשְׁאַ֥ף הַלָּ֑יְלָה לַעֲל֖וֹת עַמִּ֣ים תַּחְתָּֽם׃ | 20 |
अरूको विरुद्धमा पाप गर्नलाई रातको इच्छा नगर्नुहोस्, जति बेला मानिसहरू आ-आफ्ना ठाउँमा मारिन्छन् ।
הִ֭שָּׁמֶר אַל־תֵּ֣פֶן אֶל־אָ֑וֶן כִּֽי־עַל־זֶ֝֗ה בָּחַ֥רְתָּ מֵעֹֽנִי׃ | 21 |
तपाईं पाप गर्नतिर नफर्कनलाई होसियार हुनुहोस्, किनकि तपाईंले पाप गर्न नपरोस् भनेर कष्टद्वारा तपाईंको जाँच हुँदैछ ।
הֶן־אֵ֭ל יַשְׂגִּ֣יב בְּכֹח֑וֹ מִ֖י כָמֹ֣הוּ מוֹרֶֽה׃ | 22 |
हेर्नुहोस्, परमेश्वर आफ्नो शक्तिमा उचालिनुभएको छ । उहाँजस्तै शिक्षक को छ र?
מִֽי־פָקַ֣ד עָלָ֣יו דַּרְכּ֑וֹ וּמִֽי־אָ֝מַ֗ר פָּעַ֥לְתָּ עַוְלָֽה׃ | 23 |
उहाँको चालको विषयमा कसले उहाँलाई कदापि निर्देशन दिएको छ र? कसले उहाँलाई कदापि यसो भन्न सक्छ र, 'तपाईंले अधर्मको काम गर्नुभएको छ?'
זְ֭כֹר כִּֽי־תַשְׂגִּ֣יא פָעֳל֑וֹ אֲשֶׁ֖ר שֹׁרְר֣וּ אֲנָשִֽׁים׃ | 24 |
उहाँका कामहरूको प्रशंसा गर्न नबिर्सिनुहोस् जसको बारेमा मानिसहरूले गाएका छन् ।
כָּל־אָדָ֥ם חָֽזוּ־ב֑וֹ אֱ֝נ֗וֹשׁ יַבִּ֥יט מֵרָחֽוֹק׃ | 25 |
सबै मानिसले ती कामहरू हेरेका छन्, तर तिनीहरूले ती कामहरू टाढाबाट मात्र देख्छन् ।
הֶן־אֵ֣ל שַׂ֭גִּיא וְלֹ֣א נֵדָ֑ע מִסְפַּ֖ר שָׁנָ֣יו וְלֹא־חֵֽקֶר׃ | 26 |
हेर्नुहोस्, परमेश्वर महान् हुनुहुन्छ, तर हामी उहाँलाई राम्ररी बुझ्न सक्दैनौं । उहाँका वर्षहरूको सङ्ख्याको गणना गर्न सकिंदैन ।
כִּ֭י יְגָרַ֣ע נִטְפֵי־מָ֑יִם יָזֹ֖קּוּ מָטָ֣ר לְאֵדֽוֹ׃ | 27 |
किनकि उहाँले पानीको थोपालाई माथि तान्नुहुन्छ, आफ्नो बाफलाई चिसो पारेर झरी पार्नुहुन्छ,
אֲשֶֽׁר־יִזְּל֥וּ שְׁחָקִ֑ים יִ֝רְעֲפ֗וּ עֲלֵ֤י ׀ אָדָ֬ם רָֽב׃ | 28 |
जसलाई बादलहरूले तल खन्याउँछन्, र मानवजातिमा प्रचुर मात्रामा पानी पर्छ ।
אַ֣ף אִם־יָ֭בִין מִפְרְשֵׂי־עָ֑ב תְּ֝שֻׁא֗וֹת סֻכָּתֽוֹ׃ | 29 |
वास्तवमा के कसैले बादलको बृहत् फैलावट, र उहाँको बासस्थानबाट निस्कने गर्जनलाई बुझ्न सक्छ?
הֵן־פָּרַ֣שׂ עָלָ֣יו אוֹר֑וֹ וְשָׁרְשֵׁ֖י הַיָּ֣ם כִּסָּֽה׃ | 30 |
हेर्नुहोस्, उहाँले आफ्नो वरिपरि बिजुली चम्काउनुहुन्छ, र समुद्रको गहिराइलाई ढाक्नुहुन्छ ।
כִּי־בָ֭ם יָדִ֣ין עַמִּ֑ים יִֽתֶּן־אֹ֥כֶל לְמַכְבִּֽיר׃ | 31 |
यसरी उहाँले मानिसहरूको इन्साफ गर्नुहुन्छ, र प्रचुर मात्रामा खानेकुरा दिनुहुन्छ ।
עַל־כַּפַּ֥יִם כִּסָּה־א֑וֹר וַיְצַ֖ו עָלֶ֣יהָ בְמַפְגִּֽיעַ׃ | 32 |
उहाँले बिजुलीलाई निशानामा प्रहार गर्न आज्ञा नदिनुभएसम्म त्यसलाई आफ्नो हातमा लिनुहुन्छ ।
יַגִּ֣יד עָלָ֣יו רֵע֑וֹ מִ֝קְנֶ֗ה אַ֣ף עַל־עוֹלֶֽה׃ | 33 |
यसको गर्जनले आँधी-बेहरीको चेताउनी दिन्छ, गाईवस्तुले पनि त्यसको आगमनको आवाज सुन्छ ।