< יְחֶזְקֵאל 33 >
וַיְהִ֥י דְבַר־יְהוָ֖ה אֵלַ֥י לֵאמֹֽר׃ | 1 |
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
בֶּן־אָדָ֗ם דַּבֵּ֤ר אֶל־בְּנֵֽי־עַמְּךָ֙ וְאָמַרְתָּ֣ אֲלֵיהֶ֔ם אֶ֕רֶץ כִּֽי־אָבִ֥יא עָלֶ֖יהָ חָ֑רֶב וְלָקְח֨וּ עַם־הָאָ֜רֶץ אִ֤ישׁ אֶחָד֙ מִקְצֵיהֶ֔ם וְנָתְנ֥וּ אֹת֛וֹ לָהֶ֖ם לְצֹפֶֽה׃ | 2 |
“ए मानिसको छोरा, तेरा मानिसहरूलाई यो घोषणा गर् । तिनीहरूलाई यसो भन्, ‘जब म आफ्नो तरवारलाई कुनै देशको विरुद्धमा उठाउँछु, तब त्यस देशका मानिसहरूले आफूमध्ये एक जनालाई लिन्छन् र उसलाई आफ्ना रक्षक बनाउँछन् ।
וְרָאָ֥ה אֶת־הַחֶ֖רֶב בָּאָ֣ה עַל־הָאָ֑רֶץ וְתָקַ֥ע בַּשּׁוֹפָ֖ר וְהִזְהִ֥יר אֶת־הָעָֽם׃ | 3 |
त्यसले देशमा तरवार आउँदा त्यसलाई हेर्छ, र मानिसहरूलाई सजग गराउन आफ्नो तुरही फुक्छ!
וְשָׁמַ֨ע הַשֹּׁמֵ֜עַ אֶת־ק֤וֹל הַשּׁוֹפָר֙ וְלֹ֣א נִזְהָ֔ר וַתָּ֥בוֹא חֶ֖רֶב וַתִּקָּחֵ֑הוּ דָּמ֥וֹ בְרֹאשׁ֖וֹ יִֽהְיֶֽה׃ | 4 |
मानिसहरूले तुरहीको आवाज सुने तर पनि ध्यान दिंदैनन्, र तरवार आउँछ र तिनीहरूलाई मार्छ भने, ती प्रत्येकको रगत आफ्नै शिरमा पर्नेछ ।
אֵת֩ ק֨וֹל הַשּׁוֹפָ֤ר שָׁמַע֙ וְלֹ֣א נִזְהָ֔ר דָּמ֖וֹ בּ֣וֹ יִֽהְיֶ֑ה וְה֥וּא נִזְהָ֖ר נַפְשׁ֥וֹ מִלֵּֽט׃ | 5 |
कसैले तुरहीको आवाज सुन्छ र ध्यान दिंदैन भने, त्यसको रगतको जिम्मेवार त्यो आफै हुनेछ । तर त्यसले ध्यान दिन्छ भने त्यसले आफ्नो ज्यान बचाउनेछ ।
וְ֠הַצֹּפֶה כִּֽי־יִרְאֶ֨ה אֶת־הַחֶ֜רֶב בָּאָ֗ה וְלֹֽא־תָקַ֤ע בַּשּׁוֹפָר֙ וְהָעָ֣ם לֹֽא־נִזְהָ֔ר וַתָּב֣וֹא חֶ֔רֶב וַתִּקַּ֥ח מֵהֶ֖ם נָ֑פֶשׁ ה֚וּא בַּעֲוֺנ֣וֹ נִלְקָ֔ח וְדָמ֖וֹ מִיַּֽד־הַצֹּפֶ֥ה אֶדְרֹֽשׁ׃ ס | 6 |
तर त्यो रक्षकले तरवार आउँदै गरेको देख्छ, तर त्यसले तुरही फुक्दैन, जसको कारणले मानिसहरूलाई सजग पारिंदैन, र तरवार आउँछ र कसैको जीवन लिन्छ भने, त्यो मानिस आफ्नै पापमा मर्छ, तर त्यसको रगतको सटो म त्यो रक्षकबाट लिनेछु ।’
וְאַתָּ֣ה בֶן־אָדָ֔ם צֹפֶ֥ה נְתַתִּ֖יךָ לְבֵ֣ית יִשְׂרָאֵ֑ל וְשָׁמַעְתָּ֤ מִפִּי֙ דָּבָ֔ר וְהִזְהַרְתָּ֥ אֹתָ֖ם מִמֶּֽנִּי׃ | 7 |
अब, ए मानिसको छोरा, मैले तँलाई नै इस्राएलको घरानाको निम्ति रक्षक बनाएको छु । तैंले मेरो मुखबाट वचन सुन्नेछस् र तिनीहरूलाई मेरो तर्फबाट चेतावनी दिनेछस् ।
בְּאָמְרִ֣י לָרָשָׁ֗ע רָשָׁע֙ מ֣וֹת תָּמ֔וּת וְלֹ֣א דִבַּ֔רְתָּ לְהַזְהִ֥יר רָשָׁ֖ע מִדַּרְכּ֑וֹ ה֤וּא רָשָׁע֙ בַּעֲוֺנ֣וֹ יָמ֔וּת וְדָמ֖וֹ מִיָּדְךָ֥ אֲבַקֵּֽשׁ׃ | 8 |
मैले दुष्ट मानिसलाई भनें ‘ए दुष्ट मानिस, तँ निश्चय नै मर्नेछस् ।’ तर त्यो दुष्ट मानिसलाई सजग गराउनलाई त्यसको चालको बारेमा तैंले त्यसलाई भनिनस् भने, त्यो दुष्ट मानिस आफ्नो पापमा मर्नेछ, तर त्यसको रगतको साटो म तँबाट लिनेछु ।
וְ֠אַתָּה כִּֽי־הִזְהַ֨רְתָּ רָשָׁ֤ע מִדַּרְכּוֹ֙ לָשׁ֣וּב מִמֶּ֔נָּה וְלֹא־שָׁ֖ב מִדַּרְכּ֑וֹ ה֚וּא בַּעֲוֺנ֣וֹ יָמ֔וּת וְאַתָּ֖ה נַפְשְׁךָ֥ הִצַּֽלְתָּ׃ ס | 9 |
तर तैंले त्यो दुष्ट मानिस उसको दुष्ट चालको बारेमा बनिस् ताकि त्यसबाट त्यो फर्किन सकोस्, र त्यो आफ्नो चालबाट फर्केन भने, त्यो आफ्नो पापमा मर्नेछ, तर तँ आफूले आफ्नो प्राण बचाउनेछस् ।
וְאַתָּ֣ה בֶן־אָדָ֗ם אֱמֹר֙ אֶל־בֵּ֣ית יִשְׂרָאֵ֔ל כֵּ֤ן אֲמַרְתֶּם֙ לֵאמֹ֔ר כִּֽי־פְשָׁעֵ֥ינוּ וְחַטֹּאתֵ֖ינוּ עָלֵ֑ינוּ וּבָ֛ם אֲנַ֥חְנוּ נְמַקִּ֖ים וְאֵ֥יךְ נִֽחְיֶֽה׃ | 10 |
यसैले, ए मानिसको छोरो, इस्राएलको घरानालाई भन्, ‘तिमीहरू यसो भन्छौ, “हाम्रा अपराधहरू र पापहरू हामीमाथि आएका छन्, र हामी तीनमा सडिरहेका छौं! हामी कसरी बाँच्न सक्छौं?”’
אֱמֹ֨ר אֲלֵיהֶ֜ם חַי־אָ֣נִי ׀ נְאֻ֣ם ׀ אֲדֹנָ֣י יְהוִ֗ה אִם־אֶחְפֹּץ֙ בְּמ֣וֹת הָרָשָׁ֔ע כִּ֣י אִם־בְּשׁ֥וּב רָשָׁ֛ע מִדַּרְכּ֖וֹ וְחָיָ֑ה שׁ֣וּבוּ שׁ֜וּבוּ מִדַּרְכֵיכֶ֧ם הָרָעִ֛ים וְלָ֥מָּה תָמ֖וּתוּ בֵּ֥ית יִשְׂרָאֵֽל׃ פ | 11 |
तिनीहरूलाई भन्, ‘यो परमप्रभु परमेश्वरको घोषणा हो, म जिउँदो भएको हुनाले, म दुष्टहरूको मृत्युमा प्रसन्न हुन्नँ, किनकि दुष्टले आफ्नो चालबाट पश्चात्ताप गरी फर्कन्छ भने त्यो बाँच्ने छ! पश्चात्ताप गर् । तेरा दुष्ट चालबाट पश्चात्ताप गर् । ए इस्राएलको घराना तँ किन मर्ने?’
וְאַתָּ֣ה בֶן־אָדָ֗ם אֱמֹ֤ר אֶל־בְּנֵֽי־עַמְּךָ֙ צִדְקַ֣ת הַצַּדִּ֗יק לֹ֤א תַצִּילֶ֙נּוּ֙ בְּי֣וֹם פִּשְׁע֔וֹ וְרִשְׁעַ֤ת הָֽרָשָׁע֙ לֹֽא־יִכָּ֣שֶׁל בָּ֔הּ בְּי֖וֹם שׁוּב֣וֹ מֵֽרִשְׁע֑וֹ וְצַדִּ֗יק לֹ֥א יוּכַ֛ל לִֽחְי֥וֹת בָּ֖הּ בְּי֥וֹם חֲטֹאתֽוֹ׃ | 12 |
यसैले, ए मानिसको छोरा, तेरा मानिसहरूलाई भन्, ‘धर्मी मानिसले पाप गर्छ भने त्यसको धार्मिकताले त्यसलाई बचाउनेछैन! दुष्ट मानिसले आफ्नो पापबाट पश्चात्ताप गर्छ भने त्यसको दुष्टताले त्यो नष्ट हुनेछैन! किन धर्मी मानिसले पाप गर्छ भने त्यो आफ्नो धार्मिकताको कारणले बच्नेछैन ।
בְּאָמְרִ֤י לַצַּדִּיק֙ חָיֹ֣ה יִֽחְיֶ֔ה וְהֽוּא־בָטַ֥ח עַל־צִדְקָת֖וֹ וְעָ֣שָׂה עָ֑וֶל כָּל־צדקתו לֹ֣א תִזָּכַ֔רְנָה וּבְעַוְל֥וֹ אֲשֶׁר־עָשָׂ֖ה בּ֥וֹ יָמֽוּת׃ | 13 |
मैले धर्मीलाई यसो भनें, “त्यो निश्चय नै बाँच्नेछस्!” र त्यसले आफ्नो धार्मिकतामा विश्वास गरेर अन्याय गर्छ भने, त्यसको कुनै पनि धार्मिकतालाई म सम्झना गर्नेछैनँ । त्यसले गरेको दुष्टताको कारणले त्यो मर्नेछ ।
וּבְאָמְרִ֥י לָֽרָשָׁ֖ע מ֣וֹת תָּמ֑וּת וְשָׁב֙ מֵֽחַטָּאת֔וֹ וְעָשָׂ֥ה מִשְׁפָּ֖ט וּצְדָקָֽה׃ | 14 |
यसैले मैले दुष्टलाई यसो भनें, “तँ निश्चय नै मर्नेछस्”, तर त्तसपछि त्यसले आफ्नो पापको पश्चात्ताप गर्छ र न्यायपूर्ण र ठिक काम गर्छ भने,
חֲבֹ֨ל יָשִׁ֤יב רָשָׁע֙ גְּזֵלָ֣ה יְשַׁלֵּ֔ם בְּחֻקּ֤וֹת הַֽחַיִּים֙ הָלַ֔ךְ לְבִלְתִּ֖י עֲשׂ֣וֹת עָ֑וֶל חָי֥וֹ יִֽחְיֶ֖ה לֹ֥א יָמֽוּת׃ | 15 |
र त्यसले ऋणको निम्ति आफूले दुष्टतापूर्वक राखेको धितो फिर्ता गर्छ, वा त्यसले चोरेको कुरालाई फिर्ता गर्छ, र जीवन दिने विधिहरू पालना गर्छ र फेरि पाप गर्दैन भने, तब त्यो निश्चय नै जिउनेछ । त्यो मर्नेछैन ।
כָּל־חטאתו אֲשֶׁ֣ר חָטָ֔א לֹ֥א תִזָּכַ֖רְנָה ל֑וֹ מִשְׁפָּ֧ט וּצְדָקָ֛ה עָשָׂ֖ה חָי֥וֹ יִֽחְיֶֽה׃ | 16 |
त्यसले गरेका कुनै पनि पापको सम्झना हुनेछैन । त्यसले न्यायपूर्ण र धार्मिक रूपमा काम गरेको छ र यसैले त्यो निश्चय नै जिउनेछ ।
וְאָמְרוּ֙ בְּנֵ֣י עַמְּךָ֔ לֹ֥א יִתָּכֵ֖ן דֶּ֣רֶךְ אֲדֹנָ֑י וְהֵ֖מָּה דַּרְכָּ֥ם לֹֽא־יִתָּכֵֽן׃ | 17 |
तर तेरा मानिसहरू भन्छन्, “परमप्रभुको चाल न्यायपूर्ण छैन!” तर तिमीहरूका चाल पो न्यायपूर्ण छैनन्!
בְּשׁוּב־צַדִּ֥יק מִצִּדְקָת֖וֹ וְעָ֣שָׂה עָ֑וֶל וּמֵ֖ת בָּהֶֽם׃ | 18 |
जब कुनै धर्मी मानिस आफ्नो धार्मिकताबाट तर्केर पाप गर्छ, तब त्यो त्यही पापमा मर्नेछ!
וּבְשׁ֤וּב רָשָׁע֙ מֵֽרִשְׁעָת֔וֹ וְעָשָׂ֥ה מִשְׁפָּ֖ט וּצְדָקָ֑ה עֲלֵיהֶ֖ם ה֥וּא יִֽחְיֶֽה׃ | 19 |
जब कुनै दुष्ट मानिस आफ्नो दुष्टताबाट फर्केर न्यायपूर्ण र धर्मी काम गर्छ भने, यी कुराहरूका कारणले त्यो जिउनेछ!
וַאֲמַרְתֶּ֕ם לֹ֥א יִתָּכֵ֖ן דֶּ֣רֶךְ אֲדֹנָ֑י אִ֧ישׁ כִּדְרָכָ֛יו אֶשְׁפּ֥וֹט אֶתְכֶ֖ם בֵּ֥ית יִשְׂרָאֵֽל פ | 20 |
तर तिमीहरू भन्छौ, “परमप्रभुको चाल न्यायपूर्ण छैन!” ए इस्राएलको घराना, म तिमीहरूको चालअनुसार नै हरेकको न्याय गर्नेछु!’”
וַיְהִ֞י בִּשְׁתֵּ֧י עֶשְׂרֵ֣ה שָׁנָ֗ה בָּעֲשִׂרִ֛י בַּחֲמִשָּׁ֥ה לַחֹ֖דֶשׁ לְגָלוּתֵ֑נוּ בָּא־אֵלַ֨י הַפָּלִ֧יט מִירוּשָׁלִַ֛ם לֵאמֹ֖ר הֻכְּתָ֥ה הָעִֽיר׃ | 21 |
हाम्रो निर्वासनको बाह्रौं वर्षको दशौं महिनाको पाँचौं दिनमा, यरूशलेमबाट एक जना भगुवा मकहाँ आयो र भन्यो, “त्यो सहरलाई कब्जा गरिएको छ!”
וְיַד־יְהוָה֩ הָיְתָ֨ה אֵלַ֜י בָּעֶ֗רֶב לִפְנֵי֙ בּ֣וֹא הַפָּלִ֔יט וַיִּפְתַּ֣ח אֶת־פִּ֔י עַד־בּ֥וֹא אֵלַ֖י בַּבֹּ֑קֶר וַיִּפָּ֣תַח פִּ֔י וְלֹ֥א נֶאֱלַ֖מְתִּי עֽוֹד׃ פ | 22 |
त्यो भगुवा आउनभन्दा अगिल्लो साँझमा परमप्रभुको हात ममाथि थियो, र बिहानीको झिसमिसेमा त्यो मकहाँ आउँदासम्म मेरो मुख खोलिएको थियो । यसैले मेरो मुख खोलियो । म फेरि चुप भइनँ!
וַיְהִ֥י דְבַר־יְהֹוָ֖ה אֵלַ֥י לֵאמֹֽר׃ | 23 |
त्यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
בֶּן־אָדָ֗ם יֹ֠שְׁבֵי הֶחֳרָב֨וֹת הָאֵ֜לֶּה עַל־אַדְמַ֤ת יִשְׂרָאֵל֙ אֹמְרִ֣ים לֵאמֹ֔ר אֶחָד֙ הָיָ֣ה אַבְרָהָ֔ם וַיִּירַ֖שׁ אֶת־הָאָ֑רֶץ וַאֲנַ֣חְנוּ רַבִּ֔ים לָ֛נוּ נִתְּנָ֥ה הָאָ֖רֶץ לְמוֹרָשָֽׁה׃ ס | 24 |
“ए मानिसको छोरो, इस्राएलको भूमिमा भग्नावशेषमा बसोबास गर्नेहरू यसो भन्दैछन्, ‘अब्राहम मात्र एक जना मानिस थिए, र उनले यो देश अधिकार गरे, तर हामीहरू धेरै जना छौं! यो देश हामीलाई सम्पत्तिको रूपमा दिइएको छ ।’
לָכֵן֩ אֱמֹ֨ר אֲלֵיהֶ֜ם כֹּֽה־אָמַ֣ר ׀ אֲדֹנָ֣י יְהֹוִ֗ה עַל־הַדָּ֧ם ׀ תֹּאכֵ֛לוּ וְעֵינֵכֶ֛ם תִּשְׂא֥וּ אֶל־גִּלּוּלֵיכֶ֖ם וְדָ֣ם תִּשְׁפֹּ֑כוּ וְהָאָ֖רֶץ תִּירָֽשׁוּ׃ | 25 |
यसकारण तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: तिमीहरू रगत खान्छौ, र तिमीहरू आफ्ना मुर्तिहरूतिर आफ्ना आँखा उठाउँछौ, अनि तिमीहरू मानिसहरूका रगत बगाउँछौ । के तिमीहरूले यस देशमाथि अधिकार गर्ने?
עֲמַדְתֶּ֤ם עַֽל־חַרְבְּכֶם֙ עֲשִׂיתֶ֣ן תּוֹעֵבָ֔ה וְאִ֛ישׁ אֶת־אֵ֥שֶׁת רֵעֵ֖הוּ טִמֵּאתֶ֑ם וְהָאָ֖רֶץ תִּירָֽשׁוּ׃ ס | 26 |
तिमीहरू आफ्ना तरवारहरूमा भर परेका छौ र घिनलाग्दा कुरा गरेका छौ । हरेक मानिसले आफ्नो छिमेकीकी पत्नीलाई अशुद्ध पार्छ । के साँच्चै तिमीहरूले यस देशमाथि अधिकार गर्ने?’
כֹּֽה־תֹאמַ֨ר אֲלֵהֶ֜ם כֹּה־אָמַ֨ר אֲדֹנָ֣י יְהוִה֮ חַי־אָנִי֒ אִם־לֹ֞א אֲשֶׁ֤ר בֶּֽחֳרָבוֹת֙ בַּחֶ֣רֶב יִפֹּ֔לוּ וַֽאֲשֶׁר֙ עַל־פְּנֵ֣י הַשָּׂדֶ֔ה לַחַיָּ֥ה נְתַתִּ֖יו לְאָכְל֑וֹ וַאֲשֶׁ֛ר בַּמְּצָד֥וֹת וּבַמְּעָר֖וֹת בַּדֶּ֥בֶר יָמֽוּתוּ׃ | 27 |
तैंले तिनीहरूलाई यस्तो भन्नू, ‘परमप्रभु परमेश्वर यस्तो भन्नुहुन्छ: जस्तो म जीवित छु, भग्नावशेषमा जिउनेहरू तरवारद्वारा मारिनेछन्, र मैदानमा भएकाहरूलाई म जीवित पशुहरूकहाँ आहराको रूपमा दिनेछु, र किल्लाहरू र गुफाहरूमा भएकाहरू महामारीले मर्नेछन् ।
וְנָתַתִּ֤י אֶת־הָאָ֙רֶץ֙ שְׁמָמָ֣ה וּמְשַׁמָּ֔ה וְנִשְׁבַּ֖ת גְּא֣וֹן עֻזָּ֑הּ וְשָֽׁמְמ֛וּ הָרֵ֥י יִשְׂרָאֵ֖ל מֵאֵ֥ין עוֹבֵֽר׃ | 28 |
तब देशलाई म उजाड र त्रास तुल्याउनेछु, र त्यसको शक्तिको घमण्डको अन्त्य हुनेछ, किनकि इस्राएलका पर्वतहरू त्यागिनेछन्, र त्यहाँबाट भएर कोही पनि जानेछैन ।’
וְיָדְע֖וּ כִּֽי־אֲנִ֣י יְהוָ֑ה בְּתִתִּ֤י אֶת־הָאָ֙רֶץ֙ שְׁמָמָ֣ה וּמְשַׁמָּ֔ה עַ֥ל כָּל־תּוֹעֲבֹתָ֖ם אֲשֶׁ֥ר עָשֽׂוּ׃ ס | 29 |
यसैले तिनीहरूले गरेका सबै घृणित कामका कारणले मैले देशलाई उजाड र बेकामको तुल्याएपछि तिनीहरूले म परमप्रभु हुँ भन्ने जान्नेछन् ।
וְאַתָּ֣ה בֶן־אָדָ֔ם בְּנֵ֣י עַמְּךָ֗ הַנִּדְבָּרִ֤ים בְּךָ֙ אֵ֣צֶל הַקִּיר֔וֹת וּבְפִתְחֵ֖י הַבָּתִּ֑ים וְדִבֶּר־חַ֣ד אֶת־אַחַ֗ד אִ֤ישׁ אֶת־אָחִיו֙ לֵאמֹ֔ר בֹּֽאוּ־נָ֣א וְשִׁמְע֔וּ מָ֣ה הַדָּבָ֔ר הַיּוֹצֵ֖א מֵאֵ֥ת יְהוָֽה׃ | 30 |
यसैले, ए मानिसको छोरा, मन्दिरहरूका पर्खालहरू र ढोकाहरूका छेउमा तेरा मानिसहरू तेरो बारेमा कुरा गरिरहेका छन्, र हेरकले अर्को मानिस, र हरेक मानिसले आफ्नो भाइलाई यस्तो भन्छ, ‘जाऔं र परमप्रभुको मुखबाट निस्कने अगमवक्ताको वचन सुनौं!’
וְיָב֣וֹאוּ אֵ֠לֶיךָ כִּמְבוֹא־עָ֞ם וְיֵשְׁב֤וּ לְפָנֶ֙יךָ֙ עַמִּ֔י וְשָֽׁמְעוּ֙ אֶת־דְּבָרֶ֔יךָ וְאוֹתָ֖ם לֹ֣א יַֽעֲשׂ֑וּ כִּֽי־עֲגָבִ֤ים בְּפִיהֶם֙ הֵ֣מָּה עֹשִׂ֔ים אַחֲרֵ֥י בִצְעָ֖ם לִבָּ֥ם הֹלֵֽךְ׃ | 31 |
यसैले मानिसहरूले सधैं गरेझैं धेरै जना तँकहाँ आउनेछन्, र तेरो अगि बस्नेछन् र तेरा वचनहरू सुन्नेछन्, तर तिनीहरूले ती पालना गर्नेछैनन् । तिनीहरूका मुखमा ठिक शब्दहरू छन्, तर तिनीहरूका हृदयहरू अन्यायपूर्ण फाइदाको पछि छन् ।
וְהִנְּךָ֤ לָהֶם֙ כְּשִׁ֣יר עֲגָבִ֔ים יְפֵ֥ה ק֖וֹל וּמֵטִ֣ב נַגֵּ֑ן וְשָֽׁמְעוּ֙ אֶת־דְּבָרֶ֔יךָ וְעֹשִׂ֥ים אֵינָ֖ם אוֹתָֽם׃ | 32 |
किनकि तिनीहरूका निम्ति तँ मनपर्ने गीत, र बाजामा बजाइएको एउटा सुन्दर धुनझैं छस्, यसैले तिनीहरूका तेरा वचन सुन्नेछन्, तर तिनीहरू कसैले पनि ती पालना गर्नेछैनन् ।
וּבְבֹאָ֑הּ הִנֵּ֣ה בָאָ֔ה וְיָ֣דְע֔וּ כִּ֥י נָבִ֖יא הָיָ֥ה בְתוֹכָֽם׃ ס | 33 |
यसैकारण यी सबै कुरा हुँदा – हेर, त्यो हुन आउनेछ – तब तिनीहरूका बिचमा एउटा अगमवक्ता रहेछन् भनी तिनीहरूले जान्नेछन् ।”