< ישעה 66 >
כֹּה אָמַר יְהוָה הַשָּׁמַיִם כִּסְאִי וְהָאָרֶץ הֲדֹם רַגְלָי אֵי־זֶה בַיִת אֲשֶׁר תִּבְנוּ־לִי וְאֵי־זֶה מָקוֹם מְנוּחָתִֽי׃ | 1 |
परमप्रभु यसो भन्नुहुन्छ, “स्वर्ग मेरो सिंहासन हो र पृथ्वी मेरो पाउदान हो । तब तिमीहरूले मेरो निम्ति भवन कहाँ बनाउने छौ? मैले विश्राम गर्ने ठाउँ कहाँ छ?
וְאֶת־כָּל־אֵלֶּה יָדִי עָשָׂתָה וַיִּהְיוּ כָל־אֵלֶּה נְאֻם־יְהוָה וְאֶל־זֶה אַבִּיט אֶל־עָנִי וּנְכֵה־רוּחַ וְחָרֵד עַל־דְּבָרִֽי׃ | 2 |
यो परमप्रभुको घोषणा हो, “यी सबै कुराहरू मेरै हातले बनाएका हुन् । यसरी नै ती हुन आए ।” मैले स्याबसी दिने मानिस यही हो, जो आत्मामा तोडिएको र चूर्ण छ र जो मेरो वचनमा काम्दछ ।
שׁוֹחֵט הַשּׁוֹר מַכֵּה־אִישׁ זוֹבֵחַ הַשֶּׂה עֹרֵֽף כֶּלֶב מַעֲלֵה מִנְחָה דַּם־חֲזִיר מַזְכִּיר לְבֹנָה מְבָרֵֽךְ אָוֶן גַּם־הֵמָּה בָּֽחֲרוּ בְּדַרְכֵיהֶם וּבְשִׁקּוּצֵיהֶם נַפְשָׁם חָפֵֽצָה׃ | 3 |
जसले गोरु मार्छ त्यसले मानिसको हत्या पनि गर्छ । जसले थुमा बलि चढाउँछ, त्यसले कुकुरको घाँटी पनि भाँच्छ । जसले अन्नबलि चढाउँछ त्यसले सुँगुरको रगत पनि चढाउँछ । जसले सम्झना स्वरूप धूप चढाउँछ, त्यसले दुष्टतालाई पनि आशिष् दिन्छ । तिनीहरूले आफ्नै मार्गहरू रोजेका छन् र आफ्ना घृणित थोकहरूमा तिनीहरू रमाउँछन् ।
גַּם־אֲנִי אֶבְחַר בְּתַעֲלֻלֵיהֶם וּמְגֽוּרֹתָם אָבִיא לָהֶם יַעַן קָרָאתִי וְאֵין עוֹנֶה דִּבַּרְתִּי וְלֹא שָׁמֵעוּ וַיַּעֲשׂוּ הָרַע בְּעֵינַי וּבַאֲשֶׁר לֹֽא־חָפַצְתִּי בָּחָֽרוּ׃ | 4 |
त्यसरी नै तिनीहरूको आफ्नो दण्ड म चुन्नेछु । तिनीहरूले जे कुराको डर मान्छन् त्यही नै म तिनीहरूमा ल्याउनेछु किनभने मैले बोलाउँदा कसैले जवाफ दिएन । मैले बोलाउँदा कसैले सुनेन । मेरो दृष्टिमा जे खराब थियो तिनीहरूले त्यही गरे र मलाई जे कुराले खुसी पर्दैन त्यही गरे ।”
שִׁמְעוּ דְּבַר־יְהוָה הַחֲרֵדִים אֶל־דְּבָרוֹ אָמְרוּ אֲחֵיכֶם שֹׂנְאֵיכֶם מְנַדֵּיכֶם לְמַעַן שְׁמִי יִכְבַּד יְהוָה וְנִרְאֶה בְשִׂמְחַתְכֶם וְהֵם יֵבֹֽשׁוּ׃ | 5 |
परमप्रभुको वचनमा काम्नेहरू हो, उहाँको वचन सुन, “तिमीहरूलाई मेरो नाउँको कारणले घृणा गर्ने र बहिस्कार गर्ने तिमीहरूका भाइहरूले भनेका छन्, 'परमप्रभु महिमित हुनुभएको होस्, अनि हामीले तिमीहरूको आनन्द देख्नेछौँ,' तर तिनीहरू शर्ममा पारिनेछन् ।
קוֹל שָׁאוֹן מֵעִיר קוֹל מֵֽהֵיכָל קוֹל יְהוָה מְשַׁלֵּם גְּמוּל לְאֹיְבָֽיו׃ | 6 |
सहरबाट युद्धको होहल्लाको आवाज आउँछ, मन्दिरबाट एउटा आवाज, परमप्रभुले आफ्ना शत्रुहरूलाई बदला लिनुभएको आवाज आउँछ ।
בְּטֶרֶם תָּחִיל יָלָדָה בְּטֶרֶם יָבוֹא חֵבֶל לָהּ וְהִמְלִיטָה זָכָֽר׃ | 7 |
प्रसवको वेथा लाग्नुभन्दा पहिले नै त्यसले बालक जन्माउनेछे । त्यसमाथि पीडा आउनअगि नै त्यसले छोरा जन्माई ।
מִֽי־שָׁמַע כָּזֹאת מִי רָאָה כָּאֵלֶּה הֲיוּחַל אֶרֶץ בְּיוֹם אֶחָד אִם־יִוָּלֵֽד גּוֹי פַּעַם אֶחָת כִּֽי־חָלָה גַּם־יָלְדָה צִיּוֹן אֶת־בָּנֶֽיהָ׃ | 8 |
यस्तो कुरा कसले सुनेको छ? यस्तो कुरा कसले देखेको छ? के देश एकै दिनमा जन्मन्छ? के जाति एकै क्षणमा स्थापित हुन सक्छ? तापनि सियोन प्रसवको वेथामा जाने बित्तिकै, त्यसले आफ्ना छोराछोरी जन्माउँछे ।
הַאֲנִי אַשְׁבִּיר וְלֹא אוֹלִיד יֹאמַר יְהוָה אִם־אֲנִי הַמּוֹלִיד וְעָצַרְתִּי אָמַר אֱלֹהָֽיִךְ׃ | 9 |
परमप्रभु सोध्नुहुन्छ, “के म बालकलाई जन्मने समयमा ल्याउँ, अनि बालकलाई जन्मिन नदिऊँ? वा के म बालकलाई जन्मने क्षणमा ल्याउँ र त्यसलाई पछाडि धकेलूँ? तेरा परमेश्वर सोध्नुहुन्छ ।”
שִׂמְחוּ אֶת־יְרוּשָׁלַ͏ִם וְגִילוּ בָהּ כָּל־אֹהֲבֶיהָ שִׂישׂוּ אִתָּהּ מָשׂוֹשׂ כָּל־הַמִּֽתְאַבְּלִים עָלֶֽיהָ׃ | 10 |
यरूशलेमसित आनन्दित होओ र त्यसको निम्ति खुसी होओ, तिमीहरू सबै जसले त्यसलाई प्रेम गर्छौ । त्यसको निम्ति विलाप गर्नेहरू सबै त्योसँगै आनन्दित होओ ।
לְמַעַן תִּֽינְקוּ וּשְׂבַעְתֶּם מִשֹּׁד תַּנְחֻמֶיהָ לְמַעַן תָּמֹצּוּ וְהִתְעַנַּגְתֶּם מִזִּיז כְּבוֹדָֽהּ׃ | 11 |
किनकि तिमीहरू खानेछौ र तृप्त हुनेछौ । त्यसका स्तनहरूले तिमीहरूलाई सान्त्वना दिनेछ, किनकि तिमीहरू आघाउञ्जेल ती पिउनेछौ र त्यसको महिमाको प्रशस्ततासँगै खुसी हुनेछौ ।
כִּֽי־כֹה ׀ אָמַר יְהוָה הִנְנִי נֹטֶֽה־אֵלֶיהָ כְּנָהָר שָׁלוֹם וּכְנַחַל שׁוֹטֵף כְּבוֹד גּוֹיִם וִֽינַקְתֶּם עַל־צַד תִּנָּשֵׂאוּ וְעַל־בִּרְכַּיִם תְּשָׁעֳשָֽׁעוּ׃ | 12 |
परमप्रभु यसो भन्नुहुन्छ, “त्यसमाथि समृद्धिलाई नदीझैं र जातिहरूका धनलाई उर्लेको खोलाझैं मैले फिंजाउन लागेको छु । तिमीहरूले त्यसको तर्फबाट पालनपोषण गर्नेछौ, त्यसको बाहुलीमा बोकिनेछौ र त्यसको घुँडामा खेलाइनेछौ ।
כְּאִישׁ אֲשֶׁר אִמּוֹ תְּנַחֲמֶנּוּ כֵּן אָֽנֹכִי אֲנַחֶמְכֶם וּבִירֽוּשָׁלַ͏ִם תְּנֻחָֽמוּ׃ | 13 |
आमाले आफ्नो बालकलाई सान्त्वना दिएझैं म तिमीहरूलाई सान्त्वना दिनेछु, र यरूशलेममा तिमीहरूले सान्त्वना पाउनेछौ ।”
וּרְאִיתֶם וְשָׂשׂ לִבְּכֶם וְעַצְמוֹתֵיכֶם כַּדֶּשֶׁא תִפְרַחְנָה וְנוֹדְעָה יַד־יְהוָה אֶת־עֲבָדָיו וְזָעַם אֶת־אֹיְבָֽיו׃ | 14 |
तिमीहरूले यो देख्नेछौ र तिमीहरूको हृदय आनन्दित हुनेछ, तिमीहरूका हड्डीहरू कलिलो घाँसझैं पलाउनेछ । परमप्रभुको बाहुलीले आफ्ना सेवकहरूलाई प्रकट गर्नेछ, तर आफ्ना शत्रहरूका विरुद्धमा उहाँले आफ्नो रिस प्रकट गर्नुहुनेछ ।
כִּֽי־הִנֵּה יְהוָה בָּאֵשׁ יָבוֹא וְכַסּוּפָה מַרְכְּבֹתָיו לְהָשִׁיב בְּחֵמָה אַפּוֹ וְגַעֲרָתוֹ בְּלַהֲבֵי־אֵֽשׁ׃ | 15 |
हेर, परमप्रभु आगोसँगै आउँदै हुनुहुन्छ, र उहाँको क्रोधको ताप र आगोको ज्वालासँगै उहाँको हप्की ल्याउनलाई उहाका रथहरूचाहिं आँधीझैं आउँदैछन् ।
כִּי בָאֵשׁ יְהוָה נִשְׁפָּט וּבְחַרְבּוֹ אֶת־כָּל־בָּשָׂר וְרַבּוּ חַֽלְלֵי יְהוָֽה׃ | 16 |
किनकि परमप्रभुले आगोद्वारा र आफ्नो तरवारले मानवजातिमाथि न्याय गर्नुहुन्छ । परमप्रभुद्वारा मारिनेहरू धैरै हुनेछन् ।
הַמִּתְקַדְּשִׁים וְהַמִּֽטַּהֲרִים אֶל־הַגַּנּוֹת אַחַר אחד אַחַת בַּתָּוֶךְ אֹֽכְלֵי בְּשַׂר הַחֲזִיר וְהַשֶּׁקֶץ וְהָעַכְבָּר יַחְדָּו יָסֻפוּ נְאֻם־יְהוָֽה׃ | 17 |
तिनीहरू आफैलाई पवित्र पार्छन् र आफैलाई शुद्ध पार्छन्, ताकि सुँगुरको मासु र मुसाजस्तै घिन लाग्दा थोकहरू खानेको पछि लागेर बगैंचाभित्र जान सकून् । तिनीहरूको अन्त्य हुनेछ— यो परमप्रभुको घोषणा हो ।
וְאָנֹכִי מַעֲשֵׂיהֶם וּמַחְשְׁבֹתֵיהֶם בָּאָה לְקַבֵּץ אֶת־כָּל־הַגּוֹיִם וְהַלְּשֹׁנוֹת וּבָאוּ וְרָאוּ אֶת־כְּבוֹדִֽי׃ | 18 |
किनकि तिनीहरूका कामहरू र तिनीहरूका विचारहरू म जान्दछु । सबै जातिहरू र भाषाहरू मैले भेला पार्ने समय आउँदैछ । तिनीहरू आउनेछन् र मेरो महिमा देख्नेछन् ।
וְשַׂמְתִּי בָהֶם אוֹת וְשִׁלַּחְתִּי מֵהֶם ׀ פְּלֵיטִים אֶֽל־הַגּוֹיִם תַּרְשִׁישׁ פּוּל וְלוּד מֹשְׁכֵי קֶשֶׁת תֻּבַל וְיָוָן הָאִיִּים הָרְחֹקִים אֲשֶׁר לֹא־שָׁמְעוּ אֶת־שִׁמְעִי וְלֹא־רָאוּ אֶת־כְּבוֹדִי וְהִגִּידוּ אֶת־כְּבוֹדִי בַּגּוֹיִֽם׃ | 19 |
तिनीहरूको माझमा म आफ्नो एउटा शक्तिशाली चिन्ह खडा गर्नेछु । तब म तिनीहरूबाट बाँचेकाहरूलाई जातिहरूकहाँ: तर्शीश, पुट र लुड, आफ्ना धनु तान्ने धनुर्धारीहरू, तुबल, जावन र टाढाका समुद्रका किनारतिर पठाउनेछु जहाँ तिनीहरूले मेरो बारेमा सुनेका छैनन्, न त मेरो महिमा देखेका छैन् । तिनीहरूले जातिहरूका माझमा मेरो महिमाको घोषणा गर्नेछन् ।
וְהֵבִיאוּ אֶת־כָּל־אֲחֵיכֶם מִכָּל־הַגּוֹיִם ׀ מִנְחָה ׀ לַֽיהוָה בַּסּוּסִים וּבָרֶכֶב וּבַצַּבִּים וּבַפְּרָדִים וּבַכִּרְכָּרוֹת עַל הַר קָדְשִׁי יְרוּשָׁלַ͏ִם אָמַר יְהוָה כַּאֲשֶׁר יָבִיאוּ בְנֵי יִשְׂרָאֵל אֶת־הַמִּנְחָה בִּכְלִי טָהוֹר בֵּית יְהוָֽה׃ | 20 |
तिनीहरूले तिमीहरूका सबै भाइहरूलाई परमप्रभुको निम्ति बलिदान झैं सबै जातिहरूबाट फिर्ता ल्याउनेछन् । तिनीहरू घोडाहरूमा, रथहरूमा, गाडाहरूमा, खच्चरहरूमा र ऊँटहरूमा चढेर मेरो पवित्र पर्वत यरूशलेममा आउनेछन्, परमप्रभु भन्नुहुन्छ । किनकि इस्राएलका मानिसहरूले परमप्रभुको भवनमा एउटा शद्ध भाँडामा अन्नबलि ल्याउनेछन् ।
וְגַם־מֵהֶם אֶקַּח לַכֹּהֲנִים לַלְוִיִּם אָמַר יְהוָֽה׃ | 21 |
यिनीहरूमध्ये कसैलाई म पुजारीहरू र लेवीहरूको रूपमा पनि चुन्नेछु, परमप्रभु भन्नुहुन्छ ।
כִּי כַאֲשֶׁר הַשָּׁמַיִם הַחֳדָשִׁים וְהָאָרֶץ הַחֲדָשָׁה אֲשֶׁר אֲנִי עֹשֶׂה עֹמְדִים לְפָנַי נְאֻם־יְהוָה כֵּן יַעֲמֹד זַרְעֲכֶם וְשִׁמְכֶֽם׃ | 22 |
किनकि, यो परमप्रभुको घोषणा हो, जसरी मैले बनाउने नयाँ आकाश र नयाँ पृथ्वी मेरो सामु रहनेछन्, त्यसरी नै तिमीहरूका सन्तानहरू र तिमीहरूको नाउँ मेरो सामु रहनेछ ।
וְהָיָה מִֽדֵּי־חֹדֶשׁ בְּחָדְשׁוֹ וּמִדֵּי שַׁבָּת בְּשַׁבַּתּוֹ יָבוֹא כָל־בָּשָׂר לְהִשְׁתַּחֲוֺת לְפָנַי אָמַר יְהוָֽה׃ | 23 |
एक महिनेदेखि अर्कोसम्म र एक शबाथ-दिनदेखि अर्कोसम्म सबै मानिसहरू मलाई दण्डवत गर्न आउनेछन्, परमप्रभु भन्नुहुन्छ ।
וְיָצְאוּ וְרָאוּ בְּפִגְרֵי הָאֲנָשִׁים הַפֹּשְׁעִים בִּי כִּי תוֹלַעְתָּם לֹא תָמוּת וְאִשָּׁם לֹא תִכְבֶּה וְהָיוּ דֵרָאוֹן לְכָל־בָּשָֽׂר׃ 1291 66 4 4 | 24 |
तिनीहरू बाहिर जानेछन् र मेरो विरुद्धमा विद्रोह गर्ने मानिसहरूको लासहरू हेर्नेछन्, किनकि तिनीहरूलाई खाने कीराहरू मर्नेछैनन् र तिनीहरूलाई जलाउने आगो निभ्नेछैन । यो सबै मानिसहरूका निम्ति एउटा घृणा हुनेछ ।"